सूचना तथा प्रसारण मन्त्रालय

बितेको नौ वर्षको सरकारी नीतिहरूले नागरिक विश्वास अनि समावेशी विकासलाई कसरी अघि बढायो, राष्ट्रिय सम्मेलनमा भयो विचार-विमर्श


Posted On: 27 MAY 2023 5:44PM by PIB Gangtok

नयाँ दिल्लीमा स्थित विज्ञान भवनमा भएको “जन जनको विश्वास” नामक सत्रमा समाजको विभिन्न वर्गका प्रतिनिधि, कसरी सरकारको नीति अनि कार्यक्रमहरूले विगत नौ वर्षको अवधिमा समावेशी विकासमा योगदान दियो भन्ने विषयमा विचार गर्न एकजुट भए। यो सत्र प्रसार भारतीद्वारा आयोजित “नेशनल कन्क्लेभ : नौ साल सेवा, सुशासन, गरीब कल्याण” सम्मेलनको समय भएको थियो। यसका स्रोतवक्तामा बक्सर निखत जरीन, अभिनेता नवाजुद्दीन सिद्दिकी, भारतमा युनिसेफका प्रतिनिधि सिन्थिया म्याकक्याफ्री, नर्स तथा पद्मश्री पुरस्कार विजेता शान्ति टेरेसा लकडा, पर्यावरणविद अनिलप्रकाश जोशी अनि सीखोका सह-संस्थापक दिव्या जैन सामेल थिए। यस सत्रको सञ्चालन अनिरूद्धले गरेका थिए।

खेलो इण्डियाले भारतीय खेल प्रतिभाहरूलाई वैश्विक पटलमा उत्कृष्ट प्रदर्शन गर्न सक्षम बनाएको छ : निखत जरीन

भारतीय बक्सर अनि दुईपटककी विश्व च्याम्पियन निखत जरीनले सरकारको प्रमुख योजना खेलो इण्डियाले भारतीय खेल प्रतिभाहरूलाई पखेटा दिएको र धेरै युवा अनि प्रतिभाशाली भारतीयलाई राष्ट्रिय अनि अन्तरराष्ट्रिय स्तरमा खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्न सक्षम बनाएको श्रोताहरूलाई बताइन्। उनले आफू जस्ता ठिटी अनि महिलाहरूलाई सशक्त बनाउन “बेटी बचाओ बेटी पढाओ”को परिवर्तनकारी प्रभावबारे पनि बताइन्।

“बेटी बचाओ बेटी पढाओ”का कारण अब छोरीहरूप्रति मानिसहरूको विचारमा परिवर्तन आएको छ : नवाजुद्दीन सिद्दीकी

अभिनेता नवाजुद्दीन सिद्दीकीले स्मरण गर्दै भने, बितेका केही वर्षमा परिवहन धेरै सजिलो भएको छ। कुनै पनि युवा जो केही ठूलो गर्न चाहन्छन्, उनीसित आज आफ्नो सपना साकार गर्नका लागि अनेक प्रकारका सहायता प्रणाली रहेको उनले बताए। “बेटी बचाओ बेटी पढाओ” बारे बोल्दै उनले भने, छोरीहरूप्रतिको सोच र मानसिकता अहिले बद्लिएको छ, जुन छोरीहरूप्रति आमा-बुबाको बद्लिएको दृष्टिकोण र महिलाहरूको उपलब्धिमा परिलक्षित हुँदछ। आत्म साक्षात्कारका लागि महिलाहरूको दबाइएको आवाज अहिले बाहिर निक्लिन थालेको र समाजले पनि त्यसलाई स्वीकार गरिरहेको उनले बताए।

“सरकारले वैश्विक पटलमा भारतलाई प्रासङ्गिक बनाउन शानदार काम गरेको छ”

सीखोकी सह-संस्थापक दिव्या जैनले महिलाहरूको नेतृत्त्व रहेको विकास एउटा ठूलो परिवर्तनको रूपमा अघि आएको बताइन्। बितेको नौ वर्षमा 7 करोड महिला स्वयंसहायता समूहसँग जोडिएको पनि उनले जानकारी दिइन्। सरकारी योजनाहरूलाई यस प्रकारले तयार गरिएको छ, जसले महिलाहरू अघि आउन सकून्। पहिले महिलाहरू अघि आउन झिझाउँथे, अब महिलाहरू अघि आउँदा सम्पूर्ण समाज अघि आउँदछ र पूरै समाज परिवर्तित हुँदछ, उनले भनिन्। यो परिवर्तन गाउँहरूमा धरातलमा देख्न थालिएको छ, उनले बताइन्।

एउटा स्टार्टअप उद्यमीका रूपमा बोल्दै भारतले बितेको एक सालमा एफडीआइमा सबैभन्दा बढी प्रवाह देखेको उनले बताइन्। आज भारत वैश्विक मञ्चमा प्रासङ्गिक छ, उनले बताइन्। सरकारले हामीलाई प्रासङ्गिक बनाउन शानदार काम गरेको छ, हामीले यो स्पष्ट गरिदिएका छौं, हामीले हाम्रा उद्यमी अनि युवाहरूमाथि ध्यान दिन आवश्यक छ, हामी नै भविष्यलाई परिभाषित गर्नेछौं, उनले बताइन्।

“आयुष्मान भारतले सुदूर इलाकाका नागरिकहरूलाई सशक्त बनाएको छ”

अण्डमान एवं निकोबार द्वीप समूहको चिकित्सा नर्स, स्वास्थ्य सेवाकर्मी तथा पद्मश्री पुरस्कारले सम्मानित शान्ति टेरेसा लाडकाले आयुष्मान भारत अन्तर्गत स्थापित आरोग्य केन्द्रहरू मानिसहरूलाई सशक्त बनाउने दिशामा महत्त्वपूर्ण कदम रहेको बताइन्। योजना अन्तर्गत प्रदान गरिने वित्तीय सहायता विशेष रूपमा यस्ता अनुसूचित जनजातिका मानिसहरूका लागि सहायक रहेको, जो दुर्गम इलाका अनि आन्तरिक जङ्गलहरूमा बसोबासो गर्दछन्। यस्ता मानिसहरूसम्म पुग्न गाह्रो भए तापनि डिजिटल इण्डिया अन्तर्गत प्रगति अनि लोकसम्पर्क पहलहरूले ती मानिसहरूको स्वास्थ्यलाई राम्रो बनाउन सहयोग पुऱ्याएको उनले बताए। संस्थागत प्रसवमा वृद्घिले पनि यो परिलक्षित हुने उनले उदाहरण पेश गरिन्। समुद्रमा पुलको निर्माणले अण्डमान अनि निकोबार द्वीप समूहमा सडक सम्पर्कमा धेरै सुधार आएको पनि उनले बताइन्।

“सरकारले इण्डियालाई अघि बढाउनुको साटो गाउँको विकास अर्थात् भारतको विकासमाथि जोड दिइरहेको छ”

राष्ट्रले अब समावेशी अनि पारिस्थितिक रूपमा जागरूक बन्दै समृद्धि ल्याउने सन्दर्भमा सोचिरहेको पर्यावरणविद अनिलप्रकाश जोशीले बताए। केन्द्रिय बजेटमा गाउँको विकासलाई सामेल गर्नु अनि विकसित अर्थव्यवस्थालाई अघि बढाउनका लागि पारिस्थितिक बुनियादी पूर्वाधारमाथि ध्यान केन्द्रित गर्न शुरु गरेको उनले बताए। क्याच द रेन अनि सोइल हेल्थ जस्ता पहलको सराहना गर्दै सरकार तब मात्र टिकाउ हुन्छ, जब यो भागीदारी पूर्ण हुन्छ, उनले भने। गाउँको विकासमाथि जोड दिनका साथै अब इण्डियाको साटो भारत अघि बढिरहेको उनले बताए।

“स्टार्टअप इण्डियाले हाम्रा युवा अनि गतिशील उद्यमीहरूलाई अघि बढ्न सहयोग गरेको छ”

बायोकन लिमिटेडकी कार्यकारी अध्यक्ष तथा संस्थापक किरण मजुमदार शाले एउटा रिकर्डिङ भिडियो सन्देशको माध्यमद्वारा सरकारद्वारा यस्ता कैयौं परिवर्तनकारी पहल गरिएको, जसको मानिसहरूको जीवनमा सकारात्मक प्रभाव पर्नगएको बताइन्। आरोग्य सेतु अनि कोविन एप दुवै नै नवीन प्रौद्योगिकी रहेको, जसले हामीलाई कोविड-19 महामारीलाई सम्बोधित गर्न सक्षम बनाएको उनले बताइन्। यसले डिजिटल प्लेटफर्ममा व्यापक परिमनाणमा टीकाकरण सक्षम भएको थियो। आयुष्मान भारतमाथि बोल्दै उनले जन औषधि केन्द्रहरूले व्यापक स्तरमा मानिसहरूसम्म जीवनरक्षक औषधिहरूको पहुँचामा सुधार ल्याएको बताइन्थ। अब हामीसँग कैयौं युवा अनि गतिशील उद्यमी छन्, स्टार्टअप इण्डिया र सरकारद्वारा उनीहरूलाई दिइएको समर्थनको निम्ति धन्यवाद रहेको पनि बताइन्।

“राष्ट्रिय शिक्षा नीतिले समग्र शिक्षामा सहायता गरिरहेको छ”

भारत सरकारले एउटा राष्ट्रिय उपलब्धि सर्वेक्षण आयोजन गरेको, जसमा बालकहरूले के सिकिरहेका छन् र भारतीय छात्रहरूले वास्तवमा के जान्दछन् भन्ने बुझ्न तन्त्रको लेखाजोखा गर्ने काम गरेको भारतमा युनिसेफकी प्रतिनिधि सिन्थिया म्याकक्याफ्रीले बताइन्। यसको आधारमा सरकारले व्यक्तिगत विद्यार्थीसम्म पहुँच कायम गर्न र शिक्षा प्रणालीलाई सुदृढ बनाउने क्रममा नीतिहरू तयार गरेको उनले उल्लेख गरिन्। भारतले मूलभूत शिक्षामा निवेश गरेको छ र बालकहरूलाई सुरक्षित वातावरणमा स्कूलमा राख्ने सुनिश्चित गरेको थाहा लाग्दछ। स्वच्छ भारत मिशन, आयुष्मान भारत आदि सबै कार्यक्रम एउटा बालकको जीवनको महत्त्वपूर्ण अंश बन्ने र सिक्नमा योगदानका लागि एकसाथ अघि आएको छ। स्वच्छता अनि पोषण सुनिश्चित गर्नका लागि योजनाहरू एकसाथ आउने गर्दछ। सरकारले नवीन दृष्टिकोणका साथ मूलभूत शिक्षामाथि ध्यान केन्द्रित गरेको छ, साथै कैयौं तरिकाले कौशलका साथ बालकको स्वस्थ विकास अनि 21 औं शताब्दीको कौशल हासिल गर्न सक्षम बनाउन सहयोग गरिरहेको छ, उनले बताइन्। राष्ट्रिय शिक्षा नीतिमा मूलभूत शिक्षा, व्यावसायिक शिक्षा अनि उद्यमशीलता सिक्नमाथि बल दिइएको छ, जसले बालक समग्र शिक्षा प्राप्त गर्न सक्षम भएका छन्, उनले बताइन्।

***



(Release ID: 1927763) Visitor Counter : 122