संस्कृति मन्त्रालय
azadi ka amrit mahotsav

भाषिनी: बहुभाषिक नवाचारको माध्यमद्वारा महाकुम्भलाई रूपान्तरण गर्दै


भारतको भाषिक विविधतालाई एकीकृत गर्दै

Posted On: 16 JAN 2025 2:12PM by PIB Gangtok

परिचय

महाकुम्भ, हरेक 12 वर्षमा आयोजित हुने तीर्थयात्रीहरूको एक विशाल समागम, भारतका सांस्कृतिक र आध्यात्मिक परम्पराहरूको शिखरलाई प्रतिनिधित्व गर्दछ। प्रयागराज, उत्तर प्रदेशमा आयोजित 2025 को संस्करणले विभिन्न भाषिक पृष्ठभूमिका लाखौँ मानिसहरूलाई आकर्षित गरिरहेको छ। यस विविधताको बीचमा, इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्रालय (एमईआईचीवाई) ले सबै सहभागीहरूको लागि सहज सञ्चार र पहुँच सुनिश्चित गर्नका लागि डिजिटल इण्डिया कार्यक्रम अन्तर्गत एक क्रान्तिकारी पहल भाषिनीलाई लाभान्वित उठाइरहेको छ। 11 भारतीय भाषाहरूमा बहुभाषी पहुँच प्रदान गरेर, भाषिनी यस प्रतिष्ठित कार्यक्रममा सूचना साझा गर्न र उपभोग गर्ने तरिकालाई रूपान्तरण गर्न तयार छ।

भाषिनीले कसरी महाकुम्भ 2025 लाई रूपान्तरण गरिरहेको छ

महाकुम्भमा उपस्थित मानिसहरूको सङ्ख्या र भाषिक विविधताको कारण अद्वितीय रसद र सञ्चार चुनौतीहरू छन्। भाषिनीले आफ्नो उन्नत बहुभाषी क्षमताहरूको माध्यमद्वारा यी चुनौतीहरूलाई समाधान गर्दछ:

  1. वास्तविक समयमा सूचनाको प्रसार: भाषिनीले 11 भारतीय भाषामा घोषणा, कार्यक्रम तालिका र सुरक्षा दिशानिर्देशहरूको अनुवाद गर्ने सुविधा दिन्छ। यसले सुनिश्चित के गर्दछ भने तीर्थयात्रीहरू, चाहे उनीहरूको मातृभाषाको जुनसुकै होस्, कार्यक्रमको समयमा महत्त्वपूर्ण जानकारीसम्म पहुँच गर्न सक्छन्।
  2. सरलीकृत मार्गदर्शन: ठूला समागमहरूमा भाषा सम्बन्धी अवरोधहरूले प्रायः मार्गदर्शनलाई जटिल बनाउँछन्। भाषिनीको स्पीच-टू-टेक्स्ट र टेक्स्ट-टू-स्पीच उपकरण र बहु-भाषिक च्याटबोट, मोबाइल अनुप्रयोग र किओस्कसँग एकीकृत भएर तीर्थयात्रीहरूलाई उनीहरूको मनपर्ने भाषामा मार्गदर्शन गर्दछ, जसले उनीहरूको अनुभवलाई सुखद बनाउँछ।
  3. सुलभ आपतकालीन सेवा: हेल्पलाइन र आपतकालीन सेवाहरूसम्म बहुभाषी पहुँचले के सुनिश्चित गर्दछ भने सहभागी मानिसहरूले प्रभावकारी ढङ्गमा सहयोग प्राप्त गर्न सक्छन्, जसले एक सुरक्षित वातावरणलाई बढावा दिन्छ। यूपी पुलिकसँगको सहकार्यमा भाषिनीको कन्वर्स सुविधाले 112- आपतकालीन हेल्पलाइनसँग सञ्चारलाई समर्थन गर्दछ, जसमा भाषा सम्बन्धी चुनैतीहरूमा काबु पाउनमा भक्तजनलाई सहायता गर्नका लागि प्रशिक्षित अधिकारीहरू हुनेछन्।
  4. ई-गभर्नेन्सलाई सक्षम बनाउनु: भाषिनीको सहयोगले अधिकारीहरूले विभिन्न दर्शकहरूलाई विनियम, दिशानिर्देश र सार्वजनिक सेवा घोषणाहरू सम्प्रेषित गर्न सक्छन्, जसले सुचारू समन्वय सुनिश्च हुँदछ।
  5. लस्ट एण्ड फाउण्ड: भाषिनीको डिजिटल  सलुसनएउटा मुख्य विशेषता हो, जसले आगन्तुकहरूलाई आफ्नो मातृभाषामा भोइस इनपुटको प्रयोग गरेर हराएको वा फेला परेका वस्तुहरूलाई पञ्जीकरण गर्नमा सक्षम पार्छ, जसमा वास्तविक समयमा टेक्स्ट र भोइस अनुवादले बातचितलाई सरल बनाउँछ।

कुम्भ सहायक च्याटबोट

माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीद्वारा शुरु गरिएको कुम्भ सहायक एक एआई-सञ्चालित, बहुभाषिक, आवाज-सक्षम च्याटबोट हो, जसलाई महाकुम्भ 2025 को समयमा लाखौँ आगन्तुकहरूको सहायताका लागि डिजाइन गरिएको हो। बोट अत्याधुनिक एआई प्रविधिहरू (जस्तै लामा एलएलएम) द्वारा सञ्चालित छ। कुम्भ सहायकको उद्देश्य तीर्थयात्रीहरूको सहायतालाई फेरि परिभाषित गर्नु हो, उनीहरूको सूचना र मार्गदर्शन आवश्यकताहरूलाई सम्बोधन गरेर महाकुम्भ 2025 को अनुभवलाई स्थायी रूपमा स्मरणीय बनाउनु हो। कुम्भ सहायक च्याटबोट सबैलाई सहज, वास्तविक समयको जानकारी र मार्गदर्शन सहायता प्रदान गरेर आगन्तुकहरूको अनुभवलाई बढ़ाउनका लागि सिर्जना गरिएको हो। भाषिनीको भाषा अनुवादले च्याटबोटलाई हिन्दी, अङ्ग्रेजी र अन्य 9 भारतीय भाषाहरू सहित 11 भाषामा समर्थन गर्दछ।

भाषिनी भनेको के हो ?

भाषिनी वा भारतका लागि भाषा इन्टरफेस, भारतको भाषिक पहुँचमा डिजिटल सामग्री र सेवाहरूसम्म पहुँचलाई प्रजातन्त्रीकरण बनाउने उद्देश्यले एउटा अग्रणी पहल हो। यसले समावेशिता र पहुँचलाई बढावा दिएर डिजिटल इण्डिया कार्यक्रमका उद्देश्यहरूसँग संरेखित गर्दछ। एक राष्ट्रिय भाषा अनुवाद मिशन (एनएलटीएम) को रूपमा, भाषिनीले भाषाको अन्तरले पूरा गर्नका लागि अत्याधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) र प्राकृतिक भाषा प्रसंस्करण (एनएलपी) प्रविधिहरूको प्रयोग गर्दछ, जसले प्रयोगकर्ताहरूलाई आफ्नो मनपर्ने भाषामा सामग्री र सेवाहरूसम्म पहुँच गर्न सक्षम पार्दछ। भाषिनी (अनुवाद मिशन) लाई डिजिटल इण्डिया भाषिनी डिभिजनद्वारा कार्यान्वित गरिन्छ, जुन इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयको एक धारा 8 कम्पनी डिजिटल इण्डिया कर्पोरेशन अन्तर्गतको एक प्रभाग हो।

भाषिनीको उद्देश्य

  • स्थायी भारतीय भाषा प्रविधि, समाधान र पारिस्थितिकी तन्त्र प्रविधिको विकास गर्नका लागि दीर्घकालीन रणनीति।
  • भारतीय भाषा प्रविधिलाई अपनाउनु, इन्टरनेटसम्म सजिलो पहुँचको लागि समाधान।
  • इन्टरनेटमा भारतीय भाषा सामग्री र प्रविधिको विकास।
  • भारतीय भाषा प्रविधि, समाधान, अनुप्रयोग डेटा सेट र (एआई) मोडेलहरूमा मात्राको अर्थव्यवस्थाहरूको दोहन गनु।
  • आईएल प्रविधिहरूमा अत्याधुनिक अनुसन्धानलाई सक्षम बनाउनु, विकासवादी र क्रान्तिकारी प्रविधिहरूलाई सक्षम बनाउनु।
  • स्वदेशी बौद्धिक सम्पदाा (आईपी) पुस्तालाई बढ़ावा दिनु र सहजीकरण गर्नु।
  • ट्रान्सफर अफ् टेक्नोलोजी (टीओटी) लाई प्रोत्साहित गर्नु, सक्षम बनाउनु र प्रोत्साहित गर्नु।
  • राष्ट्रिय र अन्तर्राष्ट्रिय एजेन्सीहरूसँग सहकार्य र साझेदारी कार्यक्रमहरूलाई सक्षम बनाउनु।
  • सहयोगी अनुसन्धान, व्यावसायीकरण जागरूकता र क्षमता निर्माणलाई उत्प्रेरित गर्नु।
  • मिशनको लागि डेटा नीतिलाई अवलम्बन र कार्यान्वयन गर्नु।

भाषिनीको अनुप्रयोग

भाषिनीको अर्पण अनुप्रयोग

  • अनुवाद (वेब सेवा पाठ अनुवाद): एक अभिनव प्रविधि जसले एक भाषाबाट अर्को भाषामा पाठलाई निर्बाध रूपान्तरण गर्दछ।
  • चित्रानुवाद (भिडियो अनुवाद): चित्रानुवाद विभिन्न भारतीय भाषाहरूको लागि भिडियो अनुवाद गर्नको लागि एक एआई आधारित खुला स्रोत मञ्च हो।
  • लेखानुवाद (दस्तावेज अनुवाद): विभिन्न भारतीय भाषाहरूमा दस्तावेज अनुवाद र डिजिटलीकरण, स्पष्ट र सही सञ्चार सुनिश्चित गर्दछ।
  • भाषिनी अनुवाद प्लगइन (वेब अनुवाद प्लगइन): हाम्रो शक्तिशाली प्लगइनको साथ धेरै भारतीय भाषाहरूमा वेबपेज सामग्रीलाई सहजै अनुवाद गर्नु।
  • भाषिनी डब्ल्यूटीएमसी (वेब ट्रान्सलेसन म्यानेजमेन्ट कन्सोल): उन्नत एआई सञ्चालित वेबसाइट अनुवाद प्लगइन, अङ्ग्रेजी र 22 भारतीय भाषाहरू बीच सामग्री अनुवाद गर्दछ।
  • वाणीनुवाद (स्पीच-टू-स्पीच अनुवाद): भारतीय भाषाहरूको लागि वास्तविक समय स्पीच-टू-स्पीच अनुवाद, विभिन्न भाषाहरूमा निर्बाध सञ्चारको सुविधा प्रदान गर्दछ।

भाषिनीमा हालमा भएको विकास

जनवरी 2025 मा सेना दिवसको अवसरमा रक्षा उत्पादन विभागको नयाँ भाषिनी एकीकृत वेबसाइट 22 भारतीय भाषाहरूमा उपलब्ध गराइयो।

जनवरी 2025 मा, ई-श्रम पोर्टलमा बहुभाषिक कार्यक्षमता शुभारम्भ गरिएको थियो। भाषिनी परियोजनाको लाभ ई-श्रम पोर्टललाई उन्नत गर्नका लागि उठाइएको थियो, जुन पहिला केवल अङ्ग्रेजी, हिन्दी, कन्नड र मराठीमा उपलब्ध थियो, जसमा 22 भारतीय भाषाहरू सामेल थिए।

अगस्त 2024 मा भाषिनीसँगको सहकार्यमा विकसित बहुभाषिक ई-ग्राम स्वराज प्लेटफर्म शुरु गरियो, जसको उद्देश्य भाषा सम्बन्धी बाधाहरूलाई पार गर्नु थियो, प्रत्येक नागरिकले आफ्नो भाषामा सजिलैसँग डिजिटल सेवाहरूसम्म पहुँच गर्न सकुन् भनेर सुनिश्चित गर्नु थियो।

अखिल भारतीय प्राविधिक शिक्षा परिषद् (एआईसीटीई) र विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले धेरै भारतीय भाषाहरूमा प्राविधिक पुस्तक सहित स्नातक र स्नातकोत्तर पाठ्यक्रमका लागि पुस्तकहरू अनुवाद गर्न अनुवादिनी एपको लाभ उठाएका छन्। अनुवादित पुस्तकहरू ई-कुम्भ पोर्टलमा उपलब्ध छन्

प्रशासनिक सुधार र सार्वजनिक गुनासो विभागले धेरै सरकारी फाइल र रिपोर्टहरूको अनुवाद गर्नका लागि भाषिनीको अनुवादिनी एप प्रयोग गर्दै आएको छ, जस्तै एनईएसडीए-वे फरवर्ड, सीपीजीआरएएमएससित सम्बन्धित मन्त्रालय/विभागका रिपोर्टहरू, सीपीजीआरएएमएससित सम्बन्धित राज्य/केन्द्र शासित प्रदेशका रिपोर्ट, सीपीजीआरएएमएसको वार्षिक प्रतिवेदन, गुनासो निवारण सूचकाङ्कको रिपोर्ट, सचिवालय सुधार प्रतिवेदन र विभागको मासिक सारांश प्रतिवेदन। सीपीजीआरएएमएस विभाग अन्तर्गत देशको सबैभन्दा ठूलो गुनासो निवारण पोर्टल हो जसमा 22 भाषाहरूमा गुनासाहरू दर्ता गर्न सकिन्छ। सीपीजीआरएएमएसमा भाषिनीको सहयोगमा कुनै पनि नागरिकले आफ्नो क्षेत्रीय भाषामा समाधान पाउन सक्नेछन्। हरेक वर्ष 2.5 लाख उजुरीकर्ताहरूले यो सुविधा प्रयोग गरिरहेका छन्।

भासिनीको प्रमुख उपलब्धिहरू

  • प्रति महिना 100 मिलियनभन्दा अधिक अनुमान: भाषिनीले सफलतापूर्वक 100 मिलियन मासिक अनुमानको सीमा पार गरिसकेको छ, जसले एआई भाषा प्रविधि क्षेत्रमा आफ्नो बढ्दो पहुँच र प्रभावलाई प्रदर्शन गर्दछ।
  • 50 अधिक हितधारक सामेल भए: प्रमुख सरकारी निकायहरू (एनपीसीआई, आरबीआईएच, एमओआरडी, लोकसभा, राज्य सभा, इत्यादि) र निजी क्षेत्रका साझेदारहरू सहित 50 भन्दा बढी हितधारकहरूले अहिले भाषिनीसँग सहकार्य गरिरहेका छन्।
  • 700,000 अधिक मोबाइल एप डाउनलोड: भाषिनीद्वारा सञ्चालित मोबाइल एपलाई 500,000 भन्दा बढी पटक डाउनलोड गरिएको छ, जसले व्यापक रूपमा अपनाएको र पहुँचलाई दर्शाउँछ।
  • 100 अधिक प्रयोगको मामिला: भाषिनीले उद्योग र क्षेत्रहरूमा प्लेटफर्मको अनुकूलन क्षमता प्रदर्शन गर्दै 100 भन्दा बढी विविध प्रयोग मामिलाहरूलाई समर्थन गर्दछ।
  • 22 अधिक समर्थित भाषा: भाषिनीले वर्तमानमा 22 अधिक भाषाहरूलाई समर्थन गर्दछ, जसले भाषिक समुदायहरूको व्यापक दायराको लागि समावेशितालाई सक्षम बनाउँछ।
  • 300 अधिक एआई आधारित मोडेल: यो प्लेटफर्मले 300 भन्दा अधिक एआई आधारित भाषा मोडेलहरूलाई होस्ट गर्दछ, जसले एआई भाषा प्रविधि क्षेत्रमा अत्याधुनिक समाधानहरूको विकासलाई अगाडि बढाउँछ।

भाषिनीले जितेका पुरस्कार र प्रशंसा

भासिषनीको योगदानलाई विभिन्न फोरमहरूमा मान्यता दिइएको छ, जसमा एआई, डिजिटल रूपान्तरण र समावेशितामा नेतृत्वको प्रदर्शन गरिएको छ। पुरस्कार र मान्यताहरू समावेश छन्:

  • एक्सप्रेस कम्प्यूटरद्वारा डिजिटल ट्रेलब्लेजर अवार्ड: भारतमा एआई पारिस्थितिकी तन्त्रमा उत्कृष्ट योगदान।
  • ईएलईटीएस आत्मनिर्भर पुरस्कार: सरकारी विभागहरू द्वारा एआई, एमएल र आईओटी पहलहरूको लागि डिजिटल सुशासनको श्रेणी अन्तर्गत सम्मानित गरियो।
  • इम्प्याक्ट लिडर अफ द इयर: ग्लोबल स्पिन इनोभेसन समिट 2024
  • एआईमा नेतृत्व, चेञ्ज मेकर र इनोभेसन अवार्ड: एआई सञ्चालित नवाचार र नेतृत्वमा उत्कृष्टतालाई मान्यता दिइयो।
  • एआई, डेटा एनालिटिक्स र भविष्यवाणी प्रविधिहरूका लागि ईटी सरकार पुरस्कार: साक्षरता, भाषा र डिजिटल विभाजनहरू ब्रिजिङका लागि मान्यता प्राप्त।
  • ईएलईटीएस शिक्षा नवाचार पुरस्कार: एआईको माध्यमद्वारा पहुँचयोग्य र समावेशी शिक्षा प्रदान गर्नको लागि।

भाषिनीको पछाडिको प्रविधि

भाषिनीले आफ्ना सेवाहरू प्रदान गर्नका लागि अत्याधुनिक प्रविधिहरूको लाभ उठाउँछ:

  • एआई र एनएलपी एल्गोरिदम: सही अनुवाद र अनुकूली भाषा मोडेल चलाउँछ।
  • क्लाउड आधारित पूर्वाधार: ठूलो मात्रा डेटालाई सम्हाल्नका लागि मापनीयता र विश्वसनीयता सुनिश्चित गर्दछ।
  • सहयोगी डेटा सङ्कलन: भाषा मोडेललाई लगातार परिष्कृत गर्नका लागि विभिन्न हितधारकहरूद्वारा योगदान गरिएको खुला डाटासेट प्रयोग गर्दछ।

डिजिटल भारत र भाषिनीको भिजन

भाषिनीले भारतलाई डिजिटल रूपमा सशक्त समाज र ज्ञान अर्थतन्त्रमा रूपान्तरण गर्ने डिजिटल इण्डिया भिजनलाई मूर्त रूप दिन्छ। भाषिक विविधतालाई सम्बोधन गरेर यसले डिजिटल समावेशीकरणलाई बढावा दिन्छ, नागरिकहरूलाई शिक्षा, स्वास्थ्य सेवा, शासन, र अन्य आवश्यक सेवाहरू उनीहरूको मनपर्ने भाषामा पहुँच गर्न सक्षम बनाउँछ।

भाषिनीको दृष्टि भनेको आत्मा निर्भर भारतमा डिजिटल समावेशीकरण र डिजिटल सशक्तिकरण सुनिश्चित गर्न भाषा अवरोधहरू पार गर्ने उद्देश्यका लागि योगदानकर्ताहरू, साझेदार संस्थाहरू र नागरिकहरूको विविध पारिस्थितिकी तन्त्रलाई सक्षम गर्न प्राकृतिक भाषा प्रविधिहरू प्रयोग गर्नु हो।

निष्कर्ष: भाषाहरूलाई जोड्नु, मानिसहरूलाई जोड्नु

महाकुम्भ 2025 मा भाषिनीको तैनाथीले भाषिक विभाजनलाई कम गर्न यसको परिवर्तनकारी सम्भावनाको उदाहरण दिन्छ। निर्बाध सञ्चार सक्षम गरेर, यसले घटनाको समावेशिता मात्र बढाउँदैन तर भारतको भाषिक विविधतालाई सम्बोधन गर्न प्रविधिको लाभ लिनको लागि उदाहरण पनि स्थापित गर्दछ। जसो जसो भाषिनी विकसित हुँदै जान्छ, यसले वास्तवमै जोडिएको र समावेशी डिजिटल भारतको दर्शनलाई साकार पार्नमा एक महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने वाचा गर्छ।

सन्दर्भ :

https://bhashini.gov.in/

https://ddnews.gov.in/en/mahakumbh-2025-meitys-bhashini-provides-multilingual-access-in-11-languages/

https://www.instagram.com/officialdigitalindia/p/DEzjUAHBpB7/

https://pib.gov.in/PressReleasePage.aspx?PRID=2092739

https://pib.gov.in/PressReleasePage.aspx?PRID=2088268

https://pib.gov.in/PressReleaseIframePage.aspx?PRID=2090895

https://pib.gov.in/PressReleaseIframePage.aspx?PRID=1964079

https://pib.gov.in/PressReleaseIframePage.aspx?PRID=2061675

https://pib.gov.in/PressReleasePage.aspx?PRID=2039811

https://pib.gov.in/PressReleaseIframePage.aspx?PRID=2045567

https://x.com/_BHASHINI/status/1879449310590546196

**********


(Release ID: 2093973)