सूचना तथा प्रसारण मन्त्रालय
वेभ्स 2025 : मिडिया, मनोरञ्जन तथा प्रौद्योगिकीका लागि सर्वश्रेष्ठ वैश्विक प्रदर्शनी
Posted On:
28 APR 2025 5:21PM
|
Location:
PIB Gangtok
मुम्बई, 28 अप्रेल 2025
विश्व श्रव्य-दृश्य एवं मनोरञ्जन शिखर सम्मेलन (वेभ्स) 2025 ले मुम्बईको जियो कन्भेन्सन सेन्टरमा 1 देखि 4 मईसम्म विश्वका प्रमुख मिडिया, मनोरञ्जन तता प्रौद्योगिकी क्षेत्रका प्रवर्तकहरूलाई एक साथ ल्याउनेछ। 15,000 वर्गमिटरमा यसको आयोजन भइरहेको छ। वेभ्स 2025 ले उद्योगका दिग्गज, रचनाकार, निवेशक अनि अत्याधुनिक प्रौद्योगिकीका अग्रदूतहरूका लागि एउटा सर्वश्रेष्ठ मञ्चका रूपमा काम गर्नेछ, जहाँ नेटफ्लिक्स, अनेजन, गूगल, मेटा, सोनी, रिलायन्स, एडोब, टाटा, बालाजी, टेलिफिल्म्स, धर्मा प्रोडक्सन, सारेगामा र यशराज फिल्मसहित 100 भन्दा धेरै प्रमुख प्रदर्शकका साथसाथै जेटसिन्थेसिस, डिजिटल रेडियो मोण्डिएल (डीआरएम), फ्री स्ट्रीम टेक्नोलजिस, न्यूरल गराज र फ्रेक्टर पिक्चर जस्ता आउँदो पिँढीका प्रवर्तकहरूका साथ आपसी सामञ्जस्य, सहयोग र वैश्विक मनोरञ्जनको भविष्यलाई आकार दिने दिशामा अघि बढ्न सकिनेछ।
यस असाधारण शिखर सम्मेलनको केन्द्रमा भारत मण्डप छ, जुन 1,470 वर्ग मिटरमा फैलिएको छ र जसले “कलादेखि कोडसम्म” ध्येयवाक्य अन्तर्गत बारतको सशक्त विरासतको उत्सव मनाउँदछ। शिखर सम्मेलनमा सहभागी प्राचीन मौखिक परम्परा अनि दृश्य कलादेखि लिएर अत्याधुनिक तकनिकी प्रगतिसम्म भारतीय कथा भन्ने-सुनाउने कौशलको विकासको माध्यमद्वारा चार अनुभव आधारित क्षेत्र – श्रुति, कृति, दृष्टि र क्रिएटर लीपमा एक अद्वितीय प्रकारले प्रदर्शित गरिनेछ।
भारत मण्डपबाहेक, वेभ्स 2025 मा विभिन्न राज्यका विशेष मण्डप पनि हुनेछ, जसमा महाराष्ट्र, उत्तर प्रदेश, गोवा, गुजरात, तेलङ्गाना, मध्य प्रदेश लगायत कैयौं अन्य राज्यले गर्वका साथ आफ्नो सांस्कृतिक अनि रचनात्मक कौशल प्रदर्शन गर्नेछन्।
यसका अतिरिक्त, एमएसएमई पेभेलियन र स्टार्टअप बूथले मिडिया एवं मनोरञ्जन क्षेत्रमा उदीयमान व्यवसाय अनि नवप्रवर्तकहरूलाई उद्योगका दिग्गज, निवेशक अनि वैश्विक मनोरञ्जन एवं प्रौद्योगिकी क्षेत्रका प्रमुख हितधारकका साथ जोडिने अद्वितीय अवसर प्रदान गर्नेछ।
वेभ्स 2025 को एउटा मुख्य आकर्षण विशाल गेमिङ एरिना हुनेछ। यसले गेमिङ तथा ई-स्पोर्ट्स उद्योगको तेजीका साथ विकासलाई उजागर गर्नेछ। यसमा माइक्रोसफ्ट एण्ड एक्सबक्स, ड्रीम-11, क्राफ्टन, नजारा, एमपीएल र जियोगेम्स जस्ता प्रमुख ब्राण्ड सामेल हुनेछन्। यस एरिनाले इन्टरेक्टिभ मनोरञ्जनको भविष्यको झलक पेश गर्नका साथै वैश्विक डिजिटल ईको-सिस्टममा गेमिङको बढ्दो प्रभावलाई प्रदर्शित गर्नेछ।
यो 1 देखि 4 मई, 2025 सम्म व्यावसायिक दिनका लागि खुल्ला रहनेछ भने 3 र 4 मई, 2025 को दिन सार्वजनिक दिनका साथ वेभ्स 2025 ले मनोरञ्जन, मिडिया र प्रौद्योगिकी परिदृश्यमा अनन्य नेटवर्किङ अवसर तथा अद्वितीय अन्तरदृष्टि प्रदान गर्नेछ। यो प्रदर्शनी 1 देखि 3 मईसम्म बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म र 4 मई 2025 को दिन बिहान 10 बजेदेखि साँझ 5 बजेसम्म खुल्ला रहनेछ। आफ्नो असाधारण विस्तार, प्रभावशाली प्रदर्शकहरू अनि दूरगामी दृष्टिका साथ वेभ्स 2025 वैश्विक मिडियाका बीच सामञ्जस्यका लागि प्रमुख केन्द्रका रूपमा उदाउन तयार छ। यो एउटा यस्तो स्थान हुनेछ, जहाँ कथा भन्ने-सुनाउने, प्रौद्योगिकी एवं मनोरञ्जनको भविष्यलाई आकार दिनका लागि परम्परा अनि नवाचार एकसाथ हेनछ।
वेभ्सको बारेमा
मिडिया तथा मनोरञ्जन (एमएण्डई) क्षेत्रको लागि एक कोसेढुङ्गा कार्यक्रम, पहिलो विश्व अडियो भिजुअल तथा मनोरञ्जन शिखर सम्मेलन (वेभ्स), भारत सरकारद्वारा 1 देखि 4 मई, 2025 सम्म महाराष्ट्रको मुम्बईमा आयोजना गरिनेछ।
टाहे तपाईर्ँं उद्योगका पेशेवर हुनुहोस्, निवेशक हुनुहोस्, निर्माता हुनुहोस् वा नवोन्मेषक हुनुहुोस्, शिखर सम्मेलनले एमएण्डई परिदृश्यमा जोड़िन, सहयोग गर्ने, नवोन्मेष गर्ने र योगदान गर्नका लागि परम वैश्विक मञ्च प्रदान गर्दछ।
वेभ्स भारतको रचनात्मक शक्तिलाई बढावा दिन तयार छ, जसले सामग्री निर्माण, बौद्धिक सम्पदा र प्राविधिक नवाचारको लागि केन्द्रको रूपमा आफ्नो स्थितिलाई बढाउनेछ। फोकसमा उद्योग र क्षेत्र सामेल छन्, प्रसारण, प्रिन्ट मिडिया, टेलिभिजन, रेडियो, चलचित्र, एनिमेशन, भिजुअल इफेक्ट्स, गेमिङ, कमिक्स, ध्वनि र सङ्गीत, विज्ञापन, डिजिटल मिडिया, सामाजिक मिडिया प्लेटफर्म, जेनेरेटिभ एआई, संवर्धित वास्तविकता (एआर), आभारी वास्तविकता (भीआर), र विस्तारित वास्तविकता (एक्स)।
के प्रश्नहरू छन्? यहाँ उत्तर खोज्नुहोस्
पीआईबी टोली वेभ्सबाट नवीनतम घोषणाहरूसँग अद्यावधिक रहनुहोस्
अहिले वेभ्सको लागि पञ्जीकरण गर्नुहोस्।
*******
पीआईबी टोली वेभ्स 2025 । /श्रीयङ्का/दर्शना । 112
Release ID:
(Release ID: 2125108)
| Visitor Counter:
6
Read this release in:
English
,
Urdu
,
Hindi
,
Marathi
,
Bengali
,
Assamese
,
Gujarati
,
Tamil
,
Telugu
,
Kannada
,
Malayalam