WAVES BANNER 2025
सूचना तथा प्रसारण मन्त्रालय

वेभ्स फिल्म पोस्टर रचना च्यालेञ्जका शीर्ष 50 डिजिटल पोस्टर विजेता घोषित


अन्तिम पुरस्कार मुम्बईमा वेभ्स कार्यक्रममा उजागर गरिनेछ

चुनिएका 10 जनाले वेभ्समा साक्षात् हस्तरचित पोस्ट रचना प्रतियोगितामा स्पर्धा गर्नेछन्

 Posted On: 19 APR 2025 1:00PM |   Location: PIB Gangtok

मुम्बई, 17 अप्रेल 2025।

विश्व श्रव्य-दृश्य एवं मनोरञ्जन शिखर सम्मेलनले (वेभ्स) फिल्म पोस्टर रचना च्यालेञ्ज अन्तर्गत भारतभरीका कलाकारहरूबाट अपार प्रतिक्रियापछि, शीर्ष 50 डिजिटल पोस्टर विजेता घोषणा गरेको छ। यस प्रतियोगितामा 542 प्रविष्टि प्राप्त भएको थियो, जसले उदीयमान दृश्य कथा वाचकहरूबीच जोश अनि नवाचार दर्शाउँछ। हस्तरचित पोस्टर रचना प्रतियोगितामा देशको विभिन्न चित्रकला संस्थानबाट 10 वटा प्रविष्टि चयन गरिएको छ। विजेताहरू, मुम्बईमा आयोजित हुने वेभ्स शिखर सम्मेलनका समय साक्षात् फिनालेमा चयन गरिनेछ।

डिजिटल पोस्टर रचना प्रतियोगिता

फोटोग्राफर तथा गुरुग्रामको म्युजियो क्यामेराका संस्थापक निर्देशक आदित्य आर्य, रङकर्मी एवं महिलाहरूका लागि दक्षिण दिल्ली पोलिटेक्निककी उप-प्राचार्य आनन्दमोय ब्यानर्जीका साथमा सह-आयोजक ईमाजिनेशन स्ट्रीट आर्ट र राष्ट्रिय फिल्म विकास निगम-राष्ट्रिय फिल्म सङ्ग्रहालय, भारत सामेल रहेको जुरीद्वारा विविध चरणको गहन मूल्याङ्कन गरिएको थियो। प्रारम्भिक चरणमा चयनित 197 पोस्टरबाट, जुरीद्वारा रचनात्मकता, मौलिकता अनि कथावाचनको प्रभावको आधारमा शीर्ष 50 जना चयन गरिएको थियो।

ती पचासजना फाइनलिस्टमध्ये शीर्ष तीनजनाको नाम निम्न रूपमा पहिचान गरिएका छन्।

  • सप्तसिन्धु सेनगुप्त
  • शिवाङ्गी शर्मा कश्यप
  • सुरेश डी. नायर

अन्तिम तीनको पदस्थान मुम्बईमा 1 देखि 4 मईसम्म आयोजित हुने वेभ्स शिखर सम्मेलनमा घोषित गरिनेछ। शिखर सम्मेलनमा 50 विजेता पोस्टर पनि डिजिटल रूपमा प्रदर्शित गर्दै प्रतिभागीहरूलाई दृश्यता अनि मान्यताका लागि बहुमूल्य मञ्च प्रदान गरिनेछ।

वेभ्सको साक्षात् प्रतियोगितामा हस्तरचित पोस्टर चित्रकलाको उत्सव मनाइनेछ

भारतीय सिनेमाको दृश्य पहिचानलाई एक समय परिभाषित गर्ने पारम्परिक कलाको स्वरूपको उज्यालो पक्षलाई प्रदर्शित गर्न वेभ्सले साक्षात् हस्तरचित फिल्म पोस्टर रचना प्रतियोगिता आयोजन गर्नेछ। एमएफ हुसैन अनि एसएम पण्डित जस्ता प्रतिष्ठित चित्रकारको भावनालाई आह्वान गर्दै, यस पक्षले हस्तरचित पोस्टरको समृद्ध विरासतलाई सम्मान जनाउनेछ।

सबै प्रविष्टिमध्ये, 10 विद्यार्थी रङकर्मीलाई वेभ्सको साक्षात् प्रतियोगितामा भाग लिन चयन गरिएको छ। कार्यक्रमले वास्तविक समयमा हस्तरचित फिल्म पोस्टर बनाउने उनीहरूको कौशल प्रदर्शित गर्नेछ। शीर्ष तीन विजेतालाई यस सांस्कृतिक रूपमा महत्त्वपूर्ण माध्यममा उल्लेखनीय योगदानको निम्ति पुरस्कारका साथ सम्मानित गरिनेछ।

फिल्म पोस्टर रचना च्यालेञ्जबारे

वेभ्स फिल्म पोस्टर रचना च्यालेञ्ज सिनेमाई कला, उदीयमान प्रतिभाको उत्सव मनाउने व्यापक पहलका साथै दृश्य कथावाचनको पारम्परिक अनि समकालीन स्वरूपबीचको सेतु हो। थप जानकारीका साथै विजेताहरूको विस्तृत सूचीका लागि हेर्नुहोस् : https://www.nfdcindia.com/waves-poster-challenge-2025/     

वेभ्सबारे

मिडिया अनि मनोरञ्जन क्षेत्रका लागि एउटा ऐतिहासिक आयोजन, पहिलो विश्व दृश्य-श्रव्य एवं मनोरञ्जन शिखर सम्मेलन, भारत सरकारद्वारा 1 देखि 4 मई, 2025 सम्म मुम्बई, महाराष्ट्रमा आयोजित गरिनेछ।

चाहे तपाईं पेशेवर होस्, निवेशक होस्, निर्माता होस् वा नवप्रवर्तक होस्, यस शिखर सम्मेलनले तपाईंलाई जोडिने, नेटवर्क बनाउने, नवप्रवर्तन गर्ने र एम एवं ई परिदृश्यमा योगदान दिनका लागि सर्वोत्तम वैश्विक मञ्च प्रदान गर्नेछ।

वेभ्स भारतको रचनात्मक शक्तिलाई बढाउन तथा विषयवस्तु निर्माण, बौद्धिक सम्पदा एवं तकनिकी नवाचारको केन्द्रका रूपमा आफ्नो स्थिति विस्तार गर्नका लागि तयार छ। जुन उद्योग अनि क्षेत्रमाथि ध्यान केन्द्रित गरिएको छ, त्यसमा प्रसारण, प्रिन्ट मिडिया, टेलिभिजन, रेडियो, फिल्म, एनिमेशन, भिजुअल ईफेक्ट्स, गेमिङ, कमिक्स, ध्वनि अनि सङ्गीत, विज्ञापन, डिजिटल मिडिया, सोसियल मिडिया प्लेटफर्म, जेनरेटिभ एआइ, संवर्धित वास्तविकता (एआइ), आभासी वास्तविकता (भीआर) र विस्तारित वास्तविकता (एक्सआर) सामेल छन्।

प्रश्न के छ? उत्तर यहाँ पाउनुहोस्

पीआइबी टीमबाट वेभ्सको नवीनतम घोषणाका साथ अपडेट रहनुहोस्।

हाम्रो साथमा आउनुहोस्! वेभ्सका लागि पञ्जिकरण गराउनुहोस्

*****

पीआईबी टोली वेभ्स 2025/ रियास/परशुराम /97


Release ID: (Release ID: 2123027)   |   Visitor Counter: 27