सूचना तथा प्रसारण मन्त्रालय
76 मा 76: वेभ्स कमिक्स क्रिएटर च्याम्पियनशिपको साथ भारतको रचनात्मक विविधताको उत्सव पालन
76औँ गणतन्त्र दिवसको अवसरमा चुनौतीका 76 सेमीफाइनलिस्ट घोषित; 40 शौकिन क्रिएटर, 30 पेशेवर र 6 विशेष मेन्शन फाइनलमा प्रतिस्पर्धा गर्नका लागि तयार
कमिक च्यालेञ्जले भारतीय कमिक क्रिएटर्सलाई अन्तर्राष्ट्रिय दर्शकहरूसँग जोड़िने र नयाँ साझेदारी बनाउनका लागि एक मञ्च प्रदान गर्दछ
Posted On:
29 JAN 2025 6:24PM by PIB Gangtok
76औँ गणतन्त्र दिवसको उत्सवको उत्साहलाई निरन्तरता दिँदै सूचना तथा प्रसारण मन्त्रालय (एमआईबी), भारतीय कमिक्स सङ्घ (आईसीए) सँगको साझेदारीमा वेभ्स कमिक्स क्रिएटर च्याम्पियनशिपका 76 सेमीफाइनलिस्टहरू घोषणा गरिएको छ।
भारतीय कमिक्सको विविधताको उत्सव मनाउँदै
यो ऐतिहासिक पहलले भारतीय कमिक्सको विविधताको उत्सव मनाउँछ, जसमा देशभरिका क्रिएटरहरूको प्रतिभा प्रदर्शन गर्दछ। प्रविष्टिहरूको विशाल समूहबाट छनोट गरिएका सेमिफाइनलिस्टहरूको भौगोलिक विस्तार, विशेष गरी उल्लेखनीय छ, जसमा 20 राज्य र एनसीआरका 50 शहरबाट क्रिएटरहरू सामेल छन्।
छनोटमा मुम्बई, दिल्ली र बेङ्गलुरु जस्ता प्रमुख महानगरका साथै आनन्द, बेतुल, कालका, समस्तीपुर जस्ता साना शहर र उत्तर पूर्वका शहर जस्तै गुवाहाटी र इम्फाल जस्ता शहरहरू सामेल छन्। यसले देशका सबै कुनाबाट प्रतिभालाई बढ़ावा दिनका लागि च्याम्पियनशिपको प्रतिबद्धतालाई प्रदर्शन गर्दछ।
यो भारतको जीवन्त कमिक पुस्तक संस्कृतिको प्रमाण हो, किनकि वेभ्स यी प्रतिभाशाली क्रिएटरहरूलाई चम्काउनका लागि मञ्च प्रदान गर्नका लागि प्रतिबद्ध छ। 10 देखि 49 वर्ष उमेरका सेमिफाइनलिस्टहरूमा 40 शौखिन र 30 पेशेवर सामेल छन्।
सेमिफाइनलिस्टहरूमा युवा कलाकारहरूको लागि 6 विशेष मेन्शन पनि सामेल छन्, जसले सबै स्तरमा प्रतिभालाई पोषित गर्नका लागि च्याम्पियनशिपको प्रतिबद्धतालाई प्रदर्शन गर्दछ।
भारतीय कमिक्स सङ्घका अध्यक्ष अजितेश शर्माले भने, भारतीय कमिक्सलाई वैश्विक स्तरमा बढ़ावा दिनका लागि सूचना तथा प्रसारण मन्त्रालयसँग साझेदारी गर्न पाउँदा भारतीय कमिक्स सङ्घलाई धेरै खुशी भइरहेको छ। यो पहल रचनात्मक उद्योगहरूलाई सहयोग गर्ने र उदीयमान प्रतिभालाई अवसर प्रदान गर्ने हाम्रो सरकारको प्रतिबद्धताको एक ज्वलन्त उदाहरण हो।
वेभ्स कमिक्स क्रिएटर च्याम्पियनशिप
वेभ्स कमिक्स क्रिएटर च्याम्पियनशिप एक प्रमुख कार्यक्रम हो जसले आईबीएमको ‘क्रिएट इन इण्डिया’ पहललाई अगाडि बढाउँछ, ताकि भारतका रचनात्मक उद्योगहरूलाई विश्व मञ्चमा पुर्याउन सकियोस्। यो च्याम्पियनशिपले भारतीय क्रिएटरहरूलाई अन्तर्राष्ट्रिय दर्शकहरूसँग जोड्ने र नयाँ साझेदारीहरू बनाउनका लागि एक अद्वितीय मञ्च प्रदान गर्दछ।
एमआईबी र आईसीएले 76 सेमीफाइनलिस्टहरूलाई बधाईसँगै र च्याम्पियनशिपमा अगाडि बढ्नको लागि शुभकामना दिँदछन्।
*******
(Release ID: 2097542)
Visitor Counter : 19
Read this release in:
Tamil
,
English
,
Hindi
,
Marathi
,
Punjabi
,
Gujarati
,
Malayalam
,
Kannada
,
Assamese
,
Odia
,
Urdu