57th International Film Festival of India 2026
20 – 28 Nov 2026

चलचित्रमा गोवाको भविष्य: आईएफएफआई २०२६ मा चलचित्र निर्माताहरूद्वारा गोवाको सिनेमागत सम्भावना र विशिष्ट प्राकृतिक तथा सांस्कृतिक सम्पदामाथि विमर्श

पोस्ट गरियो: 23 NOV 2026 5:01PMby PIB Gangtokरिलिज आईडी: 2341753Views: 10

गोवा, 23 नोभेम्बर, 2026:

चलचित्र छायाङ्कन गन्तव्यका रूपमा गोवाको सम्भावना, चलचित्रसम्बन्धी पूर्वाधार सुदृढ़ गर्ने अवसर तथा यसको विशिष्ट प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षणको महत्त्व ५७औँ भारतीय अन्तरराष्ट्रिय चलचित्र महोत्सव (आईएफएफआई) मा ‘गोवा इन सिनेमा’ शीर्षकमा आयोजित एक रोचक प्यानल छलफलका प्रमुख विषयहरू रहेका थिए।

कोङ्कणी, हिन्दी र अन्तरराष्ट्रिय चलचित्र क्षेत्रका दृष्टिकोणहरूलाई एकै ठाउँमा ल्याइएको यस सत्रमा चर्चित कोङ्कणी चलचित्र निर्माता राजेन्द्र तालक, हिन्दी चलचित्र निर्देशक तथा पटकथा लेखक विजय कृष्ण आचार्य र फ्रान्सेली अभिनेत्री मारियान बोर्गो सहभागी थिए। चलचित्र समीक्षक सचिन चट्टेले छलफलको सहजीकरण गर्नुभएको थियो।

चलचित्र निर्माणको प्रमुख गन्तव्यका रूपमा गोवा स्थापित हुन सक्ने सम्भावनाबारे बोल्दै विजय कृष्ण आचार्यले राज्यको विशिष्ट दृश्यात्मक र सांस्कृतिक आकर्षणमाथि प्रकाश पार्नुभयो, जसले वर्षौंदेखि चलचित्र निर्माताहरूलाई आकर्षित गर्दै आएको छ। उहाँले गोवाको आफ्नै विशिष्ट र आकर्षक पहिचान रहेको बताउनुभयो, जसले यसलाई मूलधारका चलचित्र छायाङ्कन स्थलहरूभन्दा अलग बनाउँछ। “कभी हाँ कभी ना” चलचित्रको उदाहरण दिँदै उहाँले त्यसका पात्रहरू र परिवेशबीच यति स्वाभाविक सम्बन्ध रहेको बताउनुभयो कि त्यसको कथा गोवामा मात्र फस्टाउन सक्थ्यो।

चलचित्र निर्माणलाई आर्थिक रूपमा व्यवहार्य बनाउनुको आवश्यकतामा जोड़ दिँदै आचार्यले विभिन्न बजेटअनुसारका चलचित्र छायाङ्कन गर्न निर्माताहरूलाई सहज हुने गरी फिल्म सिटी स्थापना गर्नुपर्ने आह्वान गर्नुभयो। उहाँले भन्नुभयो, “चलचित्र निर्माणमा लगानी एउटा महत्त्वपूर्ण पक्ष हो। प्रतिस्पर्धी लगानीमा उपयुक्त पूर्वाधार उपलब्ध गराउन सके गोवाले थप चलचित्र निर्माणलाई आकर्षित गर्न सक्छ।” उहाँले स्थानीय मानिसहरूलाई चलचित्र उद्योगमा व्यावसायिक तालिम र रोजगारीका अवसर उपलब्ध गराउन चलचित्र विद्यालय तथा चलचित्र साक्षरता केन्द्रहरूको सम्भावनामाथि पनि प्रकाश पार्नुभयो। यस्ता पहलले पुस्तौँसम्म प्रभाव पार्न सक्ने र गोवालाई विशिष्ट कलात्मक केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो।

यसको विपरीत दृष्टिकोण प्रस्तुत गर्दै राजेन्द्र तालकले राज्यमा फिल्म सिटीको व्यवहार्यताप्रति आफ्नो असहमति व्यक्त गर्नुभयो। उहाँले प्राकृतिक दृश्य, परम्परागत घरहरू र सम्पदा स्थलहरूले विभिन्न प्रकारका छायाङ्कन परिवेश उपलब्ध गराउने भएकाले राज्यमा चलचित्र निर्माणका लागि पर्याप्त सम्भावना रहेको बताउनुभयो। चलचित्र निर्माण प्रवर्द्धन गर्ने पहलहरू गोवाको सांस्कृतिक पहिचान र प्राकृतिक वातावरणको संरक्षणसँग मेल खाने गरी अघि बढ़ाउनुपर्ने महत्त्वमा पनि उहाँले जोड़ दिनुभयो।

तालकले चलचित्र छायाङ्कन गन्तव्यका रूपमा गोवाको ठूलो भूभाग अझै अन्वेषण हुन बाँकी रहेको बताउनुभयो। “गोवाको मुस्किलले १० प्रतिशत भूभाग मात्र अन्वेषण गरिएको छ,” उहाँले भन्नुभयो। उहाँले नयाँ स्थानहरू पत्ता लगाउन र राज्यका विविध परिवेशमा आधारित कथाहरू विकास गर्न चलचित्र निर्माताहरूका लागि उपलब्ध अवसरहरूबारे प्रकाश पार्नुभयो। उहाँले चलचित्र निर्माताहरूलाई गोवाका विद्यमान प्राकृतिक दृश्य तथा परिवेशहरूको अन्वेषण गर्न र तिनमा स्वाभाविक रूपमा सुहाउने कथाहरू खोज्न प्रोत्साहित गर्नुभयो।

गोवालाई आफ्नो घर बनाएकी मारियान बोर्गोले यस विषयमा आफ्नो दृष्टिकोण प्रस्तुत गर्नुभयो। पूर्वाधारको महत्त्व स्वीकार गर्दै उहाँले राज्यको प्राकृतिक वातावरण, परम्परागत घरहरू र सांस्कृतिक सम्पदाको महत्त्वमाथि जोड़ दिनुभयो। गोवाको विशिष्ट पहिचान जोगाउन चलचित्र छायाङ्कनका गतिविधिहरू संवेदनशीलता र जिम्मेवारीपूर्वक अघि बढ़ाउन उहाँले चलचित्र निर्माताहरूलाई आग्रह गर्नुभयो। उहाँले आईएफएफआईमा हेरेको ओ मारिया चलचित्रमार्फत कोङ्कणी चलचित्र क्षेत्रको असाधारण प्रतिभा थाहा लगाएको अनुभव पनि स्मरण गर्नुभयो।

प्यानल छलफलमा चलचित्रहरूमा गोवा र त्यहाँका मानिसहरूको रूढ़िबद्ध चित्रणबारे पनि चर्चा गरिएको थियो। यसका साथै, चलचित्र निर्माताहरूका लागि फराकिलो दायराका कथाहरू प्रस्तुत गर्ने र गोवाको अझ विविध चलचित्रगत चित्रण गर्ने अवसरहरू रहेको विषयमा जोड़ दिइएको थियो।

आईएफएफआईएलओआईडी यहाँ पढ्नुहोस्:     https://www.pib.gov.in/iffi/57/iffiLoid.aspx?yr=2026&lang=1&reg=48

**********

MPS/TWB


Great films resonate through passionate voices. Share your love for cinema with #IFFI2026 and #StoriesWithoutBorders. Tag us @pibindia on Instagram and @PIB_India on X, and we will help amplify your festival moments!

For accredited journalists, critics, bloggers, and vloggers seeking 1-on-1 interviews with filmmakers and festival juries, write to us at:
iffi.mediadesk@pib.gov.in with the subject line: Take One with PIB.


Official Release ID: 2341753
•
Media Centre: Goa
•
Festival Dates: Nov 20 – 28, 2026