प्रधानमन्त्रीको कार्यालय
चन्द्रयान-3 ले भारतको अन्तरिक्ष यात्रामा एउटा नयाँ अध्याय लेखेको छ : प्रधानमन्त्री
प्रविष्टि तिथि:
14 JUL 2023 3:22PM by PIB Gangtok
प्रधानमन्त्री नरेन्द्र मोदीले चन्द्रयान-3 को प्रक्षेपणमाथि भारतका वैज्ञानिकहरूको अथक समर्पणको सराहना गरेका छन्। प्रधानमन्त्रीले भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठनको एउटा ट्वीट साझा गर्दै भनेका छन्, “चन्द्रयान-3 ले भारतको अन्तरिक्ष यात्रामा एउटा नयाँ अध्याय लेखेको छ। यसले हरेक भारतीयको सपना अनि महत्त्वकाङ्क्षालाई माथि उठाउँदै उच्च उडान भर्दछ। यो महत्त्वपूर्ण उपलब्धि हाम्रा वैज्ञानिकहरूको अथक समर्पणको प्रमाण हो। म उनीहरूका भावना अनि प्रतिभालाई अभिनन्दन गर्दछु!”
****
(रिलीज़ आईडी: 1939627)
आगंतुक पटल : 163
इस विज्ञप्ति को इन भाषाओं में पढ़ें:
English
,
Urdu
,
हिन्दी
,
Marathi
,
Manipuri
,
Assamese
,
Bengali
,
Punjabi
,
Gujarati
,
Odia
,
Tamil
,
Telugu
,
Kannada
,
Malayalam