सूचना तथा प्रसारण मन्त्रालय
वेभ्स बजारले 9 भाषाहरूमा 15 परियोजना प्रदर्शित गर्दै आफ्नो पहिलो ‘टप सिलेक्ट’ लाइनअपको गर्यो अनावरण
Posted On:
25 APR 2025 4:10PM
|
Location:
PIB Gangtok
भारतले मिडिया तथा मनोरञ्जन क्षेत्रमा एक प्रमुख स्थान ओगटेको छ, जहाँ देशका विभिन्न भौगोलिक क्षेत्रहरूमा फैलिएका प्रतिभाहरूले आफ्ना समृद्ध सांस्कृतिक सम्पदाको माध्यमबाट आकर्षक सामग्रीको निर्माण गर्दछन्। 1 देखि 4 मईसम्म मुम्बईमा आयोजना हुने विश्व अडियो भिजुअल तथा मनोरञ्जन शिखर सम्मेलन (वेभ्स), मिडिया तथा मनोरञ्जन क्षेत्रको एक माइलखुट्टी बन्नका लागि तयार छ। शिखर सम्मेलनले भारतलाई सामग्री निर्माण, निवेश गन्तव्य र ‘भारतमा निर्माण गर्नुहोस्’ का अवसरहरूका साथ साथै वैश्विक पहुँचको लागि वन स्टप डेस्टिनेशनको रूपमा बढ़ावा दिनेछ।
वेभ्स बजार मिडिया तथा मनोरञ्जन उद्योगको लागि प्रमुख वैश्विक बजार हो, जो कनेक्शन, सहयोग र विकासलाई बढावा दिनका लागि तयार गरिएको एक गतिशील मञ्च हो। यसले फिल्म निर्माता र उद्योगका पेशेवरहरूलाई खरिददार, विक्रेता अनि धेरै प्रकारका परियोजना र प्रोफाइलहरूसित जोड़िने अवसर प्रदान गर्दछ, यसका साथै आफ्नो कौशलको प्रदर्शन र आफ्नो पेशेवर नेटवर्कको विस्तार पनि गर्न सक्नेछ।
भ्यूइङ रुम वेभ्स बजारमा स्थापित एक समर्पित भौतिक मञ्च हो, जो 1 देखि 4 मई, 2025 सम्म चल्नेछ। यसले विश्वभरिमा हालैमा पूरा भएका फिल्म र पोस्ट प्रोडक्शनमा परियोजनाहरूलाई प्रदर्शित गर्नका लागि एक स्थानको रूपमा काम गर्दछ। यी फिल्महरूले सक्रिय रूपमा फिल्म महोत्सव, वैश्विक बिक्री, वितरण साझेदारी र अन्तिम निधिको लागि अवसरहरू खोजिरहेका छन्।
फिल्म प्रोग्रामर, वितरक, विश्व बिक्री एजेन्ट, निवेशक र अन्य उद्योग पेशेवरहरूका लागि डिजाइन गरिएको भ्यूइङ रुमले एक सुरक्षित वातावरण प्रदान गर्दछ जहाँ वेभ्स बजारमा भाग लिने प्रतिनिधिहरूले यी फिल्महरूलाई हेर्न सक्छन्, विस्तृत परियोजना जानकारीसम्म पुग्न सक्छन् र हाम्रो विशेष भ्यूइङ रुम सफ्टवेयरको माध्यमद्वारा फिल्म निर्माताहरूसँग प्रत्यक्ष सम्पर्क गर्न सक्छन्।
पहिलो वेभ्स बजारको लागि भारत, श्रीलङ्का, संयुक्त राज्य अमेरिका, स्विट्जरल्याण्ड, बुल्गेरिया, जर्मनी, मरिसस र यूएई जस्ता 8 देशका कुल 100 फिल्महरू भ्यूइङ रुम लाइब्रेरीमा हेर्नको लागि उपलब्ध हुनेछन्। समग्र लाइन अपमा एनएफडीसीद्वारा निर्मित तथा सह-निर्मित फिल्महरूको 18 शीर्षक सामेल छन् अनि यसमा नेशनल आर्काइव अफ् इण्डिया (एनएफएआई) बाट 8 पुनर्स्थापित क्लासिकहरू सामेल छन्। यसमा फिल्म एण्ड टेलिभिजन इन्स्टिट्युट अफ् इण्डिया (एफटीआईआई, पुणे) र सत्यजित रे फिल्म एण्ड टेलिभिजन इन्स्टिट्युट (एसआरएफटीआई, कोलकाता) का 19 विद्यार्थी परियोजना पनि सामेल छन्।
भ्यूइङ रुमबाट वेभ्स बजार टप सिलेक्ट्स सेक्शनका लागि छनोट गरिएका यी 15 परियोजनाहरूमा 9 फिचर प्रोजेक्ट, 2 वृत्तचित्र, 2 लघु फिल्म र 2 वेब-सिरिज सामेल छन्, जसले 2 मई, 2025 मा मुम्बईको जियो वर्ल्ड सेन्टरमा वेभ्स बजारको क्रममा खुल्ला पिचिङ सत्रमा निर्माता, बिक्री एजेन्ट, वितरक, फेस्टिभल प्रोग्रामर र सम्भावित निवेशकहरूलाई आफ्ना फिल्म पेश गर्नेछन्।
वेभ्स बजार टप सिलेक्ट्स 2025
1. द वेज कलेक्टर । तमिल । भारत । फिक्शन फिचर
निर्देशक - इन्फेन्ट सुसाई । निर्माता - भगवती पेरुमल
2. पुतुल । हिन्दी । भारत । फिक्शन फिचर
निर्देशक - राधेश्याम पिपलवा । निर्माता - शरद मित्तल
3. दूसरा ब्याह (लेवीर) । हरियाणवी, हिन्दी । भारत । फिक्शन फिचर
निर्देशक - भगत सिंह सैनी । निर्माता - परवीन सैनी
4. पंखुडियान (हावामा पंखुडीहरू) । हिन्दी । भारत । फिक्शन फिचर
निर्देशक - अब्दुल अजीज । निर्माता - अब्दुल अजीज, ज्योत्सना राजपुरोहित
5. खिडकी गाव (यदि जाडोको राति हो) । मलयालम । भारत । फिक्शन फिचर
निर्देशक - सञ्जु सुरेन्द्रन । निर्माता - डा सुरेन्द्रन एम एन
6. सुचना - द बिगिनिङ । बाङ्ग्ला । भारत । फिक्शन फिचर
निर्देशक - पौसाली सेनगुप्ता । निर्माता-अविनन्द सेनगुप्ता
7. अग्निको नाममा स्वाहा । मगही । भारत । फिक्शन फिचर
निर्देशक - अभिलाष शर्मा । निर्माता - विकास शर्मा
8. गोटिपुआ - सिमानादेखि बाहिर । अङ्ग्रेजी, हिन्दी, ओडिया । भारत । डक्युमेन्ट्री फिचर
निर्देशक तथा निर्माता - चिन्तन पारेख
9. फ्रम इण्डिया । अङ्ग्रेजी । संयुक्त राज्य अमेरिका । वृत्तचित्र लघु
निर्देशक तथा निर्माता - मन्दार आप्टे
10. तीसरी मंजिल । हिन्दी । भारत । लघु फिल्म
निर्देशक - अमनदीप सिंह । निर्माता - अमनदीप सिंह
11. जहान । हिन्दी । भारत । फिक्शन लघु
निर्देशक र निर्माता - राहुल शेट्टी
12. प्लानेट इण्डिया । अङ्ग्रेजी, हिन्दी । भारत । टीभी कार्यक्रम
निर्देशक - कोलिन बटफिल्ड । निर्माता - तमसील हुसैन
13. भारती और बीबो । हिन्दी । भारत । एनिमेशन वेब-सिरिज/टीभी
निर्देशक - स्नेहा रविशङ्कर । निर्माता - राष्ट्रिय चलचित्र विकास निगम र
पपेटिका मिडिया प्राइभेट लिमिटेड
14. अचप्पा का एल्बम (ग्रम्पाको एल्बम) । मलयालम । भारत । फिक्शन फिचर
निर्देशक - दीप्ती पिल्ले सिवन । निर्माता - राष्ट्रिय चलचित्र विकास निगम
15. दुनिया ना माने (द अनएक्सपेक्टेड) । हिन्दी । भारत । फिक्शन फिचर
निर्देशक र निर्माता - वी. शान्ताराम
वेभ्सबारे
मिडिया अनि मनोरञ्जन क्षेत्रका लागि एउटा ऐतिहासिक आयोजन, पहिलो विश्व दृश्य-श्रव्य एवं मनोरञ्जन शिखर सम्मेलन, भारत सरकारद्वारा 1 देखि 4 मई, 2025 सम्म मुम्बई, महाराष्ट्रमा आयोजित गरिनेछ।
चाहे तपाईं पेशेवर होस्, निवेशक होस्, निर्माता होस् वा नवप्रवर्तक होस्, यस शिखर सम्मेलनले तपाईंलाई जोडिने, नेटवर्क बनाउने, नवप्रवर्तन गर्ने र एम एवं ई परिदृश्यमा योगदान दिनका लागि सर्वोत्तम वैश्विक मञ्च प्रदान गर्नेछ।
वेभ्स भारतको रचनात्मक शक्तिलाई बढाउन तथा विषयवस्तु निर्माण, बौद्धिक सम्पदा एवं तकनिकी नवाचारको केन्द्रका रूपमा आफ्नो स्थिति विस्तार गर्नका लागि तयार छ। जुन उद्योग अनि क्षेत्रमाथि ध्यान केन्द्रित गरिएको छ, त्यसमा प्रसारण, प्रिन्ट मिडिया, टेलिभिजन, रेडियो, फिल्म, एनिमेशन, भिजुअल ईफेक्ट्स, गेमिङ, कमिक्स, ध्वनि अनि सङ्गीत, विज्ञापन, डिजिटल मिडिया, सोसियल मिडिया प्लेटफर्म, जेनरेटिभ एआइ, संवर्धित वास्तविकता (एआइ), आभासी वास्तविकता (भीआर) र विस्तारित वास्तविकता (एक्सआर) सामेल छन्।
प्रश्न के छ? उत्तर यहाँ पाउनुहोस्
पीआइबी टीमबाट वेभ्सको नवीनतम घोषणाका साथ अपडेट रहनुहोस्।
हाम्रो साथमा आउनुहोस्! वेभ्सका लागि पञ्जिकरण गराउनुहोस्।
*****
पीआईबी टीम वेभ्स 2025 । निकिता/परशुराम। 102
Release ID:
(Release ID: 2124526)
| Visitor Counter:
8
Read this release in:
English
,
Urdu
,
Hindi
,
Marathi
,
Bengali
,
Assamese
,
Gujarati
,
Tamil
,
Telugu
,
Kannada
,
Malayalam