सूचना तथा प्रसारण मन्त्रालय

क्षेत्रीय आधारदेखि राष्ट्रिय केन्द्रविन्दुसम्म


डब्लुएएम-ले भारतका श्रेष्ठ रचनाकारलाई वेभ्स 2025 मा विभूषित गर्ने

 Posted On: 21 APR 2025 4:08PM |   Location: PIB Gangtok

महिना दिनसम्म चलेको क्षेत्रीय प्रतियोगिताका साथै हजारौं प्रविष्टिपछि, देशभरीको 11 वटा शहरबाट वेभ्स एनिमे एवं माङ्गा प्रतियोगिताको (डब्लुएएम) राष्ट्रिय फिनालेमा सहभागी बन्न फाइनलिस्टहरूको चयन गरिएको छ। प्रतिष्ठित कार्यक्रम मुम्बईको जियो वर्ल्ड कन्भेन्सन सेन्टरमा 1-4 मईसम्म आयोजित हुने भारतको पहिलो मिडिया एवं मनोरञ्जन शिखर सम्मेलन वेभ्स 2025 मा प्रस्तुत गरिनेछ।

डब्लुएएम, भारत सरकारको सूचना एवं प्रसारण मन्त्रालयको सहयोगमा भारतीय मिडिया एवं मनोरञ्जन सङ्गठन (एमईएआइ) द्वारा वेभ्सको (विश्व श्रव्य-दृश्य एवं मनोरञ्जन शिखर सम्मेलन) अंशका रूपमा आयोजित भइरहेको छ। एभीजीसी-एक्सआर क्षेत्र-एनिमेशन, दृश्य प्रभाव, गेमिङ, कमिक्स तथा विस्तारित वास्तविकताका लागि वेभ्स भारतको सबैभन्दा बृहत् मञ्च हो। वेभ्सको केन्द्रमा क्रिएट इन इण्डिया च्यालेञ्ज (सीआइसी) सामेल छ। सीआइसीको प्रथम सिजनले 1,100 अन्तरराष्ट्रिय प्रतिभागीसहित 1 लाख जति पञ्जिकरणका साथ इतिहास रचेको छ। विस्तृत चयन प्रक्रियापछि, 750+ फाइनलिस्टलाई 32 विशिष्ट च्यालेञ्जबाट चयन गरिएका छन्।

सीआइसी अन्तर्गत असाधारण भाग डब्लुएम रहेको छ। विगत दसकमा, भारतमा एनिमे तथा माङ्गा तेज गतिले वृद्धि भएको छ। एक आला रुचिका रूपमा शुरु भएको यो हाल व्यापक सांस्कृतिक लहर बनेको छ। भारतमा करिब 180 एनिमे फ्यान्स छन्, जसले चीनपछि दोस्रो विशाल एनिमे बजार बनाउँदछ। यो वृद्धि फ्यानमा मात्र नभएर सङ्ख्यामा पनि भएको छ। वर्ष 2023 मा भारतीय एनिमे बजार $1,642.5 मिलियन बराबरको थियो, जुन 2032 सम्म $5,036 मिलियनको पुग्ने आशा गरिएको छ।

डब्लुएएमले भारतीय रचनाकारहरूलाई मौलिक आइपी (बौद्धिक सम्पदा) विकास गरी प्रस्तुत गर्ने संरचनागत अवसर प्रदान गरी बढ्दो रचनात्मक ऊर्जाको दोहन गरेको छ। यसले मौलिक, सांस्कृतिक रूपमा आधारित आइपी प्रोत्साहित गर्दै भारतीय मिडिया उद्योगमा खाली ठाउँ भर्ने काम गर्दछ। वैश्विक एनिमेको वृद्धिका साथै बढ्दो डिजिटल साक्षरताका साथ, डब्लुएमले विद्यार्थी अनि पेशेवरहरूलाई विचार प्रदर्शित गर्ने मञ्च प्रदान गर्दछ। यसले पिच-रेडी आइपी विकास गर्ने, उद्योगबाट संरक्षणसम्म सुगम्यता अनि सरकारको सहयोगका लागि स्पष्ट मार्ग प्रदान गर्दछ।

यस दृष्टिकोणलाई जीवन प्रदान गर्न, विविध कार्यक्षेत्रमा प्रतियोगिता आयोजित गरिएको थियो : माङ्गा (विद्यार्थी एवं पेशेवर), एनिमे (विद्यार्थी एवं पेशेवर), वेबटून (विद्यार्थी एवं पेशेवर), श्रव्य अभिनय एवं कस्प्ले। प्रतिभागीहरू सावधानीपूर्वक विद्यार्थी अनि पेशेवर श्रेणी अन्तर्गत चयन गरिएको थियो। डब्लुएएमले ऊर्ध्वगामी दृष्टिकोण अपनाउँदै 11 वटा शहर – गुवाहाटी, कोलकाता, भुवनेश्वर, बनारस, दिल्ली, मुम्बई, नागपुर, अहमदाबाद, हैदराबाद, चेन्नई अनि बङ्गलुरूमा प्रतियोगिता आयोजित गरेको थियो।

एनिमेशन, कमिक्स, मिडिया एवं मनोरञ्जन क्षेत्रका विशेषज्ञहरूको एउटा विशेष जुरीले प्रत्येक शहरबाट विजेताहरूको चयन गरेका थिए। उनीहरूको विशेषताले विभिन्न आवाज अनि कथा सुनाउने परम्परालाई प्रतिनिधित्त्व गर्ने उच्च क्षमता भएका प्रतिभाहरू चयन सुनिश्चित गरेका थिए। क्षेत्रीय दौडाहाले भारतको समृद्धि भाषिक एवं कलात्मक विविधता उजागर गर्दै रचनात्मक प्रतिभाको कुनै सीमा नहुने साबित गरेको छ।

यसै सुदृढ आधारका साथ, राष्ट्रिय समापन समारोह अब केवल एउटा उत्सव मात्र नभएर उडान भर्ने मञ्च बनेको छ। प्रतियोगीहरूलाई उद्योग तयार पेशेवर बन्न मद्दत गर्नका लागि तयार गरिएको यस कार्यक्रमले लाइभ पिचिङ सत्र, प्रोडक्सन स्टुडियोका साथ कनेक्सन अनि अन्तरराष्ट्रिय मिडिया दिग्गजहरूका साथ नेटवर्किङको अवसर प्रदर्शित गर्दछ।

अन्तिम रूपमा चयनित रचनाकारहरू अब वेभ्स 2025 को “डब्लुएएम” राष्ट्रिय फिनालेका लागि मुम्बई गई आफ्नो कृति  अन्तरराष्ट्रिय निर्णायक मण्डली अनि लाइभ दर्शकसमक्ष प्रस्तुत गर्नेछन्। समापन समारोहमा बहुप्रतीक्षित उत्साह देखिनेछ, जसमा विजेताहरूलाई निम्नलिखित पुरस्कार प्रदान गरिनेछ।

  • टोकियोमा “एनिमे जापान-2026”को निम्ति सबै खर्च भुक्तान गरिनेछ।
  • गुलमोहर मिडियाद्वारा हिन्दी, अङ्ग्रेजी अनि जापानीमा एनिमेको डबिङ,
  • “टूनसूत्र”द्वारा वेबटून प्रकाशन।

डब्लुएएम प्रतिस्पर्धाभन्दा अरू व्यापक छ। यो एउटा सांस्कृतिक आन्दोलन हो, जसको उद्देश्य वैश्विक रूपमा भारतीय कथाहरूमाथि आधारित मूल सामग्रीको अभाव सम्बन्धी भारतको मिडिया परिदृश्यमा एउटा महत्त्वपूर्ण अन्तरलाई सम्बोधित गर्नु हो। जसै-जसै 2025 को लहर नजिक आइरहेको छ, उत्साह पनि त्यति नै बढिरहेको छ। यो प्रतिभा, मौलिकता अनि कथा सुनाउने परिवर्तनकारी शक्तिको उत्सव हो। (पीआइबी)

 

सन्दर्भहरू:

अङ्ग्रेजी पिडिएफ डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्

*******

सन्तोष कुमार/सरला मीना/कामना लकारिया


Release ID: (Release ID: 2123239)   |   Visitor Counter: Visitor Counter : 10