WAVES BANNER 2025
सूचना तथा प्रसारण मन्त्रालय

वेभ्स एनिमेशन फिल्म - मेकर्स च्यालेन्जमा 42 अद्भुत एनिमेशन फिल्म अगाडि आए


एनिमेशन फिल्म : 18 लघु फिल्म, 12 फिचर फिल्म, 9 टीभी सिरिज र 3 एआर/भीआर परियोजना वेभ समिटमा सामेल

 Posted On: 28 APR 2025 2:41PM |   Location: PIB Gangtok

 मुम्बई, 28 अप्रेल 2025

विश्व अडियो-भिजुअल तथा मनोरञ्जन शिखर सम्मेलन 2025 को ‘क्रिएट इन इण्डिया च्यालेन्ज सिजन-1’ को हिस्साको रूपमा आयोजित एनिमेशन फिल्म मेकर्स प्रतियोगिता (एएफसी) का 42 फाइनलिस्टहरूको घोषणा अप्रेलको दोस्रो हप्तामा गरिएको थियो। डान्सिङ एटम्स स्टुडियो, जसले आफ्नो शुरुआतदेखि नै राष्ट्रिय स्तरको च्यालेन्जको आयोजनामा केन्द्रीय सूचना तथा प्रसारण मन्त्रालयसँग सहकार्य गर्दै आएको छ। यसले 1 देखि 4 मई, 2025 सम्म मुम्बईमा आयोजना हुने वेभ शिखर सम्मेलनमा प्रदर्शन गरिने सर्वश्रेष्ठ 42 परियोजनाहरूमाथि एक व्यापक रचनात्मक सूची तयार गरेको छ। यो अनौठो पहलले प्रतिभाशाली रचनाकारहरूलाई समान विचारधारा भएका व्यक्ति, निर्माता र वितरकहरूसँग जोड्ने लक्ष्य राखेको छ, जसले रचनाकार र उद्योग बीचको सहकार्यलाई बढावा दिन्छ, जो भौगोलिक सीमाहरूदेखि पर छन्।

प्रतियोगिताका नौ महिनाको कठोर मूल्याङ्कन प्रक्रियापछि अघि आएका यी सर्वश्रेष्ठ 42 परियोजनाहरूले परम्परागत एनिमेशन, भीएफएक्स, संवर्धित वास्तविकता (एआर)/आभारी वास्तविकता (भीआर) र आभासी उत्पादनलाई सामेल गर्दै एनिमेशनको सम्पूर्ण स्पेक्ट्रममा मूल कहानी भन्नेमा ध्यान केन्द्रित गरेको छ। रचनात्मक सूचीमा विभिन्न प्रकारका नवीन परियोजनाहरू सामेल छन्, जसमा - 12 फिचर फिल्म, 18 लघु फिल्म, टीभी सिरिज: 9 टीभी/सीमित सिरिज र 3 एआर/भीआर अनुभव सामेल छन्। यस अनौठो पहलको माधअयमद्वारा सबै 42 छोटो सूचीकृत गरिएका फिल्म परियोजनाहरूलाई उद्योगका हितधारकहरू समक्ष प्रदर्शन गरिनेछ।

सूचीकृत गरिएका 18 लघु एनिमेसशन फिल्म निर्माता र उनीहरूका परियोजना यस प्रकार छन्:

1) श्रेया सचदेव - वाणी

2) श्रीकान्त एस मेनन - ओडियान

3) प्रशान्त कुमार नागदासी - बेस्ट फ्रेण्ड्स

4) श्वेता सुभाष मराठे - मेल्टिङ शेम

5) अनिका राजेश - अचप्पम

6) मार्तण्ड आनन्द उगलमुग्ले - चन्दोमामा

7) किरुथिका रामसुब्रमण्यम - ए ड्रिम्स ड्रिम

8) हरिश नारायण अय्यर - कराबी

9) त्रिपर्णा माइती - द चेयर

10) अरुन्धती सरकार - सो क्लोज यट सो फार

11) गदम जगदीश प्रसाद यादव - सिम्फनी अफ् डार्कनेस

12) भेट्रिभेल - द लास्ट ट्रेजर

13) गार्गी गावठे - गोडवा

14) श्रेया विनायक पोरे - काली (बड)

15) हर्षिता दास - लुना

16) सन्ध्रा मेरी - मिसिङ

17) रिचा भुटानी - क्लाइमेटस्केप

18) हिरक ज्योति नाथ - टेल्स फ्रम द टी हाउस

एनिमेशन फिचर फिल्म निर्माता र उनीहरूका परियोजनाका 12 फाइनलिस्टहरू हुन्:

1) क्याथरिना डियान विरस्वती एस - फ्लाई!

2) शुभम तोमर - महजुन

3) श्रीकान्त भोगी - रुद्र

4) अनिर्बान मजुमदर- बाबर और बन्नो - अ फ्रेण्डशिप सागा

5) नन्दन बालकृष्णन - द ड्रीम बेलुन

6) ज्याकलिन सी चिङ - लिक्के एण्ड द ट्रोल्स

7) रोहित सांखला - द्वारका द लस्ट सिटी अफ् श्री कृष्ण

8) भगत सिंह सैनी - रेड वुमन

9) अभिजीत सक्सेना - अराइज, अवेक

10) वंशी बन्दारु - आयुर्वेद क्रोनिकल्स - सर्च फर द लस्ट लाइट

11) पीयूष कुमार - रङ प्रोग्रामिङ.. द अनलिस्ड वार अफ् एआई

12) खम्बोर बतेई - खर्जना - लापलाङ - एक खासी लोकगीतको पुनर्कल्पना

सूचीकृत गरिएका 9 एनिमेशन टीभी/सीमित सिरिजका निर्माता र उनीहरूका परियोजनाहरू हुन्:

1) ज्योति कल्याण सुरा - ज्याकी र जिलाल

2) तुहीन चन्द - छुपी : कानूनको पछाडी मौनता

3) किशोर कुमार केदारी - एज अफ द डेक्कन: द लिजेण्ड अफ् मलिक अम्बर

4) भाग्यश्री शतपथी - पासा

5) ऋषव मोहन्ती - खट्टी

6) सुकंकन रोय - साउण्ड अफ् जोय

7) आत्रेयी पोद्दार, सङ्गीता पोद्दार र विमल पोद्दार - मोरे काका

8) प्रसेनजीत सिंह - द क्वाइट केओस

9) सेगुन सैमसन, ओमोटुण्डे अकियोड - मापु

3 एआर/भीआर अनुभव रचनाकर्ता र उनीहरूका परियोजनाहरू हुन्:

1) सुन्दर महालिङ्गम - अश्वमेध - द अनसिल्ड फेट

2) अनुज कुमार चौधरी - लिमिनालिज्म

3) ईशा चन्दना - मानव शरीरमा मादक द्रव्यको सेवाको विषाक्त प्रभाव।

“पहिलो पटक सबै 42 परियोजनालाई एउटै रचनात्मक सूचीमा ल्याउनु हामीले पत्ता लगाएको पूर्ण प्रतिभाको प्रमाण हो”, डान्सिङ एटिम्स स्टुडियोकी संस्थापक तथा सीईओ सरस्वती बुयालाले भनिन्। मिडिया तथा मनोरञ्जनमा उद्योगका दिग्गज र प्रभावशाली व्यक्तित्वहरूद्वारा युक्त वेभ्स सल्लाहकार बोर्डले यी परियोजनाहरूको क्षमताको मूल्याङ्कन गर्न र उत्पादन तथा वितरणको दिशामा मार्गदर्शन गर्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ, उनले थपिन्। सुश्री बुयालाले के पनि जानकारी दिइन् भने यी गतिशील भर्टिकलबाट उत्पन्न हुने वैश्विक राजस्वले एनिमेशन उद्योगभित्रको अपार सम्भावनालाई रेखाङ्कित गर्दछ। 2024 मा वैश्विक एनिमेशन बजारमा पर्याप्त वृद्धि देखियो। लघु फिल्महरूले अनलाइन स्ट्रिमिङ, चाडपर्व सहित विभिन्न प्लेटफर्महरूको माध्यमद्वारा अनुमानित 20 बिलियन अमेरिकी डलरको राजस्व योगदान गरे, जबकि शैक्षिक सामग्रीको 2032 सम्ममा 70 बिलियन अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ। सबैभन्दा ठूलो सेगमेन्टको प्रतिनिधित्व गर्ने फिचर फिल्महरूले वैश्विक बक्स अफिस र सहायक बजारहरूको माध्यमद्वारा लगभग 30 बिलियन अमेरिकी डलरदेखि 32.3 बिलियन अमेरिकी डलरसम्म आम्दानी गरे। एनिमेशन टीभी सिरिजले स्ट्रिमिङ सेवाहरूद्वारा सञ्चालित उछालको अनुभव गऱ्यो, जसमा उत्पादन र लाइसेन्सिङ राजस्वमा लगभग 512 बिलियन अमेरिकी डलर रहेको थियो। एआर/भीआर र इमर्सिभ मनोरञ्जन बजार, एआर/भीआर एनिमेशन सहित एक उदीयमान क्षेत्र हो। यो अनुमानित 22.12 बिलियन अमेरिकी डलर र 79.36 बिलियन अमेरिकी डलरसम्म पुगेको छ, जसमा महत्त्वपूर्ण वृद्धि अनुमान गरिएको छ। एआर/भीआर प्रविधिहरूले गेमिङ, स्वास्थ्य सेवा, खुद्रा विक्रेता, शिक्षा र विनिर्माण लगायतका क्षेत्रहरूलाई रूपान्तरण गरिरहेका छन्, जुन इमर्सिभ अनुभवहरूको माग र पर्याप्त निवेशको मार्गबाट प्रेरित छ। उत्तर अमेरिकाले एक महत्त्वपूर्ण हिस्सा ओगटे पनि एशिया प्रशान्त क्षेत्र सबैभन्दा तेज वृद्धि हुने अनुमान गरिएको छ, उनले थपिन्।

वेभ्स 2025 एनिमेशन फिल्ममेकर्स च्यालेन्जको बारेमा अधिक जानकारीको लागि, कृपया हेर्नुहोस्: यो लिङ्क

एनिमेशन फिल्ममेकर्स च्यालेन्जका 42 फाइनलिस्टहरूको सूची हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्

वेभ्सको बारेम

मिडिया तथा मनोरञ्जन (एमएण्डई) क्षेत्रको लागि एक कोसेढुङ्गा कार्यक्रम, पहिलो विश्व अडियो भिजुअल तथा मनोरञ्जन शिखर सम्मेलन (वेभ्स), भारत सरकारद्वारा 1 देखि 4 मई, 2025 सम्म महाराष्ट्रको मुम्बईमा आयोजना गरिनेछ।

टाहे तपाईर्ँं उद्योगका पेशेवर हुनुहोस्, निवेशक हुनुहोस्, निर्माता हुनुहोस् वा नवोन्मेषक हुनुहुोस्, शिखर सम्मेलनले एमएण्डई परिदृश्यमा जोड़िन, सहयोग गर्ने, नवोन्मेष गर्ने र योगदान गर्नका लागि परम वैश्विक मञ्च प्रदान गर्दछ।

वेभ्स भारतको रचनात्मक शक्तिलाई बढावा दिन तयार छ, जसले सामग्री निर्माण, बौद्धिक सम्पदा र प्राविधिक नवाचारको लागि केन्द्रको रूपमा आफ्नो स्थितिलाई बढाउनेछ। फोकसमा उद्योग र क्षेत्र सामेल छन्, प्रसारण, प्रिन्ट मिडिया, टेलिभिजन, रेडियो, चलचित्र, एनिमेशन, भिजुअल इफेक्ट्स, गेमिङ, कमिक्स, ध्वनि र सङ्गीत, विज्ञापन, डिजिटल मिडिया, सामाजिक मिडिया प्लेटफर्म, जेनेरेटिभ एआई, संवर्धित वास्तविकता (एआर), आभारी वास्तविकता (भीआर), र विस्तारित वास्तविकता (एक्स)।

के प्रश्नहरू छन्? यहाँ उत्तर खोज्नुहोस्

पीआईबी टोली वेभ्सबाट नवीनतम घोषणाहरूसँग अद्यावधिक रहनुहोस्

अहिले वेभ्सको लागि पञ्जीकरण गर्नुहोस्

********

पीआईबी टीम वेभ्स 2025 । श्रीयङ्का/दर्शना । 111 


Release ID: (Release ID: 2125114)   |   Counter: 17