पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालय
azadi ka amrit mahotsav

मध्य पूर्व-भारतको प्रस्तावित गहिरो पानीमा पाइपलाइन (एमईआइडीपी) सित सम्बन्धित मिडिया खबरको स्पष्टिकरण


प्रविष्टि तिथि: 16 JUN 2026 11:44AM by PIB Gangtok

नयाँ दिल्ली, 16 जून 2026।

पेट्रोलियम एवं प्राकृतिक ग्यास मन्त्रालयले भारत सरकारद्वारा सक्रिय रूपमा गहिरो समुद्रमा एउटा ऊर्जा पाइपलाइन निर्माण गरिरहेको मिडिया खबरहरूको एउटा शृङ्खलामाथि संज्ञान लिएको छ, जसलाई मध्य पूर्व-भारत डीपवाटर पाइपलाइनका (एमईआइडीपी) रूपमा जानिन्छ। यसले गुजरातलाई ओमान अनि अन्य खाडी देशसँग जोड्दछ।

यस खबरको मामिलामा, यस प्रकारको कुनै प्रस्ताव वर्तमानमा मन्त्रालयमा विचाराधीन नरहेको पेट्रोलियम एवं प्राकृतिक ग्यास मन्त्रालय स्पष्ट गर्न चाहन्छ। यस परियोजनालाई लिएर मन्त्रालयको कुनै पनि स्तरमा ओमान वा अन्य कुनै खाडीका देशसँग कुनै सक्रिय चर्चा वा संवाद चलिरहेको छैन।

यस सम्बन्धमा सबै अडकललाई समाप्त गर्नका लागि यो स्पष्टिकरण जारी गरिएको हो।

*****

टीएम/एमपीएस/टीडब्ल्यूबी


(रिलीज़ आईडी: 2273448) आगंतुक पटल : 9
इस विज्ञप्ति को इन भाषाओं में पढ़ें: English , Urdu , हिन्दी , Assamese , Bengali , Bengali-TR , Gujarati , Tamil , Telugu , Kannada , Malayalam