गृह मामिला मन्त्रालय
azadi ka amrit mahotsav

होली सीका सर्वोच्च पादरी महामहिम पोप फ्रान्सिसको अन्त्येष्टि, 26 अप्रेलको दिन राज्य शोक


पोस्ट गरियो: 24 APR 2025 4:50PM by PIB Gangtok

होली सीका सर्वोच्च पादरी महामहिम पोप फ्रान्सिसको अन्त्येष्टि 26 अप्रेलको दिन गरिनेछ। यस दिन राज्य शोक पालन गरिनेछ। 26 अप्रेल, 2026 को दिन, भारतभरी नियमित रूपमा राष्ट्रिय ध्वज फहराइने भवनहरूमा राष्ट्रिय ध्वज आधा झुकाइनेछ तथा कुनै आधिकारिक मनोरञ्जन कार्यक्रम हुनेछैन।

भारत सरकारले होली सीका सर्वोच्च पादरी महामहिम पोप फ्रान्सिसको निधनप्रति सम्मान स्वरूप तीन दिनको राज्य शोक घोषणा गरेको थियो। 22 23 अप्रेलमा दुई दिन राज्य शोक पालन गरिएको थियो भने एक दिने राज्य शोक अन्त्येष्टिको दिन पालन गरिनेछ।

*******


(रिलिज आईडी: 2124094) आगन्तुक काउन्टर : 53