57th International Film Festival of India 2026
20 – 28 Nov 2026

सिनेमाले भावनाहरूको विश्वव्यापी भाषामार्फत मानवतालाई एकताबद्ध गर्छ: कार्ला सोफिया गास्कोन


प्रख्यात अभिनेत्रीले आईएफएफआई- को ‘स्टेजेज अक्रस बोडर्स’ शीर्षकको मास्टरक्लासमा अभिनय कलाबारे आफ्ना अनुभव र विचारहरू साझा गरिन्

पोस्ट गरियो: 22 NOV 2026 3:01PMby PIB Gangtokरिलिज आईडी: 2341228Views: 10

गोवा, २२ नोभेम्बर २०२६:

प्रख्यात अभिनेत्री कार्ला सोफिया गास्कोनले आज गोवामा आयोजित ५७औँ भारतीय अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (आईएफएफआई) अन्तर्गत ‘स्टेजेज अक्रस बोडर्स’ शीर्षकको विशेष मास्टरक्लासमा बोल्दै सिनेमा भौगोलिक र सांस्कृतिक सीमाहरूभन्दा माथि उठेर मानव भावनाहरूको विश्वव्यापी भाषामार्फत मानिसहरूलाई एकअर्कासँग जोड्ने माध्यम बनेको बताइन्।

जोश र समर्पणको महत्त्वमाथि जोड दिँदै गास्कोनले अभिनय क्षेत्रमा भविष्य बनाउन चाहनेहरूलाई आफूमा विश्वास गर्न, आफ्नो मौलिकतालाई आत्मसात् गर्न र आफ्नो कला साधनाप्रति प्रतिबद्ध रहन प्रोत्साहित गरिन्। उनले जीवन्त अभिनय प्रस्तुत गर्नका लागि आफ्नो पेसाप्रतिको सच्चा लगाव आवश्यक हुने बताइन्।

उनले आफ्नो अभिनय शैलीबारे बताउँदै प्रत्येक पात्रमा पूर्ण रूपमा डुबेर त्यसका भावनाहरूलाई गहिराइमा अनुभूत गर्ने र त्यसैमार्फत पर्दामा जीवन्त अभिनय प्रस्तुत गर्ने गरेको बताइन्। परम्परागतभन्दा फरक र चुनौतीपूर्ण भूमिकाहरू मन पराउने उल्लेख गर्दै आफ्ना अनुभवभन्दा बिल्कुलै फरक पात्रहरूको भूमिका निर्वाह गर्दा सिर्जनात्मक खोज, कलात्मक विकास र आत्मखोजका अवसरहरू प्राप्त हुने उनले बताइन्।

अभिनयलाई चुनौती र खोजहरूको निरन्तर यात्राको रूपमा वर्णन गर्दै गास्कोनले प्रत्येक पात्रका लागि नयाँ दृष्टिकोण र फरक अभिनय शैली आवश्यक पर्ने कुरामा जोड दिइन्। उनले सिनेमा एउटा विश्वव्यापी भाषा भएको बताइन्। उनले मानिसहरूको भौगोलिक वा सांस्कृतिक पृष्ठभूमि जस्तोसुकै भए पनि साझा मानवीय भावनाहरूमार्फत यसले दर्शकहरूलाई एकताबद्ध गर्ने बताइन्।

चलचित्र निर्माणको सामूहिक प्रकृयामाथि प्रकाश पार्दै उनले सिर्जनात्मक टोलीका प्रत्येक सदस्यको योगदानको सराहना गरिन्। उनले निर्माताहरूको सामूहिक दृष्टिकोण र प्रयासबाट नै अन्ततः चलचित्रले आकार लिने कुरामा जोड दिइन्।

यस मास्टरक्लासले अभिनय क्षेत्रमा भविष्य बनाउन चाहनेहरू, चलचित्र निर्माताहरू र चलचित्रप्रेमीहरूलाई सिर्जनात्मक प्रक्रिया, अभिनयका सूक्ष्म पक्षहरू तथा चलचित्र निर्माणको सामूहिक कलाबारे मूल्यवान् अन्तर्दृष्टि प्रदान गर्‍यो।

आईएफएफएलओआईडी बारे यहाँ पढ्नुहोस्: https://www.pib.gov.in/iffi/57/iffiLoid.aspx?yr=2026&lang=1&reg=48

*********

MPS/TWB


Great films resonate through passionate voices. Share your love for cinema with #IFFI2026 and #StoriesWithoutBorders. Tag us @pibindia on Instagram and @PIB_India on X, and we will help amplify your festival moments!

For accredited journalists, critics, bloggers, and vloggers seeking 1-on-1 interviews with filmmakers and festival juries, write to us at:
iffi.mediadesk@pib.gov.in with the subject line: Take One with PIB.


Official Release ID: 2341228
•
Media Centre: Goa
•
Festival Dates: Nov 20 – 28, 2026