पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालय
azadi ka amrit mahotsav

भारतको ऊर्जा आपूर्ति पूर्णरूपमा सुरक्षित; सरकारद्वारा दुष्प्रचार अभियानको भर्त्सना


पोस्ट गरियो: 26 MAR 2026 2:15PM by PIB Gangtok

नयाँ दिल्ली, 26 मार्च 2026।

पेट्रोलियम एवं प्राकृतिक ग्यास मन्त्रालयलले स्पष्ट रूपमा भारतको पेट्रोलियम तथा एलपीजी आपूर्तिको स्थिति पूर्णरूपले सुरक्षित अनि नियन्त्रणमा रहेको बताएको छ। सबै खुद्रा इन्धन बिक्री केन्द्रमा पर्याप्त आपूर्ति छ। पेट्रोल, डिजल वा एलपीजीको देशमा कहीं पनि कमी छैन। मन्त्रालयले अनुचित सन्त्रास फैलाउन चलाइएको नियोजित, षडयन्त्रपूर्ण साथै समन्वित दुष्प्रचार अभियानबाट भ्रमित नबन्न नागरिकहरूलाई आह्वान जनाएको छ।

पेट्रोल तथा डिजल : कुनै कमी छैन, वितरण नियन्त्रित गरिएको छैन

1.       भारत ऊर्जा सुरक्षाको सुखदायी स्थान हो। भारत पेट्रोलियम उत्पादको निम्ति विश्वको चौथो बृहत् प्रसंस्करणकर्ता अनि पाँचौं निर्यातक हुनका साथै 150 भन्दा धेरै देशमा प्रशोधित इन्धन आपूर्ति गर्दछ। भारत विश्वकै शुद्ध निर्यातक भएको हुँदा, घरेलु पेट्रोल तथा डिजलको उपलब्धता संरचनागत हिसाबले आश्वस्त छ। देशको सबै एक लाख खुद्रा बिक्री केन्द्र खुल्ला रहनका साथै निर्बाध रूपमा इन्धन वितरण गरिरहेको छ। एउटै पनि बिक्री केन्द्रलाई आपूर्ति नियन्त्रित गर्न निर्देशित गरिएखो छैन। विश्वभरी, देशहरूले मूल्य वृद्धिको स्थिति झेल्नका साथै आपूर्ति नियन्त्रण, सम-विषम वाहनमाथि बन्देजका साथमा बलपूर्वक केन्द्रहरू बन्द गर्ने प्रक्रिया चलिरहेको छ। केही देशले राष्ट्रिय आपातकालको पनि घोषणा गरेका छन्। भारतमा त्यस्तो उपायको आवश्यकता महसुस गरिएको छैन। अरू राष्ट्रले जहाँ आपूर्ति नियन्त्रित गरिरहेका छन् भने भारतमा कुनै कमी छैन। केही गिनेचुनेका पम्पहरूमा छिटपुट अत्यासमा परी खरिद गर्ने घटना अघि आएको भए तापनि त्यो सामाजिक सञ्जालमा फैलाइएको दुष्प्रचारको परिणाम हो। त्यस्ता पम्पहरूमा माग बढेको भए तापनि  सबै ग्राहकलाई इन्धन प्रदान गर्नका साथै तेल कम्पनी डिपोहरू आपूर्ति सुनिश्चित गर्न राति पनि परिचालनमा आइऱहेका छन्। तेल कम्पनीहरूले पम्प धनीहरूसँग कार्यकारी पूँजीको कमीका कारण पेट्रोल अनि डिजलको कुनै कमी हुन नदिन पहिलेको एक दिनको साटो तीन दिनसम्मको क्रेडिट बढाउन कदम चालेका छन्।

काँचो तेलको आपूर्ति : अन्तरको क्षतिपूरण बढी नै गरिएको छ

2.       हर्मुज जलडमरूमा विकट स्थिति भए तापनि, भारतले विश्वभरीका 41 भन्दा धेरै पूर्तिकर्ताबाट काँचो तेल प्राप्त गरिरहेको छ, जुन पहिले हर्मुज जलडमरूबाट आइरहेको थियो। विशेष गरी पश्चिमी गोलार्धको अन्तरराष्ट्रिय बजारमा उपलब्ध उच्च मात्राले कुनै पनि अवरोधलाई प्रतिपूर्ति गरिरहेको छ। भारतको प्रत्येक रिफाइनरीले 100 प्रतिशत उपयोग परिचालन गरिरहेका छन्। आउँदो 60 दिनका लागि काँचो तेलको ऊप्तिका लागि भारतीय तेल कम्पनीहरूले अघिबाटै व्यवस्था गरिसकेका छन्। आपूर्तिको कुनै कमी छैन।

रणनीतिक भण्डार : पूर्ण एवं सटीक तस्वीर

3.       केही लेख अनि सामाजिक सञ्जालमा भिडियोसहित देशमा केवल 6 दिनको भण्डार रहेको दुष्प्रचार फैलाउने काम भइरहेको छ। मध्यपूर्वको सङ्कट शुरु भएको 27 दिन बितिसक्दा पनि भारतसँग कूल 74 दिनको भण्डार छ र वास्तविक भण्डार हालमा 60 दिनको (काँचो तेलको भण्डार, उत्पादको भण्डार अनि गुफामा समर्पित रणनीतिक भण्डारसहित) उपलब्ध छ। विश्वमा जे-जस्तो स्थिति आए तापनि, प्रत्येक भारतीयका लागि दुई महिनासम्मको निरन्तर आपूर्ति उपलब्ध छ। आगामी दुई महिनाको निम्ति खरिद पनि सुरक्षित रिएखो छ। आउँदो केही महिनाका लागि भारत पूर्णरूपले सुरक्षित छ र त्यस्ता आपूर्तिको स्थितिमा भारतको गुफामा कायम रणनीतिक भण्डार द्वितीयक बन्दछ। यस कारण, भारतको भण्डार समाप्त भएको वा अपर्याप्त छ भन्ने गलत व्याख्यालाई निन्दनीय रूपमा खारेज गर्नुपर्दछ।

एलपीजी : उत्पादन बढ्नका साथै आयातको आवश्यकता घट्दै कार्गो सुरक्षित गरिएको छ

4.       एलपीजीको कुनै कमी छैन। मन्त्रालयद्वारा जारी एलपीजी नियन्त्रण आदेश पालन गर्दै घरेलु रिफाइनरीहरूले उत्पादनलाई 40 प्रतिशत बढाउँदै देशको कूल 80 टीएमटी आवश्यकताका विपरीत दैनिक 50 टीएमटी (हाम्रो आवश्यकताभन्दा 60 प्रतिशत धेरै) पुऱ्याएको छ। शुद्ध दैनिक आयात आवश्यकता घटेर 30 टीएमटी पुगेको छ, अर्थात् भारतले आयात गर्नुभन्दा धएरै उत्पादन गरिरहेको छ। घरेलु उत्पादनका अतिरिक्त, भारत आइरहेको 800 टीएमटी एलपीजी कार्गो सुरक्षित हुनका साथै अमेरिका, रूस, अस्ट्रेलिया अनि अन्य देशबाट भारततर्फ बढिरकहेका छन्, जुन 2014 को 11 वटा टर्मिनलका विपरीत 22 वटा एलपीजी आयात टर्मिनल पुग्न लागेका छन्। करिब एक महिनाको आपूर्तिको व्यवस्था भइसकेको छ भने थप खरिदलाई निरन्तर अन्तिम रूप दिने काम चलिरहेको छ। तेल कम्पनीहरूले सफलतापूर्वक दैनिक 50 लाखभन्दा धेरै सिलिण्डर वितरण गरिरहेका छन्। अत्यासमा परी खरिद थालिएको हुँदा सिलिण्डरको माग बढेर89 लाख सिलिण्डर पुगे तापनि अहिले घटेर फेरि यो 50 लाख पुगेको छ। जमाखोरी अनि काला बजारी रोकथाम गर्न राज्यहरूसँग परामर्श गरी व्यावसायिक सिलिण्डरको आबन्टन 50 प्रतिशत बढाइएको छ।

पीएनजीलाई प्रोत्साहन : परिवर्तन जारी छ, सङ्कटको उत्तर होइन

5.       पाइपद्वारा प्राकृतिक ग्यास आपूर्ति प्रोत्साहित गरिँदैछ – पूर्णतया राज्य सरकारहरूसँग तालमेलका साथ – कारण यो सस्तो, सफा अनि भारतीय घर-परिवारका लागि सुरक्षित छ। कूल 191 एमएमएससीएमडी दैनिक आवश्यकताका विपरीत भारतले स्वदेशी रूपमा 92 एमएमएससीएमडी प्राकृतिक ग्यास उत्पादन गर्दछ जसले एलपीजीभन्दा धेरै नै कम आयातमाथि निर्भर बनाउँदछ। शहरहरूमा ग्यास वितरण 2014 को 57 वटा भौगोलिक क्षेत्रबाट बढेर आज 300 भन्दा धेरै पुगेको छ। स्वदेशी पीएनजी कनेक्सन 25 लाखबाट बढेर 1.5 करोड पुगेको छ। यो परिवर्तन हालको स्थिति शुरु हुनु अघिदेखि नै निरन्तर जारी रहेको थियो, जसले भारतको दूरगामी ऊर्जा रणनीति प्रतिबिम्बित गर्दछ। एलपीजीको कमीका कारण पीएनजीमाथि जोड दिन थालिएको कुरा दुष्प्रचार मात्र हो। एलपीजीको आपूर्ति सुरक्षित छ। पीएनजी उत्तम, सुपथ अनि भारतीय घर-परिवारका लागि अति नै सुविधाजनक विकल्प हो।

सरकारको चेतावनी : दुष्प्रचार विरुद्ध कार्वाही

6.       मानिसहरू लामो ताँत लगाएर उभिएका, अन्य देशमा नियन्त्रण उपाय लागू गरिएका तथा भारतमा आपातकालीन इन्धन उपाय अनि आउन लागेको लकडाउनबारे पूर्णरूपले मनगढन्ते दाबीका साथ सामाजिक सञ्जालमा चुनिएका तस्वीर, पोस्ट अनि भ्रामक भिडियोहरू प्रसारित भइरहेको कुरालाई मन्त्रालयलले गम्भीरतापूर्वक लिएको छ।

7.       केही पोस्टमा जानीबुझी, प्राकृतिक ग्यास नियन्त्रण आदेश तथा एलपीजी नियन्त्रण आदेश जस्ता सरकारी आदेशलाई सङ्कटको सङ्केत दिने आपातकालीन घोषणा भनी जानीबुझी गलत व्याख्या गरिँदैछ, जबकि त्यो तर्कसङ्गत साथै अग्रिम निवारक उपायका रूपमा आपूर्तिलाई प्राथमिकता दिने मानक प्रशासनिक प्रक्रिया हो।

8.       पाखण्डीहरूले दुष्प्रचार फैलाइरहेका छन् र त्यसलाई निहित स्वार्थका तत्त्वहरूले अरू बढाई-चढाई गरिरहेको हुँदा आम जनमानसमा अनावश्यक अत्यासको स्थिति उत्पन्न भइरहेको छ। ग्यास अनि इन्धनबारे जानकारीका लागि नागरिकहरूलाई आधिकारिक सरकारी सूचनामाथि विश्वास गर्न मन्त्रालय आग्रह गर्दछ। आवश्यक वस्तुको उपलब्धताबारे गलत जानकारी फैलाउनु कानुनी रूपमा अपराध हो र जानीबुझी अत्यास फैलाइएको पाइए, कार्वाही गर्न सरकार हिचकिचाउने छैन। (पीआइबी)

**********

एमपीएस


(रिलिज आईडी: 2245662) आगन्तुक काउन्टर : 15
मा यो विज्ञप्ति पढ्नुहोस्: English , Khasi , Urdu , हिन्दी , Marathi , Bengali , Gujarati , Odia , Telugu , Kannada