शिक्षा मन्त्रालय

परीक्षा पे चर्चा 2024 भन्दा अघि 60,000 भन्दा अधिक विद्यार्थीहरूले राष्ट्रव्यापी चित्रकला प्रतियोगितामा भाग लिने


परीक्षा पे चर्चा 2024 को लागि रेकर्ड 2.26 करोड़ पञ्जीकरण

देशभरिका विद्यार्थीहरूमा व्यापक उत्साह, कार्यक्रममा सहभागी हुन र प्रधानमन्त्रीसँग अन्तरक्रिया गर्नका लागि आतुर

Posted On: 24 JAN 2024 2:07PM by PIB Gangtok

परीक्षा पे चर्चा 2024 को क्रममा विद्यार्थीहरू बीचको परीक्षा तनाउबाट मुक्ति पाउनका लागि एक अद्वितीय पहल, 23 जनवरी, 2024 मा देशका जिल्लाका 657 केन्द्रीय विद्यालय र 122 नवोदय विद्यालय (एनभीएस) मा एक राष्ट्रव्यापी चित्रकला प्रतियोगिताको आयोजन गरिने भएको छ।

यो मेगा इभेन्टमा 60 हजारभन्दा अधिक विद्यार्थीहरूले भाग लिनेछन्, जसको थइम प्रधानमन्त्री श्री नरेन्द्र मोदीद्वारा लिखित पुस्तक एग्जाम वारियर्सका परीक्षा मन्त्रहरूमाथि आधारित छ।

यस दिनलाई ‘पराक्रम दिवस’ को रूपमा मनाइनेछ, जसले विद्यार्थीहरूलाई महान् नेताको जीवनको बारेमा प्रेरित गर्ने र उनीहरूमा देशभक्तिको भावना पैदा गर्नका लागि नेताजी सुभाष चन्द्र बोसको जन्मजयन्ती हो। यो प्रेरणादायी सन्देश चित्रकला प्रतियोगिताको विषय पनि थियो।

विद्यार्थीहरूको सिर्जनशील अभिव्यक्तिलाई प्रोत्सागित गर्नका लागि शिक्षा मन्त्रालयले देशभरका सबै विद्यालयमा चित्रकला प्रतियोगिता लगायत विभिन्न गतिविधिलाई प्रोत्साहित गरेको छ। 12 जनवरी (राष्ट्रिय युवा दिवस) देखि 23 जनवरीसम्म म्याराथन दौड, सङ्गीत प्रतियोगिता, मिम प्रतियोगिता, नुक्कड़ नाटक, पोस्टर मेकिङ र योग तथा ध्यान सत्र जस्ता गतिविधिहरू आयोजना गरियो।

23 जनवरी, 2024 मा चित्रकला प्रतियोगितामा विद्यार्थी र शिक्षकहरूले ठूलो जोश तथा उत्साहका साथ भाग लिए।

प्रधानमन्त्री श्री नरेन्द्र मोदीको विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावकहरूसँग भएको अन्तरक्रिया कार्यक्रमको 7 औँ संस्करण परीक्षा पे चर्चा 2024 का लागि माईगव पोर्टलमा 2.26 करोडको व्यापक पञ्जीकरण दर्ता भएको छ। यसले देशभरिका विद्यार्थीहरू बीचमा भएको व्यापक उत्साहलाई दर्शाउँछ, जो यस विशिष्ट कार्यक्रममा सहभागी हुन र प्रधानमन्त्रीसँग अन्तरक्रिया गर्नका लागि उत्सुक छन्।

यस वर्ष परीक्षा पे चर्चा 2024 कार्यक्रम 29 जनवरी 2024 को बिहान 11 बजीदेखि भारत मण्डपम, आईटीपीओ, प्रगति मैदान, नयाँ दिल्लीमा टाउन हल प्रारूपमा आयोजन गरिनेछ। कार्यक्रममा प्रधानमन्त्रीसँग करिब 3000 सहभागीले अन्तरक्रिया गर्नेछन्। प्रत्येक राज्य र केन्द्र शासित प्रदेशका दुई विद्यार्थी र एक शिक्षक अनि कला उत्सवका विजेताहरूलाई मुख्य कार्यक्रमको लागि विशेष अतिथिको रूपमा आमन्त्रित गरिएको छ। देशका विभिन्न भागबाट एकलव्य मोडेल आवासीय विद्यालय (ईएमआरएस) का सय (100) विद्यार्थीहरू स्थापनापछि पहिलोचोटि यो कार्यक्रममा सहभागी हुनेछन्।

परीक्षा पे चर्चा युवाहरूका लागि तनाउ मुक्त माहोल सिर्जना गर्नका लागि प्रधानमन्त्री श्री नरेन्द्र मोदीको नेतृत्वमा एक बृहत् आन्दोलनको हिस्सा हो। यो एउटा आन्दोलन हो, जो प्रधानमन्त्री श्री नरेन्द्र मोदीको विद्यार्थी, अभिभावक, शिक्षक र समाजलाई एकै ठाउँमा ल्याउने प्रयासबाट प्रेरित छ, ताकि एक यस्तो वातावरणलाई बढ़ावा दिन सकिनेछ, जहाँ प्रत्येक बालक - बालिकाको अद्वितीय व्यक्तित्वलाई उत्सव मनाउने, प्रोत्साहित गर्ने र आफूलाई पूर्ण रूपमा व्यक्त गर्ने अनुमति दिइनेछ। यस आन्दोलनलाई प्रेरित गर्ने किसिमको छ प्रधानमन्त्री श्री नरेन्द्र मोदीको अग्रणी, सर्वाधिक बिकेको पुस्तक ‘एग्जाम वारियर्स’, जो अङ्ग्रेजी, हिन्दी र अन्य प्रमुख क्षेत्रीय भाषाहरूमा उपलब्ध छ।

****



(Release ID: 1999192) Visitor Counter : 50