प्रधानमन्त्रीको कार्यालय

77 औं स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्रीद्वारा लाल किल्लाको प्राचीरबाट सम्बोधन


Posted On: 15 AUG 2023 2:04PM by PIB Gangtok

मेरा प्रिय 140 करोड परिवारजन,

विश्वको सबैभन्दा विशाल लोकतन्त्र अनि अहिले आएर धेरै मानिसको अभिप्राय छ, यो जनसङ्ख्याको दृष्टिले पनि हामी विश्वमा एक नम्बरमा छौं। यति विशाल देश, 140 करोड देश, यो मेरा भाइ-बहिनी, मेरा परिवारजनले आज स्वाधीनताको पर्व मनाइनरहेके छन्। म देशका कोटि-कोटि जनलाई, देश अनि विश्वमा भारतलाई प्रेम गर्ने, भारतको सम्मान गर्ने, भारतको गौरव गर्ने कोटि-कोटि जनलाई स्वतन्त्रताको यस महान पवित्र पर्वको अनेकौं अनेको शुभकामना दिन चाहन्छु।

मेरा प्यारा परिवारजन,

पूज्य बापूको नेतृत्त्वमा असहयोग आन्दोलन, सत्याग्रहको मुभमेन्ट र भगत सिंह, सुखदेव, राजगुरु जस्ता अनगन्ती वीरहरूको बलिदान, त्यस पिँढीमा सायद नै यस्ता कोही व्यक्ति होलान् जसले देशको स्वाधीनतामा आफ्नो योगदान नदिएका हुन्। म आज देशको स्वाधीनता सङ्ग्राममा ज-जसले योगदान दिए, बलिदान दिए, त्याग गरे, तपस्या गरे, उनीहरू सबैलाई आदरपूर्वक नमन गर्दछु, उनीहरूको अभिनन्दन गर्दछु। आज 15 अगस्त महान क्रान्तिकारी अनि अध्यात्म जीवनका रुचितुल्य प्रणेता श्री अरविन्दोको 150 औं जयन्ती पूर्ण भइरहेको छ, यस वर्ष स्वामी दयानन्द सरस्वतीको 150 औं जयन्तीको वर्ष हो। यो वर्ष रानी दुर्गावतीको 500 औं जन्म जयन्तीको अति नै पवित्र अवसर हो, जुन सम्पूर्ण देशमा धूमधामका साथ मनाइनेछ। यो वर्ष मीराबाई भक्ति योगकी ताज मीराबाईको 525 वर्षको पनि पावन पर्व हो। यसपटक जब हामी 26 जनवरी मनाउनेछौं, त्यो हाम्रो गणतन्त्र दिवसको 75 औं वर्षगाँठ हुनेछ। अनेक प्रकारले अनेक अवसर, अनेकौं सम्भावना राष्ट्र निर्माणमा जुटिरहनका लागि पल-पल नयाँ प्रेरणा, पल-पल नयाँ चेतना, पल-पल सपना, पल-पल सङ्कल्प, सायद योभन्दा ठूलो अवसर कुनै हुनसक्दैन।

मेरा प्यारा परिवारजन,

यसपटक प्राकृतिक आपदाले देशको अनेकौं भागमा अकल्पनीय सङ्कट उत्पन्न गरेको छ। जुन परिवारले सङ्कटमा सहन गरे, म ती सबै परिवारजनप्रति आफ्नो संवेदना प्रकट गर्दछु र राज्य-केन्द्र सरकार मिलेर ती सबै सङ्कटबाट चाँडै मुक्त गरी फेरि तेज गतिका साथ अघि बढ्नेछौं, यो विश्वास दिलाउन चाहन्छु।

मेरा प्यारा परिवारजन,

गत केही सप्ताहदेखि पूर्वोत्तरमा विशेष गरी मणिपुरमा अनि हिन्दुस्तानको अन्य केही भागमा, तर विशेष गरी मणिपुरमा जुन हिंसाको क्रम चल्यो, कैयौं मानिसले आफ्नो जीवन गुमाउनुपऱ्यो, आमा-छोरीको सम्मानका खेलवाड भयो, तर केही दिनदेखि लगातार शान्तिको खबर आइरहेको छ, देश मणिपुरका मानिसहरूको साथमा छ। देश मणिपुरका मानिसहरूले गत केही दिनदेखि जुन शान्ति कायम गरेका छन्, त्यस शान्तिको पर्वलाई अघि बढाऊन् र शान्तिका साथ समाधानको बाटो निक्लिनेछ। र राज्य अनि केन्द्र सरकारले मिलेर ती समस्याहरूको समाधानका लागि सक्दो प्रयास गरिरहेको छ, गरिरहनेछ।

मेरा प्यारा परिवारजन,

जब हामी इतिहासतर्फ नजर पुऱ्याउँछौं, तब इतिहासका केही पल यस्तो आउँदछ, जसले अमेट छाप छोडेर जाँदछ। र त्यसको प्रभाव युगौंसम्म रहने गर्दछ र कहिले-काहिँ शुरुवातमा धेरै सानो लाग्दछ, सानो घटना लाग्दछ, तर त्यो अनेकौं समस्याको जरा बन्नपुग्दछ। हामीलाई थाहा छ, 1000-1200 सालअघि यस देशमा आक्रमण भएको थियो। एउटा सानो राज्यका सानो राजाको पराजय भएको थियो। तर तब थाहा थिएन, एउटा घटनाले भारतलाई हजारौं सालको गुलामीमा फसाउनेछ। र हामी गुलामीमा जकडिँदै गयौं, जकडिँदै गयौं र जो आए, लुट्दै गए, जसलाई मन लाग्यो, हामीमाथि आएर सवार भए। कस्तो विपरीत काल रह्यो होला त्यो हजार सालको।

मेरा प्यारा परिवारजन,

घटना सानै किन नहोस्, तर हजार सालसम्म प्रभाव छोड्ने गर्दछ। तर म आज यस कुराको उल्लेख यसकारण गर्न चाहन्छु, कारण भारतका वीरहरूले त्यस कालखण्डमा कुनै भूभाग यस्तो थिएन, कुनै समय यस्तो थिएन, जब उनीहरूले देशको स्वाधीनताको लौ जलाइ नरहेको होस्, बलिदानको परम्परा बनाइ नराखेको हो। मा भारती माखेसाङलोबाट मुक्त हुनका लागि खडा भएकी थिइन्, साङलोहरू झट्काइरहेका थिए, र देशको नारी शक्तिले, देशको युवा शक्तिले, देशक किसान, देशको गाउँका मानिसहरू, मजदूर, कुनै पनि हिन्दुस्तानी यस्ता थिएनन् जसले स्वतन्त्रताको सपना लिएर न बाँचेका हुन्। स्वाधीनती पाउनका लागि मरिमेट्नका लागि तयार हुनेहरूको एउटा ठूलो फौज तयार भएको थियो। जलमा आफ्नो जवानी खपाउने अनेकौं महापुरुष हाम्रो देशको स्वाधीनताका लागि, गुलामीको बेडीहरू तोड्नका लागि लागेका थिए।

मेरा प्यारा प्रिय परिवारजन,

जनचेतनाको त्यो व्यापक रूप, त्याग अनि तपस्याको त्यो व्यापक रूप जन-जनभित्र नयाँ विश्वास जगाउने त्यो पल आखिरमा, 1947 मा देश स्वाधीन भयो, हजारौं सालको गुलामीमा सजाइएको सपना देशवासीहरूले पूरा भइरहेको देखे।

साथीहरू,

म हजार सालअघिको कुरा यस कारण भनिरहेको छु, कारण मैले देखि रहेको छु, एकपटक देशको सामु एउटा मौका आएको छ, हामी यस्तो कालखण्डमा बाँचिरहेका छौं, हामी यस्तो कालखण्डमा प्रवेश गरेका छौं र यो हाम्रो सौभाग्य हो, भारतको यस्तो अमृतकालमा, यो अमृतकालको पहिलो वर्ष हो, कि त हामी जवानीमा बाँचिरहेका छौं, वा हामी मा भारतीको काखमा जन्म लिइसकेका छौं। र यो कालखण्ड, मेरो शब्द लेखेर राख्नुहोस्, मेरा प्यारा परिवारजन, यस कालखण्डमा हामी जे गर्नेछौं, जुन कदम उठाउनेछौं, जति त्याग गर्नेछौं, तपस्या गर्नेछौं, सर्वजन हिताय, सर्वजन सुखाय, एकपछि अर्को फसेला लिनेछौं, आउने एक हजार सालको देशको स्वर्णिम इतिहास त्यसमा अङ्कुरुत हुनेवाला छ। यस कालखण्डमा हुने घटनाहरूले, आगामी एक हजार सालका लागि यसको प्रभाव उत्पन्न गर्नेवाला छ।

गुलामीको मानसिकताबाट बाहिर निक्लेको देश पञ्चप्राणलाई समर्पित गर्दै एउटा नयाँ आत्मविश्वासका साथ अघि बढिरहेको छ। नयाँ सङ्कल्पलाई सिद्ध गर्नका लागि, जिउ-ज्यान लगाएर जोडिँदैछ। मेरी भारत माता जुन कुनै बेला ऊर्जाको सामर्थ्य थियो, तर खरानीको थुप्रोमा दबेको थियो। त्यो भारत माता 140 करोड देशवासीको पुरुषार्थबाट, उनीहरूको चेतनाबाट, उनीहरूको ऊर्जाबाट फेरि एकपटक जागृत भइसकेको छ। मा भारती जागृत भइसकेकी छन् र म स्पष्ट देख्दैछु, साथीहरू यही कालखण्ड हो, बितेको 9-10 साल हामीले अनुभव गरेका छौं। विश्वभरी भारतको चेतनाप्रति, भारतको सामर्थ्यप्रति एउटा नयाँ नयाँ आकर्षण, नयाँ विश्वास, नयाँ आशा उत्पन्न भएको छ र यो प्रकाश पूञ्ज जुन भारतबाट उठेको छ, त्यसमा विश्वलाई आफ्नो निम्ति ज्योति नजर आइरहेको छ। विश्वलाई एउटा नयाँ विश्वास उत्पन्न भइरहेको छ। हाम्रो सौभाग्य हो, केही यस्ता वस्तु हामीसँग छन्, जुन हाम्रा पूर्वजले हामलाई विरासतमा दिएका छन् र वर्तमान कालखण्डले गढेको छ। आज हामीसँग डेमोग्राफी छ, आझ हामीसँग डेमोक्रेसी छ, आज हामीसँग डाइभर्सिटी छ। डेमोग्राफी, डेमोक्रेसी र डाइभर्सिटीको यस त्रिवेणीले भारतको हरेक सपना साकार गर्ने सामर्थ्य राख्दछ। आज सम्पूर्ण विश्वमा जहाँ देशहरूको उमेर ढलिरहेको छ, ढलानमा छन्, तर भारत यौवनतर्फ ऊर्जावान भएर बढिरहेको छ। कति ठूलो गौरवको कालखण्ड हो, आझ 30 सालभन्दा कम आयुको जनसङ्ख्या विश्वमा सर्वाधिक कहीं छ भने त्यो मेरो भारत माताको काखमा छ। यो मेरो देशमा छ र 30 सालभन्दा कम उमेरका नवजवानहरू, मेरो देशसँग छ, कोटि-कोटि हातहरू होस्, कोटि-कोटि मस्तिष्क होस्, कोटि-कोटि सपना, कोटि-कोटि सङ्कल्प होस् त भाइ अनि बहिनीहरू, मेरा प्रिय परिवारजन, हामी इच्छित परिणाम प्राप्त गर्नसक्नेछौं।

मेरा प्यारा परिवारजन,

देशको भाग्य यस्ता घटनाले परिवर्तन गर्दछ। यस सामर्थ्यले देशको भाग्य बदली दिन्छ। भारत एक हजार सालको गुलामी र आगामी एक हजार सालको भव्य भारतको चौतारीमा खडा छ। एउटा यस्तो सन्धिमा खडा छ र यसैले हामीले रोकिनु भएन, न त दुविधामा जिउनु नै।

 

मेरा प्यारा परिवारजन,

हामीले गुमाएको त्यस विरासतमाथि गर्व गर्दै, गुमाएको समृद्धि प्राप्त गर्दै हामीले फेरि एकपटक र यो कुरा मानेर राखौं, हामी जे पनि गर्नेछौं, जे पनि कदम उठाउनेछौं, हामीले जुनै पनि फसेला लिनेछौं, त्यसले आगामी एक हजार सालसम्म आफ्नो दिशा निर्धारित गर्नेवाला छ। भारतको भाग लेख्नेछौं, आज म मेरा देशका नवजवानहरूलाई, मेरा देशका छोरीहरूलाई यो अवश्यै भन्न चाहन्छु, जुन सौभाग्य आज मेरा युवाहरूले पाएका छन्, यस्तो सौभाग्य साय कसैको भाग्यमा हुँदछ, जुन तपाईंहरूको भाग्यमा छ।

र यसैले हामीले यो गुमाउनु भएन। युवा शक्तिमाथि मेरो भरोसा छ, युवा शक्तिमा सामर्थ्य र हाम्रो नीतिहरू अनि हाम्रो रीतिहरूले त्यस युवा सामर्थ्यलाई अझ बल प्रदान गर्नुको निम्ति हो।

आज मेरा युवाहरूले विश्वमा पहिलो तीन स्टार्टअप इकोनमी सिस्टममा भारतलाई स्थान दिलाएका छन्। विश्वका युवाहरू अचम्मित भइरहेका छन्। भारतको यस सामर्थ्यलाई लिएर, भारतको यस ताकतलाई देखेर। आझ विश्व टेक्नोलजी ड्रिभन छ र आउने युग टेक्नोलजीबाट प्रभावित रहनेछ र तब टेक्नोलजीमा भारतको जुन ट्यालेन्ट छ, त्यसको एउटा नयाँ भूमिका रहनेछ।

साथीहरू,

मैले गत दिन जी-20 समिटमा बाली गएको थिए र बालीमा विशअवको समृद्धभन्दा समृद्ध देश, विश्वका विकसित देशका मुखियाहरू पनि, भारतको डिजिटल इण्डियाको सफलताका लागि, त्यसका साना-मसिना कुराहरूसम्म जान्न इच्छुक थिए। हरेक कोही प्रश्न सोधथे र जब म उनीहरूलाई भन्थे, भारतले जुन कीर्तिमान गरेको छ, त्यो दिल्ली, मुम्बी, चेन्नईसम्म सीमित छैन, भारतले जुन कीर्तिमान गरिरहेको छ, त्यो मेरो टियर-2, टियर-3 सिटीका युवाहरूले पनि आज मेरो देशमा भाग्य गढिरहेका छन्। स-साना स्थानका मेरा नवजवान अनि आज म ठूलो विश्वासका साथ भन्दछु, हाम्रो साना शहरहरू आकार अनि जनसङ्ख्यामा सानो हुनसक्दछ। यो हाम्रा स-साना शहर, हाम्रो टोल आकार अनि जनसङ्ख्यामा सानो हुनसक्दछ, तर आशा अनि आकाङ्क्षा, प्रयास अनि प्रभावमा कोहीभन्दा कम छैनन्, त्यो सामर्थ्य उनीहरू भित्र छ। नयाँ एप, नयाँ सल्युशन, टेक्नोलजी डिभाइस। अब खेलको संसारलाई हेर्नुहोस्, जो बच्चाहरू छन्, झोपड-पट्टीबाट निक्लेका बच्चाहरूले आज खेलको संसारमा पराक्रम देखाइरहेका छन्। स-साना गाउँ, स-साना कस्बाका नवजवान, हाम्रा छोरीहरूले आज उत्कृष्टता देखाइरहेका छन्। अब हेर्नुहोस्, मेरो देशका यस्ता सय स्कूल छन् जहाँ बच्चाहरूले स्याटेलाइट बनाएर स्याटेलाइट छोड्ने तयारी गरिरहेका छन्। आझ हजारौं टिङ्करिङ ल्याबले नयाँ वैज्ञानिकहरूको गर्भाधान गरिरहेका छन्। आझ हजारौं टिङ्करिङ ल्याबले लाखौं बालकलाई साइन्ट एण्ड टेक्नोलजीको मार्गमा अघि बढ्नका लागि प्रेरणा दिइरहेका छन्। म मेरा देशका नवजवानहरूलाई भन्न चाहन्छु, अवसरको कमी छैन, तपाईंहरू जति अवसर चाहनुहुन्छ, देशले आकाशभन्दा पनि धेरै अवसर तपाईंलाई दिने सामर्थ्य राख्दछ।

म आज लाल किल्लाको प्राचीरबाट मेरो देशका माताहरू, बहिनीहरू, मेरा देशका छोरीहरूलाई हृदयबाट अभिनन्दन गर्न चाहन्छु। देश आज जहाँ पुगेको छ, त्यसमा विशेष शक्ति जोडिँदैछ, मेरा आमा, बहिनीहरूको सामर्थ्यको। आज देश प्रगतिको मार्गमा अघि बढिरहेको छ भने मेरा किसान भाइ-बहिनीहरूलाई पनि अभिनन्दन गर्न चाहन्छु, यो तपाईंहरूको पुरुषार्थ हो, यो तपाईंहरूको परिश्रम हो जुन कारण देश आज कृषि क्षेत्रमा अघि बढिरहेको छ। म मेरा देशका मजदुरहरूलाई, मेरा श्रमिकहरूलाई मेरा प्रिय परिवारजन, यस्ता कोटि-कोटि समूहलाई आज नमन गर्दछु। उनीहरूलाई अभिनन्दन गरिरहेको छु। देश आज जुन आधुनिकतातर्फ बढिरहेको छ, विश्वको तुलना गर्ने सामर्थ्यका साथ नजर आइऱहेको छ, त्यसका पछाडि मेरो देशका मजदुरहरू, मेरो देशका श्रमिकहरूको ठूलो योगदान छ, आज समयले भन्दछ, लाल किल्लाको प्राचीरबाट म उनीहरूलाई अभिनन्दन गरौं। उनीहरूको अभिवादन गरौं, र यो मेरो परिवारजन, 140 करोड देशवासी, मेरा यी श्रमिकहरू, पथपसलेहरू, फूल-सब्जी बेच्नेहरूलाई हामी सम्मान गर्दछौं। मेरो देशलाई अघि बढाउनमा, मेरो देशको प्रगतिलाई नयाँ उँचाईमा लैजानमा प्रोफेशनल्सहरूको ठूलो भूमिका बढ्दै गएको छ। चाहे साइन्टिस्ट होस्, चाहे इञ्जिनियर्स होस्, डाक्टर्स होस्, नर्सेस होस्, शिक्षक होस्, आचार्य होस्, युनिभर्सिटिस होस्, गुरुकूल होस्, हरेकले मा भारतीको भविष्य उज्ज्वल बनाउनका लागि आफ्नो पूरा ताकतका साथ लागिपरेका छन्।

मेरा प्यारा परिवारजन,

राष्ट्रिय चेतना त्यो एउटा यस्तो शब्द हो जसले हामीलाई चिन्ताबाट मुक्त गरिरहेको छ। र आज त्यो राष्ट्रिय चेतनाले भारतको सबैभन्दा ठूलो सामर्थ्य बनेको छ भरोसा भन्ने सिद्ध गरिरहेको छ, भारतको सबैभन्दा ठूलो सामर्थ्य बनेको छ विशअवास, जन-जनमा हाम्रो विश्वास, जन जनको सरकारमाथि विश्वास, जन जनको देशको उज्ज्वल भविष्यमाथि विश्वास र विश्वको पनि भारतप्रति विश्वास। यो विश्वास हाम्रो नीतिहरूको हो, हाम्रो रीतिको हो। भारतको उज्ज्वल भविष्यलाई जसले निर्धारित बलियो कदमका साथ अघि बढिरहेका छौं, त्यसको हो।

भाइ अनि बहिनीहरू,

मेरा प्यारा परिवारजन, भारतको सामर्थ्य र भारतको सम्भावनाले विश्वासको नयाँ शिखर पार गर्ने निश्चित छ र यो विश्वासको नयाँ शिखर नयाँ सामर्थ्यलाई लिएर बढ्नुपर्नेछ। आज देशमा जी-20 समिटको अतिथि सत्कार गर्ने भारतले अवसर पाएको छ। गत एक सालदेखि हिन्दुस्तानको हरेक कुनामा जुन प्रकारले जी-20 का अनेकौं आयोजन भएका छन्, अनेकौं कार्यक्रम भएका छन्, त्यसले देशको सामन्य मानवीको सामर्थ्यलाई विश्वसँग परिचित गराएको छ। भारतको विविधताको परिचय गराएको छ। भारतको डायभर्सिटीलाई विश्वले अचम्मका साथ हेरिरहेको छ र त्यस कारण भारतप्रति आकर्षण बढिरहेको छ। भारतलाई जान्ने, बुझ्ने इच्छा जागेको छ। यस प्रकारले हेर्नुहोस्, एक्सपोर्ट, आज भारतको एक्सपोर्ट तेजीका साथ बढिरहेको छ र म भन्न चाहन्छु, विश्वका एक्सपर्ट्सहरूले यी सबै मानदण्डका आधारमा भनिरहेका छन्, अब भारत रोकिनेवाला छैन। विश्वको कुनै पनि रेटिङ एजेन्सी होस्, भारतको गौरव गरिरहेका छन्। कोरोना कालपछि विश्वले नयाँ रूपमा सोच्न थालेको छ। र म विश्वासका साथ हेरिरहेको छु, जुन प्रकारले दोस्रो महायुद्धपछि, दोस्रो विश्वयुद्धपछि विश्वमा नयाँ वर्ल्ड अर्डरले आकार लिएको थियो। म स्पष्ट देखिरहेको छु, कोरोनापछि एउटा नयाँ विश्व अर्डर, एउटा नयाँ ग्लोबल अर्डर, एउटा नयाँ जियो पोलिटिकल ईक्‍वेशन, यो कुरा तेजीका साथ अघि बढिरहेको छ। जियो पोलिटिकल इक्‍वेशनको सबै व्याख्या परिवर्तित भइरहेको छ, परिभाषाहरू बदली रहेको छ। र मेरा प्यारा परिवारजन, तपाईंहरूले गौरव गर्नुहुनेछ, बद्लिँदो विश्वलाई आकार दिनमा आज मेरा 140 करोड देशवासीहरू, तपाईंहरूको सामर्थ्य नजर आइरहेको छ। तपाईंहरू निर्णायक मोडमा खडा हुनुहुन्छ।

र कोरोना कालमा भारतले जुन प्रकारले देशलाई अघि बढायो, विश्वले हाम्रो सामर्थ्यलाई देखेको छ। जब विश्वको सप्लाई चेन तहस-नहस भएको थियो, ठूला-ठूला अर्थव्यवस्थामाथि दबाउ थियो, त्यस समय हामीले भनेका थियौं, विश्वको विकास हेर्नु छ भने त्यो मानव केन्द्रित हुनुपर्नेछ, मानवीय संवेदनाले भरिएको हुनुपर्नेछ र तब गएर समस्याहरूको सही समाधान निक्लिनेछ र कोभिडले हामीलाई सिकायो वा बाध्य गरायो, तर मानवीय संवेदनालाई छोडेर हामीले विश्वको कल्याण गर्नसक्दैनौं।

आज भारत ग्लोबल साउथको आवाज बनिरहेको छ। भारतको समृद्धि, विरासत आज विश्वको निम्ति अवसर बनिरहेको छ। ग्लोबल ईकोनमी, ग्लोबल सप्लाई चेनमा भारतको हिस्सादारी, म पक्का विश्वासका साथ भन्न चाहन्छु, आज जुन भारतमा परिस्थिति उत्पन्न भएको छ, आज भारतले जे कमाएको छ, त्यसले विश्वमा स्थिरताको ग्यारेन्टी लिएर आएको छ साथीहरू। अब न हाम्रो मनमा, न 140 करोड मेरा परिवारजनको मनमा र न विश्वको मनमा कुनै ifs छ वा कुनै buts छ, विश्वास बनिसकेको छ।

मेरा प्यारा देशवासीहरू,

अब गोली हाम्रो हातमा छ, हामीले अवसरलाई जान दिनु भएन, हामीले मौका छोड्नु भएन। भारतमा म मेरा देशवासीहरूलाई यस कारण अभिनन्दन गर्न चाहन्छु कारण मेरा देशवासीहरूमा एउटा नीर-क्षीर विवेकको सामर्थ्य छ, समस्यालाई जरादेखि बुझ्ने सामर्थ्य छ र यसैले 2014 मा मेरा देशवासीहरूले 30 सालको अनुभवपछि देशलाई अघि लैदानु छ भने स्थिर सरकार चाहिन्छ, बलियो सरकार चाहिन्छ, पूर्ण बहुमतको सरकार चाहिन्छ भन्ने तय गरे र देशवासीहरूले एउटा बलियो अनि स्थिर सरकार बनाए। अनि तीन दसकसम्म जुन अनिश्चितताको काल थियो, जुन अस्थिरताको कालखण्ड थियो, जुन राजनीतिक बाध्यतामा देश जकडिएको थियो, त्यसबाट मुक्ति पाए।

मेरा प्यारा परिवारजन,

देशसँग आड यस्तो सरकार छ, जसले सर्वजन हिताय सर्वजन सुखाय, देसको सन्तुलित विकासको निम्ति समयको पल पल अनि जनताको पाई-पाई जनताको भलाइका लागि लगाइरहेको छ र मेरो सरकार, मेरा देशवासीहरूको मान एउटा कुरासँग जोडिएको छ, हाम्रो हरेक निर्णय, हाम्रो हरेक दिशा, त्यसको एउटै मानदण्ड छ नेशन फर्स्ट – राष्ट्र प्रथम र राष्ट्र प्रथमले यही दूरगामी परिणाम, सकारात्मक परिणाम उत्पन्न गर्नेछ। देशमा व्यापक स्तरमा काम भइरहेको छ। तर म भन्न चाहन्छु, 2014 मा तपाईंहरूले बलियो सरकार बनाउनु भयो र म भन्दछु, 2014 र 2019 मा तपाईंहरूले सरकार फर्म गर्दा मोदीमा रिफर्म गर्ने आँट आएको थियो। तपाईंहरूले यस्तो सरकार फर्म गर्नु भयो कि मोदीलाई रिफर्म गर्ने आँट आयो। र जब मोदीले एकपछि अर्को रिफर्म गरे, तब मेरा ब्यूरोक्रेसीका मानिसहरूले मेरा लाखौं हात-खुट्टा, जुन हिन्दुस्तान्को कुना-कुनामा सरकारको अंशका रूपमा काम गरिरहेका छन्, उनीहरूले ब्यूरोक्रेसीमा ट्रान्स्फर्म गर्नका लागि पर्फर्म गर्ने जिम्मेवारी राम्ररी निर्वाह गरे र उनीहरूले पर्फर्म गरेर देखाए, र जनता जनार्दन जोडिँदा उनीहरू ट्रान्सफर्म भएको पनि नजर आइरहेको छ। र यसैले reform, perform, transform को यस कालखण्डले भारतको भविष्य गढिरहेको छ। र हाम्रो सोच देशको त्यस ताकतलाई बढावा दिनुमाथि रहेको छ, जसले आउने एक हजार सालको जगलाई बलियो बनाउनेछ। विश्वलाई युवाशक्तिको आवश्यकता छ, युवालाई स्किलको आवश्यकता छ। हामीले अलग स्किल मिनिस्ट्री बनायौं, त्यसले भारतको आवश्यकता त पूरा गर्ने नै छ, विश्वको आवश्यकता पूरा गर्ने पनि सामर्थ्य राख्नेछ। हामीले जल शक्ति मन्त्रालय बनायौं। मन्त्रालय बनाउनुको रचनालाई पनि यदि विश्वलेषण गर्नु हो भने यस सरकारको मन-मस्तिष्कलाई राम्ररी बुझ्न सक्नुहुनेछ। हामीले जल शक्ति मन्त्रालय बनायौं, यस जल शक्ति मन्त्रालयले हाम्रो देशका एक एक देशवासीलाई पिउने शुद्ध पानी पुऱ्याऊन्, पर्यावरणखो रक्षाका लागि पानीप्रति संवेदनशील व्यवस्था विकसित गरून्, त्यसमाथि हामीले बल दिइरहेका छौं। हाम्रो देशमा कोरोनापछि holistic health care समयको माग रहेको विश्वले हेरिरहेको छ। हामीले अलग आयुष मन्त्रालय बनायौं र योग अनि आयुषले आज विश्वमा आफ्नो परचम लहराइरहेको छ।

विश्वलाई हाम्रो प्रतिबद्धताको कारण विश्वको हामीप्रति ध्यान गएको छ। यदि हामीले नै यस सामर्थ्यलाई नकाऱ्यौं भने विश्वले कसरी स्वीकार गर्नेछ। तर जब मन्त्रालय बन्यो, तब विश्वले पनि त्यसको मूल्य बुझ्यो। मत्स्य पालन हाम्रो यति ठूलो समुद्री तट, हाम्रा कोटि-कोटि मछुवा भाइ-बहिनीहरूको कल्याण पनि हाम्रो मनमा छ र यसैले हामीले अलग मत्स्य पालनलाई लिएर, पशुपालनलाई लिएर, डेयरीलाई लिएर अलग मन्त्रालयको रचना गऱ्यौं, ताकि समाजको जुन वर्गका मानिसहरू पछि पर्न गएका छन्, उनीहरूलाई साथ दिनसकौं। देशमा सरकारी अर्थव्यवस्थाको अंश हुन्छ, तर समाजको अर्थव्यवस्थाको एउटा ठूलो अंश हो सहकारी आन्दोलन, त्यसलाई बल दिनका लागि, त्यसमा आधुनिकता ल्याउनका लागि र देशको कुना-कुनामा लोकतन्त्रको सबैभन्दा ठूलो एकाइलाई बलियो बनाउनका लागि हामीले अलग कोअपरेटिभ मन्त्रालय बनायौं र हाम्रा सहकारी संस्थानहरूले त्यसको जाल बिछ्याइरहेका छन्, ताकि गरीबभन्दा गरीबको त्यहाँ सुनुवाई होस्, उसको आवश्यकता पूर्ति होस् र उनले पनि राष्ट्रको विकासमा योगदानमा एउटा सानो एकाइको अंश बनेर त्यसमा योगदान दिनसकून्। हामीले सहकारदेखि समृद्धिको बाटो अपनाएका छौं।

मेरा प्यारा परिवारजन,

जब हामी 2014 मा आएका थियौं, तब हामी वैश्विक अर्थव्यवस्थामा 10 औं नम्बरमा थियौं, र आज 140 करोड देशवासीको पुरुषार्थले रङ ल्याएको छ र हामी विश्व अर्थव्यवस्थामा पाँचौं नम्बरमा पुगेका छौं। र यो यसै भएको होइन, जब भ्रष्टाचारको राक्षसले देशलाई निचोरिरहेको थियो, लाखौं-करोडौंको घोटालाले अर्थव्यवस्था डाँवाडोल गरिरहेको थियो, governance, fragile फाइभमा देशको पहिचान हुन थालेको थियो। Leakages लाई हामीले बन्द गऱ्यौं, बलियो अर्थव्यवस्था बनायौं, हामीले गरीब कल्याणको निम्ति धेरैभन्दा धेरै धन खर्च गर्ने प्रयास गऱ्यौं। र आज म देशवासीहरूलाई बताउन चाहन्छु, जब देश आर्थिक रूपमा समृद्ध हुन्छ, तब खजाना मात्र भरिँदैन, देशको सामर्थ्य बढ्दछ, देशवासीहरूको सामर्थ्य बढ्दछ र खजानाको पाई-पाई यदि इमान्दारीका साथ जनता-जनार्दनको निम्ति खर्च गर्ने सङ्कल्प लिने सरकार भए परिणाम कस्तो आउँदछ। म दस सासलको हिसाब तिरङ्गालाई साक्षी राखी लाल किल्लाको प्राचीरबाट मेरा देशवासीहरूलाई दिइरहेको छु। आँकडा हेरेर तपाईंहरूलाई लाग्न सक्छ, यति ठूलो परिवर्तन, यति ठूलो सामर्थ्य। 10 सालअघि राज्यहरूलाई 30 लाख करोड रुपियाँ भारत सरकारबाट जाने गर्थ्यो। बितेको नौ सालमा यो आँकडाले 100 लाख करोड पुगेको छ।

पहिले स्थानीय निकायको विकासका लागि भारत सरकारको खजानाबाट 70 हजार करोड रुपियाँ जाने गर्थ्यो, आज त्यो 3 लाख करोडभन्दा धेरै गइरहेको छ। पहिले गरीबहरूको घर बनाउनका लागि 90 हजार करोड रुपियाँ खर्च गरिन्थ्यो, आज त्यो 4 गुणा बढेर 4 लाख करोडभन्दा धेरै खर्च गरीबहरूको घर बनाउनका लागि भइरहेको छ। पहिले गरीबहरूले युरिया सस्तोमा पाऊन्, जुन युरिया ब्याग विश्वको केही बजारमा 3 हजारमा बिक्दछ, त्यो युरियाको ब्याग मेरा किसानहरूले 300 मा पाइरहेका छन् र यसैले देशको सरकारल 10 लाख करोड रुपियाँ मेरा किसानहरूलाई युरियामा सब्सिडी दिइरहेको छ। मुद्रा योजनाले 20 लाख करोड रुपियाँभन्दा धेरै मेरा देशका नवजवानलाई स्वरोजगारका लागि, आफ्नो व्यवसायका लागि, आफ्नो कारोबारका लागि दिएको छ। 8 करोड मानिसले नयाँअ कारोबार शुरु गरे र 8 करोड मानिसले कारोबार शुरु गर्दा यसै होइन, हरेक कारोबारीले एक वा दुईजनालाई रोजगार दिए। 8-10 करोड नयाँ व्यक्तिलाई रोजगार दिने सामर्थ्य मुद्रा योजनाबाट लाभ लिने 8 करोड नागरिकले गरे। एमएसएमईहरूलाई करिब साडे तीन लाख करोड रुपियाँको मद्दतले कोरोना सङ्कटमा उनीहरूलाई डुब्न दिइएन, मर्न दिइएन, उनीहरूलाई ताकत दिएको छ। वन ऱ्याङ्क वन पेन्सन, मेरा देशका सेनाका जवानहरूलाई एउटा सम्मानको विषय थियो, 70 हजार करोड रुपियाँ भारतको खजानाबाट आज पुगेको छ। मेरा निवृत्त सेनाका नायकहरूको गोजीबाट उनीहरूका परिवारसम्म पुगेको छ। सबै श्रेणीमा मैले त केही गन्ती गराए, म धेरै समय लिन चाहँदिन, हरेक श्रेणीमा पहिलोको तुनामा अनेकौं गुणा धन देशको विकासका लागि, कुना-कुनामा रोजगार सिर्जना गर्नका लागि, पाई-पाईको उपयोग भारतको भाग्य बद्लिनका लागि होस्, यसैले हामीले काम गरेका छौं।

र मेरा प्यारा प्रियजन,

यति मात्र होइन, हाम्रो यी सबै प्रयासको परिणाम हो, आज पाँच सालको मेरो कार्यकालमा, 5 सालमा साडे 13 करोड मेरा गरीब भाइ-बहिनीहरू गरीबीको माखेजाल तोडेर न्यू मिडल क्लासका रूपमा बाहिर आएका छन्। जीवनमा यति ठूलो कुनै सन्तोष हुनसक्दैन।

मेरा प्यारा प्रिय परिवारजन,

र जब साडे 13 करोड मानिस गरीबीको यस कठिनाईबाट बाहिर निक्लिए, तब कस्ता-कस्ता योजनाले उनीहरूको सहयोग गऱ्यो, उनीहरूले आवासको लाभ पाउनु, पीएम स्वनिधिबाट 50 हजार करोड रुपियाँ पथ पसलेहरूसम्म पुऱ्याइएको छ। र आउने दिनहरूमा विश्वकर्म जयन्तीमा एउटा कार्यक्रम लागू गर्नेछौं, यस विश्वकर्म जयन्तीमा हामी करिब 13-15 हजार करोड रुपियाँबाट जुन परम्परागत कौशल्यका साथ बसोबासो गर्ने मानिसहररू छन्, जसले औजारद्वारा तथा आफ्नो हातले काम गर्ने वर्ग छ, अधिकांश ओबीसी समुदायबाट छन्। हाम्रा सुथार होस्, हाम्रा सुनार होस्, हाम्रा राजमिस्‍त्री होस्, कपडा धुने काम गर्नेहरू होस्, केस काट्ने भाइ-बहिनीका परिवार होस्, यस्ता मानिसहरूलाई नयाँ ताकत दिनका लागि हामी आगामी महिनाको विश्वकर्म जयन्तीमा विश्वकर्म योजना शुरु गर्नेछौं र करिब 13-15 हजार करोड रुपियाँद्वारा त्यसको प्रारम्भ गर्नेछौं। हामीले पीएम किसान सम्मान निधिमा अढाई लाख करोड रुपियाँ सीधा मेरा देशका किसानहरूको खातामा जमा गऱ्यौं। हामीले जल जीवन मिशन हरेक घरमा शुद्ध पानी पुगोस्, दुई लाख करोड रुपियाँ खर्च गरेका छौं। हामीले आयुष्मान भारत योजना, ताकि गरीबहरू बिमारीका कारण अस्पताल जान समस्या हुन्थ्यो, त्यसबाट मुक्ति दिलाउन, उनीहरूले दवाई पाऊन्, उपचार होस्, अपरेशन होस् राम्रा राम्रा अस्पतालमा, आयुष्मान भारत अन्तर्गत 70 हजार करोड रुपियाँ हामीले लगाएका छौं। देशले कोरोना भ्याक्सिनको कुरा गर्दा देशलाई याद छ, 40 हजार करोड रुपियाँ लगाएको कुरा, तर तपाईंहरूलाई पशुधन बचाउनका लागि करिब 15 हजार करोड रुपियाँ पशुधनको टीकाकरणका लागि लगाएका छौं।

मेरा प्यारा देशवासी, मेरा प्यारा परिवारजन,

जन औषधि केन्द्रहरूले, देशका ज्येष्ठ नागरिकहरूलाई, देशको मध्यम वर्गीय परिवारलाई एउटा नयाँ ताकत दिएको छ। जुन संयुक्त परिवारमा यदि कुनै एकजना डायबेटिज जस्तो भए, 2-3 हजारको बिल स्वाभाविक बन्दछ। हामीले जन औषधि केन्द्रद्वारा जुन दवाई बजारमा यी बिमारीहरूका लागि आवश्यक हुन्छ, यस्ता मानिसहरूका लागि करिब 20 करोड रुपियाँ उनीहरूको गोजीबाट बचाएका छौं। र यो अधिकांश मध्यम वर्गीय परिवारका मानिसहरू हुन्। तर आज यसको सफलतालाई ध्यानमा राख्दै म देशवासीहरूलाई भन्न चाहन्छु, जस्तो हामीले विश्वकर्म योजनालाई लिएर समाजको त्यस वर्गलाई छुनेवाला छौं। अब देशमा 10 हजार जन औषधि केन्द्रबाड 25 हजार जन औषधि केन्द्रको लक्ष्य लिएर आउने दिनहरूमा काम गर्नेछौं।

मेरा प्यारा परिवारजन,

जब देशमा गरीबी घट्दछ, तब देशको मध्यम वर्गको ताकत धेरै बढ्दछ। र म तपाईंहरूलाई विसअवास दिलाउन चाहन्छु, आगामी पाँछ सालमा मोदीको ग्यारेन्टी हो, देशले पहिलो तीन वैश्विक अर्थनीतिमा आफ्नो ठाउँ लिनेछ, निश्च नै ठाउँ लिनेछ। आज जुन साडे 13 करोड गरीबी बाहिर आएका मानिसहरू छन्, उनीहरू एक प्रकारले मध्यम वर्गीय ताकत बन्नेछन्। जब गरीबको खरिद शक्ति बढ्दछ, तब मध्यम वर्गको व्यापार शक्ति बढ्दछ। दब गाउँको खरिद शक्ति बढ्दछ, तब कस्बा अनि शहरको आर्थिक विकास अझ तेज गतिले दौडन्छ। र यही इन्टर-कनेक्टेड हाम्रो अर्थचक्र हुन्छ। हामी यसलाई बल दिएर अघि बढ्न चाहन्छौं।

मेरा प्यारा परिवारजन,

शहरभित्र जुन कमजोर मानिसहरू बसोबासो गर्छन्, अकारणको समस्यामा रहने गर्दछन्। मध्यम वर्गीय परिवारले आफ्नो स्वयंको घरको सपना देखिरहेका छन्। हामी त्यसका लागि आउने केही वर्षका लागि एउटा योजना लिएर आइरहेका छौं, जसमा यस्ता मेरा परिवारजन जो शहरमा बसोबासो गर्छन्, तर किरायाको घरमा बस्छन्, झोपड-पट्टीमा बस्छन्, चालमा बस्छन्, अनाधिकृत कोलोनामा बस्छन्। यस्ता मेरा परिवारजनले यदि आफ्नो घर बनाउन चाहे, ब्याङ्कबाट जुन ऋण पाउँछन्, त्यसको ब्याजभित्र राहत दिएर लाखौं रुपियाँको सहयोग गर्ने हामीले निर्णय लिएका छौं। मेरा मध्यम वर्गीय परिवारलाई जब दुई लाखदेखि सात लाख इन्कम ट्याक्सको सीमा बढद्छ, तब सबैभन्दा धेरै फाइदा वेतनभोगी वर्गलाई हुँदछ, मेरा मध्यम वर्गीयलाई हुँदछ। इन्टरनेटको डाटा धेरै महँगो थियो 2014 भन्दा पहिले। अहिले विश्वमा सबैभन्दा सस्तो इन्टरनेटको टाडामा खर्च भइरहेको छ, हरेक परिवारको पैसा जोगिँदैछ।

मेरा प्यारा परिवारजन,

विश्व कोरोनापछि अहिलेसम्म उक्सिन सकेको थिएन, युद्धले फेरि अर्को समस्या उत्पन्न गरिदियो। आज विश्व महँगाइको सङ्कटबाट जुझिरहेको छ। सम्पूर्ण विश्वको अर्थव्यवस्थालाई महँगाइले निचोरिरहेको छ। हामी पनि विश्वबाट जुन सामानको आवश्यक हुन्छ, ल्याउँदछौं, तब हामी सामानको आयात गर्दछौं, हाम्रो दुर्भाग्य हो, हामीले महँगाइ पनि आयात गर्नुपर्दछ। सम्पूर्ण विश्वलाई महँगाइले जकडेको छ।

तर मेरा प्यारा प्रिय परिवारजन,

भारतले महँगाईलाई नियन्त्रित राख्न सक्दो प्रयास गरेको छ। बितेको कालखण्डको तुलनामा हामीले केही सफलता पनि प्राप्त गरेका छौं, तर यतिबाट सन्तोष मान्न सकिँदैन। विश्वभन्दा हाम्रो वस्तु राम्रो छ, यति कुरा हामी सोच्न सक्दैनौं, मैले त मेरा देशवासीहरूको महँगाइको भारी कम्तिभन्दा कम्ति होस्, यस दिशामा कदम उठाउनुपर्नेछ। र हामी त्यो कदम उठाई छोड्नेछौं। मेरो प्रयास निरन्तर जारी रहनेछ।

मेरा प्यारा परिवारजन,

आज देश अनेकौं क्षमतालाई लिएर अघि बढिरहेको छ। देशले आधुनिकतातर्फ अघि बढ्ने काम गरिरहेको छ। आज देशले रिनिउएबल ईनर्जीमा काम गरिरहेको छ, आज देशले ग्रीन हाइड्रोजनमाथि काम गरिरहेको छ, देशको स्पेसमा क्षमता बढिरहेको छ। तब देशले डीप सी मिशनमा पनि सफलताका साथ अघि बढिरहेको छ। देशमा रेल आधुनिक भइरहेको छ भने वन्दे भारत बुलेट ट्रेनमाथि पनि आज देशमा काम भइरहेको छ। आज गाउँ-गाउँसम्म इन्टरनेट पुगिरहेको छ भने क्वान्टम कम्प्युटरका लागि पनि देशमा काम चलिरहेको छ। नेनो युरिया र नेनो डीएपीमाथि काम भइरहेको छ भने अर्कातिर जैविक खेकीमाथि पनि हामी बल दिइरहेका छौं। आज किसान उत्पादक सङ्घ एफपीओको निर्माण भइरहेको छ भने हामी सेमी कण्डक्टरको निर्माण पनि गर्न चाहिरहेका छौं। हामी दिव्याङ्गजनका लागि सुगम भारतको निर्माणका लागि काम गर्दछौं भने हामी प्यारालिम्पिकमा पनि हिन्दुस्तानको तिरङ्गा झण्डा गाड्नका लागि मेरा दिव्याङ्गजनलाई सामर्थ्यवान बनाइरहेका छौं। हामी खेलाडीहरूलाई स्पेशल ट्रेनिङ दिइरहेका छौं।

आज भारतले पुराना सोच, पुराना ढर्रालाई छोडेर लक्ष्य तय गरी, लक्ष्य प्राप्त गर्ने नजरका साथ अघि बढिरहेको छ। र जब म भन्छु, जसको शिलान्यास हाम्रो सरकारले गर्दछ, त्यसको उद्घाटन पनि हाम्रै कालखण्डमा गर्दछौं। यी दिनहरूमा म जुन शिलान्यास गरिरहेको छु, तपाईंहरूले लेखेर राख्नुहोस्, त्यसको उद्घाटन पनि सबै मेरो भाग्यमा छोडिएको छ। हाम्रो कार्य संस्कृति, ठूलो सोच्नु, टाढाको सोच्नु, सर्वजन हिताय सर्वजन सुखाय सोच्नु, यो हाम्रो कार्यशैली रहेको छ। र सोचभन्दा पनि धेरै, सङ्कल्पभन्दा पनि धेरै हासिल कसरी गर्नु, यस ऊर्जाका साथ हामी काम गर्दछौं। हामीले आजादीको अमृत महोत्सवमा 75 हजार अमृत सरोवर बनाउने सङ्कल्प गरेका थियौं। त्यस समय हामीले हरेक जिल्लामा 75 अमृत सरोवर बनाउने सङ्कल्प गरेका थियौं। करिब 50-55 हजार अमृत सरोवरको कल्पना गरेका थियौं। तर आज करिब 75 हजार अमृत सरोवरको निर्माणको काम भइरहेको छ। यो स्वयंमा धेरै ठूलो काम भइरहेको छ। जनशक्ति अनि जलशक्तिको यो ताकत भारतको पर्यावरणको रक्षामा पनि काम आउनेछ। 18 हजार गाउँसम्म बिजुली पुऱ्याउनु, जनधन ब्याङ्क खाता खोल्नु, चोरीहरूका लागि शौचालय बनाउनु, सबै टार्गेट समयभन्दा पहिले पूरा शक्तिका साथ पूरा गर्नेछौं। र जब भारतले ठान्दछ, तब त्यसलाई पूरा गरेरै छोड्दछ, यो हाम्रो ट्रेक रेकर्डले बताउँदछ।

200 करोड भ्याक्सिनेशनको काम। विश्वले जब हामीलाई सोध्दछ, 200 करोड सुन्द्छ, तब उनीहरूको आँखा खुल्लाको खुल्लै रहने गर्दछ, यति ठूलो काम। यो मेरो देशका आँगनबाडी वर्कर, हाम्रा आशा वर्कर, हाम्रा हेल्थ वर्करहरूले गरेर देखाए। यो मेरो देशको सामर्थ्य हो। 5-जी रोल आउट गऱ्यौं, विश्वमा सबैभन्दा तेज गतिले 5-जी रोलआउट गर्ने मेरो देश हो। 700 भन्दा धेरै जिल्लासम्म हामी पुगिसकेका छौं। र अब 6-जीको तयारी पनि गरिरहेका छौं। हामीले टास्क फोर्स बनाएका छौं। नविकरणीय ऊर्जा हाम्रो टार्गेटभन्दा अघि चलिरहेको छ। नविकरणीय ऊर्जा 2030 को जुन टार्गेट हामीले तय गरेका थियौं, 20212-2022 मा त्यसलाई पूरा गरेका छौं। हामीले ईथेनलमा 20 प्रतिशत ब्लेण्डिङको कुरा गरेका थियौं, त्यो पनि हामीले पाँच सालअघि नै पूरा गरेका छौं। हामीले 500 बिलियन डलरको एक्सपोर्टको कुरा गरेका थियौं, त्यो पनि समयभन्दा पहिले, पाँच सय बिलियन डलरभन्दा धेरैको गरेर देखायौं। हामीले तय गरेका थियौं, देशमा 25 सालदेखि चर्चा भइरहेको थियो, देशमा नयाँ संसद बनोस्। पार्लियामेन्टको कुनै सत्र यस्तो थिएन, नयाँ संसदको निम्ति, यो मोदी हो, समयभन्दा पहिले नै नयाँ संसद बनाएर दियो, मेरा प्यारा भाइ-बहिनीहरू। यो काम गर्ने सरकार हो, निर्धारित लक्ष्य पार गर्ने सरकार हो, यो नयाँ भारत हो, यो आत्मविश्वासले भरिएको भारत हो, यो सङ्कल्पलाई चरितार्थ गर्न जिउ-ज्यानका साथ जुट्ने भारत हो। र यसैले यो भारत न रोकिन्छ, न यो भारत थाक्दछ, यो भारत न हाँफ्दछ  न त यो भारत हार्दछ। र यसैले मेरा प्यारा परिवारजन, आर्थिक शक्ति भरिएको हुँदा हामीले सामरिक शक्तिको नयाँ ताकत पाएका छौं, हाम्रो सीमा पहिलेभन्दा बढी सुरक्षित भएको छ र मेरो सीमामा बसेका जवानहरू, मेरा जवानहरू जसले देशको सीमाको रक्षा गरिरहेका छन् र मेरो देशको आन्तरिक सुरक्षा सम्हालाने युनिफर्म फोर्सेस, म स्वतन्त्रताको यस पावन पर्वमा उनीहरूलाई अनेकौं अनेक बधाई दिँदै मेरो कुरा अघि बढाउन चाहन्छु। सेनाको अधिकरण होस्, हाम्रो सेना युवा बनोस्, हाम्रो सेना युद्धाक लागि तयार रहोस्, युद्धयोग्य बनोस्, यसैले निरन्तर रिफर्ममाथि काम आज हाम्रो सेनामा भइरहेको छ।

मेरा प्यारा परिवारजन,

प्रायः दिनहु जस्तो हामी सुन्ने गर्थ्यौं, यहाँ बम विस्फोट भयो, त्यहाँ बम विस्फोट भयो। हरेक ठाउँ लेखिएको हिन्थ्यो, यस ब्यागलाई नछुनु। एनाउन्समेन्ट भइरहने गर्थ्यो। आज देशले सुरक्षाको अनुभूति गरिरहेको छ र जब सुरक्षा हुन्छ, शान्ति हुन्छ, तब प्रगतिको नयाँ अभिलाषा हामी पूरा गर्नसक्दछौं। यसको निम्ति सिरियल बम विस्फोट कुनै बितेको कुरा भएको छ। निर्दोषहरूको मृत्यु हुन्थ्यो, त्यो बितेको कुरा भएको छ। आज देशमा आतङ्की आक्रमणमा धेरै कमी आएको छ। नक्सल प्रभावित क्षेत्रहरूमा पनि धेरै ठूलो परिवर्तन आएको छ, धेरै ठूलो रूपान्तरणको एउटा वातावरण बनेको छ।

 

मेरा प्यारा परिवारजन,

प्रगतिको हरेक कुरामा, जब 2047 मा एउटा विकसित भारतको सपना लिएर हिंड़िरहेका छौं तब, अनि त्यो सपना हो

इन, 140 करोड़ देशवासीहरूको संकल्प छ। अनि त्यो संकल्पलाई सिद्ध गर्नको लागि परिश्रमको पराकाष्ठा पनि छ अनि त्यो सबैभन्दा ठूलो ताकत हुँदछ। त्यो राष्ट्रीय चरित्र हुँदछ।  संसारमा जुन जुन देशहरूले प्रगति गरेको छ, संसारमा जुन जुन देशले संकटलाई पार गरेर निस्केको छ। त्यसमा हरेक चीजको साथ साथ एउटा महत्त्वपूर्ण कैटिलिक एजन्ट रहन्छ, त्यो राष्ट्रीय चरित्र रहेको छ। अनि हामीलाई राष्ट्रीय चरित्रको लागि अनि बल दिंदै हामीलाई अघि बढनुछ। हाम्रो देश, हाम्रो राष्ट्रीय चरित्र ओजस्वी होस, तेजस्वी होस, पुरूषार्थी होस, पराक्रमी होस, प्रखर होस, यो हामी सबैको सामूहिक दायित्त्व हो। अनि आउने 25 वर्ष हामी एउटै मन्त्र लिएर हिंड़ौं। यो हाम्रो राष्ट्रीय चरित्रको शिरमौर हुनुपर्छ। एकताको संदेश, भारतको एकतालाई जिउन, भारतको एकतालाई आँच आओस्, न यस्तो मेरो भाषा हुनेछ, न यस्तो मेरो कुनै कदम हुनेछ। हरेक पल देशलाई जोड़ने प्रयाल मेरो तर्फबाट पनि भइरहनेछ।  न यस्तो मेरो कुनै कदम हुनेछ। हरेक पल देशलाई जोड़ने प्रयास मेरो तर्फबाट पनि भइरहनेछ। भारतको एकता हाम्रो सामर्थ्यले दिंदछ। उत्तर होस दक्षिण होस पूर्व होस, पश्चिम होस्, गाउँ होस्, शहर होस्, पुरूष होस्, नारी होस्, हामी सबैले एकताको भावको साथ अनि विविधता भरिएको देशमा एकताको सामर्थ्य हुँदछ अनि अरूको महत्त्वको कुरा म देखि रहेको छु, यदि 2047 मा हामीले हाम्रो देशलाई विकसित भारतको रूपमा देख्नु हेर्नु हो भने हामीले श्रेष्ठ भारतको मन्त्रलाई जिउनुपर्नेछ, हामीले चरितार्थ गर्नुपर्नेछ। अब हाम्रो प्रोडक्शनमा, मैले 2014 मा भनेको थिए जीरो डिफेक्ट, जीरो इफेक्ट। दुनियाँको कुनै पनि टेबलमा मेक इन इंडिया चीज होस तब दुनियाँलाई विश्वास हुनपर्छ, यसभन्दा राम्रो दुनियामा केही हुन सक्दैन। यो अल्टीमेटम हुनेछ, हाम्रो हरेको चीज, हाम्रो सर्विसेज हुनेछ तब श्रेष्ठ हुनेछ, हाम्रो शब्दहरूको ताकत हुनेछ तब श्रेष्ठ हुनेछ। हाम्रो संस्थाहरू हुनेछ तब श्रेष्ठ हुनेछ। हाम्रो निर्णय प्रक्रियाहरू हुनेछ तब श्रेष्ठ हुनेछ। यो श्रेष्ठताको भाव लिएर हामी हिंड़नुपर्छ। तेस्रो कुरा हो देशमा अघि बढ़नको लागि एउटा अतिरिक्त शक्तिको सामर्थ्य भारतलाई अघि लिएर जानेछ अनि त्यो हो women-led development आज भारतले गर्वसित भन्न सक्छ कि दुनियाँमा नागरिक उडड्यनमा यदि कुनै एउटा देशमा सबैभन्दा धेर women-pilot छन् भने त्यो मेरो देशमा छ। आज चन्द्रयानको गति होस्, moon-mission को कुरा होस्, मेरो women-scientist ले त्यसको नेतृत्त्व गरिरहेको छ। आज women self-help group होस्, मेरो 2 करोड़ लखपति दिदीको लक्ष्य लिएर आज women self-help group मा हामी काम गरिरहेका छौं। हामी, हाम्रो नारी शक्तिको सामर्थ्यलाई बढ़ावा दिनको लागि  women-led development अनि जब जी-20 मा मैले women led development का विषयहरूलाई अघि बढ़ाएका छौं तब सम्पूर्ण जी-20 समूहले यसको महत्त्वलाई स्वीकार गरेर यसलाई एकदमै बल दिइरहेको छ। त्यस्तै प्रकारले भारत विविधताहरूले भरिएको देश हो। अन्तुलित विकासको हामी शिकार बनेका थियौं। मेरो-तेरोको कारण हाम्रो देशका केही हिस्सा त्यसको शिकार भएको छ। अब हामीले regional aspirations लाई संतुलित विकासको बल दिनुपर्छ, अनि regional aspirations लाई लिएर त्यस भावनालाई हामीले सम्मान दिंदै जस्तो हाम्रो भारत मा- को कुनै, हाम्रो शरीरको कुनै अंग यदि अविकसित रह्यो भने हाम्रो शरीरलाई विकसित मानिने छैन। हाम्रो शरीरको कुनै अंग दुर्बल रह्यो भने हामीलाई  स्वस्थ मानिंदैन त्यसरी नै मेरो भारत माता जसको कुनै एउटा भू भाग पनि, समाजको कुनै तबका पनि यदि दुर्बल रह्यो भने मेरो भारत माता समर्थ छ, स्वस्थ छ, यस्तो सोंचेर के हामी बस्न सक्दैनौ। अनि यसैले regional aspirations लाई हामीले address गर्ने आवश्यकता छ अनि यसैले हामी समाजको सर्वांगीन विकास होस्, सर्वपक्षीय विकास होस् भू-भागको हरेक क्षेत्रलाई उसको आफ्नो ताकतलाई खिल्ने अवसर मिलोस, त्यस दिशामा अघि बढ़न चाहन्छ। 

 

 

 

मेरा प्यारा परिवारजन,

भारत एउटा mother of democracy हो, भारत model of diversity पनि हो। भाषाहरू अनेक छन्, बोलिहरू अनेक छन्, परिधान अनेक छन्, विविधताहरू धेरै छन्। हामीले यी सबैको आधारमा अघि बढ़नुछ।

 

मेरा प्यारा परिवारजन,

देशको जब एकताको कुरा गर्दछु तब यदि घटना मणिपुरमा हुँदछ त पीढ़ा महाराष्ट्रमा हुँदछ, यदि बाढ़ असममा हुँदछ तब बेचैन केरल हुँदछ। हिन्दुस्तानको कुनै पनि हिस्सामा केही पनि होस्, हामी एउटा अंगदानको भावको अनुभूति गर्दछौं। मेरा देशका छोरीहरूमाथि अत्यचार नहोस्, यो हाम्रो सामाजिक दायित्त्व पनि हो। यो हाम्रो पारिवारिक दायित्त्व पनि हो अनि यो देशको नातामा हामी सबैको दायित्त्व होस्। आज जब अफगानिस्तानदेखि गुरूग्रन्थ साहबको स्वरूपलाई ल्याउनु हो भने सम्पूर्ण देशले गौरवको अनुभूति गर्दछ। जब आज दुनियाँको कुनै देशमा कोविडको कालमा मेरो कुनै सिख भाईले लंगर लगाउंदछ, भोकोलाई खुवाउँदछ अनि दुनियाँमा वाहा-वाही हुँदछ तब हिन्दुस्तानको छात्ती चौडा हुँदछ। 

मेरा प्यारा परिवारजन,

हाम्रो लागि, जब नारी सम्मानको कुरा हुँदछ। म अहिले एउटा देशमा दौरा गरिरहेको थिएँ तब त्यहाँ एउटा ठूलो सिनियर मिनिस्टर, उसले मलाई प्रश्न सोधे, उनले भने तपाईको यहाँ छोरीहरूले science अनि engineering को विषयहरूको पढ़ाई गर्छन्? मैले उनलाई भने आज मेरो देशमा छोराहरू भन्दा धेर छोरीहरू आज STEM अर्थात science, technology, engineering अनि maths, अधिकतम भाग मेरी छोरीहरूले लिइ रहेका छन्, तब उनको लागि अचम्भ थियो। आज हाम्रो देशको सामर्थ्य देखिरहेको छ।

 

मेरा प्यारा परिवारजन,

आज 10 करोड़ महिलाहरू women self help मा जोड़िएका छन् अनि women self help group को साथ आज गाउँमा गयौं भने तपाईले बैंक वाली दिदीलाई भेट्नु हुनेछ, तपाईले आगनवाड़ी दिदीलाई भेट्नु हुनेछ, तपाईलाई दवाई दिने दिदी भेट्नुहुनेछ अनि अब मेरो सपना छ, 2 करोड़ लखपति दिदी बनाउने, गाउँमा 2 करोड़ लखपति दिदी। अनि यसको लागि एउटा नयाँ विकल्प पठाए science अनि technology. हाम्रो गाउँको महिलाहरूलाई सामर्थ्य देख्दछु म, अनि यसको लागि म नयाँ योजना सोंची रहेको छु। हाम्रो अग्रीकल्चर सेक्टरमा टेक्नोलोजी होस्, एग्रीटेकलाई बल मिलोस्, यसैले  Women Self Help Group का बहिनीहरूलाई हामी ट्रेनिंग दिनेछौं। ड्रोन चलाउने, ड्रोन रिपेयर गर्ने हामी ट्रेनिंग दिनेछौं अनि हजारौं यस्ता Women Self Help Group लाई भारत सरकारले ड्रोन दिनेछ, ट्रेनिंग दिनेछ अनि हाम्रो एग्रीकल्चरको काममा ड्रोनको सेवाहरू उपलब्ध होस्, यसको लागि हामी शुरुवात गर्नेछौं, प्रारम्भमा हामी 15 हजार Women Self Help Group द्वारा यो ड्रोनको उड़ानलाई हामी आरम्भ गरिरहेका छौं।  

मेरा प्यारा परिवारजन,

आज देश आधुनिकतातिर अघि बढ़ी रहेको छ। Highway होस्, Railway होस्, Airway होस्, I-Ways होस्, Information Ways, Water Ways होस्, कुनै क्षेत्र यस्तो छैन, जुन क्षेत्रलाई अघि बढाउने दिशामा आज देश काम गरिरहेको छैन। पछिल्लो 9 वर्षमा तटीय क्षेत्रहरूमा हामीले आदिवासी क्षेत्रमा, हाम्रो पहाड़ी क्षेत्रमा विकासलाई धेरै बल दिएको छ। हामीले पर्वत माला, भारत माला यस्ता योजनाहरूद्वारा समाजको त्यस वर्गलाई हामीले बल दिएका छौं। हामीले गैसको पाइपलाइनसित हाम्रो पूर्वी भारतलाई जोड़ने काम गरेको छ। हामीले अस्पतालहरूको संख्या बढ़ाएको छ।   

हामीले डाक्टर्सको सीटहरू बढ़ाएका छौं ताकि हाम्रा नानीहरूले डाक्टर बन्ने सपना पूरा गर्न सकोस्। हामीले मातृभाषा पढ़ाउनमा पढ़ाउनमा बद्लिएका छौं अनि मातृभाषामा त्यो पढ़ाई गर्न सकियोस त्यो दिशामा अनि म भारतको सुप्रीम कोर्टलाई पनि धन्यवाद दिंदछु कि भारतको सुप्रिम कोर्टले भनेको छ कि जुन judgement दिनेछौं, त्यसको जुन operative part  हुनेछ, त्यो जुन अदालतमा आएको छ, त्यसको भाषामा त्यो उपलब्ध हुनेछ। मातृभाषाको महात्म्य आज बढ़ीरहेको छ।

मेरा प्यारा परिवारजन,

आजसमम हाम्रो देशको जुन Border Village , हामीले त्यहाँ Vibrant Border Village को एउटा कार्यक्रम शुरू गरेको छ। Vibrant Border Village अहिलेसम्म यसको लागि भनिन्छ देशको अन्तिम गाउँ छैन, सीमामा जुन देखिंदैछ, त्यो मेरो देशको पहिलो गाउँ हो। यदि सूर्य उदाउँछ पूर्वमा, तब त्यसतर्फ गाउँमा पहिलो सूर्यको किरण आउँदछ। यदि सूर्य अस्ताउँदछ, तब यस तर्फको गाउँमा अन्तिम किरणको उसलाई लाभ प्राप्त हुँदछ। यो मेरो पहिलो गाउँ हो अनि मलाई खुशी लागेको छ कि आज मेरो यस कार्यक्रमको विशेष अतिथि, यो जुन पहिलो गाउँ हो, सीमार्वती गाउँ हो, त्यहाँको 600 प्रधान आज यस लाल किल्लाको प्राचीरको यस महत्त्वपूर्ण कार्यक्रमको हिस्सा बनाउनको लागि आएको छु। पहिलोपल्ट उनीहरू यति टाड़ासम्म आएका छन्। नयाँ संकल्प अनि सामर्थ्यको साथ जुड्नका लागि आएका छन्।

मेरा प्यारा देशवासी,

हामीले सन्तुलित विकासको लागि Aspiration District, Aspiration Block को कल्पना गऱ्यौं अनि आज त्यसको सुखद परिणाम पाइरहेका छौँ। आज राज्यका जो Normal Parameters , जुन Aspirational Districts कुनै समय धेरै पछि थियो, त्यसले आज राज्यमा पनि राम्रो गर्न थालेको छ अनि मलाई विश्वास छ कि आउँदो दिनहरूमा यो हाम्रो आकांक्षित जिल्ला, हाम्रो आकांक्षित ब्लक अवश्य अघि बढ़नेछ। जसरी मैले भनेको थिए कि चरित्रको चर्चा गरिरहेको थिएँ, तब मैले पहिले भनेको थिए भारतको एकता, दोस्रो भनेको थिए भारतको श्रेष्ठतातर्फ बल दिऊँ, तेस्रो भनेको थिए Women Development को मैले कुरा गरेको थिएँ। अनि म आज एउटा कुरा अझ गर्न चाहन्छु कि हामी जसरी  Regional aspiration मैले चौथो कुरा गरेको थिएँ, पाँचौं महत्त्वको कुरा हो अनि भारतले अब यस दिशामा जानेको छ अनि त्यो हो हाम्र राष्ट्रिय चरित्र, विश्व मंगलको लागि सोंच्ने वाला हुनुपर्छ। अनि आज कोरोनापछि म देखी रहेको छु, जुन प्रकारले संकटको घड़ीमा देशले दुनियाँको मदद गऱ्यो, त्यसको परिणाम हो कि आज दुनियाँमा हाम्रो देश एउटा विश्व मित्रको रूपमा छ। विश्वको अटुट साथीको रूपमा छ। आज मेरो देशको पहिचान बनेको छ। हामी जब विश्व मंगलको कुरा गर्दछौंतब भारतको मूलभूत विचार हो त्य़स विचारलाई हामी अघि बढ़ाउने मानिस हौं अनि मलाई खुशी लागेको छ कि आज अमेरिकी संसदको पनि धेरै गणमान्य प्रतिनिधि पनि आज हाम्रो 15 अगस्तको यस अवसरमा हामीबिच उपस्थित छन्। भारतको सोंच कस्तो छ, हामी विश्व मंगलको कुरालाई कसरी अघि बड़ाउँदछौं। अब हेर्नुहोस्, जब हामी जब सोंच्दछौं तब के भन्दछौं, हामीले दुनियाँको अघि यो दर्शन राखेका छौं, अनि दुनियाँ त्यस दर्शनलाई लिएर हामीसित जुड़िरहेको छ।  हामीले भन्यौ  One Sun, One World, One Grid. Renewable energy को क्षेत्रमा एउटा ठूलो हाम्रो  statement छ। आज दुनियाँले त्यसलाई स्वीकार गरिरहेको छ। कोविडको बादमा हामीले दुनियाँलाई भन्यौ हाम्रो यो approach हुनुपर्छ One Earth, One Health समस्याहरूको समाधान तबमात्र हुनेछ, जब मानवलाई, पशुको, पौधाको विमारीको समयमा समान रूपले address गरिनेछ, तब गएर हामी यो गर्नेछौं। हामीले जी-20को लागि दुनियाँको  अघि भनेका छौं One World, One Family, One Future यस सोचलाई लिएर हिंड़िरहेको छौ। हामीले क्लाइमेटलाई लिएर दुनिया जुन संक्टसित जुझी रहेको छ, हामीले बाटो देखायौ, लाइव मिशन लंच गरेका छौं Lifestyle For Environment। हामीले दुनियासित मिलेर  International Solar Alliance बनायौ अनि आज दुनियाका धेरै देश International Solar Alliance को हिस्सा बनिरहेको छ। हामीले bio diversity को महत्त्वलाई ध्यानमा राख्दै Big Cat Alliance को व्यवस्थालाई हामीले अघि बढ़ाएका छौं। हामीले प्राकृतिक आपदाको कारण ग्लोबल वर्मिङको कारण Infrastructure को जुन नोक्सान हुँदछ, उसको लागि दूरगामी व्यवस्थाहरको जरूरत छ। अनि यसैले Coalition for Disaster Resilient Infrastructure, CDRI एक समाधानको रूपमा दुनियाँलाई दिएको छ। विश्व आज समुद्रहरूको संघर्षको केन्द्र बनेको छ। तब हामीले दुनियाँको सागरको प्लेटफार्म दिएका छौं। जो वैश्विक सामुद्रिक शान्तिको गारंटी बन्न सक्छ। हामीले पारम्परिक चिकित्सा पद्धतिलाई बल दिंदै WHO को एउटा ग्लोबल लेवलको सेंटर हिन्दुस्तानमा बनाउने दिशामा कामा गरेका छौं। हामीले योग अनि आयुषद्वारा विश्व कल्याण अनि विश्वको स्वस्थताको दिशामा काम गरेका छौं। आज भारतले विश्व मंगलको मजबूत आधार छरिरहेको छ। यस मजबूत आधारलाई अघि बढ़ाउन, हामी सबैको काम हो। हामी सबैको जिम्मेदारी हो।

मेरा प्यारा परिवारजन,

सपना अनेक छन्, संकल्प साफ छ, नितिहरू स्पष्ट छ। नियतको अघि कुनै सवालिया निशान छैन। तर केही सत्यलाई हामीले स्वीकार गर्नैपर्छ। अनि यसको समाधानको लागि मेरा प्रिय परिवारजन, म आज लाल किल्लाबाट तपाईलाई मदद मांगन आएको छु। म लाल किल्लाबाट तपाईको आशिर्वाद माग्न आएको छु। किनकि पछिल्ला वर्षहरूमा मैले देशलाई जे बुझें, देशको आवश्यकताहरूलाई मैले हेरेको छु। अनि अनुभवको आधारमा भन्दछु कि आज गम्भीरतापूर्वक ती चिजहरूलाई हामीले लिनुपर्नेछ। आजादीको अमृतकालमा 2047मा जब देशले आजादीको 100 साल मनाउनेछ, त्यस समय दुनियामा भारतको तिरंगा झन्डा विकसित भारतको तिरंगा झन्डा हुनुपर्छ, रत्ती भर पनि हामी रोकिनु हुँदैन, पछि हटनु हुँदैन अनि यसको लागि सुचिता, पारदर्शिता अनि निष्पक्षता यो पहिलो मजबुतीको जरूरत छ। हामीले त्यो मजबूतीलाई जितना ज्यादा मल पानी दिन सक्यौं, संस्थाहरूको माध्यमबाट पनि दिनसकिन्छ। नागरिकलाई नाता दिन सक्छौ, परिवारलाई नाता दिन सक्छौं यो हाम्रो सामूहिक दायित्त्व हुनुपर्छ। अनि यसैले पछिल्लो 75 सालको इतिहास हेर्नुहोस्, भारतको सामर्थ्यमा कुनै कमी थिएन अनि यो जुन देशलाई कुनै समय  सुनको चरी भनिन्थ्यो त्यो देशले कि फेरि त्यो सामर्थ्यलाई लिएर खड़ा हुन सक्दैन। मेरो अटुट विश्वास छ साथीहरू, मेरा प्रिय परिवारजन, मेरो अखण्ड, अटूट एउटा निष्ठ विश्वास छ कि 2047 मा जब देशले आजादीको 100 साल मनाउनेछ मेरो देश विकसित भारत भन्नेछ। अनि यो म मेरो देशको सामर्थ्यको आधारमा भनिरहेको छु। मेरो उपलब्ध संसाधनहरूको आधारमा भनिरहेको छु अनि सबैभन्दा धेर 30 भन्दा कम आयु वाली मेरो युवा शक्तिको भरोसामा भन्दैछु। मेरी आमा अनि बहिनीहरूको सामर्थ्यको भरोसामा भन्दैछु तर त्यसको सामुने यदि कुनै रूकावट छ, कुनै पनि कृतिहरू पछिल्लो 75 सालमा यस्तो भएको छ, हाम्रो समाज व्यवस्थाको यस्तो हिस्सा बनेको छ कि कहिले कहीं त हामी आँखा पनि बन्द गरिदिन्छौं। अब आँखा बन्द गर्ने समय होइन। यदि सपनाहरूलाई सिद्ध, संकल्पलाई पार गर्नु हो भने हामीले यो आँख मिचौली बन्दर गरेर आँखामा आँखा मिलाएर तीनवटा कुरीतिहरूसित लड़नु धेरै समयको मांग हो। हाम्रो देशको सबै समस्याहरूको जड़मा भ्रष्टचारले दीमकको जस्तै देशको सबै व्यवस्थाहरूलाई, देशको सबै समार्थ्यलाई पूर्ण रूपले दबाएको छ। भ्र्ष्टचारबाट मुक्ति, भ्रष्टचारको विरूद्ध जंग हरेक ईकाईमा हरेक क्षेत्रमा अनि म देशवासीहरू, मेरा प्रिय परिवारजन, यो मोदीको जीवनको कमिटमेन्ट हो, यो मेरो व्यक्तित्त्वको एउटा कमिटमेन्ट हो कि म भ्रष्टटार विरूद्ध लडाई लड़दछु। दोस्रो हाम्रो देशलाई दबाएको छ परिवारवादले । यस परिवारवादले देशको जुन प्रकारले जकरेको छ त्यसले देशका मानिसहरूको हक छिनेको छ। अनि तेस्रो बुराई तुष्टीकरणको हो। यो तुष्टीकरणमा पनि देशको मूल चिन्तनलाई, देशको सर्वसमावेशक हाम्रो राष्ट्रीय चरित्रमा दाग लगाइदिएको छ। तहस-नहस गरिदिएको छ यी मानिसहरूले। अनि यसैले मेरा प्यारा देशवासीहरू, यसैले मेरा प्यारा परिवारजन हामीले यी कुरीतिहरूको खिलाफ पूरा सामर्थ्यको साथ लड़नुपर्नेछ।  भ्रष्‍टाचार, परिवारवाद, तुष्टिकरण, यी यस्ता चीजहरू हुन्  जो हाम्रो देशको मानिसहरूको, जुन आकांक्षाहरू छ, त्यसको दमन गर्दछ। हाम्रो देशका केही मानिसहरूसित जुन स-साना सामर्थ्य छ उसको शोषण गर्दछ। यो यस्ता चीजहरू छन्, जो हाम्रो मानिसहरूका आशाहरू-आकाँक्षाहरूको प्रश्न वा निशानमा गढ़ीन्छ। हाम्रा गरीब होस्, हाम्रा दलित होस्, हाम्रा पिछाड़िएका होस्, हाम्रा आदिवासी भाई बहिनी होस्, हाम्रा माताहरू बहिनीहरू, हामी सबैले उनीहरूको हकको लागि यी तीन कुरीतिहरूबाट मुक्ति पाउनुछ।

 

हामीले भ्रष्टचारको विरूद्ध एउटा नफरतको माहौल बनाउनु छ। जस्तै मैलाले हामीभित्र नफरत पैदा गर्दछ न मनमा, मैला मन पर्दैन, यो सार्वजनिक जीवनको यस्तो ठूलो कुनै गंदगी हुनसक्दैन। अनि यसैले हाम्रो स्वच्छता अभियानलाई एउटा नयाँ मोड़ यो दिनु छ कि हामीले भ्र्ष्टचारबाट मुक्ति पाउनुछ। सरकार टेक्नोलोजीद्वारा भ्रष्टचारबाट मुक्तिको लागि धेरै प्रयास गरिरहेको छ। तपाईलाई यो थाहा भएर अचम्भ लाग्न सक्छ, यस देशमा पछिल्लो 9 वर्षमा एउटा काम मैले यस्तो गरें, आँकड़ा सुन्दा यस्तो लाग्नेछ कि मोदीले यस्तो गर्दछ जो दश करोड़  मानिसहरू करीब-करीब जो गलत फायदा उठाउँदछन्, त्यसलाई मैले रोकि दिएँ।  तब तपाईहरूमध्ये कसैले भन्लान् आफ्ना मानिसहरूसित अन्याय गर्यो। होइन, यो दस करोड़ मानिस को थिए, यो दस करोड़ मानिस ती थिए, जसको जन्म भएकै थिएन अनि उनको नाममा उ widow हुँदथे। उ वृद्ध हुँदथे, उ दिव्यांग हुदथे, फायदा लिंदथे। दस करोड़ यस्ता बेनामी चीजहरू जो चल्दथ्यो, त्यसलाई रोक्न पवित्र काम भ्रष्टचारीको सम्पत्ति जो हामीले जफ्त गरेका छौ नी त्यो पहिलेको तुलनामा 20 गणा ज्यादा गरिएको छ।

मेरा प्यारा परिवारजन,

यो तपाईको कमाईको पैसा मानिसहरू लगेर भागीरहेका थिए। 20 गुणा ज्यादा सम्पत्तिलाई जफ्त गर्न, अनि यसैले मानिसहरूको मप्रति दुखेसो हुनु एकदमै स्वाभाविक हो। तर मलाई भ्रष्टचारको विरूद्धको लड़ाईलाई अघि बढ़ाउनु छ। हाम्र सरकारी व्यवस्थाले, पहिले कैमराको अघि त केही हुन्थ्यो, तर बादमा कुराहरू अड़किन्थ्यो। हामीले पहिलाको तुलनामा कुनै गुणा ज्यादा अदालतमा चार्जशीट गरेको छ अनि अब जमानतहरू पनि पाइन्दैन। त्यसै त पक्की व्यवस्थालाई लिएर हामी अघि बढ़ीरहेको छौं, किनकि हामी ईमान्दारीद्वारा भ्र्षटचारको विरूद्ध लड़ीरहेका छौं। आज परिवारवाद अनि तुष्टीकरण यसले देशलाई धेरै ठूलो दुर्भाग्य गराएको छ। अब लोकतन्त्रमा यो कसरी हुनसक्छ कि पोलिटिकल पार्टी, अनि म विशेष बल दिइरहेको छु पोलिटिकल पार्टी, आज मेरा देशको लोकतन्त्रमा एउटा यस्तो विकृति आएको छ जो कुनै समय भारतको लोकतन्त्रलाई मजबूती दिन सक्दैन अनि त्यो विमारी के हो भने, परिवारवादी पार्टीहरू। अनि उनीहरूको मन्त्र त के हो, पार्टी आफ द् फैमिली, बाय द फैमिली एण्ड फर द फैमिली। यिनीहरूको त जीवन मन्त्र यही हो कि उनकी पोलिटिकल पार्टी, उनको राजनैतिक दल परिवारको, परिवारद्वारा अनि परिवारको लागि। परिवारवाद अनि भाई भतिजावाद प्रतिभाहरूको दुश्मन हुँदछ, योग्यताहरूलाई नकार्दछन्, सामर्थ्यलाई स्वीकार गर्दैनन्। और यसैले परिवारवादलाई यस देशको लोकतन्त्रको मजबूतीको लागि त्यसको मुक्ति जरूरी छ। सर्वजन हिताय सर्वजन सुखाय, हर कसैलाई  हक मिलोस्, यसैले अनि सामाजिक न्यायको लागि पनि यो एकदमै जरूरी छ। त्यस्तै प्रकारले तुष्टिकरण, तुष्टिकरणले सामाजिक न्यायको सबैभन्दा ठूलो नोक्सान गरिएको छ। यदि सामाजिक न्यायलाई कसैले समाप्त गरेको छ भने त्यो हो तुष्टीकरणको सोंच, तुष्टीकरणको राजनीति, तुष्टिकरणको सरकारी योजनाहरूको तरिका, यसले सामाजिक न्यायलाई खतम गरिदिएको छ।  अनि यसैले हामीले तुष्टीकरण, भ्रष्टचार, यो विकासको सबैभन्दा ठूलो दुश्मन हो। यदि देश विकास चहान्छ भने, देश 2047 विकसित भारतको सपना साकार गर्न चाहन्छ भने हाम्रो लागि आवश्यक छ कि हामीले कुनै पनि हालतमा देशमा भ्रष्टचारको सहन गर्नसक्नेछैनौ। यस मुडलाई लिएर चल्नुपर्नेछ।

मेरा प्यारा परिवारजन,

हामी सबैको एउटा ठूलो महत्त्वपूर्ण दायित्त्व हो, तपाईले जुन प्रकारेल जिन्दगी बाँची रहनुभएको छ, हाम्रो आउने पिढ़ीले यस्तो जिन्दगी जिउन विवश गराउनु, यो हाम्रो गुनाह हो, यो हाम्रो दायित्त्व हो कि हाम्रो आउने पिढ़ीलाई हामी यस्तो समृद्ध देश दिऊँ, यस्तो संतुलित देश दिऊँ, यस्ता सामाजिक न्यायको धरोहर वाला देश दिऊँ, ताकि स-साना चिजहरू पाउनको लागि उनीहरूलाई कहिले पनि संघर्ष गर्नु नपरोस्। हामी सबैको कर्तव्य, हरेक नागरिकको कर्तव्य हो अनि यो अमृतकाल कर्तव्यकाल हो। हामी कर्तव्यबाट पछि हुनसक्दैनौ, हामीले त्यो भारत बनाउनु छ जो हाम्र स्वतन्त्रता सेनानीहरूको सपना थियो, हामीले त्यो भारत बनाउनु छ जो हामम्रो वीर शहीदहरूको थियो, हाम्रो विरंगनाहरूको थियो, जसले मातृभूमिका लागि आफ्नो जीवन दिएका थिए।

मेरा प्यारा परिवारजन,

म जब 2014 मा तपाईंहरूसमक्ष आएको थिए, तब 2014 मा परिवर्तनको वचन लिएर आएको थिए। 2014 मा मैले तपाईंहरूलाई वचन दिएको थिए, म परिवर्तन ल्याउनेछु। र 140 करोड मेरा परिवारजन, तपाईंहरूले मलाई भरोसा गर्नुभयो र मैले विश्वास पूरा गर्ने कोशिश गरे। रिफर्म, पर्फर्म, ट्रान्सफर्म त्यो पाँच सालको वचन थियो, जुन विश्वासमा परिणत भयो कारण मैले परिवर्तनको वचन दिएको थिए। रिफर्म, पर्फर्म, ट्रान्सफर्मद्वारा मैले यस वचनलाई विश्वासमा परिणत गरिदिए। कठोर परिश्रम गरे, देशको निम्ति गरे, शानका साथ गरे, केवल र केवल राष्ट्र प्रथ्म, राष्ट्र सर्वोपरि यस भावका साथ गरे। 2019 मा पर्फर्मेन्सको आधारमा तपाईंहरूले मलाई फेरि आशीर्वाद दिनुभयो। परिवर्तनको वचनले मलाई यहाँ ल्यायो, पर्फर्मेन्सले मलाई फेरि ल्यायो र आउने पाँच साल अभूतपूर्व विकासको रहनेछ। आगामी 15 अगस्तको दिन यसै लाल किल्लाबाट म तपाईंहरूलाई देशको उपलब्धि, तपाईंहरूको सामर्थ्य, तपाईंको सङ्कल्पमा भएको प्रगति, त्यसको जुन सफलता छ, त्यसको गौरवगान, त्योभन्दा पनि धेरै आत्मविश्वासका साथ तपाईंहरूका सामु प्रस्तुत गर्नेछु।

मेरा प्यारा प्रियजुन,

मेरा परिवारजन, म तपाईंहरूबाटै आउँदछु, म तपाईंहरूबीचबाटै निक्लिएको हुँ, म तपाईंहरूका लागि जिउँदछु। यदि म सपना पनि देख्दछु भने तपाईंहरूका लागि देख्दछु। यदि मेरो पसीमा पनि बग्दछ भने तपाईंहरूका लागि बगाउँदछु, यस कारण होइन, कि तपाईंहरूले मलाई दायित्त्व दिनुभएको छ, म यस कारण गरिरहेको छु कारण तपाईंहरू मेरो परिवारजन हुनुहुन्छ र आफ्नो परिवारको सदस्यका नाताले म तपाईंहरूको दुःखलाई हेर्न सक्दिन, म तपाईंहरूको सपनालाई चूरचूर भएको हेर्न सक्दिन। म तपाईंहरूको सङ्कल्पलाई सिद्धिसम्म लैजानका लागि, तपाईंको साथी बनेर, तपाईंको सेवक बनेर, तपाईंसँग साथ जोडिने, तपाईंका साथमा जिउने, तपाईंहरूका लागि जुझ्ने सङ्कल्प लिएर अघि बढेको व्यक्ति हुँ र मलाई विश्वास छ हाम्रा पूर्वजहरूले स्वाधीनताको जुन युद्ध लडेका थिए, जुन सपना देखेका थिए, त्यो सपना हाम्रो साथमा छ। स्वाधीनता सङ्ग्राममा जसले बलिदान दिए, उनीहरूका आशीर्वाद हामीसँग छ र 140 करोड देशवासीका लागि यस्तो अवसर आएको छ, त्यस अवसरले हाम्रो निम्ति धेरै ठूलो ढाडस लिएर आएको छ।

र यसैले मेरा प्यारा प्रियजन,

आज जब म अमृतकालमा तपाईंहरूसँग कुरा गरिरहेको छु, यो अमृतकालको पहिलो वर्ष हो, यो अमृतकालको पहिलो वर्षमा जब म तपाईंहरूसँग कुरा गरिरहेको छु, तब म पूरा विश्वासका साथ भन्न चाहन्छु :

“चल्दै चलाउँदै कालचक्र,

अमृतकालको भालचक्र,

सबैको सपना, आफ्नो सपना,

फलोस् सपना सबै, धीर बढून्, वीर बढून्, बढून् युवा हाम्रा,

नीति सही रीती नयाँ, गति सही बाटो नयाँ,.

चुनौ चुनौती छात्ती फुलाएर, जगमा बढाऔं देशको नाम।“

मेरा प्यारा परिवारजन,

हिन्दुस्तानको कुनाकुनामा बसोबासो गर्ने मेरा परिवारजन, विश्वको कुनाकुनामा बसोबासो गर्ने मेरा परिवारजन, तपाईंहरू सबैलाई स्वतन्त्रताको पावन पर्वको फेरि पनि धेरै धेरै शुभकामना दिन चाहन्छु। र यो अमृतकाल हामी सबैको निम्ति कर्तव्यकाल हो। यो अमृतकाल हामी सबैको मा भारतीका लागि केही गर्ने काल हो। स्वाधीनताको सङ्घर्ष जब चलिरहेको थियो, 1937भन्दा पहिले जुन पिँढीले जन्म लिएको थियो, उनीहरूले देशको निम्ति मर्ने मौका पाएका थिए। उनीहरू देशको निम्ति मर्ने मौका छोड्दैन थिए, तर हाम्रो भाग्यमा देशको निम्ति मर्ने मौका छैन। तर हामीसँघ देशको निम्ति जिउने त्योभन्दा ठूलो अवसर अरू केही हुनसक्दैन। हामीले पल-पल देशको निम्ति जिउनुपर्नेछ, यसै सङ्कल्पका साथ यस अमृतकालमा 140 करोड देशवासीको सपनालाई सङ्कल्प पनि बनाउनुपर्नेछ। 140 करोड देशवासीको सङ्कल्पलाई सिद्धिमा परिवर्तित गर्नुपर्नेछ र 2047 मा जब तिरङ्गा झण्डा फहरिनेछ, तब विश्वले एउटा विकसित भारतको गुणगान गरिरहेको हुनेछ। यसै विश्वासका साथ, यसै सङ्कल्पका साथ, म तपाईंहरूलाई अनेकौं अनेक शुभकामना दिन चाहन्छु। धेरै धेरै बधाई दिन चाहन्छु।

जय हिन्‍द, जय हिन्‍द, जय हिन्‍द!

भारत माताकी जय, भारत माताकी जय, भारत माताकी जय!

वन्दे मातरम, वन्दे मातरम, वन्दे मातरम!

धेरै धेरै धन्‍यवाद!

****

 



(Release ID: 1949082) Visitor Counter : 160