प्रधानमन्त्रीको कार्यालय
azadi ka amrit mahotsav

प्रधानमन्त्री श्री नरेन्द्र मोदीले परीक्षा पे चर्चा 2026 को दोस्रो एपिसोडमा कोयम्बटूर, रायपुर, देवमोगरा र गुवाहाटीका विद्यार्थीहरूसँग अन्तर्क्रिया गरे


विद्यार्थीहरूले उद्योग व्यवसायीहरूसँग सम्पर्क गर्नुपर्छ र तिनीहरूले कसरी काम गर्छन् भनेर बुझ्नुपर्छ: प्रधानमन्त्री

पढ़ाइ र कलालाई अलग-अलग रूपमा नहेर्नुहोस्: प्रधानमन्त्री

तपाईँहरूले पढ़ाइको तनाव र थकानलाई कम गर्नका लागि कलाको प्रयोग गर्न सक्नुहुन्छ: प्रधानमन्त्री

प्रधानमन्त्रीले नागरिकहरूलाई सड़कमा फोहोर नफाल्न वा थुक्न, रातो बत्तीमा रोकिन र खाना खेर नफाल्न आग्रह गरे।

हरेक सानो कदमले विकसित भारत @2047 बनाउनमा मद्दत गर्नेछ: प्रधानमन्त्री

अनुशासन नै कुञ्जी हो, प्रेरणाले यसमा अझ मद्द्त गर्दछ: प्रधानमन्त्री

प्रविधिको दास नबन्नुहोस्: प्रधानमन्त्री

प्रविधि एक महान् शिक्षक हो, यसलाई अपनाउनुहोस्: प्रधानमन्त्री

स्थानहरू हेर्नका लागि मात्र होइन, तर एक विद्यार्थी जस्तै तिनीहरूलाई बुझ्नको लागि यात्रा गर्नुहोस्: प्रधानमन्त्री

भारत अविश्वसनीय छ - यात्रा र घुम्नुहोस्: प्रधानमन्त्री

तपाईंले जे कुरा पनि पढ्नुहुन्छ त्यो कहिल्यै खेर जाँदैन, यो तपाईंको दिमागमा भण्डार भएर रहन्छ: प्रधानमन्त्री

जुन मानिसले पढ़ाइमा सङ्घर्ष गर्दछन्, तिनीसित मित्रता गाँस्नुहोस् र उनीहरूलाई सिक्नमा मद्दत गर्नुहोस्: प्रधानमन्त्री

खेललाई जीवनको हिस्सा बनाउनु महत्त्वपूर्ण छ: प्रधानमन्त्री

नेता बन्नको लागि, पहल गर्ने मानसिकता विकास गर्नुहोस्: प्रधानमन्त्री

एक असल नेताले विचारहरूलाई स्पष्ट र प्रभावकारी ढङ्गमा सम्प्रेषण गर्नुपर्छ: प्रधानमन्त्री

मजबुत पूर्वाधार दीर्घकालीन विकासको जग हो: प्रधानमन्त्री

केवल पढेर मात्र होइन, लेखेर अभ्यास गर्नुहोस्: प्रधानमन्त्री

सफलताबाट मात्र प्रभावित नहुनुहोस्, महान् व्यक्तिहरूको विनम्र शुरुआतबाट सिक्नुहोस्: प्रधानमन्त्री

भारतको प्रगतिमा यसका आदिवासी समुदायहरूको योगदान छ: प्रधानमन्त्री

जीवनमा कहिल्यै सन्तुष्ट नहुनुहोस्, सधैँ अधिकको लागि प्रयास गर्नुहोस्: प्रधानमन्त्री

आफैँमा चिन्तन गर्नु महत्त्वपूर्ण छ: प्रधानमन्त्री

दिनमा कम से कम एक पटक श्वासप्रश्वासको व्यायाम गर्नुपर्छ: प्रधानमन्त्री

तुलनाको दबाउमा पर्नुको सट्टा, सिक्ने र राम्रो गर्ने प्रयास गर्नुहोस्: प्रधानमन्त्री

माता-पिताले घरमा तुलनाको माहोललाई प्रोत्साहन गर्नु हुँदैन: प्रधानमन्त्री

ती मानिसहरूबाट सिक्नुपर्छ जो आफूभन्दा राम्रो छ: प्रधानमन्त्री

सधैँ आफैँमा विश्वास राख्नुहोस्: प्रधानमन्त्री

पोस्ट गरियो: 09 FEB 2026 1:35PM by PIB Gangtok

प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज परीक्षा पे चर्चा (पीपीसी) 2026 को नवौँ संस्करण अन्तर्गत विद्यार्थीहरूसित अन्तरक्रिया गरे। पीपीसी 2026 को दोस्रो एपिसोडको क्रममा प्रधानमन्त्रीले कोयम्बटूर, रायपुर, देवमोगरा र गुवाहाटीका परीक्षा योद्धाहरूसँग अनौपचारिक अन्तरक्रिया गरे। ‘परीक्षा पे चर्चा’ को विशेष संस्करणमा विद्यार्थीहरूलाई स्वागत जनाउँदै श्री मोदीले यस पटक यो कार्यक्रम देशका विभिन्न भागहरूमा आयोजना गरिएको उल्लेख गरे। कोयम्बटूर संस्करणको शुरुआत गर्दै प्रधानमन्त्रीले तमिलनाडुका विद्यार्थीहरूको ऊर्जा र जिज्ञासाले आफूलाई गहिरो रूपमा प्रभावित गरेको टिप्पणी गरे। वनक्कम भनेर अभिवादन गर्दै उनले हल्का कुराकानीबाट एडिशनको शुरुआत गरे। विद्यार्थीहरूले आफ्नो उत्साह व्यक्त गर्दै भने कि आफूहरूले उनलाई देखेर आफ्ना आँखामा विश्वास गर्न सकेनन्, एक शानदार नाटकीय प्रवेशको अपेक्षा गरे पनि उनलाई सरल, विनम्र र सामान्य पाए। एक विद्यार्थीले उनको आगमनले उनीहरूलाई हँसाएको बताए।

स्टार्टअप र प्रधानमन्त्रीको पढ़ाइको मन्त्र

प्रधानमन्त्रीले धेरै वर्षदेखि आफूले 10 औँ र 12 औँ कक्षाका विद्यार्थीहरूसँग ‘परीक्षा पे चर्चा’ मार्फत अन्तरक्रिया गरिरहेको कुरा प्रकाश पारे, यो आफ्नो लागि सिकाइ कार्यक्रम हो, शिक्षण कार्यक्रम होइन भन्ने कुरामा जोड दिँदै विद्यार्थीहरूलाई आफ्ना विचारहरू साझा गर्न आमन्त्रित गरे। स्टार्टअपहरूको बारेमा एक विद्यार्थीको प्रश्नको जवाफ दिँदै उनले के टिप्पणी गरे भने पहिलो ध्यान के गर्न चाहन्छु भन्ने कुरामा हुनुपर्छ, चाहे त्यो प्रविधिमा नवीनता होस् वा ड्रोन वा बिजुली प्रणाली जस्ता व्यावहारिक समाधानहरू। उनले प्रविधि वा वित्तमा दक्ष साथीहरूसँग साना टोलीहरू गठन गर्ने सल्लाह दिए। उनले उद्यम शुरु गर्न उमेरको हदबन्दी नभएको र साना स्टार्टअपहरू पनि प्रभावकारी हुन सक्ने कुरामा जोड दिए। उनले टिप्पणी गरे अनुसार यदि वास्तविक चासो छ भने, यो धेरै राम्रो कुरा हो। उनले विद्यमान स्टार्टअपहरूको भ्रमण गर्न, परियोजना प्रतिवेदन तयार गर्न र इमानदारीपूर्वक स्कूल परियोजनाको रूपमा प्रस्तुत गर्न सुझाउ दिए, जसले मार्गदर्शन र समर्थनलाई प्रोत्साहित गर्नेछ। उनले बिस्तारै कसरी अगाडि बढ्ने भन्ने बारेमा बहुमूल्य ज्ञान प्राप्त हुने निष्कर्ष निकाले।

अर्को विद्यार्थीको पढ़ाइ र जोशलाई सन्तुलनमा राख्ने चिन्तालाई सम्बोधन गर्दै श्री मोदीले दुवै उपयोगी छन् र एकअर्काका पूरक हुन सक्छन् भन्ने कुरामा प्रकाश पारे। उनले कलालाई विज्ञान प्रयोगहरूसँग जोड्ने उदाहरण दिएर सिर्जनशीलताले सिक्न र थकान कम गर्न मद्दत गर्ने बताए। उनले शिक्षालाई प्राथमिकतामा राख्दै दैनिक वा साप्ताहिक समय व्यक्तिगत रुचिमा समर्पित गर्न सिफारिश गरे।

विकसित भारत र भोकल फर लोकलमा युवाहरूको योगदान

जब 2047 सम्ममा भारत विकसित राष्ट्र बन्ने बारेमा सोधियो, तब प्रधानमन्त्रीले युवा विद्यार्थीहरूले यो सपना साझा गरेकोमा खुशी व्यक्त गरे। उनले विकसित राष्ट्रहरूको अनुशासित बानी अपनाउने कुरामा ली कुआन युको जोडलाई उद्धृत गर्दै माछा मार्ने गाउँबाट सिङ्गापुरको रूपान्तरणलाई उद्धृत गरे। उनले फोहोर नफाल्ने, ट्राफिक नियम पालना गर्ने, भोजनको बर्बादीबाट बच्ने र स्थानीय उत्पादहरूलाई समर्थन गर्ने जस्ता साना कदमहरूले राष्ट्रिय प्रगतिमा महत्त्वपूर्ण योगदान पुर्याउने टिप्पणी गरे। उनले भोकल फर लोकल हुनु र विदेशमा भन्दा भारतमा विवाह जस्ता कार्यक्रम मनाउन छनोट गर्ने कुरामा जोड दिए, जसले प्रत्येक नागरिकको साना कार्यहरूले सामूहिक रूपमा विकसित भारत निर्माण गर्न मद्दत गर्दछ भन्ने कुरालाई जोड दिए। विद्यार्थीहरूले आश्चर्यचकित हुँदै भने कि उनले ठूला कदमहरू भन्दा साना कदमहरूलाई जोड दिए, यी सबैभन्दा महत्त्वपूर्ण छन् जसले बेसी अर्थ बोक्दछ।

प्रेरणा वा अनुशासन?

सफलताको लागि प्रेरणा वा अनुशासन अधिक महत्त्वपूर्ण छ कि छैन भन्ने विद्यार्थीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री श्री नरेन्द्र मोदीले जीवनमा दुवै आवश्यक भएको टिप्पणी गरे। उनले अनुशासन बिना, प्रेरणा मात्र काम लाग्दैन भनेर व्याख्या गरे, एक किसानको उदाहरण उद्धृत गर्दै जसले आफ्नो छिमेकीको सफलताबाट प्रेरित महसुस गर्छ तर वर्षा हुनुभन्दा अगाडि आफ्नो खेत तयार गर्न असफल हुन्छ, जसले गर्दा नतिजा खराब हुन्छ। उनले अनुशासन अपरिहार्य छ भन्ने कुरामा जोड दिए, जबकि प्रेरणाले सुन सहितको सजावट जस्तै मूल्य थप्छ र अनुशासन बिना, प्रेरणा बोझ बन्छ अनि निराशा पैदा गर्दछ। एक विद्यार्थीले भने कि उसले एक यस्तो प्रश्नमा स्पष्टता पाएर सम्मानित महसुस गरे, जसले वर्षौंदेखि समस्यामा परेको थियो।

एआईको उदय र यसको उचित प्रयोग

कृत्रिम बुद्धिमत्ताको अर्को प्रश्नलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले टिप्पणी गरे कि प्रत्येक युगले नयाँ प्रविधिहरू, चाहे त्यो कम्प्युटर होस् वा मोबाइल फोनसँगै चिन्ताको सामना गरेको छ, तर डराउनु अनावश्यक छ। उनले उपकरणहरूको दास बन्नबाट सावधानी गराउँदै जोड दिए अनुसार प्रविधि मानव जीवनको मालिक बन्नु हुँदैन। उनले दृढतापूर्वक भने, “म दास बन्नेछैन” र सल्लाह दिए कि एआईलाई मार्गदर्शन र मूल्य अभिवृद्धिको लागि प्रयोग गरिनुपर्छ, सिक्ने विकल्पको रूपमा होइन। उनले उल्लेख गरे अनुसार नोकरीको प्रकृति सधैं विकसित हुनेछ, जसरी यातायात गोरुगाडाबाट हवाईजहाजमा पुग्यो, तर जीवन चलिरहन्छ। उनले प्रविधि बुझ्ने, आफ्नो क्षमता विस्तार गर्ने र त्यसको शक्तिलाई काममा एकीकृत गर्ने कुरामा प्रकाश पारे, बिना डर प्रगति सुनिश्चित गर्दछ।

विकसित भारततर्फको सङ्कल्प

विद्यार्थीहरूले आफ्ना भावनाहरू साझा गर्दै भने अनुसार उनीहरूले अभिभूत, सम्मानित महसुस गरिरहेका छन् अनि प्रधानमन्त्री नेताभन्दा अधिक परिवार जस्तै भएको बताए। कोयम्बटूरमा विद्यार्थीहरूसँग भएको आफ्नो अन्तरक्रियाको अन्त्य गर्दै प्रधानमन्त्री मोदीले के टिप्पणी गरे भने कोयम्बटूरका युवाहरू एआई, स्टार्टअप र भविष्यका प्रविधिहरूप्रति उच्च सचेत छन् अनि यसले भारतको युवा सोचलाई प्रतिबिम्बित गर्दछ, जसले 2047 सम्ममा विकसित भारतको सङ्कल्पलाई नयाँ बल दिइरहेको छ।

‘परीक्षा पे चर्चा’ को भावनालाई संवाद र पारस्परिक सिकाइको रूपमा निरन्तरता दिँदै उनले बताए अनुसार यो चर्चापचि कोयम्बटूरबाट छत्तीसगढको रायपुरमा पुगेको कुरा प्रकाश पारे, जहाँ उनले विद्यार्थीहरूसँग रोचक कुराकानी गरे र स्थानीय परिकारहरूको पनि आनन्द लिए।

यात्रा र ध्यान केन्द्रित गर्न प्रधानमन्त्रीको गाइड

उनले जय जोहर भनेर उनीहरूलाई अभिवादन गर्दै उनले खाना परम्परा र स्थानीय परिकारहरूको बारेमा सोधे। त्यसपछि उनले प्रश्नहरूको निमन्त्रणा गर्दै बिदा यात्राको बारेमा सोधिएको प्रश्नको जवाफ दिँदै विद्यार्थीहरूलाई अगाडि बढ्नु अघि पहिले आफ्नै तहसील, जिल्ला र राज्यको अन्वेषण गर्न सल्लाह दिए। उनले विद्यार्थीको रूपमा रेलमा यात्रा गर्दा, खाना बोकेर जाँदा र भारतको विविधताबाट सिक्ने अनुभव गर्दा पर्यटन सबैभन्दा रमाइलो हुने कुरामा जोड दिए।

परीक्षाको तनाव र पुनरावृत्तिको बारेमा सोधिएको प्रश्नमा श्री मोदीले विद्यार्थीहरूले आफ्नो तयारीमा विश्वास गर्नुपर्छ, शान्त रहनुपर्छ र विषयको निपुणतामा ध्यान केन्द्रित गर्नुपर्छ भनी टिप्पणी गरे। उनले सिकाइलाई खेलकुदसँग तुलना गर्दै भने अनुसार निरन्तर अभ्यास, अनुशासन र प्रतिस्पर्धाले बल निर्माण गर्छ भन्ने कुरा उल्लेख गरे। उनले छढ़चइमा सङ्घर्ष गर्नेहरूलाई साथी बनाउन र उनीहरूलाई सिक्न मद्दत गर्ने व्यावहारिक प्रविधिको सुझाव दिए।

पढ़ाइ र खेलमा सन्तुलन

खेल र पढ़ाइलाई सन्तुलनमा राख्न चाहने विद्यार्थीलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले शिक्षा व्यक्तिगत जीवनको लागि मात्र नभई सामाजिक जीवनको लागि पनि आवश्यक छ र यसलाई कहिल्यै पनि कम आँकलन गर्नु हुँदैन भनेर टिप्पणी गरे। उहाँले खेलमा मात्र उत्कृष्टताले पढ़ाइको आवश्यकतालाई हटाउँछ भन्ने गल्ती विरुद्ध सचेत गराए, साथै शिक्षा मात्र सबै कुरा होइन भनेर पनि स्पष्ट पारे। उनले प्रतिभा विकास गर्नुपर्छ भन्ने कुरामा जोड दिए तथा खेलाडी बन्न खेल्नु आवश्यक भए पनि जीवनमा खेल हुनु पनि उत्तिकै महत्त्वपूर्ण छ भन्ने कुरामा जोड दिए। उनले सन्तुलित रहन जीवनमा खेल समावेश हुनुपर्छ भने, यदि म खेल्छु भने म फस्टाउनेछु। उनले प्रकाश पार्दै व्यक्तिले पनि पढ़ाइ गर्नुपर्छ, ताकि अरूले उनीहरूलाई ज्ञान बिना मैदानमा मात्र बस्ने व्यक्तिको रूपमा खारेज नगरून्। उनले साँचो शक्ति शैक्षिक र खेल दुवैमा शक्तिशाली हुनुमा निहित छ भनेर पुष्टि गर्दै निष्कर्ष निकाले। विद्यार्थीहरूले आफ्नो जीवनमा उनको सल्लाह लागू गर्ने र अनुभवको लागि आफ्नो अत्यधिक कृतज्ञता साझा गर्ने कुरा व्यक्त गरे।

पर्यावरणको सुरक्षा

प्रधानमन्त्री मोदीले पर्यावरण संरक्षणमा योगदान गर्नेबारे विद्यार्थीको प्रश्नको जवाफ दिँदै प्राकृतिक स्रोतहरूको संरक्षण हाम्रो प्रकृतिको हिस्सा बन्नुपर्ने टिप्पणी गरे। उनले ब्रस गर्दा पानी बन्द गर्ने र आवश्यक पर्दा मात्र प्रयोग गर्ने उदाहरण दिँदै दैनिक जीवनमा साना नियमहरूले ठूलो परिवर्तन ल्याउँछ भन्ने कुरामा जोड दिए। उनले पेट्रोल पम्पहरूबाट तेलका क्यानहरू सङ्कलन गर्ने एक शिक्षकको प्रेरणादायी कथा सुनाए जसले बच्चाहरूलाई आफ्नो घरबाट बोतलमा बाँकी रहेको पानी ल्याउन भने, जुन त्यसपछि बिरुवाहरूलाई पानी दिन प्रयोग गरिन्थ्यो। सब्जीका टुक्राहरू मलको रूपमा काम गर्दै सम्पूर्ण विद्यालय हरियाली भयो, जसले एक शिक्षकको पहलले पर्यावरणलाई कसरी परिवर्तन गर्यो भनेर देखाएको छ। उनले मानव व्यवहारले यस्तो परिवर्तन ल्याउन सक्छ र पर्यावरण जोगाउन साना, सरल कार्यहरू पर्याप्त छन् भनेर प्रकाश पारे।

नेतृत्वको शिक्षा

नेताको रूपमा भावी पुस्ताबाट उनी कस्ता गुणहरूको अपेक्षा गर्छन् भनेर सोध्दा प्रधानमन्त्रीले टिप्पणी गरे अनुसार पहिलो गुण निडर हुनु हो। उनले सल्लाह दिए अनुसार नेतृत्व तब शुरु हुन्छ जब कसैले अरूको प्रतीक्षा नगरी कार्य गर्ने निर्णय गर्छ, फोहोर उठाउने उदाहरण दिँदै जसले अरूलाई पछ्याउन प्रेरित गर्छ। उनले स्पष्ट पारे अनुसार नेतृत्व भनेको चुनाउ वा भाषणको बारेमा होइन तर अरूलाई व्याख्या गर्ने र मनाउने क्षमताको बारेमा हो भन्ने कुरामा जोड दिँदै कि सच्चा नेताहरूले पहिले मानिसहरूलाई मार्गदर्शन गर्नु अघि बुझ्छन्। विद्यार्थीहरूले प्रशंसा व्यक्त गरे, अनुभवलाई सपनाको रूपमा वर्णन गर्दै प्रधानमन्त्रीलाई भेट्न पाउँदा भाग्यशाली र सम्मानित महसुस गरे।

रायपुर अन्तरक्रियाको अन्त्य गर्दै प्रधानमन्त्री मोदीले टिप्पणी गरे अनुसार परीक्षाको तयारी, तनाव र अपेक्षा ’परीक्षा पे चर्चा’ मा दोहोरिने विषयवस्तु हुन्, र कार्यक्रमको उद्देश्य युवाहरूलाई यी मुद्दाहरूमा खुलेर चर्चा गर्न अनुमति दिनु हो। उनले जोड दिए अनुसार चर्चाहरू बोर्ड परीक्षाको तयारीमा सीमित छैनन् तर युवा दिमागमा चलिरहेका विचारहरूलाई प्रतिबिम्बित गर्दै जीवनका धेरै पक्षहरूलाई छुन्छन्। उनले थप जनाए अनुसार अन्तरक्रियाको अर्को भाग गुजरातमा हुनेछ, जहाँ आदिवासी विद्यार्थीहरूले प्रश्नहरू सोधे जसले उनलाई साँच्चै आश्चर्यचकित पारे।

गुजरातको देवमोग्रामा विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले उनीहरूको पृष्ठभूमिको बारेमा सोधे, उनीहरूको कलाकृतिको प्रशंसा गरे अनि पहिलेका बैठकहरूबाट केही परिचित अनुहारहरूलाई पनि चिने, उनीहरूको साहसको सराहना गरे।

गुजरातका आदिवासी क्षेत्रहरूको विकास

आदिवासी क्षेत्रमा काम गर्नको लागि आफ्नो प्रेरणाको बारेमा सोधिएको प्रश्नको जवाफ दिँदै श्री मोदीले ऐतिहासिक पालचेतरिया घटनाको सम्झना गरे जहाँ आदिवासी समुदायले ठूलो स्वतन्त्रता सङ्ग्राम लडेको थियो र गम्भीर अनिकाल पनि थियो जसको क्रममा उनी यस क्षेत्रमा बसे र शिक्षामा ध्यान केन्द्रित गर्न आवश्यकता महसुस गरे। उनले मुख्यमन्त्री बनेपछि शिक्षालाई प्राथमिकता दिएको टिप्पणी गरे। उमरगामदेखि अम्बाजीसम्म पहिले एउटा पनि विज्ञान विद्यालय थिएन, तर अहिले त्यहाँ विश्वविद्यालय, विज्ञान विद्यालय, इन्जिनियरिङ संस्थान र आईटीआई छन्, जसले महत्वपूर्ण परिवर्तन र फाइदाहरू ल्याएको छ। उनले पछौटे परेका आदिवासी समुदायहरूलाई सहयोग गर्न प्रधानमन्त्री जन मन योजनाको बनाएको विषयमा प्रकाश पारे, जसले छुट्टै योजना र बजेट आवश्यक रहेको व्याख्या गरे। उनले शिक्षाले विकासलाई गति दिन्छ भन्ने कुरामा जोड दिए र उमरगाम-अम्बाजी राजमार्ग जस्ता पूर्वाधार परियोजनाहरूलाई पनि औँल्याए, प्रगतिको लागि कनेक्टिभिटी महत्त्वपूर्ण छ र यो ध्यान केन्द्रित गर्ने प्रमुख क्षेत्र भएको टिप्पणी गरे।

पहलगाम आक्रमण र अपरेशन सिन्दूर जस्ता महत्वपूर्ण राष्ट्रिय क्षणहरूमा तनावलाई कसरी सम्हाल्ने भन्ने विद्यार्थीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री मोदीले टिप्पणी गरे अनुसार विद्यार्थीहरूले प्रायः परीक्षाको तनाव महसुस गर्छन् तर पछि परीक्षा सकिएपछि यो अस्थायी हो भन्ने कुरा महसुस गर्छन्। उनले जोड दिए अनुसार परीक्षाको तनावलाई पार गर्ने सबैभन्दा राम्रो तरिका भनेको केवल पढ्नुको सट्टा नियमित रूपमा प्रश्नपत्रहरू समाधान गर्ने र लेख्ने बानी विकास गर्नु हो। उनले थपे कि निरन्तर अभ्यासले तनावलाई कम गर्दछ। उनले हाँसो र सबैभन्दा महत्त्वपूर्ण कुरा, उचित निद्राको महत्त्वलाई प्रकाश पारे अनि ध्यान दिए कि राम्रो आरामले दिमागलाई ताजा राख्छ, विचारहरू प्रवाहित हुन्छन् र आत्माहरू उत्थान हुन्छन्।

सही करियरको मार्ग

करियर छनोटमा प्रधानमन्त्रीले सल्लाह दिए अनुसार निरन्तर परिवर्तनशील आकांक्षाहरूले परिवारहरूलाई भ्रमित पार्छन्, तर सफल व्यक्तिहरूबाट प्रेरित महसुस गर्नु स्वाभाविक हो। उनले जोड दिए अनुसार व्यक्तिले उनीहरूको उपलब्धिहरूलाई मात्र नभई तिनीहरूको पछाडिको प्रयास र अनुशासनलाई पनि हेर्नुपर्छ। उनले एक क्रिकेटरको उदाहरण दिए, जो बिहान 4 बजे उठेर अभ्यास गर्न साइकल चलाउँथे, सपनाहरू कडा परिश्रम र दिनचर्यासँग मिल्नुपर्छ भनेर टिप्पणी गरे। उनले भने अनुसार साँचो सफलताले आफैँमा हल्ला गर्छ, र जब कोही नम्बर एक बन्छ, तब सम्पूर्ण स्कूल, गाउँ र समुदायले यसलाई चिन्नेछ।

त्यसपछि विद्यार्थीहरूले वारली, लिपन र पिथोरा कला सहित सांस्कृतिक कलाकृतिहरू प्रदर्शन गरे, तिनीहरूको परम्पराहरूको बारेमा व्याख्या गरे। प्रधानमन्त्रीले तिनीहरूको सिर्जनाहरूको प्रशंसा गरे अनि सोधे कि तिनीहरूले हातले बनाएका हुन्, र तिनीहरूको प्रतिभाको प्रशंसा गर्दै भने, “तपाईं एक महान् कलाकार बन्नुभएको छ।” तिनीहरूको सांस्कृतिक गहिराइ र रचनात्मकतालाई ध्यानमा राख्दै उनले चित्रहरू प्राप्त गर्न पाउँदा खुशी व्यक्त गरे। विद्यार्थीहरूले आफ्नो खुशी साझा गरे, यसो यसो भने कि यो उनीहरूलाई साथीसँग कुरा गरिरहेको जस्तो महसुस भयो र प्रधानमन्त्रीले व्यक्तिगत रूपमा उनीहरूको कामको कदर गरेकोमा गर्व व्यक्त गरे।

शिक्षक र आदिवासी युवाहरूको भूमिका

प्रधानमन्त्री मोदीले आफ्नो जीवनमा शिक्षकहरूको भूमिकाको बारेमा एक विद्यार्थीको प्रश्नको जवाफ दिँदै टिप्पणी गरे अनुसार उनीहरूले धेरै महत्त्वपूर्ण भूमिका खेलेका थिए। उनले सम्झे कि कसरी उनका शिक्षकले उनलाई दैनिक पुस्तकालय भ्रमण गर्न ‘द टाइम्स अफ् इण्डिया’ को सम्पादकीय पङ्क्ति पढ्न, यसलाई लेख्न र भोलिपल्ट चर्चा गर्न प्रोत्साहित गर्थे, जसले अनुशासन र जिज्ञासा जगायो। उनले आफ्नो प्राथमिक विद्यालयका दिनहरूदेखि परमार सरका सम्झनाहरू बाँडे, जो शारीरिक तन्दुरुस्तीमा जोड दिन्थे, उनलाई योग र मल्लखम्ब सिकाए, जसले उनलाई व्यावसायिक खेलाडी नबने पनि स्वास्थ्यको महत्त्व बुझ्न मद्दत गर्यो। उनले जोड दिए अनुसार प्रत्येक महान् व्यक्तित्वको जीवनमा दुई प्रभावहरू सधैँ स्वीकार गरिन्छ - उनकी आमा र उनका शिक्षक।

भारतको प्रगतिमा आदिवासी समुदायको योगदानको बारेमा सोध्दा प्रधानमन्त्रीले टिप्पणी गरे अनुसार देश उनीहरूको कारणले उल्लेखनीय रूपमा अगाडि बढेको छ। उनले आदिवासी समाजको प्रकृतिप्रतिको समर्पणको कारणले भारतको पर्यावरण संरक्षित रहेको कुरामा प्रकाश पारे, किनकि उनीहरूले यसको पूजा र संरक्षण गर्छन्। उनले उल्लेख गरे अनुसार आदिवासी समुदायका छोराछोरीहरूको ठूलो सङ्ख्या सशस्त्र बलमा नोकरी गर्छन्, र क्षेत्रहरूमा अवसरहरूमा कुनै भेदभाव हुनु हुँदैन। उनले आदिवासी युवाहरूले खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्ने कुरा औँल्याए, मध्य प्रदेशकी आदिवासी छोरी क्रान्ति गौडको उदाहरण उद्धृत गर्दै जसले क्रिकेटमा मान्यता प्राप्त गरेकी थिइन्, साथै राष्ट्रको लागि गौरव ल्याउने धेरै अन्य आदिवासी खेलाडीहरू पनि थिए। उनले टिप्पणी गरे अनुसार आदिवासी समुदायहरूमा अपार प्रतिभा छ र यदि प्रविधिसँग जोडियो भने, तिनीहरूको क्षमता अझ बढ्नेछ। उनले जोड दिए अनुसार जीवन केवल नोकरीको लागि मात्र नभई साँचो लाभ ल्याउने अर्थपूर्ण जीवन निर्माण गर्ने सपनाहरू लिएर बाँच्नु पर्छ।

त्यसपछि श्री मोदीले मोगी मातालाई समर्पित विद्यार्थीहरूको सामूहिक गीत सुने, जसले उनी कहाँ बस्छिन् र कसरी बस्छिन् भनेर वर्णन गरेको थियो, त्यसमा निहित सांस्कृतिक अभिव्यक्तिको कदर गरे। विद्यार्थीहरूले साझा गरे अनुसार उनीसँगको उनीहरूको कुराकानीले जीवनमा कसरी खुशी रहने, तनाव कसरी हटाउने, समयलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्ने र डर बिना परीक्षाको तयारी गर्ने भन्ने बारेमा छोएको थियो। उनीहरूले प्रधानमन्त्रीलाई व्यक्तिगत रूपमा भेट्दा आफ्नो आश्चर्य व्यक्त गर्दै भने अनुसार उनीहरूले आफ्नो आँखालाई विश्वास गर्न सकेनन् र अन्तरक्रियाको क्रममा त्यो समय बेवास्ता गरिएको थियो।

प्रधानमन्त्री मोदीले परीक्षा पे चर्चाको यात्रा उत्तरपूर्वको अष्टलक्ष्मी क्षेत्र, उत्तरपूर्वमा पुगेको टिप्पणी गरे, जसमा ब्रह्मपुत्र नदीको बीचमा चर्चा भएको थियो। उनलाई परम्परागत गामोसाले स्वागत गरिएको थियो, उनले असममा यस्तो इशारा आवश्यक छ भनेर उल्लेख गरे। विद्यार्थीहरूले उनको उपस्थितिले शान्त पार्ने र उनीहरूको चिन्ता कम गर्न मद्दत गरेको बताए। प्रधानमन्त्रीले सोधे अनुसार उनीहरूले पहिले टेलिभिजनमा कार्यक्रम हेरेका थिए वा उनको पुस्तक एक्जाम वारियर पढेका थिए, अनि विद्यार्थीहरूले साझा गरे अनुसार यसले परीक्षाको डर कम गर्यो, उनीहरूलाई परीक्षालाई उत्सव जस्तै मनाउन सिकाउँदै। उनले अवलोकन गरे कि प्रायः परिवारका सदस्यहरूले प्रश्नोत्तर अङ्क गुमाएर डर पैदा गर्छन्, र सन्तुष्टिले कहिल्यै प्रगति रोक्नु हुँदैन भन्ने कुरामा जोड दिए। उनले आफ्नो मन्त्र दोहोर्याए अनुसार प्रतिस्पर्धा आफैंसँग हुनुपर्छ, अरूसँग होइन, र आत्म-सुधार निरन्तर हुनुपर्छ।

स्वस्थ आहार र जीवनशैली

आहार र जीवनशैली सम्बन्धी प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले टिप्पणी गरे कि उनी कुनै निश्चित प्रणाली पालना गर्दैनन्, विभिन्न परिवारमा शाकाहारी खाना खाने र आफैँ खिचडी जस्ता साधारण परिकार पकाउने आफ्ना दिनहरू सम्झाए। उनले सल्लाह दिए अनुसार खाना व्यक्तिगत प्राथमिकतामा आधारित हुनुपर्छ, औषधि जस्तो व्यवहार नगरी खानुपर्छ र पेट भर्नको लागि खाने कि मन सन्तुष्ट पार्ने भन्ने निर्णय गर्नुपर्छ। उनले मानिसहरूले पेट भर्नको लागि अन्न खाने गर्छन्, तर छाती भर्नको लागि गहिरो सास फेर्न बेवास्ता गर्छन् भन्ने कुरामा जोड दिए, उल्टो अभ्यास गर्नुपर्छ भन्ने कुरामा जोड दिए। उनले विद्यार्थीहरूलाई आफ्नो शरीरलाई प्राथमिकता दिन, सूर्योदय हेर्ने जस्ता बानीहरू बनाउन र स्वास्थ्यलाई सर्वोच्च प्राथमिकता दिन प्रोत्साहित गरे, किनकि यी अभ्यासहरूले ताजगी र ऊर्जा ल्याउँछन्।

तुलनाको दबाउको सामना

प्रधानमन्त्री मोदीले दाजुभाइ दिदीबहिनी र साथीहरूसँग अभिभावकको तुलनाको बारेमा विद्यार्थीको चिन्ताको जवाफ दिँदै यस्ता परिस्थितिहरूलाई सकारात्मक रूपमा लिनुपर्ने टिप्पणी गरे। उनले व्याख्या गरे कि यदि आमाबाबुले दाजुभाइ दिदीबहिनीको हस्तलेखनको प्रशंसा गर्छन् भने सही प्रतिक्रिया भनेको उपेक्षित महसुस गर्नुको सट्टा त्यो दाजुभाइ दिदीबहिनीलाई सिकाउन आग्रह गर्नु हो। उनले जोड दिए अनुसार बच्चाहरूले आफ्ना दाजुभाइ दिदीबहिनीहरूको शक्तिबाट सिक्नुपर्छ र आमाबाबुलाई भन्नुपर्छ, तपाईंले राम्रो गुण औँल्याए, अब मलाई यसलाई कसरी विकास गर्ने भनेर मार्गदर्शन गरे। उनले सल्लाह दिए अनुसार आमाबाबुले अरूको अगाडि एउटा बच्चाको अत्यधिक प्रशंसा गर्नबाट बच्नुपर्छ, किनकि यसले असन्तुलन सिर्जना गर्न सक्छ। उनले जोड दिए अनुसार यदि नजिकको कोही कुनै कुरामा उत्कृष्ट छ भने कसैले नभनी चुपचाप उनीहरूलाई गुरु मान्नुपर्छ र मार्गदर्शन माग्नुपर्छ, जसले समानता र सम्मानलाई बढावा दिन्छ।

आफैँमा विश्वास

मञ्चको डर र आत्मविश्वासको सवालमा, प्रधानमन्त्रीले व्याख्या गरे अनुसार आत्मविश्वास दुई शब्द आत्मा र विश्वासबाट आएको हो, जसको अर्थ आफैँमा विश्वास हो। उनले टिप्पणी गरे अनुसार जसले आफैँमा विश्वास गरे, उनीहरू कहिल्यै डराउँदैनन्, र उनीहरूले अभिनय गर्नु अघि परिस्थितिहरूको ध्यानपूर्वक पढ़ाइ गर्छन्। उनले स्वामी विवेकानन्दको प्रसिद्ध शिकागो भाषणलाई स्मरण गरे अनि उनले उल्लेख गरे कि विवेकानन्द शुरुमा नर्भस महसुस गर्थे तर माता सरस्वतीलाई शक्तिको लागि प्रार्थना गर्थे, र जब उनले अमेरिकाका बहिनीहरू र भाइहरूबाट शुरु गरे, दर्शकहरूले मिनेटको लागि ताली बजाए, जुन एक मोड बन्यो। उनले जोड दिए अनुसार महान् वक्ता र खेलाडीहरूले पनि अवरोधहरूको सामना गर्छन्, सचिन तेन्दुलकरको शून्यमा आउटलाई उद्धृत गरे, तर तिनीहरूले कहिल्यै आत्मविश्वास गुमाउँदैनन्। उनले विद्यार्थीहरूलाई परिस्थितिहरू अवलोकन गर्न, चुनौतीहरू स्वीकार गर्न र आफ्नो भित्री शक्तिमा भर पर्न आग्रह गरे।

त्यसपछि विद्यार्थीहरूले भारत रत्न डा. भूपेन हजारिकाको गीत प्रस्तुत गरे, जसको प्रधानमन्त्रीले प्रशंसा गरे। एक विद्यार्थीले चिया कमानसँगको आफ्नो परिवारको सम्बन्ध साझा गरिन् र उनलाई चियाको पात दिइन्, जसको जवाफमा उनले न्यानो प्रतिक्रिया दिँदै आफ्नी आमालाई श्रद्धाञ्जली अर्पण गरे। विद्यार्थीहरूले उनलाई भेटेर अविश्वास र खुशी व्यक्त गर्दै भने कि पुस्ता अन्तरको बावजुद उनीहरूले बुझेको महसुस गरे।

अन्त्यमा, प्रधानमन्त्रीले टिप्पणी गरे अनुसार परीक्षा पे चर्चामा परीक्षा चर्चा मात्र नभई स्थानीय सङ्गीत र असमको चिया पनि समावेश छ, जसले यसलाई एक अविस्मरणीय अनुभव बनाउँछ। उनले जोड दिए कि परीक्षा एक अवसर हो, र स्वस्थ प्रतिस्पर्धाले तयारी बढाउँछ। उनले उल्लेख गरे अनुसार स्थान, विद्यार्थी र अनुभवहरू फरक भए पनि, प्रत्येक चर्चाको उद्देश्य एउटै रह्यो - सुन्ने, बुझ्ने र सँगै सिक्ने - अनि उनले सबै विद्यार्थीहरूलाई आफ्नो शुभकामना दिए।

********

एमपीएस/टीडब्ल्यूबी


(रिलिज आईडी: 2225453) आगन्तुक काउन्टर : 11