गृह मामिला मन्त्रालय
केन्द्रीय गृहमन्त्री श्री अमित शाहको उपस्थितिमा आज नयाँ दिल्लीमा भारत सरकार, त्रिपुरा सरकार र नेशनल लिबरेशन फ्रण्ट अफ् त्रिपुरा (एनएलएफटी) र अल त्रिपुरा टाइगर फोर्स (एटीटीएफ) का प्रतिनिधिहरू बीच समझदारी पत्रमा हस्ताक्षर हुनेछ
गृह मन्त्रालयले प्रधानमन्त्री श्री नरेन्द्र मोदीको चरमपन्थ, हिंसा र द्वन्द्वमुक्त विकसित पूर्वोत्तरको परिकल्पना पूरा गर्न अथक प्रयास गरिरहेको छ
प्रधानमन्त्री मोदीको नेतृत्वमा सरकारले पूर्वोत्तरमा शान्ति र समृद्धि ल्याउन 12 महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेको छ, जसमध्ये 3 त्रिपुरासँग सम्बन्धित छन्
मोदी सरकारका विभिन्न सम्झौतामा हस्ताक्षरका कारण करिब 10 हजार मानिस हतियार त्यागेर मूलधारमा आएका छन्
Posted On:
03 SEP 2024 4:52PM by PIB Gangtok
केन्द्रीय गृहमन्त्री तथा सहकारिता मन्त्री श्री अमित शाहको उपस्थितिमा भारत सरकार, त्रिपुरा सरकार र नेशनल लिबरेशन फ्रण्ट अफ् त्रिपुरा (एनएलएफटी) र अल त्रिपुरा टाइगर फोर्स (एटीटीएफ) का प्रतिनिधिहरू बीच बुधबार, 04 सेप्टेम्बर 2024 मा नयाँ दिल्लीमा समझौता ज्ञापनपत्रमा हस्ताक्षर गरिनेछ। त्रिपुराका मुख्यमन्त्री प्रा (डा) माणिक साहा र गृह मन्त्रालय र त्रिपुरा सरकारका वरिष्ठ अधिकारीहरू पनि समझदारीको ज्ञापनपत्रमा हस्ताक्षर गर्ने क्रममा उपस्थित हुनेछन्।
गृह मन्त्रालयले प्रधानमन्त्री श्री नरेन्द्र मोदीको चरमपन्थ, हिंसा र द्वन्द्व मुक्त पूर्वोत्तरको विकासको परिकल्पना पूरा गर्न अथक प्रयास गरिरहेको छ। प्रधानमन्त्रीको नेतृत्वमा सरकारले पूर्वोत्तरमा शान्ति र समृद्धि ल्याउन 12 महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेको छ, जसमध्ये 3 वटा त्रिपुरा राज्यसँग सम्बन्धित छन्। मोदी सरकारका विभिन्न सम्झौतामा हस्ताक्षरका कारण करिब 10 हजार मानिस हतियार त्यागेर मूलधारमा आएका छन्।
*******
(Release ID: 2051645)
Visitor Counter : 40
Read this release in:
Telugu
,
English
,
Urdu
,
Marathi
,
Hindi
,
Bengali-TR
,
Assamese
,
Manipuri
,
Gujarati
,
Odia
,
Tamil
,
Kannada