57th International Film Festival of India 2026
20 – 28 Nov 2026

आईएफएफआई २०२६ मा ‘निर्माणजली’मार्फत चण्डीगढ़ निर्माणमा वास्तुकार माचेय नोवित्स्कीको ओझेलमा परेको योगदान सार्वजनिक


वृत्तचित्रले स्वतन्त्रतापछिको भारतको सहरी योजनामा पोलिस-अमेरिकी वास्तुकारको अग्रणी भूमिकालाई गरेको छ उजागर

पोस्ट गरियो: 23 NOV 2026 4:40PMby PIB Gangtokरिलिज आईडी: 2341749Views: 9

गोवा, 23 नोभेम्बर, 2026:

गोवामा आयोजित ५७औँ भारतीय अन्तरराष्ट्रिय चलचित्र महोत्सव (आईएफएफआई) अन्तर्गत पत्र सूचना कार्यलय (पीआईबी) द्वारा आज आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय पुरस्कार विजेता चलचित्र निर्माता सूरज कुमारले आफ्नो गैर-फिचर वृत्तचित्र निर्माणजली: द चण्डीगढ़ अफ माचेय नोवित्स्की मार्फत वास्तुकार माचेय नोवित्स्कीको कम चर्चामा रहेको योगदानलाई उजागर गर्नुभयो। यस चलचित्रले चण्डीगढ़को वास्तुकलासम्बन्धी परिकल्पनामा नोवित्स्कीको योगदानलाई प्रस्तुत गरेको छ, जुन सहरका विशिष्ट जालीदार अग्रभाग, छिमेकका बजार र शहरी स्वरूपमा प्रतिबिम्बित भएको छ।

कड़ा र विशाल स्मारकजस्ता संरचनाहरू निर्माण गर्नुको सट्टा नोवित्स्कीका डिजाइनहरू भारतको जलवायु र सामुदायिक जीवनअनुरूप थिए। उहाँले कृत्रिम जलाशयको परिकल्पना गर्नुभएको थियो, जुन पछि सुखना ताल बन्यो। यसका साथै, विद्यालय, पार्क, बजार र सामुदायिक स्थलहरू समेटिएका आत्मनिर्भर आवासीय ‘सुपरब्लक’हरूको पनि परिकल्पना गर्नुभएको थियो। तर, सन् १९५० मा आफ्नो परिकल्पना कार्यान्वयन गर्न भारत फर्कने तयारी गरिरहेकै बेला नोवित्स्कीको विमान दुर्घटनामा मृत्यु भयो। उहाँका विचारहरू भने उहाँका रेखाचित्रहरूमार्फत जीवित रहे, जसलाई स्विस वास्तुकार पियरे जेनेरेटले पहिचान गरी चण्डीगढ़का सेक्टर ७ र ८ को विकासमा समावेश गर्नुभयो।

यस कम चर्चामा रहेको इतिहासलाई पुनर्निर्माण गर्न भारतबाहिर समेत व्यापक अभिलेखीय अनुसन्धान आवश्यक परेको थियो। चण्डीगढ़ आर्किटेक्चर म्युजियममा नोवित्स्कीका २० देखि २५ वटा मात्र कृतिहरू सुरक्षित रहेका अवस्थामा सूरज कुमारले द ट्रिब्युन का पुराना संस्करणहरू र नर्थ क्यारोलाइना स्टेट युनिभर्सिटीमा डिजिटाइज गरिएका डिजाइनसम्बन्धी टिप्पणीहरूमार्फत अभिलेखीय सामग्री खोज्नुभयो। नोवित्स्कीले उक्त विश्वविद्यालयको वास्तुकला विभागको नेतृत्व गर्नुभएको थियो। पोल्याण्डका राजदूतको सुझावपछि पोल्याण्डको दूतावास र पोलिस इन्स्टिच्युटले यस अनुसन्धानमा सहयोग गरेका थिए।

पत्रकारहरूसँग कुराकानी गर्दै कुमारले माचेय नोवित्स्कीका ७५ वर्ष पुराना खाकाहरूले तापजन्य तनाव र अनियन्त्रित शहरी विस्तारसँग जुधिरहेका समकालीन भारतीय शहरहरूका लागि महत्त्वपूर्ण पाठ प्रदान गर्ने बताउनुभयो। उहाँले आधुनिक वास्तुकला स्थानीय जलवायु र मानवीय आवश्यकताअनुरूप हुनुपर्नेमा जोड़ दिनुभयो।

सूरज कुमार र डा. गरिमा सिंहको नेतृत्वमा रहेको जोन्सन्स सूरज फिल्म्स इन्टरनेसनल (जेएसएफआई) द्वारा निर्मित निर्माणजलीमा मुर्तजा अली खानको पटकथा, राकेश रानाको छायाङ्कन, अमित रोयको सम्पादन तथा शुभेन्द्र राव र सास्किया राव-डे हासको सङ्गीत रहेको छ। वरिष्ठ अभिनेता भिक्टर ब्यानर्जी पनि यस चलचित्रमा देखिनुभएको छ। भारतीय जनसञ्चार संस्थान (आईआईएमसी) का पूर्वविद्यार्थी सूरजसँग वृत्तचित्र तथा फिचर चलचित्र निर्माणमा २७ वर्षको अनुभव छ। उहाँका यसअघिका कामहरूमा ५०० भन्दा धेरै वृत्तचित्र तथा थिङ्किङ अफ हिम र पिपलान्ट्री जस्ता चलचित्रहरू समावेश छन्।

पूरा पत्रकार सम्मेलन यहाँ हेर्नुहोस्:

पत्रकार सम्मेलनको सञ्चालन सुश्री आरुषि बब्बरले गर्नुभएको थियो।

आईएफएफआईएलओआईडी यहाँ पढ़्नुहोस्:   https://www.pib.gov.in/iffi/57/iffiLoid.aspx?yr=2026&lang=1&reg=48

********

MPS/TWB


Great films resonate through passionate voices. Share your love for cinema with #IFFI2026 and #StoriesWithoutBorders. Tag us @pibindia on Instagram and @PIB_India on X, and we will help amplify your festival moments!

For accredited journalists, critics, bloggers, and vloggers seeking 1-on-1 interviews with filmmakers and festival juries, write to us at:
iffi.mediadesk@pib.gov.in with the subject line: Take One with PIB.


Official Release ID: 2341749
•
Media Centre: Goa
•
Festival Dates: Nov 20 – 28, 2026