प्रधानमन्त्रीको कार्यालय
प्रधानमन्त्रीको सऊदी अरब अधिराज्यको भ्रमणपछि संयुक्त बयान
Posted On:
23 APR 2025 12:44PM by PIB Gangtok
“ऐतिहासिक मित्रता; प्रगतिको निम्ति साझेदारी”
महामहिम राजकुमार मोहम्मद बिन सलमान बिन अब्दुलाजिज अल सऊद, युवराज तथा सऊदी अरबका प्रधानमन्त्रीको निमन्त्रणामा माननीय भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीले 22 अप्रेल, 2025 को दिन सऊदी अरबको आधिकारिक दौडाहा गरे।
यो प्रधानमन्त्री श्री नरेन्द्र मोदीको सऊदी अरबमा तेस्रो भ्रमण थियो। महामहिम राजकुमार मोहम्मद बिन सलमान बिन अब्दुलाजिज अल सऊद, युवराज तथा सऊदी अरबका प्रधानमन्त्रीको सेप्टेम्बर 2023 मा जी-20 शिखर सम्मेलनमा बाग लिनका साथै भारत-सऊदी अरब रणनीतिक साझेदारीको संयुक्त रूपमा अध्यक्षता गर्न भारतको ऐतिहासिक भ्रमण भएको थियो।
महामहिम राजकुमार मोहम्मद बिन सलमान बिन अब्दुलाजिज अल सऊद, युवराज तथा सऊदी अरबका प्रधानमन्त्रीले प्रधानमन्त्री श्री नरेन्द्र मोदीलाई अल-सलाम राजदरबार, जेद्दामा स्वागत जनाए। उनीहरूले यस असरमा आधिकारिक वार्ता गरे, जसमा भारत र सऊदी अरबबीच ऐतिहासिक रूपमा नजिकको मित्रता अनि प्रबल बन्धन रहेको कुरा स्मरण गरे। भारत र सऊदी अरबले विश्वास र सद्भावमा आधारित सुदृढ सम्बन्ध र मानिस अनि मानिसबीचको निकटवर्ती नाता कायम गरेको छ। रक्षा, सुरक्षा, ऊर्जा, व्यापार, निवेश, प्रविधि, कृषि, संस्कृति, स्वास्थ्य, शिक्षा अनि मानिसहरूबीचको नाता लगायतका विविध क्षेत्रको माध्यमद्वारा दुई राष्ट्रले द्विपक्षीय सम्बन्धको बलियो आधारशिला राखेको उल्लेख गरे। दुवैले परस्पर हितका वर्तमान क्षेत्रीय अनि अन्तरराष्ट्रिय विषयबारे विचार आदान-प्रदान गरे।
प्रधानमन्त्री श्री नरेन्द्र मोदीले वर्ल्ड एख्सपो 2030 र फिफा वर्ल्ड कप 2034 का लागि सफल दाबीका लागि सऊदी अरबका महामहिम राजकुमार मोहम्मद बिन सलमान बिन अब्दुलाजिज अल सऊद, युवराज तथा सऊदी अरबका प्रधानमन्त्रीलाई बधाई दिए।
दुवै नेताले भारत र सऊदी अरबबीच रणनीतिक साझेदारी सुदृढ बनाउने तरिकाबारे रचनात्मक चर्चा गरे। दुवै नेताले भारत-सऊदी अरब रणनीतिक साझेदारी परिषदको (एसपीसी) दोस्रो बैठकको संयुक्त रूपमा अध्यक्षता गरे। दुवैले सेप्टेम्बर 2023 को अन्तिम बैठकपछि रणनीतिक साझेदारी परिषदको प्रगतिको समीक्षा गरे। दुईवटा मन्त्री स्तरीय समिति जस्तै (क) राजनीति, सुरक्षा, सामाजिक एवं सामाजिक सहकार्य समिति तथा यसका संयुक्त उपसमिति तथा (ख) अर्थनीति एवं निवेशमाथि समिति तथा यसका उपसमितिहरू अनि विविध क्षेत्रमा कामको परिणामप्रति सन्तुष्टि व्यक्त गरे। यस सन्दर्भमा, परिषदका सह-अध्यक्षद्वारा रणनीतिक साझेदारी परिषदलाई चार मन्त्री स्तरीय समितिमा विस्तारलाई स्वागत जनाए, जसले रक्षा, सहकार्य, पर्यटन एवं सांस्कृतिक सहकार्यमाथि मन्त्री स्तरीय समितिको विस्तारका साथ रणनीतिक साझेदारी अझ गहन बनाइएको प्रतिबिम्बित गर्दछ। दुवै पक्षमा विभिन्न मन्त्रालयद्वारा उच्च स्तरीय अनेकौं दौडाहाका साथमा विश्वास अनि परस्पर बुझाई विकास गरेको सम्बन्धमा सराहना गरे। बैठकको अन्त्यमा, दुवै नेताले भारत-सऊदी अरब रणनीतिक साझेदारी परिषदको दोस्रो बैठकको कार्यवृत्तमा हस्ताक्षर गरे।
भारतीय पक्षद्वारा सऊदी अरबमा बसोबासो गर्ने 2.7 मिलियन जति भारतीयको कल्याणलाई निरन्तरता दिएकोमा सराहना गर्दै, यसले दुई राष्ट्रबीच मानिस अनि मानिसबीचको बन्धनका साथै अपार सद्भावना रहेको उल्लेख गरे। भारतीय पक्षद्वारा 2024 मा सफलतापूर्वक हज तीर्थ आयोजन गरेकोमा सऊदी अरबको सराहना गर्दै भारतीय हज अनि ऊमराह तीर्थयात्रीहरूबीच उत्तम समन्वयनको सराहना गरियो।
दुवै पक्षद्वारा भारत अनि सऊदी अरबबीच हालका वर्षमा आर्थिक सम्बन्ध, व्यापार एवं निवेशमा वृद्धिलाई स्वागत जनाइयो। भारतीय पक्षद्वारा भिजन 2030 अन्तर्गतका लक्ष्यहरूको दिशामा हासिल प्रगतिको निम्ति बधाई दिइयो। सऊदी पक्षद्वारा भारतको सतत आर्थिक विकासका साथै विकसित भारतको लक्ष्य अर्थात् 2047 सम्म विकसित देश बन्ने लक्ष्यको सराहना गरियो। दुवै पक्षद्वारा सम्बन्धित राष्ट्रिय लक्ष्य हासिल गर्दै साझा समृद्धि हासिल गर्न परस्पर हितका क्षेत्रमा मिलेर काम गर्न सहमति जनाइयो।
दुवै नेताद्वारा दई देशबीच निवेशको प्रवाहलाई प्रोत्साहित गर्न 2024 मा गठित उच्च स्तरीय कार्यबल (एचएलटीएफ) अन्तर्गत चर्चामा गरिएको प्रगतिप्रति सन्तुष्टि व्यक्त गरियो। ऊर्जा, पेट्रोरसायन, पूर्वाधार, प्रविधि, फिनटेक, डिजिटल पूर्वाधार, दूरसञ्चार, फार्मासुटिकल्स, विनिर्माण अनि स्वास्थ्य लगायतका विविध क्षेत्रमा निवेश गर्ने सऊदी अरबको इच्छालाई ध्यानमा राख्दै, उच्च स्तरीय कार्यबल विविध क्षेत्रमा समझदारीमा पुगेको र यसले त्यस्ता निवेशको प्रवाहलाई प्रोत्साहित गर्ने उल्लेख गरियो। दुईवटा रिफाइनरी स्थापित गर्न सहकार्यको निम्ति उच्च स्तरीय कार्यबलमा सम्झौता भएको पनि उनीहरूले उल्लेख गरे। यस कार्यबलद्वारा कराधान जस्ता क्षेत्रमा गरिएको प्रगति भविष्यमा अरू व्यापक सहकार्यको निम्ति उल्लेखनीय प्रगति हो। दुवै पक्षद्वारा सक्दो चाँडै द्विपक्षीय निवेश सम्झौता सम्बन्धी वार्ता पूरा गर्ने इच्छा व्यक्त गरियो। भारतीय पक्षद्वारा पीआइएफद्वारा निवेश सुगमीकरणका लागि सीर्ष विन्दुका रूपमा काम गर्न सार्वजनिक निवेश निधिमा (पीआइएफ) भारतीय डेस्क शुरु गरिएकोमा सराहना गरियो। उच्च स्तरीय कार्यबलको कामले परस्पर आर्थिक विकास अनि सहयोगपूर्ण निवेशमाथि केन्द्रित भारत र सऊदी अरबबीच बढ्दो आर्थिक साझेदारी रेखाङ्कित गर्ने बताए।
दुवै पक्षद्वारा प्रत्यक्ष अनि परोक्ष निवेश साझेदारीलाई सुदृढ बनाउने प्रतिबद्धता पुष्टि गरियो। नयाँ दिल्लीमा सेप्टेम्बर 2023 मा सम्पन्न सऊदी-भारत निवेश मञ्चको परिणामका साथै दुवै देशद्वारा सार्वजनिक एवं निजी क्षेत्रमा हासिल गरिएको सक्रिय सहकार्यको पनि सराहना गरे। दुवै पक्षद्वारा भारतीय कम्पनीहरूद्वारा सऊदी अरबमा निवेश गतिविधि विस्तार गरिएकोमा सराहना गर्दै परस्पर निवेश बढाउन निजी क्षेत्रहरूले खेलेको भूमिकाको सराहना गरे। दुवै पक्षद्वारा निवेश भारत तथा सऊदी अरब निवेश मन्त्रालयबीच द्विपक्षीय निवेश बढाउन सहकार्य संरचना सक्रिय बनाइएको कुरालाई स्वीकार गरे। दुवै पक्षद्वारा परस्पर विकास अनि नवाचारमा योगदान पुऱ्याउन स्टार्टअप ईकोसिस्टममा द्विपक्षीय सहकार्य बढाउन सहमति जनाइयो।
ऊर्जाको क्षेत्रमा, भारतीय पक्षद्वारा वैश्विक तेल बजारमा स्थिरतालाई बझाउनका साथै वैश्विक ऊर्जा बजारको गतिकीमा सन्तुलन ल्याउन मिलेर काम गर्न सहमति जनाइयो। वैश्विक बजारमा सबै ऊर्जा स्रोतका लागि आपूर्तिको सुरक्षा सुनिश्चित गर्नुपर्ने कुरामाथि बल दिए। भारतीय रणनीतिक आरक्ष्य कार्यक्रम, ऊर्जा क्षेत्र अनि काँचो तेल अनि त्यसका उप-उत्पादहरूको आपूर्तिका साथमा एलपीजी, भारतीय रणनीतिक आरक्ष्य कार्यक्रम, रिफाइनिङ तथा पेट्रोरसायन क्षेत्रमा संयुक्त परियोजनासँगै विनिर्माण तथा विशिष्टतायुक्त उद्योग, हाइड्रोकार्बनको अभिनव प्रयोग, ऊर्जा तथा नविकरणीय ऊर्जा तथा दुई देशबीच ईलेक्ट्रिकल इन्टरकनेक्सनका लागि संयुक्त विस्तृत अध्ययन पूरा गर्ने, ग्रिड अटोमेशन, ग्रिड कनेक्टिभिटी, ईलेक्ट्रिकल ग्रिड सुरक्षा एवं अनुकूलन र नविकरणीय ऊर्जा परियोजना एवं ऊर्जा भण्डारण प्रविधिको क्षेत्रमा विशेषज्ञताको विनिमय तथा परियोजनाहरूको कार्यान्वयनमा दुवै पक्षका कम्पनीहरूको सहभागिता बढाउने लगायतका कैयौं क्षेत्रमा सहकार्य बढाउनुपर्ने महत्त्वमाथि सहमति जनाए।
दुवै पक्षद्वारा हरित/ स्वच्छ हाइड्रोजनका साथमा माग बढाउने, हाइड्रोजन परिवहन एवं भण्डारण प्रविधि विकास गर्ने, सर्वोत्तम कार्यपद्धति कार्यान्वयन गर्न अनुभव अनि विशेषज्ञता आदान-प्रदान गर्नुपर्ने महत्त्वमाथि जोड दिइयो। दुवै पक्षद्वारा आपूर्ति शृङ्खलाको विकास तथा ऊर्जा क्षेत्रसित सम्बन्धित परियोजनामाथि काम गर्न, ऊर्जा कौशलताको क्षेत्रमा सहकार्य बढाउन कम्पनीहरूबीच सहकार्य विस्तार गर्न तथा भवन, उद्योग अनि परिवहन क्षेत्रमा ऊर्जा खपतको विवेकीकरणका साथै यसका महत्त्वबारे जागरूकता फैलाउन आवश्यक रहेको तथ्य स्वीकार गरियो।
जलवायु परिवर्तनको सम्बन्धमा, दुवै पक्षद्वारा जलवायु परिवर्तनमाथि संयुक्त राष्ट्रको संरचना अभिसन्धि तथा पेरिस सम्झौताका सिद्धान्तहरू अनुपालन गर्नुपर्ने महत्त्वमाथि जोड दिँदै स्रोतको साटो उत्सर्जनमाथि केन्द्रित गर्दै जलवायु सम्झौता विकास गरी कार्यान्वयन गर्नमाथि बल दिइयो। भारतीय पक्षद्वारा सऊदी अरबद्वारा शुरु गरिएको “सऊदी हरित पहल” तथा “मध्यपूर्व हरित पहल”को सराहना गर्दै जलवायु परिवर्तनको क्षेत्रमा सऊदी अरबको प्रयासलाई सहयोग गर्न तयार रहेको बताइयो। दुवै पक्षद्वारा उत्सर्जनको व्यवस्थापन गर्दै जलवायु परिवर्तनको लक्ष्य हासिल गर्न परिचक्री कार्बन अर्थनीतिको प्रयोग नीतिलाई प्रोत्साहित गर्दै परिचक्री कार्बन अर्थनीतिको अनुप्रयोग विकास गर्न सहाकार्यको महत्त्वमाथि जोड दिइयो। अन्तरराष्ट्रिय सौर गठबन्धन, एक सूर्य एक विश्व एक ग्रिड, आपदा प्रत्यास्थी पूर्वाधार गठबन्धन (सीडीआरआइ), पर्यावरणका लागि जीवनशैली मिशन (लाइफ) तथा ग्लोबल ग्रीन क्रेडिट इनिसिएटिभ जस्ता अभिनव पहलको माध्यमद्वारा वैश्विक जलवायु कार्वाहीमा भारतको योगदानको पनि सऊदी अरबद्वारा सराहना गरियो।
दुवै पक्षद्वारा हालका वर्षमा द्विपक्षीय व्यापारमा तेज वृद्धि भएकोमा सन्तुष्टि व्यक्त गरियो, जहाँ वर्ष 2023-24 मा भारत सऊदी अरबका लागि दोस्रो बृहत् कारोबारी साझेदार बनेको छ भने सऊदी अरब भारतको पाँचौं बृहत् कारोबारी साझेदार बनेको छ। दुवै पक्षद्वारा द्विपक्षीय कारोबारको विविधिकरणका लागि सहकार्य बढाउन सहमति जनाइयो। यस सम्बन्धमा, दुवै पक्षद्वारा कारोबार एवं व्यापार प्रतिनिधिहरूको दौडाहा बढाउनुपर्ने तथा कारोबार एवं निवेश कार्यक्रम आयोजित गर्नुपर्ने विषयको महत्त्वमाथि सहमति जनाइयो। दुवै पक्षद्वारा भारत-जीसीसी-एफटीएमाथि वार्ता शुरु गर्न इच्छा दोहोऱ्याइयो।
दुवै पक्षद्वारा रणनीतिक साझेदारीको मुख्य स्तम्भका रूपमा रक्षा सम्बन्धलाई अझ गहन बनाउनुपर्ने कुराको सराहना गर्दै रणनीतिक साझेदारी परिषद अन्तर्गत रक्षा सहकार्यका लागि मन्त्री स्तरीय समितिको गठनलाई स्वागत जनाइयो। क्षेत्रको सुरक्षा अनि स्थिरता सुनिश्चित गर्न प्रथमपटक थल सेनाको “सादा तनसिक” जस्ता अभ्यास, दुई चरणको नौसेना अभ्यास “अल मोहेद अल हिन्दी”, कैयौं स्तरको दौडाहा तथा प्रशिक्षणको विनिमय लगायतका कैयौं प्रथमसहितको संयुक्त रक्षा सहकार्यको विकासप्रति सन्तुष्टि व्यक्त गरियो। तीनवटा सेवाबीच अधिकारी स्तरीय वार्ता शुरु गरिएको उल्लेख गर्दै सेप्टेम्बर 2024 मा रियादमा आयोजित रक्षा सहकार्यमाथि संयुक्त समितिको छैटौं बैठकको परिणामको स्वागत जनाए। दुवै पक्षद्वारा रक्षा उद्योगबीच सहकार्य बढाउन सहमति जनाइयो।
सुक्षा क्षेत्रमा निरन्तर सहयोग हासिल गरिएको उल्लेख गर्दै दुवै पक्षद्वारा उचित सुरक्षा अनि स्थिरताका लागि यस सहकार्यको महत्त्व रेखाङ्कित गरियो। दुवै पक्षद्वारा साइबर सुरक्षा, समुद्री सीमा सुरक्षा, सीमापार अपराधलाई सल्टाउने तथा लागू एवं मादक पदार्थको तस्करीको सम्बन्धमा दुवै पक्षबीच सहकार्य बढाउनुपर्ने आवश्यकतामाथि जोड दिइयो।
दुवै पक्षद्वारा जम्मू-कश्मीरको पहलगाममा 22 अप्रेल, 2025 को दिन भएको बर्बर आतङ्कवादी हमलाको कडा शब्दमा भर्त्सना जनाइयो, जसमा निर्दोष नागरिकहरूले ज्यान गुमाएका छन्। यस सन्दर्भमा, दुवै पक्षद्वारा आतङ्कवाद तथा सबै रूपमा चरम उग्रवाद अनि त्यसका सबै रूपको भर्त्सना जनाउँदै यो मानवताका लागि सबैभन्दा ठूलो खतरा रहेको कुरामाथि बल दिए। कुनै पनि आतङ्कवादी कार्यलाई कुनै पनि कारणमा न्यायसङ्गत मान्न नसकिने कुरामा सहमति जनाए। आतङ्कवादलाई कुनै विशेष वर्ण, धर्म वा संस्कृतिसँग जोड्ने प्रयासलाई दुवै पक्षद्वारा खारेज गरियो। आतङ्कवाद विरुद्ध तथा आतङ्कवादको वित्तपोषणको क्षेत्रमा दुवै पक्षद्वारा उत्तम सहकार्यको स्वागत जनाइयो। सीमापारिबाट हुने आतङ्कवादको निन्दा गर्दै सबैलाई कुनै पनि राष्ट्र विरुद्ध आतङ्कवादको प्रयोग खारेज गर्न, आतङ्कवादी पूर्वाधार ध्वस्त पार्न र तेज गतिमा आतङ्कवादका दोषीहरूलाई न्यायको सामना गर्न अघि ल्याउन आग्रह गरे। दुवै पक्षद्वारा कुनै अन्य देश विरुद्ध आतङ्कवादी कार्य गर्न क्षेप्यास्त्र अनि ड्रोनसहितका हतियारसम्म पहुँचको रोकथाम गर्न आवश्यक रहेको कुरामाथि जोड दिइयो।
दुवै पक्षद्वारा वर्तमान अनि भावी स्वास्थ्य जोखिम अनि स्वास्थ्य चुनौतीहरूलाई सम्बोधित गर्न स्वास्थ्यको क्षेत्रमा भइरहेका सहकार्यको उल्लेख गरियो। यस सन्दर्भमा, दुई देशबीच स्वास्थ्यको क्षेत्रमा सहकार्यको निम्ति एमओयुमा हस्ताक्षरलाई पनि स्वागत जनाइयो। भारतीय पक्षद्वारा सऊदी अरबलाई जेद्दामा नोभेम्बर 2024 मा सफलतापूर्वक एन्टिमाइक्रोबियल रेसिस्टेन्समाथि चौथो मन्त्री स्तरीय सम्मेलन सफलतापूर्वक आयोजित गरेकोमा बधाई दिइयो। सऊदी खाद्य एवं औषधि प्राधिकरणद्वारा सऊदी अरबमा भारतीय औषधिहरूको सन्दर्भ मूल्य तथा द्रूतमार्गी पञ्जिकरणसित सम्बन्धित मुद्दालाई सम्बोधित गर्न शुरु गरिएको पहलको स्वागत जनाइयो। दुवै पक्षद्वारा सऊदी खाद्य एवं औषधि प्राधिकरण तथा केन्द्रिय औषधि मानक नियन्त्रण सङ्गठन (सीडीएससीओ) बीच थप पाँच वर्षका लागि चिकित्सा उत्पाद विनियमनको क्षेत्रमा सहकार्यको निम्ति एमओयु विस्तार गरिएकोमा स्वागत जनाइयो।
दुवै पक्षद्वारा आर्टिफिसियल इन्टेलिजेन्स, साइबर सुरक्षा, सेमीकण्डक्टर आदि जस्ता नयाँ अनि उदीयमान विषयका प्रविधिमा सहकार्यको महत्त्व रेखाङ्कित गरियो। डिजिटल शासनको महत्त्वमाथि जोड दिँदै, दुवै पक्षद्वारा यस क्षेत्रमा सहकार्यको खोजी गर्न सहमति जनाइयो। यसका साथै भारतीय दूरसञ्चार नियामक प्राधिकरण तथा सऊदी अरब सञ्चार, अन्तरिक्ष एवं प्रविधि आयोगबीच नियामक एवं डिजिटल क्षेत्रमा सहकार्यको निम्ति एमओयुमा हस्ताक्षर गरिएकोमा सन्तुष्टि व्यक्त गरियो।
दुवै पक्षद्वारा यस दौडाहाका क्रममा अन्तरिक्षमा सहकार्यको निम्ति एमओयुमा हस्ताक्षरले प्रक्षेपण वाहन, अन्तरिक्ष यान, भूप्रणाली, अन्तरिक्ष प्रविधिका अनुप्रयोग, अनुसन्धान एवं विकास, शैक्षणिक संलग्नता अनि उद्यमिताको क्षेत्रमा सहकार्य बढाउन मार्ग प्रशस्त गर्ने उल्लेख गरियो।
दुवै पक्षद्वारा सऊदी अरब अनि भारतीय गणराज्यबीच विरासत, फिल्म, साहित्य, प्रदर्शनकारी तथा दृश्यकला जस्ता प्रमुख क्षेत्रमा सक्रिय संलग्नताको माध्यमद्वारा सांस्कृतिक सहकार्य बढिरहेको पनि उल्लेख गरियो। रणनीतिक साझेदारी परिषद अन्तर्गत पर्यटन एवं सांस्कृतिक सहकार्य मन्त्री स्तरीय समितिको गठनले यस साझेदारीलाई अझ व्यापकता दिन महत्त्वपूर्ण कदम बन्नेछ। दुवै पक्षद्वारा क्षमता निर्माण अनि वहनीय पर्यटनको माध्यमद्वारा पर्यटनमा सहकार्य बढाउन सहमति गरियो। यसका अतिरिक्त, दुई देशबीचका जनमानसबीचको बलियो सम्बन्धद्वारा मिडिया, मनोरञ्जन अनि खेलकूदको क्षेत्रमा विभिन्न अवसर विस्तार भएको कुरा पनि रेखाङ्कित गरे।
दुवै पक्षद्वारा कृषि अनि खाद्य सुरक्षा लगायत उर्वरकको कारोबारमा दुई देशबीच लामो समयदेखि सहकार्य चलिआएको कुराको सराहना गरियो। यस क्षेत्रमा दीर्घकालीन रणनीतिक सहकार्य निर्माण गर्ने संयुक्त परियोजनाका साथमा आपूर्तिको सुरक्षा अनि परस्पर निवेशका लागि दीर्घकालीन सम्झौता गर्न दुवैद्वारा सहमति जनाइयो।
नवाचारको पोषण, क्षमता निर्माण अनि वहनीय विकासमा रणनीतिक महत्त्वलाई रेखाङ्कित गर्दै दुवै देशबीच शिक्षा अनि वैज्ञानिक सहकार्यले गति पक्रिरहेकोमा सराहना गरियो। भारतका शीर्ष विश्वविद्यालयको सऊदी अरबमा उपस्थितिको अवसरका लागि सऊदी पक्षद्वारा स्वागत जनाइयो। दुवै पक्षद्वारा श्रम अनि मानव संसाधनमा सहकार्य विस्तार गर्दै सहकार्यको अवसरहरू चिन्हित गर्नुपर्ने आवश्यकतामाथि जोड दिइयो।
महामहिम राजकुमार मोहम्मद बिन सलमान बिन अब्दुलाजिज अल सऊद, युवराज तथा सऊदी अरबका प्रधानमन्त्रीको सेप्टेम्बर 2023 मा भारत भ्रमणको समय भारत-मध्यपूर्व युरोप आर्थिक गलियारामाथि सम्झौता ज्ञापनमा हस्ताक्षर गरिएको कुरा स्मरण गर्दै,रेलवे अनि बन्दरगाहहरू जोड्दै वस्तु अनि सेवाको पारगमन बढाउन र हितधारकहरूको कारोबार बढाउन, डाटा कनेक्टिभिटी र ग्रिड इन्टरकनेक्टिभिटी बढाउने लगायतका पूर्वाधारको विकास गर्न जोड दिइए अनुरूप मिलेर काम गर्न प्रतिबद्धता व्यक्त गरियो। यस सम्बन्धमा, दुवै पक्षद्वारा अक्टोबर 2023 मा हस्ताक्षर गरिएको ईलेक्ट्रिकल इन्टरकनेक्सन, स्वच्छ/ हरित हाइड्रोजन तथा आपूर्ति शृङ्खलामाथि गरिएको एमओयुको प्रगतिको दुवै पक्षद्वारा स्वागत जनाइयो। दुवै पक्षद्वारा दुई देशबीच जहाजहरूको आवागमनमा वृद्धिप्रति सन्तुष्टि व्यक्त गरियो।
वैश्विक अर्थनीतिले सामना गरिरहेका चुनौतीहरूलाई सम्बोधित गर्ने प्रयास स्वरूप जी-20, अन्तरराष्ट्रिय मुद्रा कोष अनि विश्व ब्याङ्क लगायतका अन्तरराष्ट्रिय सङ्गठन अनि मञ्चमा दुई देशबीच सहकार्य अनि समन्वयन बढाउनुपर्ने महत्त्वमाथि दुवै पक्षद्वारा जोड दिइयो। रियाद शिखर सम्मेलन 2020 मा जी-20 का नेताहरूद्वारा अनुमोदित गरिएको “ऋणइ सेवा निलम्बन पहलभन्दा बाहिर ऋण शोधनका लागि साझा ढाँचा (डीएसएसआइ)” भित्र रहेको सहकार्यको पनि दुवै पक्षद्वारा सराहना गरियो। पात्र देशहरूको ऋणलाई सम्बोधित गर्न आधिकारिक ऋणदाता (विकासशील देश ऋणदाता तथा पेरिस क्लब ऋणदाता) अनि निजी क्षेत्रबीच समन्वयनका लागि मुख्य अनि विस्तृत मञ्चका रूपमा साझा ढाँचाको कार्यान्वयन बढाउनुपर्ने महत्त्वमाथि पनि जोड दिइयो।
दुवै पक्षद्वारा यमन सङ्कटको विस्तृत राजनीतिक समाधानतर्फ लक्षित अन्तरराष्ट्रिय अनि क्षेत्रीय प्रयासप्रति पूर्ण समर्थन रहेको पुष्टि गरियो। भारतीय पक्षद्वारा सऊदी अरबको यमनी पक्षहरूबीच वार्ता प्रोत्साहित गर्न लक्षित पहलका साथमा यमन क्षेत्रमा मानवीय सहायता सुगम बनाउन खेलेको भूमिकाको सराहना गरियो। सऊदी पक्षद्वारा पनि यमनमा मानवीय सहायता प्रदान गर्ने दिशामा भारतले गरेको प्रयासको सराहना गरियो। दुवै पक्षद्वारा संयुक्त राष्ट्रको समुद्री कानून (युएनसीएलओएस) अनुरूप जलमार्गको सुरक्षा एवं निश्चितताका साथमा जलमार्गमा नौपरिवहनको स्वतन्त्रता सुनिश्चित गर्ने दिशामा सहकार्य प्रोत्साहित गर्नुपर्ने विषयमा सहमति जनाइयो।
भ्रमणकालमा तल उल्लेखित एमओयुहरूमा हस्ताक्षर गरियो :
- शान्तिपूर्ण उद्देश्यका लागि अन्तरिक्ष गतिविधिको क्षेत्रमा भारतको अन्तरिक्ष विभाग तथा सऊदी अन्तरिक्ष अभिकरणबीच एमओयु।
- स्वास्थ्यको क्षेत्रमा सहकार्यको निम्ति भारतीय गणराज्यको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालय तथा सऊदी अरब अधिराज्यको स्वास्थ्य मन्त्रालयबीच एमओयु।
- आवक विदेशी सतही पार्सलका लागि भारतको डाक विभाग र सऊदीको डाक निगम (एसपीएल) बीच द्विपक्षीय सम्झौता।
- भारतीय राष्ट्रिय डोपिङरोधी अभिकरण (एनएडीए) र सऊदी अरब डोपिङरोधी समिति (एसएएडीसी) बीच डोपिङरोधन तथा निवारणको क्षेत्रमा सहकार्यको निम्ति एमओयु।
दुवै पक्षद्वारा परस्पर रूपमा सहमत मितिमा रणनीतिक साझेदारी परिषदको अर्को बैठक आयोजित गर्ने तय गरियो। सम्बन्धित देशमा आर्थिक अनि सामाजिक विकासको ध्येयका साथ दुई राष्ट्र अघि बढिरहँदा, दुवैद्वारा विविध क्षेत्रमा सञ्चार, समन्वयन अनि सहकार्य जारी राख्ने तय गरियो।
भ्रमणको अन्त्यमा, प्रधानमन्त्री श्री नरेन्द्र मोदीले स्वयं अनि प्रतिनिधि टोलीको न्यानो स्वागत अनि उदार आतिथ्यका लागि महामहिम राजकुमार मोहम्मद बिन सलमान बिन अब्दुलाजिज अल सऊद, युवराज तथा सऊदी अरबका प्रधानमन्त्रीप्रति आभार अनि सराहना व्यक्त गरे। सऊदी अरब अधिराज्यका मित्रवत जनमानसको निरन्तर प्रगति अनि समृद्धिको पनि उनले कामना गरे। यसै गरी महामहिमले पनि प्रधानमन्त्री नरेन्द्र मोदीका साथमा मित्रवत भारतीय जनमानसको थप प्रगति अनि समृद्धिको निम्ति शुभकामना व्यक्त गरे।
*******
(Release ID: 2123785)
Read this release in:
English
,
Urdu
,
Marathi
,
Hindi
,
Assamese
,
Manipuri
,
Bengali
,
Punjabi
,
Gujarati
,
Odia
,
Tamil
,
Telugu
,
Kannada
,
Malayalam