वित्त मन्त्रालय
लघु मोड्युलर रिएक्टरको (एसएमआर) अनुसन्धान एवं विकासका लागि परमाणु ऊर्जा मिशन स्थापित गरिनेछ : बजेट 2025-26
कम्तिको पनि पाँचवटा स्वदेशमा विकसित एसएमआर 2033 सम्म परिचालनमा ल्याइनेछ
Posted On:
01 FEB 2025 12:58PM by PIB Gangtok
केन्द्रिय वित्त एवं करपोरेट कार्यमन्त्री श्रीमती निर्मला सीतारमणले आज संसदमा बजेट 2025-26 पेश गर्दै ₹20,000 करोडको परिव्ययका साथ लघु मोड्युलर रिएक्टरको (एसएमआर) अनुसन्धान एवं विकासका लागि परमाणु ऊर्जा मिशन स्थापित गरिने जानकारी दिइन्। कम्तिको पनि पाँचवटा स्वदेशमा विकसित एसएमआर वर्ष 2033 सम्म परिचालनमा ल्याइने उनले अवगत गराइन्।
देशको ऊर्जा सङ्क्रमण प्रयासका लागि आगामी 2047 सम्म कम्तिको पनि 100 गिगावाटको परमाणु ऊर्जा विकास गर्न आवश्यक रहेको केन्द्रिय वित्त मन्त्रीले उजागर गरिन्छ। यस लक्ष्यलाई हासिल गर्न निजी क्षेत्रको सक्रिय साझेदारीका लागि, आणविक ऊर्जा ऐन तथा परमाणु दुर्घटना सम्बन्धी नागरिक उत्तरदायित्त्व अधिनियममा संशोधन गरिने पनि उनले जानकारी दिइन्।
विद्युत वितरण सुधार तथा राज्यभित्र प्रसारण क्षमताको विस्तारका लागि राज्यहरूलाई प्रोत्साहित गरिने पनि बजेटमा प्रस्तावित गरिएको छ। यसले विद्युत कम्पनीहरूको वित्तीय स्वास्थ्य अनि क्षमतामा सुधार ल्याउनेछ। यी सुधारहरूका लागि, राज्यहरूलाई जीएसडीपीको 0.5 प्रतिशत अतिरिक्त कर्जा लिन अनुमति दिइने पनि मन्त्रीले सूचित गरिन्।
*******
(Release ID: 2098464)
Visitor Counter : 12
Read this release in:
Odia
,
Hindi
,
English
,
Urdu
,
Marathi
,
Bengali
,
Punjabi
,
Gujarati
,
Tamil
,
Kannada
,
Malayalam