गृह मामिला मन्त्रालय
azadi ka amrit mahotsav g20-india-2023

गृह मन्त्रालयद्वारा राज्य आपदा मोचन कोष (एसडीआरएफ) बाट केन्द्रिय अंशका रूपमा तथा राष्ट्रिय आपदा मोचन (एनडीआरएफ) बाट अग्रिम राशिका रूपमा 14 बाढी प्रभावित राज्यलाई ₹5,858.60 करोड जारी


मोदी सरकार प्राकृतिक आपदाबाट प्रभावित राज्यका मानिसहरूको कठिनाई कम्ति गर्न उनीहरूका साथ काँधमा काँध मिलाएर खडा छ

सिक्किम – केन्द्र सरकारद्वारा राज्य आपदा मोचन निधि (एसडीआरएफ) बाट केन्द्रिय अंश र राष्ट्रिय आपदा मोचन निधि (एनडीआरएफ) बाट अग्रिम राशिको रूपमा सिक्किमको निम्ति ₹23.60 करोड अनुमोदित

मोदी सरकार प्राकृतिक आपदाबाट प्रभावित राज्यका मानिसहरूको कठिनाई कम्ति गर्न उनीहरूका साथ काँधमा काँध मिलाएर खडा छ

बाढी प्रभावित राज्य आसम, मिजोरम, केरल, त्रिपुरा, नागाल्याण्ड, गुजरात, आन्ध्र प्रदेश, तेलङ्गाना र मणिपुरमा नोक्सानीको स्थलगत आकलन गर्न अन्तर-मन्त्रालय केन्द्रिय दल (आइएमसीटी) पठाइएको थियो

बिहार अनि पश्चिम बङ्गालमा नोक्सानीको स्थलगत आकलन गर्न चाँडै आइएमसीटी पठाइनेछ

स्थापित व्यवस्था अनुसार आइएमसीटीको आकलन प्रतिवेदन प्राप्त भएपछि आपदा प्रभावित राज्यहरूलाई एनडीआरएफबाट अतिरिक्त वित्तीय सहायता स्वीकृत गरिनेछ

प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्त्व तथा केन्द्रिय गृह मन्त्री अमित शाहको मार्गदर्शनमा यस वर्ष 21 राज्यलाई ₹14,958 करोडभन्दा धेरै धनराशि जारी गरिसकिएको छ
केन्द्र सरक

Posted On: 01 OCT 2024 6:46PM by PIB Gangtok

गृह मन्त्रालयले राज्य आपदा मोचन कोषबाट केन्द्रिय अंशका रूपमा तथा राष्ट्रिय आपदा मोचन कोषबाट अग्रिम राशिका रूपमा 5,858.60 करोड जारी गरेको छ। केन्द्र सरकारले महाराष्ट्रलाई 1,492 करोड, आन्ध्र प्रदेशलाई 1,036 करोड, आसमलाई 716 करोड, बिहारलाई 655.60 करोड, गुजरातलाई 600 करोड, हिमाचल प्रदेशलाई 189.20 करोड, केरललाई 145.60 करोड, मणिपुरलाई 50 करोड, मिजोरमलाई 21.60 करोड, नागाल्याण्डलाई 19.20 करोड, सिक्किमलाई 23.60 करोड, तेलङ्गानालाई 416.80 करोड, त्रिपुरालाई 25 करोड र पश्चिम बङ्गाललाई 468 करोड जारी गरेको छ। यी राज्यहरू यस वर्ष दक्षिण पश्चिम मनसूनको समय अत्यधिक भारी वर्षा, बाढी र पैह्रौका कारण प्रभावित बनेका थिए।

प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्त्व तथा केन्द्रिय गृह एवं सहकारिता मन्त्री अमित शाहको मार्गदर्शनमा मोदी सरकारले प्राकृतिक आपदाद्वारा प्रभावित राज्यका मानिसहरूको कठिनाई कम्ति गर्न उनीहरूका साथ काँधमा काँध मिलाएर खडा छ।

सरकारले बाढी प्रभावित राज्य आसम, मिजोरम, केरल, त्रिपुरा, नागाल्याण्ड, गुजरात, आन्ध्र प्रदेश, तेलङ्गाना अनि मणिपुरमा नोक्सानीको स्थलगत आँकलन गर्नका लागि अन्तर मन्त्रालय केन्द्रिय दल (आइएमसीटी) पठाइएको थियो।

यसका अतिरिक्त, बिहार अनि पश्चिम बङ्गालमा नोक्सानीको स्थलगत आकलन गर्नका लागि चाँडै आइएमसीटी पठाइनेछ। यी दुवै राज्य हालै बाढीद्वारा प्रभावित भएका हुन्। स्थापित व्यवस्था अनुसार आइएमसीटीको आकलन प्रतिवेदन प्राप्त भएपछि प्रभावित राज्यहरूलाई एनडीआरएफबाट अथिरिक्त वित्तीय सहायता स्वीकृत गरिनेछ।

प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्त्व तथा केन्द्रिय गृह मन्त्री अमित शाहको मार्गदर्शनमा यस वर्ष 21 राज्यलाई 14,958 करोडभन्दा धेरै धनराशि जारी गरिसकिएको छ। यसमा एसडीआरएफबाट 21 राज्यलाई 9,044.80 करोड, एनडीआरएफबाट 15 राज्यलाई 4,528.66 करोड र राज्य आपदा अल्पिकरण निधि (एसडीएमएफ) बाट 11 राज्यलाई 1,385.45 करोड सामेल छन्।

वित्तीय सहायताका अतिरिक्त, केन्द्र सरकारले सबै बाढी प्रभावित राज्यलाई अपेक्षित एनडीआरएफ वा थल सेनाको टोलीको तैनाथी अनि वायु सेनाको सहयोगसहित सबै लजिस्टिक सहयोग प्रदान गरेको छ।

***********



(Release ID: 2061059) Visitor Counter : 5