आर्थिक मामिलासम्बन्धी मन्त्रिपरिषद् समिति (सीसीईए)
मन्त्रीमण्डलद्वारा 2025-26 सीजनको निम्ति चिनी मिलहरूद्वारा ऊखु कृषकहरूलाई देय उचित एवं लाभकारी मूल्य (एफआरपी) स्वीकृत
ऊखु कृषकहरूका लागि ₹355 प्रति क्विन्टलको उचित एवं लाभकारी मूल्य स्वीकृत गरियो
यस निर्णयबाट 5 करोड ऊखु कृषक अनि उनीहरूमाथि आश्रितका साथसाथै चिनी मिल अनि सम्बन्धित सहायक गतिविधिमा कार्यरत 5 लाख श्रमिक लाभान्वित हुनेछन्
Posted On:
30 APR 2025 4:09PM by PIB Gangtok
नयाँ दिल्ली, 30 अप्रेल 2025।
प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा आर्थिक मामिलाको मन्त्रीमण्डल समितिद्वारा ऊखु कृषकहरूको हितलाई ध्यानमा राख्दै वर्ष 2025-26 (अक्टोबर-सेप्टेम्बर) सीजनको निम्ति ऊखुको उचित एवं लाभकारी मूल्य (एफआरपी) ₹355 प्रति क्विन्टल स्वीकृत गरिएको छ। यसको मूल असुली दर 10.25 प्रतिशत हुनेछ, जसमा 10.25 प्रतिशतभन्दा धेरै असुलीमा प्रत्येक 0.1 प्रतिशतको वृद्धिको निम्ति ₹3.46 प्रति क्विन्टलको प्रीमियम प्रदान गरिनेछ तथा असुलीमा प्रत्येक 0.1 प्रतिशतको कमीका लागि एफआरपीमा ₹3.46 प्रति क्विन्टल घटाइनेछ।
तथापि, ऊखु कृषकहरूको हितरक्षाको उद्देश्यका साथ 9.5 प्रतिशतभन्दा कम्ति असुली भएका चिनी चिनी मिलहरूका मामिलामा सरकारले कुनै कटौती नगर्ने पनि निर्णय लिएको छ। त्यस्ता कृषकहरूले 2025-26 को आगामी सीजनमा ऊखुको निम्ति ₹329.05 प्रति क्विन्टल पाउनेछन्।
2025-26 सीजनको निम्ति ऊखुको उत्पादन लागत (ए2+एफएल) ₹173 प्रति क्विन्टल छ। 10.25 प्रतिशतको असुली दरमा ₹355 प्रति क्विन्टलको यो एफआरपी उत्पादन लागतभन्दा 105.2 प्रतिशत धेरै हो। 2025-26 सीजनको निम्ति एफआरपी, वर्तमान 2024-25 सीजनभन्दा 4.41 प्रतिशत धेरै छ।
यो स्वीकृत एफआरपी चिनी मिलहरूद्वारा 2025-26 (1 अक्टोबर, 2025 देखि शुरु) सीजनमा कृषकहरूबाट ऊखुको खरिदमाथि लागू हुनेछ। चिनी क्षेत्र एउटा महत्त्वपूर्ण कृषि आधारित क्षेत्र हो, जुन करिब 5 करोड ऊखु कृषक अनि उनीहरूमाथि आश्रितको आजीविकासँग जोडिएको छ भने चिनी मिलहरूमा करिब 5 लाख श्रम प्रत्यक्ष रूपमा कार्यरत छन्। यसबाहेक, मानिसहरू कृषि मजदुरी अनि परिवहनसहित विभिन्न सहायक गतिविधिमा पनि कार्यरत छन्।

पृष्ठभूमि :
एफआरपीको निर्धारण, कृषि लागत एवं मूल्य आयोगको (सीएसीपी) सिफारिशको आधारमा तथा राज्य सरकार अनि अन्य हितधारकहरूको परामर्शपछि गरिएको हो।
पछिल्लो 2023-24 सीजनमा देय ₹1,11,782 करोडको बक्यौतीमध्ये 28.04.2025 सम्म कृषकहरूलाई लगभग ₹1,11,703 करोड भुक्तानी गरिसकिएको छ। यस प्रकारले 99.92 प्रतिशत बक्यौती भुक्तानी गरिसकिएको छ। वर्तमान सीजन 2024-25 मा देय ₹97,270 करोडको बक्यौतीमध्ये 28.04.2025 सम्म कृषकहरूलाई करिब ₹85,094 करोड भुक्तानी गरिसकिएको छ। यस प्रकारले 87 प्रतिशत बक्यौती भुक्तानी गरिसकिएको छ।
*******
(Release ID: 2125537)
Visitor Counter : 8
Read this release in:
Assamese
,
Malayalam
,
Tamil
,
Kannada
,
Bengali
,
English
,
Urdu
,
Hindi
,
Marathi
,
Punjabi
,
Gujarati
,
Odia