प्रधानमन्त्रीको कार्यालय
प्रधानमन्त्री श्री नरेन्द्र मोदीले रोजगार मेलालाई गरे सम्बोधन
जब युवाहरूले राष्ट्र निर्माणमा सक्रिय रूपमा योगदान दिन्छन्, तब देशको विकास तीव्र गतिमा हुन्छ अनि वैश्विक मञ्चमा पहिचान प्राप्त हुन्छ: प्रधानमन्त्री
आज भारतका युवाहरूले आफ्नो समर्पण र नाचारको माध्यमद्वारा हामीसँग कति अपार क्षमता छ भनेर विश्वसामु प्रदर्शन गरिरहेका छन्: प्रधानमन्त्री
यस बजेटमा सरकारले विनिर्माण मिशनको घोषणा गरेको छ, जसको लक्ष्य ‘मेक इन इण्डिया’ पहललाई बढ़ावा दिनु र भारतका युवाहरूलाई वैश्विक रूपमा मानकीकृत उत्पाद बनाउने अवसर प्रदान गर्नु हो: प्रधानमन्त्री
विनिर्माण मिशनले देशभरिमा लाखौँ एमएसएमई र साना उद्यमीहरूलाई मात्र सहयोग गर्दैन, तर देशभरिमा नयाँ रोजगारीका नयाँ अवसर पनि खोल्नेछ: प्रधानमन्त्री
मुम्बईले चाँडै विश्व अडियो भिजुअल तथा मनोरञ्जन शिखर सम्मेलन (वेभ्स) 2025 को आयोजना गर्नेछ र यो आयोजनले देशका युवाहरूलाई केन्द्रमा राख्नेछ, जसले युवा रचनाकारहरूलाई पहिलो पटक यस्तो मञ्च प्रदान गर्नेछ: प्रधानमन्त्री
मिडिया, गेमिङ र मनोरञ्जनको क्षेत्रमा नवाचार गर्नेहरूका लागि वेभ्स आफ्नो प्रतिभा प्रदर्शन गर्ने एक अभूतपूर्व अवसर हो: प्रधानमन्त्री
भारतको महिला शक्ति अ
Posted On:
26 APR 2025 12:13PM by PIB Gangtok
प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज भिडियो कन्फरेन्सको माध्यमद्वारा रोजगार मेलालाई सम्बोधन गरे तथा विभिन्न सरकारी विभाग र संस्थानहरूमा नवनियुक्त 51,000 भन्दा अधिक युवाहरूलाई नियुक्ति पत्र वितरण गरे। सभालाई सम्बोधन गर्दै उनले आज भारत सरकारका विभिन्न विभागमा यी युवाहरूका लागि नयाँ जिम्मेवारीको शुरुआत भएको कुरामा जोड़ दिए। उनले आफ्नो कर्तव्यमा राष्ट्रको आर्थिक ढाँचालाई मजबुत पार्ने, आन्तरिक सुरक्षालाई सुदृढ पार्ने, आधुनिक पूर्वाधार निर्माणमा योगदान दिने र श्रमिकहरूको जीवनमा परिवर्तनकारी बदलाव ल्याउने सामेल रहेको टिप्पणी गरे। प्रधानमन्त्रीले के कुरामा जोड दिए भने जुन इमानदारीका साथ उनीहरूले आफ्नो जिम्मेवारी पूरा गर्चन्, त्यसले भारतको विकसित राष्ट्र बन्ने दिशामा सकारात्मक प्रभाव पार्नेछ। उनले विश्वास व्यक्त गर्दै भने, यी युवा व्यक्तिहरूले आफ्नो कर्तव्य अत्यन्त समर्पणका साथ पूरा गर्नेछन्।
“कुनै पनि राष्ट्रको प्रगति र सफलताको जग यसको युवाहरूमा निहित हुन्छ। जब युवाहरूले राष्ट्र निर्माणमा सक्रिय रूपमा भाग लिन्छन्, तब राष्ट्रले द्रुत विकासको अनुभव गर्छ र वैश्विक मञ्चमा आफ्नो पहिचान स्थापित गर्छ”, श्री मोदीले जोड दिए। उनले अघि भने, “भारतका युवाहरूले आफ्नो कडा परिश्रम र नवाचारको माध्यमद्वारा विश्वलाई आफ्नो अपार क्षमता प्रदर्शन गरिरहेका छनन्।” उनले थप प्रकाश पार्दै सरकारले हरेक चरणमा देशका युवाहरूको लागि रोजगारी र स्वरोजगारका अवसर बढ्दै गएको सुनिश्चित गरिरहेको बताए। उनले स्किल इण्डिया, स्टार्टअप इण्डिया र डिजिटल इण्डिया जस्ता पहलहरूले युवाहरूका लागि नयाँ अवसर सिर्जना गरिरहेको औँल्याए। यी अभियानहरूको माध्यमद्वारा, सरकारले भारतका युवाहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्नका लागि खुल्ला मञ्च प्रदान गरिरहेको छ। श्री मोदीले उल्लेख गरे अनुसार यी प्रयासहरूको परिणामस्वरूप, यस दशकमा भारतका युवाहरूले प्रविधि, डेटा र नवाचारको क्षेत्रमा राष्ट्रलाई अग्रपङ्क्तिमा पुर्याएका छन्। उनले यूपीआई, ओएनडीसी, र जीईएम (सरकारी ई-मार्केटप्लेस) जस्ता डिजिटल प्लेटफर्महरूको सफलतालाई प्रकाश पारे, जसले युवाहरूले डिजिटल अर्थतन्त्रमा कसरी परिवर्तनकारी बदलावको नेतृत्व गरिरहेका छन् भनेर देखाउँछ। उनले थप टिप्पणी गरे अनुसार भारतले अहिले वास्तविक-समय डिजिटल लेनदेनमा विश्वको नेतृत्व गर्दैछ र यो उपलब्धिको एक महत्त्वपूर्ण हिस्सा युवाहरूलाई जान्छ।
“यस बजेटमा घोषणा गरिएको विनिर्माण मिशनको उद्देश्य ‘मेक इन इण्डिया’ पहललाई प्रवर्द्धन गर्नु र भारतका युवाहरूलाई वैश्विक स्तरमा मानकीकृत उत्पाद बनाउने अवसर प्रदान गर्नु हो”, प्रधानमन्त्रीले टिप्पणी गर्दै भने, “यो पहलले देशभरिका लाखौँ एमएसएमई र साना उद्यमीहरूलाई मात्र सहयोग गर्ने छैन, तर देशभरिमा नयाँ रोजगारीका अवसरहरू पनि खोल्नेछ।” उनले थपे भने अनुसार यो भारतका युवाहरूका लागि अवसरको अभूतपूर्व समय हो। उनले भने, आईएमएफले हालैमा भनेको छ कि भारत विश्वको सबैभन्दा द्रुत गतिमा बढ्दो अर्थतन्त्र बनिरहनेछ। उनले जोड दिँदै भने, यो वृद्धिका धेरै पक्षहरू छन्, जसमध्ये सबैभन्दा महत्त्वपूर्ण आगामी दिनहरूमा सबै क्षेत्रमा रोजगारीका अवसरहरूमा वृद्धि हो। प्रधानमन्त्रीले बताए अनुसार हालको समयमा, अटोमोबाइल र फुटवेयर उद्योगहरूले उत्पादन र निर्यातमा नयाँ रेकर्ड हासिल गरेका छन्, जसले युवाहरूका लागि पर्याप्त रोजगारीका अवसरहरू सिर्जना गरेका छन्। उनले यो पनि प्रकाश पारे कि, पहिलो पटक, खादी र ग्रामोद्योगका उत्पादहरूले 1.70 लाख करोड रुपियाँको कारोबारलाई पार गरेको छ, जसले विशेष गरी ग्रामीण क्षेत्रमा लाखौँ नयाँ रोजगारी सिर्जना गरेको छ। उनले अन्तर्देशीय जल परिवहनमा हालै प्राप्त उपलब्धिको बारेमा टिप्पणी गर्दै भने, 2014 भन्दा पहिला, अन्तर्देशीय जल परिवहनको माध्यमद्वारा वार्षिक 18 मिलियन टन मात्र कार्गो ढुवानी हुने गर्थ्यो। यस वर्ष, कार्गो ढुवानी 145 मिलियन टनभन्दा अधिक भएको छ। उनले यो सफलताको श्रेय भारतको यस दिशामा लगातार नीति निर्माण र निर्णय लिने कार्यलाई दिए। प्रधानमन्त्रीले देशमा राष्ट्रिय जलमार्गहरूको सङ्ख्या केवल 5 बाट बढेर 110 भन्दा अधिक भएको र यी जलमार्गहरूको सञ्चालन लम्बाइ लगभग 2,700 किलोमिटरबाट बढेर लगभग 5,000 किलोमिटर पुगेको कुरामा जोड दिए। उनले जोड दिँदै भने अनुसार यी उपलब्धिहरूले देशभरिका युवाहरूका लागि नयाँ अवसर सिर्जना गरिरहेका छन्।
“मुम्बईले चाँडै विश्व अडियो भिजुअल तथा मनोरञ्जन शिखर सम्मेलन (वेभ्स) 2025 को आयोजना गर्नेछ। यो आयोजनले युवाहरूलाई आफ्नो केन्द्रमा राख्नेछ, जसले युवा रचनाकारहरूलाई पहिलो पटक यस्तो मञ्च प्रदान गरेको छ। यो शिखर सम्मेलनले मिडिया, गेमिङ र मनोरञ्जनमा नवाचारहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अभूतपूर्व अवसर प्रदान गर्दछ”, श्री मोदीले भने। उनले मनोरञ्जन स्टार्टअपहरूले निवेशक र उद्योगका नेताहरूसँग सम्पर्क गर्ने अवसर पाउने उल्लेख गरे, जसले गर्दा यो विश्वसामु आफ्ना विचारहरू प्रस्तुत गर्ने सबैभन्दा ठूलो मञ्च बन्नेछ। कार्यक्रमको क्रममा आयोजित विभिन्न कार्यशालाहरूको माध्यमद्वारा युवाहरूले एआई, एक्सआर र इमर्सिभ मिडियाको बारेमा जानकारी पाउने कुरामा उनले जोड दिए। “वेभ्सले भारतको डिजिटल सामग्री भविष्यलाई ऊर्जा प्रदान गर्नेछ”, उनले थपे। उनले भारतका युवाहरूको समावेशिताको प्रशंसा गर्दै राष्ट्रका उपलब्धिहरूमा समाजको प्रत्येक वर्गले योगदान गरिरहेको कुरा प्रकाश पारे। उनले हालैमा आएको यूपीएससी परिणामलाई उद्धृत गर्दै भारतका छोरीहरूले नेतृत्व गरिरहेको टिप्पणी गरे जहाँ शीर्ष दुई पद महिलाहरूले हासिल गरेका छन् र शीर्ष पाँचमध्ये तीनजना महिलाहरू छन्। “नोकरशाहीदेखि लिएर अन्तरिक्ष र विज्ञानसम्मका क्षेत्रहरूमा महिलाहरू नयाँ उँचाइमा पुगिरहेका छन्। हाम्रो सरकार स्वयं सहायता समूह, बीमा सखी, ब्याङ्क सखी र कृषि सखीहरू जस्ता पहलहरूको माध्यमद्वारा ग्रामीण महिलाहरूलाई सशक्त बनाउनमा केन्द्रित छ, जसले नयाँ अवसरहरू सिर्जना गरेको छ”, श्री मोदीले भने। उनले अघि उल्लेख गरे अनुसार हजारौँ महिलाहरूले अहिले ड्रोन दिदीको रूपमा काम गरिरहेका छन्, जसले आफ्नो परिवार र गाउँको समृद्धि सुनिश्चित गर्दैछन्। उनले भने कि देशमा 90 लाखभन्दा अधिक स्वयं सहायता समूहहरू सक्रिय छन्, जसमा 10 करोडभन्दा अधिक महिलाहरू सामेल छन्। यी समूहहरूलाई मजबुत पार्नका लागि सरकारले उनीहरूको बजेट पाँच गुणा बढाएको छ र 20 लाख रुपियाँसम्मको धितोरहित ऋणको प्रावधान ल्याएको छ। श्री मोदीले मुद्रा योजनाका सबैभन्दा धेरै लाभार्थी महिलाहरू भएको कुरामा प्रकाश पारे र देशका 50,000 भन्दा अधिक स्टार्टअपहरूमा महिलाहरू निर्देशकको रूपमा रहेको उल्लेख गरे। उनले टिप्पणी गरे अनुसार विभिन्न क्षेत्रहरूमा यस प्रकारका परिवर्तनकारी बदलावहरूले विकासको लागि भारतको सङ्कल्पलाई बलियो बनाउँदै रोजगारी र स्वरोजगारको लागि थप अवसरहरू सिर्जना गर्दैछ।
आज रोजगार पत्र प्राप्त गर्ने युवाहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले के कुरामा जोड दिए भने व्यक्तिहरूले प्राप्त गरेका पदहरू उनीहरूको कडा परिश्रम र समर्पणको परिणाम हुन्। उनले जोड दिए कि अब आफ्नो जीवनका आगामी चरणहरू आफैँलाई मात्र नभई राष्ट्रलाई पनि समर्पित गर्ने समय आएको छ। उनले सार्वजनिक सेवाको भावना सर्वोपरि रहनुपर्ने कुरामा जोड दिए। प्रधानमन्त्रीले भने, जब कोही व्यक्तिले आफ्नो सेवाप्रति सर्वोच्च सम्मानका साथ काम गर्छन्, तब उनीहरूको प्रयासले राष्ट्रलाई नयाँ दिशामा मार्गदर्शन गर्न बल प्राप्त हुन्छ। उनले व्यक्तिहरूको कर्तव्यको पालन, नवाचार र प्रतिबद्धताले सोझै भारतका प्रत्येक नागरिकको जीवन सुधार गर्न प्रत्यक्ष योगदान पुर्याउने कुरामा जोड दिए।
जब व्यक्तिहरू जिम्मेवारीको पदमा पुग्छन्, तब नागरिकको रूपमा उनीहरूको कर्तव्य र भूमिका अझ महत्त्वपूर्ण हुन्छ भन्ने कुरा उल्लेख गर्दै श्री मोदीले यस दिशामा जागरूकताको आवश्यकतामाथि जोड दिए। उनले चलिरहेको अभियान, ‘एक पेड माँ के नाम’ माथि प्रकाश पारे अनि सबैलाई प्रकृतिप्रति कृतज्ञता र सेवाको भावको रूपमा आफ्नी आमाको नाममा रूख रोप्नका लागि प्रोत्साहित गरे। उनले व्यक्तिहरूलाई आफ्नो कार्यस्थलमा यस अभियानमा अधिकभन्दा अधिक मानिसहरूलाई सामेल गराउन आग्रह गरे। उनले भने, जूनमा आउँदै गरेको अन्तर्राष्ट्रिय योग दिवस एक सफल करियरका साथ साथै स्वस्थ जीवन शुरु गर्ने एउटा ठूलो अवसर हो। उनले स्वास्थ्य व्यक्तिका लागि मात्र आवश्यक नभई कार्य दक्षता र राष्ट्रको उत्पादकत्वको लागि पनि महत्त्वपूर्ण रहेको कुरामा जोड दिए। प्रधानमन्त्रीले व्यक्तिहरूलाई आफ्नो क्षमतालाई बढ़ाउनका लागि मिशन कर्मयोगी पहलको उपयोग गर्न प्रोत्साहित गरे। उनले भने कि उनीहरूको भूमिकाको उद्देश्य केवल पद धारण गर्नु मात्र नभई भारतका प्रत्येक नागरिकको सेवा गर्नु र राष्ट्रको प्रगतिमा योगदान पुऱ्याउनु हो। नागरिक सेवा दिवसमा साझा गरिएको ‘नागरिक देवः भवः’ को मन्त्रलाई सम्झना गर्दै अनि नागरिकहरूको सेवा गर्नु दिव्य पूजा जस्तै हो भन्ने कुरामा जोड दिँदै श्री मोदीले इमानदारी र समर्पणका साथ भारत एक विकसित र समृद्ध राष्ट्र बन्ने विश्वास व्यक्त गर्दै निष्कर्ष निकाले। उनले 140 करोड भारतीयहरूको सपना र आकांक्षालाई प्राप्त गर्न काम गर्नका लागि काम गर्न युवाहरूलाई आग्रह गरे।
पृष्ठभूमि
रोजगार सिर्जनालाई सर्वोच्च प्राथमिकता दिने प्रधानमन्त्रीको प्रतिबद्धता अनुरूप, 15औँ रोजगार मेला देशभरिका 47 स्थानमा आयोजना गरिनेछ। यसले युवाहरूलाई उनीहरूको सशक्तिकरण र राष्ट्रिय विकासमा प्रभावकारी रूपमा योगदानका लागि सार्थक अवसर प्रदान गर्नेछ।
देशभरिबाट छनोट भएका नयाँ भर्ती केन्द्र सरकारका विभिन्न मन्त्रालय/विभागहरूमा सामेल हुनेछन् जसमा राजस्व विभाग, कार्मिक तथा सार्वजनिक गुनासो तथा पेन्शन मन्त्रालय, गृह मन्त्रालय, डाक विभाग, उच्च शिक्षा विभाग, रेल मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय लगायतका मन्त्रालयहरू सामेल हुनेछन्।
*******
(Release ID: 2124515)
Visitor Counter : 12
Read this release in:
Tamil
,
English
,
Urdu
,
Marathi
,
Hindi
,
Manipuri
,
Bengali
,
Assamese
,
Punjabi
,
Gujarati
,
Odia
,
Kannada
,
Malayalam