गोवा,१८ नोभेम्बर २०२६:
प्रत्येक संस्कृति र युगमा, एनिमेसनसँग सामान्य चित्रहरूलाई हाम्रो मन गहिरो रूपमा छुने कथाहरूमा रूपान्तरण गर्ने एउटा अद्भूत क्षमत रहिआएको छ। सिनेमाको परिधिलाई अझ फराकिलो बनाउँदै, ५७औं अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (आईएफएफआई) २०२६ ले एनिमेटेड कथावाचनको कलात्मकता कौशल र भावनात्मक गहिराइको उत्सव मनाउन एउटा समर्पित नयाँ एनिमेसन खण्डको अनावरण गरेको छ। जापान, फ्रान्स, चीन, सिंगापुर र संयुक्त राज्य अमेरिकाका पाँच उत्कृष्ट अन्तर्राष्ट्रिय एनिमेटेड चलचित्रहरू समेटिएको यस विशेष खण्डले आँखालाई लोभ्याउनेमात्र नभई ह्रदयलाई नै स्पर्श गर्ने चलचित्रहरूको कलात्मक पक्षलाई उजागर गर्नेछ।
आधुनिक प्रेमसम्बन्ध र सामाजिक असहजताको संवेदनशील झलक प्रस्तुत गर्ने एनिमेटेड चलचित्र 'चेरी एन्ड भर्जिन्' को निर्देशन मासानाओ कावाजिरीले गरेका हुन्। २०२६ को यो एनिमेटेड फिल्ममा ३२ वर्षीय इरोटिक मङ्गा कलाकार रियोको कथा प्रस्तुत गरिएको छ। जसलाई महिलाहरूसँग कुरा गर्न गाह्रो हुन्छ, त्यस्तै २८ वर्षीया आमीलाई पनि वास्तविक जीवनमा पुरूषहरूसँग पुरुषहरूसँग अन्तरक्रिया गर्न त्यत्तिकै गाह्रो हुन्छ। आफ्नो डर र प्रेम सम्बन्धि तिनीहरूको अनुभवको भएतापनि, ती दुईको भेट हुन्छ र बिस्तारै उनीहरू एका-अर्कालाई बुझ्न थाल्छन्, आफ्नो मनभित्रका असुरक्षा र संकोचलाई पार गर्दै उनीहरू अन्तत: साँचो आत्मीय सम्बन्धबाट प्राप्त हुने शान्त र सुखद खुशीको अनुभूति गर्न सफल हुन्छन्।
लाइभ-एक्शन फुटेजलाई मङ्गा एनिमेसनसँग मिश्रण गर्दै, यो चलचित्र निश्चल न्यानोपन र हास्यको साथ प्रस्तुत गरिएको छ। ओसाका विश्वविद्यालय अफ आर्ट्सका स्नातक, कावाजिरीले यस अघि आफ्नो २०१८ को एनिमेटेड लघु चलचित्र 'ए जापानी ब्वाई हु ड्रोज' का लागि व्यापक फेस्टिभल मान्यता पाएका थिए, जसले जापान र विदेशमा प्रशंसा बटुलिरहेको हाइब्रिड सौन्दर्यपरक स्थापित गरेको छ।

समकालीन व्यङ्ग्यमा तीक्ष्ण बुद्धि र भावना थप्दै, फ्रान्सेली एनिमेटेड चलचित्र 'जिम क्वीन' निकोलस अथाने र मार्को गुयेनद्वारा सह-निर्देशित रहेको छ। पेरिसमा सेट गरिएको, २०२६ को यो एनिमेटेड चलचित्र जिमको वरिपरि घुम्छ, जो शहरको समलिंगी समुदायमा प्रशंसित एक लोकप्रिय फिटनेस इन्फ्लुएन्सर हुन्। 'हेटेरोसिस' नामक एक रहस्यमय भाइरसले समलिंगी पुरुषहरूलाई विपरीत लिङ्गी बनाउन थालेपछि रातारात उनको संसार भत्किन्छ, जसले गर्दा उनले आफ्ना समर्थकहरू, साथीहरू र सामाजिक स्थिति गुमाउँछन्। एक निष्ठावान तर कम लोकप्रिय युवा लुसिएनमात्र उनको साथमा उभिन्छन्, र जिम उपचार गर्ने अफवाह फैलिएको डाक्टरलाई भेट्न मारियाईको जीवन्त शहरका गल्लीहरू हुँदै यात्रा शुरू गर्छन्। दुवै निर्देशकहरू एनिमेसनको प्रसिद्ध गोबेलिन्स विद्यालयमा प्रशिक्षित हुन्। अथानेले यस अघि मिस्टर फ्ल्याप, स्टार्टअप हिरोज र पिपुडो जस्ता एनिमेटेड शृङ्खलाहरूको सह-निर्देशन गर्नुका साथै रेम्यान' गेमहरू, द रबिज क्याट र द रेड टर्टल मा काम गरिसकेका छन् भने गुयेनले द रबिज क्याट, अर्नेस्ट एन्ड सेलेस्टाइन र द समिट अफ द गड्स- मा आफ्नो योगदानबाट धनी दृश्य विरासत भित्र्याएका छन्।

द्रूत रूपमा परिवर्तन भइरहेको संसारमा एकान्तको खोजी, तृष्णा र आशक्तिलाई अन्वेषण गर्दै, चिनियाँ एनिमेटेड चलचित्र लाइट पिलर लेखक, निर्देशक र प्रोडक्सन डिजाइनर जू झाओको २०२६ को पहिलो एनिमेटेड फिचर फिल्म हो। अन्तरिक्ष यात्रा सामान्य बनेको भविष्यमा आधारित यस चलचित्रले टाट पल्टिएको चलचित्र स्टुडियोको मैदान हेरचाह गर्ने झा नामका एक एक्लो सफा गर्ने कामदारको कथा लाई उजागर गर्दछ, जो एक हरियालीयुक्त भर्चुअल संसारभित्रकी एक महिलासँग प्रेममा पर्छन्। चन्द्रमामा गएर उनलाई भेट्नको लागि टिकट किन्न अतिरिक्त समय काम गरेपछि, झाले आफ्नो टिकट अवैध भएको पत्ता लगाउँछन्। एउटा चलचित्रको क्लाइमेक्सका लागि पुरानो स्टुडियो भत्काउन फिल्म युनिट आइपुग्दा, झाले आफूले चिनेको एकमात्र संसारसँगै त्यहीं बसेर हराउने मर्मस्पर्शी निर्णय लिन्छन्। १९९१ मा चीनको आन्शानमा जन्मिएका जू झाओले बेइजिङ फिल्म एकेडेमीबाट स्नातकोत्तर गरेका हुन् र यस अघि उनले आइएफएफआर- मा प्रिमियर भएको आफ्नो एनिमेटेड लघु चलचित्र 'नो चेन्जेस ह्याभ टेकन इन आवर लाइफ- का लागि व्यापक प्रशंसा पाएका थिए।

सिंगापुरबाट चिनियाँ भाषाको एनिमेटेड फिल्म म्याजिक एटलास आएको छ, जुन सन जुनद्वारा निर्देशित स्मृति र प्रतिरोधको एक मर्मस्पर्शी २०२६ को दृष्टान्त हो। जब एक रहस्यमय जादुगर लोचा एकान्त कोइला राज्यमा आइपुग्छ, उनको उपस्थितिले पहिल्यै तनावग्रस्त समाजमा डर र अशान्ति फैलाउँछ। शिओ झि नामक एक अनाथ बालकसँगै पक्राउ परेका र जेलमा परेका जादुगरले, नागरिकहरूलाई उनीहरूको विगत बिर्सन बाध्य पारिने राज्यको अनुष्ठान मिमेङ फेस्टिभल को समयमा जिउँदै जलाइिनु ठीक अघि गोप्य रूपमा त्यस बालकलाई एउटा जादुई एटलस सुम्पिन्छन्। १९८० मा चीनको फुक्सिनमा जन्मिएका सन जुन बेइजिङमा बस्ने कलाकार हुन् र चाइना एकेडेमी अफ फाइन आर्ट्सबाट स्नातक गरेका हुन्, जसले २००५ मा पाई एनिमेसन स्टुडियो स्थापना गरेका थिए। भेनिस र बर्लिनमा आफ्ना कामहरू प्रदर्शन गरिसकेका सन जुनको म्याजिक एटलस लोकार्नो र टोकियो चलचित्र महोत्सवहरूमा प्रतिस्पर्धात्मक चरण पूरा गरेपछि आईएफएफआई- मा आइपुगेको हो।

खण्डलाई पूर्णता दिँदै अंग्रेजी भाषाको अमेरिकी एनिमेटेड फिल्म 'रे गन' रहेको छ, जसको निर्देशन २०२६ मा एकेडेमी अवार्ड विजेता चलचित्र निर्माता ब्र्याड बर्डले गरेका हुन्। उड्ने कारहरूले भरिएको आकाशमुनि मानिसहरू र एलियन्सहरू सह-अस्तित्वमा बस्ने र हरेक कुराको मूल्य चुकाउनुपर्ने भविष्यको महानगर 'मेट्रोपिया'- मा आधारित यस चलचित्रमा, एक चम्किलो बाहिरी रूपपछाड़ि व्यापक भ्रष्टाचार लुकेको हुन्छ। यस्तै पृष्ठभूमिमा, पुरानो शैलीका निजी जासूस रे गन, जसको पेसालाई संसारले अब काम नलाग्ने ठान्छ, आफ्ना मूल्य मान्यताहरू बचाउन संघर्ष गरिरहेका छन् र उनी आफ्नो करियरको सबैभन्दा ठूलो मुद्दामा फस्न पुग्छन्। भावना, हास्य र एक्शनलाई सहजै एकै ठाउँमा मिसाउने लेखक, निर्देशक, निर्माता र भ्वाइस अभिनेताको रूपमा विश्वव्यापी रूपमा प्रशंसा कमाइसकेका बर्डले, 'द इन्क्रेडिबल्स', 'रताटुई' र 'मिसन: इम्पोसिबल – गोस्ट प्रोटोकल' जस्ता क्लासिक फिल्महरूको आफ्नो विशेष कथावाचनको दक्षता यस रेट्रो-फ्युचरिस्टिक एनिमेटेड नोइरमा ल्याएका छन्।

यस नयाँ खण्डमार्फत, ५७औं आईएफएफआई २०२६ ले महोत्सवमा सहभागीहरूलाई माध्यमभन्दा माथि उठेर हेर्न र एनिमेसनलाई हाम्रा आशाहरू, कमजोरीहरू र साझा मानवताको एक घनिष्ठ दर्पणको रूपमा अनुभव गर्न आमन्त्रित गर्दछ।
आईएफएफआईको बारेमा
१९५२ मा स्थापित, अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (आईएफएफआई) एसियाको सबैभन्दा पुरानो र प्रख्यात अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरू मध्ये एक हो। भारत सरकारको सूचना तथा प्रसारण मन्त्रालयद्वारा गोवा सरकार र इन्टरटेनमेन्ट सोसाइटी अफ गोवाको सहकार्यमा आयोजित, आईएफएफआईले विश्व सिनेमाका उत्कृष्ट कृतिहरूको उत्सव मनाउँछ भने वैश्विक मञ्चमा भारतीय चलचित्र र प्रतिभालाई प्रवर्द्धन गर्दछ। प्रत्येक वर्ष गोवामा आयोजित हुने यो महोत्सव सिनेमाको माध्यमबाट रचनात्मक आदानप्रदान, नयाँ आवाजहरूको खोजी र सांस्कृतिक समझदारीलाई बढ़ावा दिने मञ्चको रूपमा कार्य गर्दछ।
*********
MPS/TWB