सूचना तथा प्रसारण मन्त्रालय
तपाईंको कभरेजलाई तरङ्ग बनाउनुहोस्-साँच्चै!
विश्व अडियो भिजुअल मनोरञ्जन शिखर सम्मेलन (वेभ्स) 2025 को लागि मिडिया प्रतिनिधि पञ्जीकरण शुरु
1-4 मईमा मुम्बईमा हुने डेब्यू वेभ्स शिखर सम्मेलनमा मनोरञ्जनको भविष्यको अनुभव लिनुहोस्
Posted On:
26 MAR 2025 2:04PM by PIB Gangtok
विश्व अडियो भिजुअल र मनोरञ्जन शिखर सम्मेलन (वेभ्स) ले 1 देखि 4 मई, 2025 सम्म मुम्बईमा डेब्यू गर्दै वैश्विक मिडिया र मनोरञ्जन (एमएण्डई) उद्योगमा तरङ्ग ल्याउने तयारी गरेको छ। जसो जसो तयारीले गति लिइरहेको छ, मिडिया प्रतिनिधि पञ्जीकरण 26 मार्च 2025 मा शुरु भइरहेको छ, जसमा पत्रकार, फोटोग्राफर, कन्टेन्ट क्रिएटर र मिडिया पेशेवरहरूलाई यो ऐतिहासिक कार्यक्रम कभर गर्नका लागि आमन्त्रित गरिएको छ। प्रतिभालाई बढावा दिने, क्रिएटरहरूलाई संसारसँग जोड्ने र भारतको एमएण्डई क्षेत्रको भविष्यलाई बढ़ावा दिने कथाकार बन्नुहोस्। तपाईंको कभरेजले साँच्चै ’तरङ्ग’ पैदा गर्न सक्नेछ!

यदि तपाईं पत्रकारिता, मिडिया वा कथा कथनको बारेमा शौकिन हुनुहुन्छ भने, चाहे तपाईँ रिपोर्टर, क्यामेरापर्सन, कन्टेन्ट क्रिएटर वा सामाजिक सञ्जाल पेशेवरको रूपमा हुनुहोस्, तपाईंले वेभ्स 2025 लाई मिस गर्न सक्नुहुन्न! कुराकानीमा सामेल हुनुहोस्, उद्योगका नेताहरूबाट सिक्नुहोस् र नवोदित क्रिएटरहरूलाई सही प्लेटफर्महरूमा चम्कन मद्दत गर्नुहोस्। वेभ्स शिखर सम्मेलन 2025 उद्योग अन्तर्दृष्टि, वैश्विक नेटवर्किङ र एमएण्डई क्षेत्रमा अभूतपूर्व नवाचारहरूको लागि तपाईंको विशेष प्रवेशद्वार हुन सक्छ।
मिडिया प्रतिनिधि पञ्जीकरण प्रक्रिया
वेभ्स मिडिया प्रतिनिधिको रूपमा पञ्जीकरण गर्नका लागि, आवेदकहरूलाई:
- 01 जनवरी 2025 सम्म 18 वर्ष वा सोभन्दा माथिको हुनुपर्छ।
- मान्यता प्राप्त प्लेटफर्ममा संवाददाता, फोटोग्राफर, क्यामेरा व्यक्ति वा डिजिटल कन्टेन्ट क्रिएटर हुनुपर्छ।
- उपरोक्त मापदण्डहरूलाई पूरा गर्ने स्वतन्त्र पत्रकारहरू पनि योग्य छन्।
- अनलाइन पञ्जीकरण गर्नुहोस्: https://app.wavesindia.org/register/media
- पञ्जीकरण विन्डो खुल्नेछ: 26 मार्च 2025
- अन्तिम मिति: 15 अप्रेल, 2025 मा राति 11:59 बजी (आईएसटी)
- मिडिया प्रतिनिधि पास सङ्कलन: मान्यता प्राप्त मिडिया प्रतिनिधिहरूलाई मिडिया प्रतिनिधि पास सङ्कलनको विवरणको बारेमा जानकारी गराइनेछ।
- मिडिया प्रतिनिधि पञ्जीकरण नीतिको विवरण यहाँ फेला पार्नुहोस्।
- अनुसूची बी अनुसार मिडिया प्रतिनिधि पञ्जीकरणको लागि आवश्यक दस्तावेजहरूको सूची यहाँ फेला पार्नुहोस्।
- प्रश्नहरूको लागि pibwaves.media[at]gmail[dot]com मा ’वेभ्स मिडिया मान्यता प्रश्न’ विषयको साथ ईमेल गर्नुहोस्।
कृपया पञ्जीकरणको समयमा सबै आवश्यक दस्तावेजहरू अपलोड गरिएको सुनिश्चित गर्नुहोस्। आवेदनको समीक्षापछि मिडिया मान्यताको स्वीकृति ईमेलको माध्यमद्वारा सूचित गरिनेछ। पीआईबी मान्यता प्राप्त मिडिया व्यक्तिहरू मात्र मिडिया प्रतिनिधि पासहरूको लागि योग्य हुनेछन्। मान्यता विनियोजन मिडिया संस्थाहरूको पहुँच, आवधिकता, मनोरञ्जन क्षेत्रमा ध्यान केन्द्रित गर्ने र वेभ्सको अपेक्षित कभरेजमा आधारित हुनेछ।
वेभ्स किन?
वेभ्स भारतको पहिलो किसिमको वैश्विक प्लेटफर्म हो जुन राष्ट्रको रचनात्मक शक्तिलाई प्रवर्द्धन गर्न र यसलाई कन्टेन्ट क्रिएटर, बौद्धिक सम्पत्ति र प्राविधिक नवाचारको केन्द्रको रूपमा स्थापित गर्न समर्पित छ। यसले प्रसारण, प्रिन्ट मिडिया, टेलिभिजन, रेडियो, चलचित्र, एनिमेशन, दृश्य प्रभाव, गेमिङ, कमिक्स, ध्वनि र सङ्गीत, विज्ञापन, डिजिटल मिडिया, सामाजिक मिडिया प्लेटफर्म, जेनेरेटिभ एआई, संवर्धित वास्तविकता (एआर), भर्चुअल वास्तविकता (भीआर) र विस्तारित वास्तविकता (एक्सआर) लगायतका उद्योगहरूका अग्रणी पेशेवरहरूलाई एकसाथ ल्याउँछ।
तपाईंले मिस गर्न नसक्ने मुख्य हाइलाइटहरू:
क्रिएट इन इण्डिया च्यालेन्ज - मुम्बईमा वेभ्स 2025 मा प्रतिभा प्रदर्शन गर्न प्रतिष्ठित मञ्च प्रदान गर्दै विश्वभरका नवोदित क्रिएटरहरूलाई मनाउने एक अभूतपूर्व पहल।
वेवएक्स 2025, - एक खेल परिवर्तन गर्ने पिच सत्र जहाँ मिडिया-टेक स्टार्टअपहरूले भारतको एमएण्डई पारिस्थितिकी तन्त्रको भविष्यलाई आकार दिने शीर्ष उद्यम पूँजीपतिहरू र सेलिब्रेटी एन्जल निवेशकहरूलाई आफ्ना विचारहरू प्रस्तुत गर्नेछन्।
वेभ्स बजार, एक प्रकारको वैश्विक बजार जसले फिल्म, गेमिङ, सङ्गीत, विज्ञापन, एक्सआर र थपमा क्रिएटर, निवेशक र व्यवसायहरूलाई जोड्दछ। यसले उद्योग पेशेवरहरूलाई नयाँ राजस्व स्ट्रिमहरू अनलक गर्ने अवसर पनि प्रदान गर्दछ।
मास्टरक्लास र अन्तरक्रियात्मक सत्र - मिडिया, मनोरञ्जन र प्रविधिको भविष्यमा अन्तर्दृष्टि प्राप्त गर्दै उद्योगका दिग्गजहरू र वैश्विक नेताहरूबाट सिक्ने दुर्लभ अवसर।
यदि तपाईं यहाँ आगन्तुक हुनुहुन्छ भने पञ्जीकरण गर्नुहोस् र यदि यहाँ विद्यार्थी हुनुहुन्छ भने यहाँ
पीआईबी टोली वेभ्सका नवीनतम घोषणाहरूसँग अद्यावधिक रहनुहोस्
के तपाईँका कुनै प्रश्नहरू छन्? यहाँ उत्तरहरू खोज्नुहोस्।
आउनुहोस्, हामीसँग यात्रा गर्नुहोस्!
*******
(Release ID: 2115475)
Visitor Counter : 21
Read this release in:
Odia
,
Telugu
,
English
,
Urdu
,
Hindi
,
Marathi
,
Assamese
,
Bengali-TR
,
Punjabi
,
Gujarati
,
Tamil
,
Malayalam