57th International Film Festival of India 2026
20 – 28 Nov 2026

“गङ्गाद्वारा पोषित हजारौं वर्षका जीवन्त अनुभवहरू”: भरत बाला र ए.आर. रहमान "बनारस" का लागि पुनः एक साथ; आईएफएफआई २०२६ मा प्रदर्शन हुँदै


गङ्गा किनारमा आधारित, सङ्गीत, स्मृति र विरासतको कथा बोकेको ‘पिता-पुत्री’ को मार्मिक चलचित्र, ‘इण्डियन प्यानोरामा’ खण्डमा भारत प्रिमियर भइरहेको छ

परिचित धुनभन्दा पर: ‘बनारसका लागि रहमानले देव गन्धर्व जस्ता कम प्रयोग हुने रागहरूको सहारा लिएका छन्

पोस्ट गरियो: 22 NOV 2026 7:29PMby PIB Gangtokरिलिज आईडी: 2341399Views: 10

गोवा, २२ नोभेम्बर २०२६:

चलचित्र निर्माता भरत बाला र सङ्गीतका हस्ती ए.आर. रहमान बनारस चलचित्रका लागि पुनः एकसाथ आएका छन्। पिता र पुत्रीको सम्बन्धमा आधारित यो चलचित्र ५७औं अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (आईएफएफआई), गोवाको इण्डियन प्यानोरामा खण्डका लागि छनोट भएको छ, जहाँ यसको भारत प्रिमियर हुनेछ। यस चलचित्रमा अभिषेक ब्यानर्जी, शहाना गोस्वामी, नीरज काबी, छाया कदम, इन्दिरा तिवारी र एन्थोनीथासन जेसुथासन लगायतका कलाकारहरूको अभिनय रहेको छ।

भारतीय शास्त्रीय सङ्गीतको सांस्कृतिक र साङ्गीतिक पृष्ठभूमिमा बुनिएको ‘बनारस’ ले पिता र पुत्रीबीचको सम्बन्ध, साङ्गीतिक विरासतको हस्तान्तरण र पिँढ़ीहरूबीचको अटुट बन्धनलाई उजागर गर्दछ। निर्देशक भरत बालाका अनुसार, यस चलचित्रको कथा “गङ्गाको शाश्वत चेतना” को पृष्ठभूमिमा अघि बढ़्दछ।

चलचित्रको सङ्गीतबारे कुरा गर्दै ए.आर. रहमानले बताए अनुसार हिन्दुस्तानी र कर्नाटक - दुवै भारतीय शास्त्रीय सङ्गीत शैली उनको सिर्जनात्मक यात्रामा प्रेरणाका निरन्तर स्रोत रहँदै आएका छन्। उनले भने अनुसार, विभिन्न राग र तिनमा निहित भावहरूले उनको साङ्गीतिक अभिव्यक्तिलाई निरन्तर आकार दिइरहेका हुन्छन्।

चलचित्रको सङ्गीत रचना गर्ने आफ्नो शैलीबारे प्रस्ट पार्दै रहमानले यसमा विभिन्न रागहरूको प्रयोग गरिएको बताए। भारतको सांस्कृतिक विविधताको चर्चा गर्दै उनले भने अनुसार यसले उनको साङ्गीतिक अन्वेषणलाई सधैं प्रेरित गरिरहन्छ। “म हरेक संस्कृतिको आनन्द लिन्छु,” उनले भने। उनले हरेक भाषाको आफ्नै विशिष्ट स्वाद हुने उल्लेख गर्दै पञ्जाबी भाषाको ओजदेखि लिएर बङ्गाली भाषाको मिठाससम्मको चर्चा गरे। उनी प्रायः आफ्नो सङ्गीतमा विभिन्न भाषा र तिनका सांस्कृतिक सारलाई एक-अर्कामा घुलमिल हुन दिन्छन्।

भरत बालाले ‘मर्यान’ पछि लामो अन्तरालपछि पुनः फिचर फिल्म निर्देशनमा फर्किएको बताए। उनले यस बीचको समयमा केही लघु चलचित्रहरूमा काम गरेको जानकारी दिए। उनका लागि, फिचर फिल्म बनाउनु भनेको सिर्जनात्मक प्रक्रियाको निरन्तरता हो; यो त्यतिबेला शुरु हुन्छ जब उनले यस्तो कथा भेट्टाउँछन्, जुन भन्नु आवश्यक छ भन्ने उनलाई लाग्छ।

बनारसलाई पर्दामा अनेकौँ रूपमा प्रस्तुत गरिएको भए तापनि, बालाका अनुसार यो शहरमा अझै पनि धेरै कुराहरू अन्वेषण गर्न बाँकी छन्। उनले यसलाई "गंगाद्वारा पोषित र हजारौँ वर्षको जीवन-अनुभवले आकार दिएको" ठाउँका रूपमा वर्णन गरे।

छायाङ्कन निर्देशक मार्क कोनिन्क्सले बताए अनुसार उनको मुख्य ध्यान प्रकाश, क्यामेराका कोण, फ्रेमिङ र संयोजनको प्रयोगको माध्यामद्वारा कलाकारहरूको अनुहारमा रहेका "भावनाहरूलाई कैद गर्नु" मा थियो। उनले भने अनुसार उनको उद्देश्य दर्शकहरूलाई केवल बाहिरी पर्यवेक्षकका रूपमा नराखी फिल्मको एक हिस्सा भएको महसुस गराउनु थियो।

"क्यामेरा सङ्गीत जस्तै हो," उनले भने। उनले रङ र दृश्य तत्त्वहरूलाई एक-अर्कासँग राखेर कसरी दृश्य लय सिर्जना गर्छन् भन्ने कुरा प्रस्ट पारे। उनले अझ औंल्याए अनुसार "धेरै रङको प्रयोगले रङकै प्रभावलाई नष्ट गर्छ"; त्यसैले दर्शकको ध्यान तान्न र भावनाहरू जगाउन रङहरूको छनोटपूर्ण प्रयोग गर्नु महत्त्वपूर्ण हुन्छ। कुम्भ मेलामा प्रत्यक्ष छायाङ्कन गर्दा यो दृष्टिकोण विशेष रूपमा महत्त्वपूर्ण थियो।

अभिनेता नीरज कबीले आफूले निर्वाह गरेका पात्रहरूको गहिरो प्रभावबारे चर्चा गर्दै भने अनुसार ती पात्रहरू प्रायः उनको वास्तविक जीवनमा पनि घुलमिल हुन्छन् र उनीभित्रै समाहित हुन्छन्। बनारस फिल्ममा उनले निर्वाह गरेको पात्र 'डिमेन्सिया' (स्मृतिभ्रंश) बाट पीड़ित छ। उनले बताए अनुसार यो भूमिका निर्वाह गर्दा उनलाई आफ्नै बाल्यकालको याद आयो - एउटा यस्तो अवस्था जहाँ भविष्यको अस्तित्व हुँदैन र वर्तमान पनि हराएको हुन्छ।

अभिनेता अभिषेक ब्यानर्जीले नियन्त्रित स्टुडियो सेटमा काम गर्नुको सट्टा महाकुम्भमा प्रत्यक्ष छायाङ्कन गर्दा आइपर्ने चुनौती र त्यहाँ आवश्यक पर्ने सहज स्फूर्तताका बारेमा कुरा गरे। उनले बताए अनुसार ठूलो भीडभाडका बीच अभिनय गर्दा धेरै अनिश्चितताहरू हुन्छन्, जसले गर्दा अभिनेता र निर्देशकबीचको विश्वास अझ महत्त्वपूर्ण बन्न पुग्छ। यो अनुभवले उनलाई कलेजका दिनहरूमा नुक्कड़ नाटक गरेको सम्झना दिलायो। यस छायाङ्कनलाई उनले सड़क सिनेमाको संज्ञा दिँदै भने अनुसार यसले उनलाई एक अभिनेता र एक व्यक्ति दुवै रूपमा रूपान्तरित गरिदियो।

रहमानले खुशी व्यक्त गर्दै भने अनुसार उनको सङ्गीत रहेका दुई फिल्महरू - बनारस र रामायण, ५७औं आईएफएफआई (भारतीय अन्तर्राष्ट्रिय चलचित्र महोत्सव) मा प्रदर्शन हुँदैछन्। यो महोत्सवले विविध चलचित्र कहानीहरूको उत्सव मनाउनुका साथै भारतको कथा भन्ने परम्परामा सङ्गीतको चिरस्थायी योगदानलाई पनि उजागर गर्छ।

यस सत्रको सहजीकरण श्री महेश कुमारले गरेका थिए।

पूरा पत्रकार सम्मेलन यहाँ हेर्नुहोस्

आइएफएफआइएलओआइडी यहाँ पढ्नुहोस् : https://www.pib.gov.in/iffi/57/iffiLoid.aspx?yr=2026&lang=1&reg=48

*******

MPS/TWB


Great films resonate through passionate voices. Share your love for cinema with #IFFI2026 and #StoriesWithoutBorders. Tag us @pibindia on Instagram and @PIB_India on X, and we will help amplify your festival moments!

For accredited journalists, critics, bloggers, and vloggers seeking 1-on-1 interviews with filmmakers and festival juries, write to us at:
iffi.mediadesk@pib.gov.in with the subject line: Take One with PIB.


Official Release ID: 2341399
•
Media Centre: Goa
•
Festival Dates: Nov 20 – 28, 2026