पर्यावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालय
एमओईएफसीसीले देशभरि पाँचवटा विषयगत कार्यक्रमहरू आयोजना गर्नेछ, जुन भारतमा पाइने प्रत्येक ठूला बिरालो प्रजातिलाई समर्पित हुनेछन्।
आईबीसीए शिखर सम्मेलन 2026 को तयारीको रूपमा, यी कार्यक्रमहरूले भारत सरकार र राज्य सरकारहरूद्वारा ठूला बिरालोको संरक्षणमा हासिल उपलब्धि, चुनौती र सहयोगी कार्यहरू प्रदर्शन गर्नेछन्।
पोस्ट गरियो:
13 MAY 2026 11:08AM by PIB Gangtok
केन्द्रीय पर्यावरण, वन र जलवायु परिवर्तन मन्त्रालय (एमओईएफसीसी) ले सम्पूर्ण देशमा झेरै विषयगत कार्यक्रम आयोजित गर्नेछ। यसको उद्देश्य ठूला बिरालो संरक्षणमा भारतको नेतृत्वलाई उजागर गर्न र अन्तर्राष्ट्रिय ठूला बिरालो गठबन्धन (आईबीसीए) को लक्ष्यलाई बढ़ावा दिनु हो।
यी कार्यक्रमहरू भारतका पाँच जङ्गली ठूला बिरालो प्रजातिहरू - बाघ, एसियाली सिंह, चितुवा, हिउँ चितुवा र चितुवा - मा केन्द्रित हुनेछन्। यसमा भारत सरकार र राज्य सरकारहरूद्वारा संरक्षणको क्षेत्रमा हासिल उपलब्धि, चुनौती र सहयोगी कार्यहरू प्रदर्शन गर्नेछन्।
विषयगत कार्यक्रमहरू निम्न स्थानहरूमा आयोजना गरिनेछ:
- एसियाली सिंह संरक्षण कार्यक्रम - गिर, गुजरात
- चित्ता संरक्षण कार्यक्रम - भोपाल, मध्य प्रदेश
- चित्ता संरक्षण र जैविक विविधताका लागि अन्तर्राष्ट्रिय दिवस कार्यक्रम - भुवनेश्वर, ओडिशा
- हिउँ चितुवा संरक्षण कार्यक्रम - गान्तोक, सिक्किम
- बाघ संरक्षण कार्यक्रम - चन्द्रपुर, महाराष्ट्र
यी पूर्व शिखर सम्मेलन कार्यक्रमहरू जागरूकता प्रवर्द्धन गर्न, सरोकारवालाहरूको संलग्नतालाई सुदृढ पार्न र भारत सरकारका प्रमुख पहलहरू अन्तर्गत भारतको संरक्षण सफलताका कथाहरूलाई उजागार गर्नका लागि डिजाइन् गरिएको छ। साथै प्रधानमन्त्री श्री नरेन्द्र मोदीको स्पष्ट आह्वानमा भारतको नेतृत्वमा आईबीसीएको स्थापना कसरी भएको बताइएको छ।
भारत सरकार र राज्यहरूद्वारा संरक्षणका लागि उठाइएका प्रमुख पहलहरू
- एसियाली सिंह संरक्षण - गिर, गुजरात
विषय: भारतको संरक्षणसित जोड़िएको अद्वितीय सफलता
एसियाली सिंह भारतमा मात्र जीवित पाइन्छ र यसको संरक्षण विश्वको सबैभन्दा सफल प्रजाति पुनर्प्राप्ति कार्यक्रमहरू मध्ये एकको रूपमा मानिन्छ।
चलाइएका प्रमुख कदमहरू:
- लामो समयसम्म संरक्षण र तिनीहरूको वासस्थान विस्तारको लागि ‘परियोजना सिंह’ लाई लागू गर्नु।
- वैज्ञानिक तरिकाले बाघहरूको आबादीको निगरानी र बिमारीलाई रोकथामको लागि निगरानी प्रणालीहरू।
- ‘ग्रेटर गिर’ क्षेत्रमा बाघहरू रहने स्थानमा सुधार गर्नु र तिनीहरूको शिकारका लागि उपलब्ध जानवरहरूको सङ्ख्या बढ़ाउनु।
- बाघहरूको विचरण क्षेत्रको विस्तार गर्नु - तिनीहरूलाई ‘गिर संरक्षित क्षेत्र’ भन्दा बाहिर वरपर निकालेर अन्य क्षेत्रसम्म पुर्याउनु।
- मानव-पशु सङ्घर्षलाई कम गर्नका लागि बचाउ तथा त्वरित प्रतिक्रिया टीमहरूको गठन।
- प्रजातिहरूको संरक्षणमा ‘मालधारीठ जस्ता समुदायहरूको भूमिका।
- सामुदायिक संलग्नता र घरेलु पशुहरूको क्षतिको भरपाइको लागि गुजरात सरकारद्वारा गरिएका पहलहरू।
- बाघ संरक्षण - चन्द्रपुर, महाराष्ट्र
विषय: भारतको वन संरक्षणको मुख्य स्तम्भ
भारत विश्वको 70% भन्दा अधिक जङ्गली बाघको आबादीको घर हो र परियोजना बाघ र राष्ट्रिय बाघ संरक्षण प्राधिकरण (एनटीसीए) अन्तर्गत निरन्तर प्रयासहरूको माध्यमद्वारा बाघ संरक्षणमा वैश्विक नेताको रूपमा देखा परेको छ।
चालिएका मुख्य कदमहरू:
- सम्पूर्ण देशमा बाघ अभयारण्यलाई मजबुत बनाउनु र तिनको विस्तार गर्नु।
- ल्याण्डस्केप-स्तरमा संरक्षण र वन्यजन्तु करिडोरहरूको संरक्षण।
- आधुनिक प्रविधिको प्रयोग, जसमा क्यामेरा ट्र्यापिङ, एम-एसटीआरएलपीईएस र एआई-सक्षम निगरानी प्रणालीहरू सामेल छन्।
- शिकार विरोधी पूर्वाधारलाई राम्रो बनाउनु र ‘विशेष बाघ संरक्षण बल’ को तैनाथी।
- मुख्य आवास क्षेत्रहरूबाट गाउँहरूको स्वैच्छिक पुनर्स्थापना।
- बाघ अभयारण्य वरिपरि सामुदायिक सहभागिता र पारिस्थितिक विकास पहलहरू।
- वन्यजन्तु पर्यटनलाई बढ़ावा दिनु र समुदायहरूको लागि जीविकोपार्जनको अवसर पैदा गर्नु।
- विदर्भ क्षेत्र (जसमा चन्द्रपुर पनि सामेल छ) मा कनेक्टिभिटीलाई राम्रो बनाउनु र मानव-बाघ सङ्घर्षलाई कम गर्नका लागि महाराष्ट्रमा विशेष प्रयास।
चन्द्रपुर हुने यो कार्यक्रमले भारतमा बाघहरूको सङ्ख्यामा उल्लेखनीय बढ़ोत्तरी र तिनीहरूको आवास तथा करिडोरहरूलाई सुरक्षित राख्नका लागि जारी प्रयासहरूलाई प्रकाश पार्नेछ।
चितुवा संरक्षण र ‘जैव विविधताको लागि अन्तर्राष्ट्रिय दिवस’ - भुवनेश्वर, ओडिशा
विषय: मानवको प्रभुत्व भएका क्षेत्रहरूमा सहअस्तित्व
चितुवा भारतमा सबैभन्दा व्यापक रूपमा वितरण गरिएका ठूला बिरालाहरू मध्ये एक हुन् र प्रायः मानव बस्ती नजिकका क्षेत्रहरूमा बस्छन्।
चालिएका प्रमुख कदमहरू:
- मानव-वन्यजन्तु सङ्घर्षलाई कम गर्ने कार्यक्रमहरू र द्रुत कारबाही गर्नका लागि टोलीहरू।
- बचाउ र पुनर्स्थापना पूर्वाधारको सुदृढीकरण।
- एक साथ मिलेर रहनका लागि बढ़ावा दिने जनचेतना अभियानहरू।
- वन विभागका अग्रपंक्तिका कर्मचारीहरूको लागि क्षमता निर्माण।
- टकरावको आशङ्का भएका जीवहरूलाई ट्र्याकिङ र निगरानी गर्नका लागि प्रविधिको प्रयोग।
- ओडिशाको जैविक विविधता संरक्षण पहलहरू पारिस्थितिक प्रणाली पुनर्स्थापना र समुदाय सहभागितासँग जोडिएका छन्।
जैविक विविधताको लागि अन्तर्राष्ट्रिय दिवसको उत्सवसँग मिल्दोजुल्दो भुवनेश्वर कार्यक्रमले मानव-प्रधान परिदृश्यहरूमा सहअस्तित्व र जैविक विविधता संरक्षणमा जोड दिनेछ।
हिउँ चितुवा संरक्षण - गान्तोक, सिक्किम
विषय: हिमालयको प्रहरी
हिउँ चितुवाहरू हिमालयी पारिस्थितिक प्रणालीको पारिस्थितिक स्वास्थ्यका सङ्केतक हुन् र जलवायु परिवर्तन र बासस्थानको ह्रासबाट खतराहरूको सामना गर्छन्।
उठाइएका प्रमुख कदमहरू:
- भारतमा हिउँ चितुवाको आबादी मूल्याङ्कन (एसपीएआई) कार्यक्रमको कार्यान्वयन।
- स्थानीय हिमाली समुदायहरूलआई सामेल गरेर समुदाय-आधारित संरक्षण गर्नु।
- दिगो जीविकोपार्जन र पारिस्थितिक पर्यटनको बढ़ावा दिनु।
- उच्च-उचाइमा विद्यमान रहने ठाउँहरू र तिनीहरूको शिकार बन्ने जीवहरूको संरक्षण गर्नु।
- हिमाली भूदृश्यमा जलवायु-अनुकूल संरक्षणको योजना बनाउनु।
- सीमा पार संरक्षण पहलहरूको लागि हिमाली राज्यहरूसँग सहयोग गर्नु।
गान्तोक कार्यक्रमले नाजुक पहाडी पारिस्थितिक प्रणालीको संरक्षण र हिउँ चितुवाहरूलाई बचाउनमा स्थानीय समुदायहरूको भूमिकामा केन्द्रित हुनेछ।
चितुवाको संरक्षण - भोपाल, मध्य प्रदेश
विषय: भारतको घाँसे मैदान पारिस्थितिक प्रणाली पुनर्स्थापना
भारतले परियोजना चितुवा अन्तर्गत ठूला मांसाहारी जनावरहरूको लागि विश्वको पहिलो अन्तरमहादेशीय स्थानान्तरण परियोजना शुरु गरेको छ।
उठाइएका प्रमुख कदमहरू:
- नामिबिया र दक्षिण अफ्रिकाबाट चितुवाहरूलाई ल्याएर मध्य प्रदेशमा उनीहरूको लागि उपयुक्त स्थाना फेरि बसाउनु।
- उनीहरूको शिकार बन्ने जीवनहरूको सङ्ख्या बढ़ाउनु र घाँसे मैदान पारिस्थितिक प्रणालीको विकास गर्नु।
- उपग्रह कलर र विशेषज्ञद्वारा बनाइएको प्रबन्धन नियमहरू मार्फत वैज्ञानिक तरिकाले अनुगमन गर्नु।
- मैदानी क्षेत्र कर्मचारी र पशु चिकित्सा टोलीहरूको क्षमता निर्माण।
- तिनीहरू बस्ने स्थानको लामो समयसम्म प्रबन्धन गर्नु र तिनको विस्तारको योजना।
- चितुवालाई छोड्ने स्थानहरू वरिपरिका समुदायसम्म आफ्नो पहुँचलाई मजबुत पार्नु।
भोपाल कार्यक्रमले चितुवाहरूलाई पुनर्स्थापित गर्न र घाँसे मैदान पारिस्थितिक प्रणालीलाई पुनर्जीवित गर्न भारतको अग्रगामी प्रयासहरूलाई उजागार गर्नेछ।
अन्तर्राष्ट्रिय ठूलो बिरालो गठबन्धन (आईबीसीए)
भारतद्वारा शुरु गरिएको ‘अन्तर्राष्ट्रिय ठूलो बिरालो गठबन्धन’ ले वैश्विक रूपमा सात प्रमुख ठूला बिरालो प्रजातिहरूको संरक्षणको लागि वैश्विक सहयोगलाई सुदृढ पार्ने लक्ष्य राखेको छ। विषयगत कार्यक्रमहरूले निम्न प्लेटफर्महरूको रूपमा काम गर्नेछन्:
- ठूला बिरालो संरक्षणमा केन्द्रित आफ्नो प्रकारको पहिलो वैश्विक शिखर सम्मेलनलाई उजागार गर्दछ।
- वैश्विक सहयोगलाई प्रवर्द्धन गर्नु,
- संरक्षण ज्ञान साझा गर्नु,
- नीतिगत पहलहरूलाई उजागार गर्नु,
- जनचेतना बढाउनुहोस्, अनि
- वन्यजन्तु संरक्षणमा भारतको नेतृत्वलाई सुदृढ गर्नु।
राज्य वन विभागहरू, एनटीसीए, भारतीय वन्यजन्तु संस्थान, राष्ट्रिय जैविक विविधता प्राधिकरण, इण्डिना वन प्रबन्धन संस्थान र अन्य सरोकारवालाहरूसँगको समन्वयमा यी कार्यक्रमहरू पर्यावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालयद्वारा आयोजना गरिँदैछ।
*******
भीएम
(रिलिज आईडी: 2260735)
आगन्तुक काउन्टर : 11
मा यो विज्ञप्ति पढ्नुहोस्:
English
,
Gujarati
,
Urdu
,
Marathi
,
हिन्दी
,
Bengali
,
Bengali-TR
,
Odia
,
Tamil
,
Kannada
,
Malayalam