सूचना तथा प्रसारण मन्त्रालय
azadi ka amrit mahotsav

महाकुम्भ 2025: प्रयागराजमा सूचना तथा प्रसारण मन्त्रालयको डिजिटल प्रदर्शनीले नागरिकहरूलाई भारतको नयाँ फौजदारी कानूनको बारेमा जानकारी दियो


Posted On: 21 JAN 2025 8:11PM by PIB Gangtok

भारतका नयाँ फौजदारी कानूनहरू - भारतीय न्याय संहिता, 2023, भारतीय साक्ष्य अधिनियम, 2023 र भारतीय नागरिक सुरक्षा संहिता, 2023 - को विस्तृत तथा बुझ्नमा सजिलो सिंहावलोकन जनतालाई प्रयागराजमा त्रिवेणी मार्गको छेउमा महाकुम्भमा केन्द्रीय सूचना तथा प्रसारण मन्त्रालयको आकर्षक डिजिटल प्रदर्शनीमा प्रदान गरिएको छ।

यस अतिरिक्त, प्रदर्शनीले भारत सरकारका विभिन्न कल्याणकारी योजना, नयाँ नीति, कानून र भारतीय संविधानको बारेमा एनामोर्फिक भित्ता, एलईडी टीभी स्क्रिन, एलईडी भित्ता र होलोग्राफिक सिलिण्डरहरूको माध्यमद्वारा जानकारी प्रदान गरिरहेको छ। यसले श्रव्य - दृश्य मिडियाको माध्यमद्वारा के व्याख्या गरिएको छ भने नयाँ कानून न्याय र निष्पक्षतामा आधारित छन्, जसमा न्याय र नागरिक सुरक्षालाई प्राथमिकता दिनका लागि कानुनी ढाँचामा प्रविधिलाई एकीकृत गरिएको छ।

नयाँ कानूनहरूलाई भारतको न्याय प्रणालीलाई अधिक पारदर्शी, कुशल र आधुनिक समाजका आवश्यकताहरू अनुरूप बनाउनका लागि डिजाइन गरिएको हो। यी तीन नयाँ कानूनहरूले भारतको न्यायिक प्रणालीमा एक ऐतिहासिक परिवर्तनको प्रतिनिधित्व गर्दछन्, जसले पीड़ितहरूका लागि न्याय सुनिश्चित गर्दै साइबर अपराध र सङ्गठित अपराध जस्ता समकालीन चुनौतीहरूको समाधान गर्नका लागि नयाँ ढाँचा पेश गर्दछ।

******


(Release ID: 2095002) Visitor Counter : 10