प्रधानमन्त्रीको कार्यालय
प्रधानमन्त्री श्री नरेन्द्र मोदीले ’नारी शक्ति वन्दन सम्मेलन’ लाई सम्बोधन गरे
भारतको नारी शक्तिले अत्यन्त ठूलो योगदान पुऱ्याएको छ: प्रधानमन्त्री
हाम्रो देशमा, पञ्चायती राज संस्थानहरू महिलाहरूको नेतृत्वको एक उत्कृष्ट उदाहरण हुन्: प्रधानमन्त्री
सरकारले जीवनको हरेक चरणमा महिलाहरूलाई सहयोग गरिरहेको छ: प्रधानमन्त्री
आज महिलाहरू ती क्षेत्रहरूमा पनि अघि बढ़िरहेका छन्, जसलाई पहिला पुरुषहरूको वर्चस्व भएको क्षेत्रका रूपमा मानिने गरिन्थ्यो : प्रधानमन्त्री
भारतको नारी शक्तिले आफ्नो कड़ा मेहनत, साहस र आत्मविश्वासको माध्यमबाट नयाँ उचाइलाई स्पर्श गरेको छ; अब, हामी सबै मिलेर उनीहरूलाई अझ सशक्त बनाउनका निम्ति अवसरहरूको विस्तार गर्नुपर्छ : प्रधानमन्त्री
पोस्ट गरियो:
13 APR 2026 1:28PM by PIB Gangtok
प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज विज्ञान भवनमा ‘नारी शक्ति वन्दन’ कार्यक्रमलाई सम्बोधन गरे। वैशाखीको शुभ अवसरमा र देशका विभिन्न भागहरूमा पालन गरिने नयाँ वर्षको उत्सवभन्दा अघि बोल्दै प्रधानमन्त्रीले जलियाँवाला बाग नरसंहारका शहीदहरूलाई पनि श्रद्धाञ्जली अर्पण गरे। श्री मोदीले जोड़ दिएर भने, “भारत 21 औँ शताब्दीको सबैभन्दा ठूलो निर्णयहरू मध्ये एक लिन गइरहेको छ, एक यस्तो निर्णय जो नारी शक्तिलाई समर्पित छ।”
यस क्षणलाई ऐतिहासिक बताउँदै प्रधानमन्त्रीले भने अनुसार देशको संसद एक नयाँ इतिहास रचना गर्ने नजिकमा पुगेको छ, जसले अतीतका सपना र भविष्यका सङ्कल्पहरूलाई पूरा गर्नेछ। सामाजिक न्यायको महत्त्वमाथि जोड़ दिँदै उनले जानकारी दिए अनुसार देश एक यस्तो समतावादी भारतको परिकल्पना गर्दछ जहाँ सामाजिक न्याय केवल एक नारा मात्र नभई कार्य संस्कृतिको एक अभिन्न अङ्ग हो। “राज्यहरूका विधानसभादेखि लिएर र देशको संसदसम्म दशकौँको प्रतीक्षा अब समाप्त हुँदैछ”, प्रधानमन्त्रीले टिप्पणी गरे।
2023 मा नयाँ संसद भवनमा ‘नारी शक्ति वन्दन अधिनियम’ पारित भएको कुराको सम्झना दिलाउँदै प्रधानमन्त्रीले भने, यो सर्वसम्मतिले पारित गरिएको थियो, जसमा सबै दलहरूले यस कुरामा सहमति जनाएका थिए कि यसलाई हरेक हालतमा 2029 सम्म लागू गर्नुपर्छ। प्रधानमन्त्री मोदीले टिप्पणी गरे, “नारी शक्ति वन्दन अधिनियमलाई समयमै लागू गरिनुपर्छ ताकि महिलाहरूको सहभागिताले हाम्रो लोकतन्त्रलाई बलियो बनाउन सकोस्, यसै उद्देश्यले संसदको बजेट सत्रको एक विशेष सत्र 16 अप्रेलबाट शुरु हुनेछ। “हाम्रो प्रयास र प्राथमिकता के छ भने यो कार्य संवाद, सहयोग र सहभागिताको माध्यमबाट सम्पन्न होस्, जसले संसदको गरिमा बढाउँछ”, श्री मोदीले भने।
यस मुद्दामा महिलाहरूमाझ रहेको राष्ट्रव्यापी उत्साहलाई स्वीकार गर्दै प्रधानमन्त्रीले देशभरका महिलाहरूले विधानसभा र लोकसभासम्मा पुग्ने आफ्नो आकांक्षालाई व्यक्त गरिरहेको बताएका छन्। उनीहरूको सपनाले नयाँ उड़ान पाएको छ र देशमा एक सकारात्मक माहोल सिर्जना भएको छ। “म सबै महिलाहरूलाई के आग्रह गर्दछु भने उनीहरू यी सम्पूर्ण प्रक्रियामा आफ्नो सक्रिय सहभागिता कायम राख्नुहोस् र आफ्ना सांसदहरूलाई भेटेर आफ्ना विचार र अपेक्षाहरू साझा गर्नुहोस्”, प्रधानमन्त्रीले आग्रह गरे।
स्वतन्त्रता सङ्ग्रामदेखि लिएर संविधान सभासम्म महिलाहरूको योगदानको जिकिर गर्दै प्रधानमन्त्रीले स्वतन्त्र भारतको जग बसाल्नमा ‘नारी शक्ति’ को अहम् भूमिकालाई प्रकाश पारे। जति पनि महिलाहरूलाई प्रतिनिधित्वको अवसर मिलेको छ, उनीहरूले देशका लागि उत्कृष्ट काम गरेका छन्। उनले भने अनुसार आज पनि हाम्रो देशमा, राष्ट्रपतिदेखि लिएर वित्त मन्त्रीसम्म, महिलाहरू यस्ता महत्त्वपूर्ण पदहरूमा आसीन छन्। श्री मोदीले भने, “राष्ट्रपतिदेखि लिएर प्रधानमन्त्रीसम्म, जहाँ पनि महिलाहरू रहेका छन्, उनीहरूले आफ्नो एक अलग पहिचान स्थापित गरेका छन्।”
पञ्चायती राज संस्थानहरूलाई महिलाहरूको नेतृत्वको एक उत्कृष्ट उदाहरणको रूपमा उद्धृत गर्दै प्रधानमन्त्रीले भने कि आज 14 लाखभन्दा अधिक महिलाहरूले स्थानीय सरकारी निकायहरूमा सफलतापूर्वक काम गरिरहेका छन्। लगभग 21 राज्यहरूमा, पञ्चायतहरूमा उनीहरूको सहभागिता लगभग 50 प्रतिशतसम्म पुगेको छ। प्रधानमन्त्रीले भने, “राजनीति र सामाजिक जीवनमा लाखौँ महिलाहरूको यो सक्रिय सहभागिताले विश्वका अग्रणी नेताहरू र राजनीतिक विशेषज्ञहरूलाई पनि आश्चर्यचकित पारेको छ, जसले भारतको गौरव बढ़ाउँछ।”
विभिन्न अध्ययनहरूलाई उद्धृत गर्दै, प्रधानमन्त्रीले औँल्याए अनुसार जब निर्णय लिने प्रक्रियाहरूमा महिलाहरूको सहभागिता बढ्यो, तब यसले व्यवस्थाहरूमा संवेदनशीलता ल्यायो। यसले पानी, शिक्षा, स्वास्थ्य र पोषण जस्ता मुद्दाहरूमा अधिक समर्पित भएर काम गर्न नेतृत्व गरेको छ। “जल जीवन मिशनको सफलता एउटा उदाहरण हो जहाँ पञ्चायत स्तरमा महिलाहरूको सहभागिताले प्रमुख भूमिका खेलेको छ”, श्री मोदीले भने।
स्थानीय निकाय र संस्थाहरूमा वर्षौंदेखि काम गरिरहेका लाखौँ महिलाहरूसँग अहिले व्यापक अनुभव रहेको कुरामा जोड़ दिँदै प्रधानमन्त्रीले उनीहरू ठूला भूमिकाका लागि तयार र उत्सुक रहेको बताए। ‘नारी शक्ति वन्दन अधिनियम’ लाई लागू गर्नु त्यस्ता सबै महिलाहरूको जीवनमा एक ठूलो अवसर साबित बन्नेछ। “पञ्चायतदेखि लिएर संसदसम्मको यात्रा सजिलो हुँदै गइरहेको छ”, प्रधानमन्त्रीले इश्वासका साथ भने।
विकसित भारतको यात्रामा महिलाहरूको महत्त्वपूर्ण भूमिकालाई जोड़ दिँदै प्रधानमन्त्रीले आफ्नो सरकारले सन् 2014 देखि महिलाको जीवनचक्रको हरेक चरणका लागि योजनाहरू सिर्जना गरेकोमा सन्तुष्टि व्यक्त गरे। पहिलो सासदेखि लिएर अन्तिम साससम्म, सरकार विभिन्न योजनाहरू सहित दिदीबहिनी र छोरीहरूको सेवा गर्न सदैव तयार छ। “हामीले महिला भ्रूण हत्या रोक्न बेटी बचाओ-बेटी पढाओ अभियान शुरु गऱ्यौँ, गर्भावस्थामा उचित पोषणको लागि मातृ वन्दन योजना अन्तर्गत 5,000 रुपियाँ आर्थिक सहायता प्रदान गर्यौँ र छोरीहरूको शिक्षालाई सहयोग गर्न उच्च ब्याजदरको सुकन्या समृद्धि योजना शुरु गऱ्यौँ”, श्री मोदीले विस्तारपूर्वक भने।
व्यापक सहायता प्रणालीको बारेमा विवरण दिँदै प्रधानमन्त्रीले समयमै टीकाकरणको लागि ‘मिशन इन्द्रधनुष’, ‘स्वच्छ भारत अभियान’ अन्तर्गत शौचालय, लगभग नि:शुल्क सेनेटरी नेपकिन, ‘खेल इण्डिया’ योजना अन्तर्गत आर्थिक सहयोग र सैनिक विद्यालय तथा ‘राष्ट्रिय रक्षा प्रतिष्ठान’ का ढोकाहरू खोल्ने कुरा उल्लेख गरे। जीवनको पछिल्लो चरणका लागि ‘उज्ज्वला योजना’ ले करोडौँ ग्यास कनेक्शन दिएको छ, ‘हर घर नल से जल’ अभियानले घरहरूसम्म पानी पुऱ्यायो, नि:शुल्क राशन योजनाले खाद्य सुरक्षा सुनिश्चित गऱ्यो अनि र ‘आयुष्मान योजना’ ले 5 लाख रुपियाँसम्मको स्वास्थ्य बीमा प्रदान गऱ्यो। “यी सबै पहलहरू - जसमा ‘जन औषधि केन्द्रहरू’ मा औषधिरूमा 80 प्रतिशतसम्म छुट मिल्नु पनि सामेल छ - मुख्य रूपमा हाम्रा दिदीबहिनी र छोरीहरूलाई फाइदा पुगेको छ”, प्रधानमन्त्रीले भने।
महिलाहरूको सशक्तिकरणको लागि उनीहरूको आर्थिक सहभागिता बढाउनुपर्ने आवश्यकतामाथि जोड़ दिँदै प्रधानमन्त्रीले हरेक निर्णय र योजनाले यस पक्षलाई प्राथमिकता दिएको बताए। पहिले, पारिवारिक सम्पत्ति मुख्य रूपमा पुरुषहरूको नाममा दर्ता हुने गर्थ्यो, तर ‘पीएम आवास योजना’ अन्तर्गत, घरहरूलाई प्राथमिकताको आधारमा महिलाहरूको नाममा दर्ता गरिन थालेको छ। “पछिल्ला 11 वर्षमा, 3 करोडभन्दा अधिक महिलाहरूलाई यस निर्णयबाट लाभान्वित पुगेको छ र उनीहरू आफ्नो घरका मालिक बनेका छन्, जसले गर्दा उनीहरू आर्थिक रूपमा सशक्त भएका छन्”, श्री मोदीले टिप्पणी गरे।
आर्थिक समावेशनको मुद्दामा कुरा गर्दै प्रधानमन्त्रीले 2014 मा करोडौँ महिलाहरूले कहिल्यै ब्याङ्कको ढोका पनि नदेखेको जिकिर गरे। ‘जन धन योजना’ ले 32 करोडभन्दा अधिक महिलाहरूका लागि ब्याङ्क खाता खोलेको छ। “आज हाम्रा छोरीहरूले नयाँ व्यवसायमा आफ्नो पहिचान बनाइरहेका छन्, ‘मुद्रा योजना’ अन्तर्गतका लागि दिइएको ऋणमा 60 प्रतिशतभन्दा अधिक ऋण महिलाहरूले लिएका छन्”, प्रधानमन्त्रीले भने।
स्टार्टअप क्रान्तिमा महिलाहरूको नेतृत्वलाई उजागर गर्दै प्रधानमन्त्रीले 45 प्रतिशतभन्दा अधिक पञ्जीकरण भएका स्टार्टअपहरूमा कम्तीमा एक महिलाले निर्देशकको रूपमा काम गरिरहेको बताए। करियर प्रभावित नहोस् भनेर सुनिश्चित गर्नका लागि मातृत्व बिदालाई बढ़ाएर 26 हप्तासम्म बनाइएको छ। “वर्षौं अघि शुरु गरिएको स्किल इण्डिया मिशनको नतिजा अब प्रविधिको माध्यमबाट आधुनिक खेती सिकाएर कृषिमा क्रान्ति ल्याउने हजारौँ ड्रोन दिदीहरूको माध्यमबाट देखिन थालेको छ”, श्री मोदीले भने।
शानदार उपलब्धिहरूलाई साझा गर्दै प्रधानमन्त्रीले जानकारी दिए अनुसार पछिल्ला 11 वर्षमा लगभग 10 करोड महिला ‘सेल्फ हेल्प ग्रुप’ (स्वयं सहायता समूह) मा सामेल भएका छन्। सरकारले ग्रामीण अर्थतन्त्रसँग जोडिएका 6 करोड दिदीबहिनीहरूलाई लखपति दिदी बनाउने लक्ष्य राखेको छ, जसमध्ये 3 करोडभन्दा अधिकले यो स्थिति हासिल गरिसकेका छन्। “यी महिलाहरू ‘भोकल फर लोकल’ का ब्राण्ड एम्बेसडर बनिरहेका छन्”, प्रधानमन्त्री मोदीले टिप्पणी गरे।
‘महिलाहरूको नेतृत्वमा विकास’ को दृष्टिकोणले पुरानो मानसिकतालाई चुनौती दिएको कुरामा जोड़ दिँदै प्रधानमन्त्रीले भने कि आज महिलाहरू पुरुषहरूको गढ मानिने क्षेत्रहरूमा उचाइ छुन थालेका छन्। भारतीय छोरीहरू लडाकु पाइलट बनिरहेका छन् र आकाश छुँदै छन्। “विश्वको कुनै पनि देशको तुलनामा भारतमा महिला पाइलटहरूको प्रतिशत सबैभन्दा अधिक छ”, श्री मोदीले भने।
शैक्षिक क्षेत्रमा हासिल उपलब्धिहरूको जिकिर गर्दै प्रधानमन्त्रीले उल्लेख गरे अनुसार 2014 को तुलनामा छोरीहरूको पीएचडी भर्ना दुई गुणा भएको छ अनि उच्च शिक्षा र अनुसन्धान क्षेत्रमा महिलाहरूको भागिदारी लगभग आधा भएको छ। गणित र विज्ञानको पढ़ाइमा पनि छोरीहरूको सङ्ख्या लगभग 43 प्रतिशतसम्म पुगेको छ। “यी उपलब्धिहरूले हाम्रा छोरीहरूको लागि अवसरहरूको परिवर्तनशील परिदृश्यलाई प्रतिबिम्बित गर्दछन्”, प्रधानमन्त्रीले पुष्टि गरे।
महिलाहरूको सुरक्षा, जुन एक ठूलो सामाजिक चुनौती हो, यस विषयलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारले यस दिशामा बलियो कदम चालेको बताए। न्याय व्यवस्थालाई अझ संवेदनशील बनाउन र निर्णय लिने प्रक्रियालाई तीव्र गति दिनका लागि कानुनी सुधारहरू गरिएको छ र विशेष फास्ट-ट्—याक अदालतहरू स्थापना गरिएको छ। श्री मोदीले विस्तारपूर्वक बताए, भारतीय न्याय संहिताले महिलाहरूको सुरक्षालाई प्राथमिकता दिन्छ, एफआईआर दर्ता गराउने प्रक्रियाहरूलाई सरल बनाउँछ - जसमा कुनै पनि स्थानबाट ई-एफआईआर वा जिको-एफआईआर दर्ता गराउने अनुमति दिन्छ - अनि यसमा पीडितको बयान अडियो-भिडियोको माध्यमद्वारा रिकर्ड गर्ने प्रावधान पनि सामेल छ।
प्रधानमन्त्रीले देशका प्रत्येक आमा, दिदीबहिनी र छोरीलाई आश्वासन दिए कि राष्ट्रले उनीहरूको आकांक्षा बुझ्दछ र उनीहरूको सपनालाई साकार पार्न आवश्यक पर्ने हरेक जरुरी कदम उठाइरहेको छ। देशको ‘नारी शक्ति’ ले आफ्नो कड़ा मेहनत, साहस र आत्मविश्वासको माध्यमबाट नयाँ उचाइहरू छोएको छ। “हामीले सबैलाई मिलेर यस शक्तिमा नयाँ ऊर्जा सञ्चार गर्नुपर्छ र उनीहरूका लागि अवसरहरूको विस्तार गर्नुपर्छ”, प्रधानमन्त्रीले भने।
एक विशेष अपील गर्दै प्रधानमन्त्रीले महिलाहरूलाई व्यक्तिगत भेटघाट र सामाजिक सञ्जालमार्फत देशका हरेक गाउँमा ‘नारी शक्ति वन्दन’ कार्यक्रमको बारेमा चर्चा गर्न आग्रह गरे। देशले प्रत्येक महिलालाई यो प्रमुख निर्णयको बारेमा सचेत गराउनु आवश्यक छ ताकि उनीहरूले यसको शक्ति बुझ्न सकून्, आफ्नो भूमिका बुझ्न सकून् र खुला रूपमा सपना देख्न सकून् कि आगामी समयमा उनीहरूले राज्यदेखि देशको संसदसम्म आफ्नो उपस्थिति दर्ता गर्न सकून्। “आउनुहोस्, हामी सबै मिलेर सङ्कल्प गरौँ कि नारी शक्तिले आफ्नो अधिकार पाउनेछ र उनीहरू निर्णय प्रक्रियामा पूर्ण सहभागी हुनेछन्, यो हाम्रो उज्ज्वल भविष्यको सबैभन्दा ठूलो ग्यारेन्टी हो”, प्रधानमन्त्री श्री नरेन्द्र मोदीले निष्कर्ष निकाले।
*********
एमजेपीएस/पीआरके/एमपीएस/टीडब्ल्यूबी
(रिलिज आईडी: 2251552)
आगन्तुक काउन्टर : 5
मा यो विज्ञप्ति पढ्नुहोस्:
Bengali
,
Bengali-TR
,
Odia
,
Telugu
,
Kannada
,
English
,
Urdu
,
Marathi
,
हिन्दी
,
Assamese
,
Manipuri
,
Gujarati
,
Malayalam