लघु, सूक्ष्म तथा मध्यम उद्योग मन्त्रालय

पीएम विश्वकर्मा योजनाका मुख्य विशेषता अनि दिशानिर्देश


Posted On: 20 SEP 2023 5:42PM by PIB Gangtok

प्रधानमन्त्रीद्वारा 17 सेप्टेम्बर, 2023 को दिन केन्द्रिय पीएम विश्वकर्मा योजना शुरु गरेका थिए, जसको उद्देश्य आफ्नो हात अनि औजारको सहायताले काम गर्ने कारीगर अनि शिल्पकारहरूलाई शुरुदेखि अन्त्यसम्म सहायता प्रदान गर्नुरहेको छ। यस यजोनामा 18 वटा व्यवसाय जस्तै (1) काठ मिस्त्री, (2) डुङ्गा बनाउने, (3) हतियार निर्माता, (4) लोहार, (5) मार्तोल र टुलकिट निर्माता, (6) ताला बनाउने, (7) सुनारे, (8) कुम्हाले, (9) मूर्तिकार (मूर्तिकार, ढुङ्गा खोप्ने) ढुङ्गा फुटाउने, (10) मोची/ जुत्ता कारीगर, (11) राजमिस्त्री, (12) डालो-थुन्से/ झाडु निर्माता, कोयर बुनकर, (13) गुडिया र खेलौना निर्माता (पारम्परिक), (14) हजाम, (15) माला बनाउने, (16) धोबी, (17) दर्जी र (18) माछा मार्ने जाल बुन्ने कारीगर अनि शिल्पकार सामेल गरिएको छ।

यस योजना अन्तर्गत कारीगर अनि शिल्पकारहरूलाई तल उल्लेखित लाभ प्रदान गर्ने व्यवस्था गरिएको छ :

(1) पहिचान : पीएम विश्वकर्मा प्रमाण पत्र तथा आइडी कार्डको माध्यमद्वारा कारीगर अनि शिल्पकारहरूको पहिचान।

(2) कौशल उन्नयन : 500 रुपियाँ प्रति दिनको वृत्तिकाका साथ 5-7 दिनको बुनियादी प्रशिक्षण तथा 15 दिन वा त्यसभन्दा धेरैको उन्नत प्रशिक्षण।

(3) टुल किट प्रोत्साहन : बुनियादी कौशल प्रशिक्षणको शुरुवातमा ई-भाउचरको रूपमा ₹ 15 हजारसम्मको टुल किट प्रोत्साहन।

(4) ऋण सहायता : कुनै धरौटीबिना “उद्यम विकास ऋण”को रूपमा तीन लाख रुपियाँसम्मको ऋण एक लाख र दुई लाख रुपियाँको दुई किस्तीमा क्रमशः 18 महिना अनि 30 महिनाको अवधिका लगि 5 प्रतिशत निर्धारित छूटको ब्याज दरमा भारत सरकारद्वारा 8 प्रतिशतको सीमासम्म छूटका साथ प्रदान गरिनेछ। जुन लाभार्थीले बुनियादी प्रशिक्षण पूरा गरेका छन्, उनीहरू एक लाख रुपियाँसम्म ऋण सहायताको पहिलो किस्तीको लाभ उठाउन पात्र बन्नेछन्। दोस्रो ऋण किस्ती ती लाभार्थीहरूलाई उपलब्ध गराइनेछ, जसले पहिलो किस्तीको लाभ उठाएका छन् र एउटा मानक ऋण खाता कायम राखी आफ्नो व्यवसायमा डिजिटल लेनदेन अपनाएका छन् वा उन्नत प्रशिक्षण प्राप्त गरेका छन्।

(5) डिजिटल लेनदेनका लागि प्रोत्साहन : प्रत्येक डिजिटल भुक्तानी वा रसिदका लागि प्रति डिजिटल लेनदेन एक रुपियाँको हिसाबले अधिकतम 100 लेनदेन मासिकसम्म लाभार्थीको खातामा जमा गरिनेछ।

(6) विपणन सहायता : मूल्य शृङ्खलासँग जोडिने प्रक्रियामा सुधारका लागि कारीगर अनि शिल्पकारहरूको गुणस्तर प्रमाणिकरण, ब्राण्डिङ, जीएम जस्ता ई-कमर्स प्लेटफर्ममा उपस्थिति, विज्ञापन, प्रचार अनि अन्य विपणन गतिविधिका रूपमा विपणन सहायता प्रदान गरिनेछ।

माथि उल्लेखित लाभका अतिरिक्त, यस योजनाले लाभार्थीहरूलाई औपचारिक एमएसएमई परितन्त्रमा उद्यमीका रूपमा उद्यम एसिस्ट प्लेटफर्ममा सामेल गर्नेछ।

लाभार्थीहरूको नामाङ्कन पीएम विश्वकर्मा पोर्टलमा आधारत आधारित बायोमेट्रिक प्रमाणिकरणका साथ सामान्य सेवा केन्द्रको माध्यमद्वारा गरिनेछ। लाभार्थीहरूको नामाङ्कनपछि तीन चरणमा सत्यापन गरिनेछ जसमा (1) ग्राम पञ्चायत/ युएलबी स्तरमा सत्यापन, (2) जिल्ला कार्यान्वयन समितिद्वारा जाँच अनि सिफारिश, (3) स्क्रीनिङ समितिद्वारा अनुमोदन सामेल रहनेछ।

थप जानकारीका लागि पीएम विश्वकर्माको दिशानिर्देश pmvishwakarma.gov.in  बाट प्राप्त गर्नसकिनेछ। योजनासित सम्बन्धित जानकारीका लागि कारीगर अनि शिल्पकारले 18002677777 मा कल गर्न वा pm-vishwakarma@dcmsme.gov.in  मा ई-मेल गर्नसक्नेछन्।

*****



(Release ID: 1959266) Visitor Counter : 147