सूचना तथा प्रसारण मन्त्रालय

वेभ्सको निम्ति पञ्जिकरण 21 देखि 23 अप्रेलसम्म तीन दिनको निम्ति पुनः खोलिएको छ


आवेदन बुझाएर पञ्जिकरण गराउन मिडियाकर्मीहरूलाई अन्तिम आह्वान

 Posted On: 20 APR 2025 2:37PM |   Location: PIB Gangtok

मुम्बई, 20 अप्रेल 2025।

मिडिया समुदायबाट देखाइएको इच्छालाई ध्यानमा राख्दै विश्व श्रव्य-दृश्य एवं मनोरञ्जन शिखर सम्मेलन (वेभ्स) 2025 ले मिडिया प्रतिनिधिहरूका लागि पञ्जिकरण 21 अप्रेल (सोमबार), 22 अप्रेल (मङ्गलबार) र 23 अप्रेल (बुधबार) गरी तीन दिनसम्मको निम्ति पुनः खोलिरहेको छ। मिडिया प्रतिनिधि, फोटोग्राफर अनि डिजिटल सामग्री रचनाकारहरूका लागि, मुम्बईमा 1-4 मई, 2025 सम्म आयोजित हुने बहुप्रतीक्षित मिडिया एवं मनोरञ्जन (एम एवं ई) कार्यक्रमको निम्ति आवेदन गर्ने यो अन्तिम अवसर रहनेछ। तपाईंहरूको कभरेजले भारतको रचनात्मक अर्थनीतिलाई वैश्विक मञ्चसम्म विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ।

पञ्जिकरणको लिङ्क : https://app.wavesindia.org/register/media.

यदि पूर्वको समय सीमामा गुमाएको भए, यो ”सबमिट” बटनमा क्लिक गरी उद्योगका दिग्गजहरूसँग मनोरञ्जनको भविष्यलाई आकार दिन विशेष सत्र, नेटवर्किङको अवसरका साथमा सीधै एक-एक गरी संवादको मौका सुरक्षित बनाउन सकिनेछ।

कसले आवेदन गर्नसक्छन्?

  • पत्रकार (प्रिन्ट, टिभी, रेडियो)
  • फोटोग्राफर/ क्यामेरापर्सन
  • स्वतन्त्र मिडियाकर्मी
  • डिजिटल सामग्री रचनाकार

आवश्यक दस्तावेज :

  • सरकारद्वारा जारी आइडी
  • पासपोर्ट आकारको फोटो
  • मिडियामा आबद्धताको प्रमाण
  • 10 वटा नमूना काम (लिङ्क वा स्क्रीनसट)
  • भिजा (अन्तरराष्ट्रिय आवेदकका लागि)

पञ्जिकरण झ्याल खोलिने मिति : 21 अप्रेल 2025

बन्द हुने मिति : 11.59 बजे, 23 अप्रेल, 2025

अनुमोदित प्रतिनिधिहरूलाई ई-मेलद्वारा सूचित गर्दै वास्तविक समयमा जानकारीका लागि वाट्सएप समूहमा सामेल गरिनेछ।

हामीलाई “वेभ्स मिडिया एक्रिडिटेशन क्वेरी” विषयका साथ pibwaves.media[at]gmail[dot]com वा हेल्पलाइन : 9643034368 मा सम्पर्क गर्नसकिनेछ।

मिडिया प्रतिनिधिको पञ्जिकरण नीतिका लागि यहाँ हेर्नुहोस्

वेभ्ससँगै बग्दै जाने अन्तिम मौका नगुमाउनुहोस्!

 

वेभ्सबारे

मिडिया अनि मनोरञ्जन क्षेत्रका लागि एउटा ऐतिहासिक आयोजन, पहिलो विश्व दृश्य-श्रव्य एवं मनोरञ्जन शिखर सम्मेलन, भारत सरकारद्वारा 1 देखि 4 मई, 2025 सम्म मुम्बई, महाराष्ट्रमा आयोजित गरिनेछ।

चाहे तपाईं पेशेवर होस्, निवेशक होस्, निर्माता होस् वा नवप्रवर्तक होस्, यस शिखर सम्मेलनले तपाईंलाई जोडिने, नेटवर्क बनाउने, नवप्रवर्तन गर्ने र एम एवं ई परिदृश्यमा योगदान दिनका लागि सर्वोत्तम वैश्विक मञ्च प्रदान गर्नेछ।

वेभ्स भारतको रचनात्मक शक्तिलाई बढाउन तथा विषयवस्तु निर्माण, बौद्धिक सम्पदा एवं तकनिकी नवाचारको केन्द्रका रूपमा आफ्नो स्थिति विस्तार गर्नका लागि तयार छ। जुन उद्योग अनि क्षेत्रमाथि ध्यान केन्द्रित गरिएको छ, त्यसमा प्रसारण, प्रिन्ट मिडिया, टेलिभिजन, रेडियो, फिल्म, एनिमेशन, भिजुअल ईफेक्ट्स, गेमिङ, कमिक्स, ध्वनि अनि सङ्गीत, विज्ञापन, डिजिटल मिडिया, सोसियल मिडिया प्लेटफर्म, जेनरेटिभ एआइ, संवर्धित वास्तविकता (एआइ), आभासी वास्तविकता (भीआर) र विस्तारित वास्तविकता (एक्सआर) सामेल छन्।

प्रश्न के छ? उत्तर यहाँ पाउनुहो

पीआइबी टीमबाट वेभ्सको नवीनतम घोषणाका साथ अपडेट रहनुहोस्।

हाम्रो साथमा आउनुहोस्! वेभ्सका लागि पञ्जिकरण गराउनुहोस्

*****

पीआईबी टीम वेभ्स 2025 । सैयद/निकिता/धनलक्ष्मी/परशुराम। 99


Release ID: (Release ID: 2123064)   |   Visitor Counter: Visitor Counter : 13