वित्त मन्त्रालय
केन्द्रिय बजेट 2026-27 मा चिकित्सा पर्यटनलाई प्रोत्साहित गर्न पाँचवटा मेडिकल हब स्थापित गर्न राज्यहरूलाई सहयोग गर्ने योजना प्रस्तावित
विद्यमान राष्ट्रिय होटल प्रबन्धन एवं क्याटरिङ प्रविधि परिषद्को उन्नयन गरी राष्ट्रिय आतिथ्य संस्थान स्थापित गर्न प्रस्थावित
मानक, उच्च गुणस्तरीय 12 हप्ताको प्रशिक्षण पाठ्यक्रमको माध्यमद्वारा 12 वटा प्रसिद्ध पर्यटन स्थलमा 10,000 गाइड्सको कौशल उन्नयन गर्न प्रायोगिक योजना प्रस्तावित
15 वटा पुरात्त्व स्थललाई विकसित गर्न चयनित, खोजिएका प्राकृततिक परिदृश्य स्थललाई पैदल मार्गको माध्यमद्वारा दर्शनका लागि आम जनताको निम्ति खोलिनेछ
अरुणाचल प्रदेश, सिक्किम, आसम, मणिपुर, मिजोरम र त्रिपुरामा बौद्ध परिचक्रको विकासका लागि बजेटमा योजना प्रस्तावित
पोस्ट गरियो:
01 FEB 2026 12:46PM by PIB Gangtok
नयाँ दिल्ली, 01 फेब्रुअरी 2026।
केन्द्रिय वित्त एवं करपोरेट कार्यमन्त्री श्रीमती निर्मला सीतारमणले आज संसदमा केन्द्रिय बजेट 2026-27 प्रस्तुत गर्दै, “भारतलाई चिकित्सा पर्यटनको एउटा प्रमुख केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यका साथ म देशमा निजी क्षेत्रको भागीदारीका साथ पाँचवटा क्षेत्रीय चिकित्सा केन्द्र स्थापना गर्न राज्यहरूलाई सहायता प्रदान गर्न केन्द्रिय बजेट 2026-27 मा एउटा योजना प्रस्तावित गर्न चाहन्छु” भनी बताइन्।
यी केन्द्रहरूले संयुक्त रूपमा चिकित्सा, शिक्षा अनि अनुसन्धान सुविधा प्रदान गर्नका साथै एकिकृत स्वास्थ्य सेवा सुविधा प्रदान गर्ने परिसरका रूपमा काम गर्ने श्रीमती सीतारमणले अवगत गराइन्। यस्ता संस्थानमा आयुष केन्द्र, चिकित्सा पर्यटन सेवा केन्द्र र जाँच, उपचारपछिको हेरचाह अनि पुनर्वासको सुविधा उपलब्ध रहनेछन्। यी केन्द्रहरूले चिकित्सक अनि सम्बद्ध स्वास्थ्य विशेषज्ञहरूसहित स्वास्थ्य क्षेत्रमा काम गर्ने अलग-अलग प्रकारका पेशेवरलाई फरक-फरक क्षेत्रमा रोजगारको अवसर उपलब्ध गराउनेछन्।
पर्यटन
देशमा रोजगारका अवसरहरूको सिर्जना, विदेशी मुद्रामा आमदानी र स्थानीय अर्थव्यवस्थालाई बढावा दिन पर्यटन क्षेत्रमा अपार सम्भावना निहित रहेको उनले बताइन्। विद्यमान राष्ट्रिय होटल प्रबन्धन एवं क्याटरिङ प्रविधि परिषदलाई उन्नत बनाउनका साथै राष्ट्रिय आतिथ्य संस्थानको स्थापना गर्ने पनि उनले प्रस्तावित गरिन्। यसले दुवै शैक्षणिक अनि औद्योगिक निकायहरू लगायत सरकारबीच सेतुका रूपमा काम गर्नेछ।

भारतीय प्रबन्धन संस्थानको सहयोगमा हाइब्रिड मोडमा विशिष्ट एवं उच्च गुणस्तरको 12 हप्ताको प्रशिक्षण कार्यक्रमको माध्यमद्वारा 20 प्रमुख पर्यटन स्थलमा 10 हजार गाइडलाई कौशलयुक्त बनाउने उद्देश्यका साथ एउटा प्रायोगिक योजना पनि केन्द्रिय मन्त्री श्रीमती सीतारमणले प्रस्तावित गरिन्।
सांस्कृतिक, आध्यात्मिक अनि विरासतको महत्त्व बोक्ने सबै प्रमुख स्थलको डिजिटल दस्तावेज तयार गर्ने उद्देश्यका साथ एउटा नेशनल डेस्टिनेशन डिजिटल नलेज ग्रिड स्थापना गर्ने पनि केन्द्रिय वित्त मन्त्रीले जानकारी दिइन्। यस पहलले स्थानीय शोधार्थी, इतिहिसविद, कन्टेन्ट क्रिएटर अनि प्रौद्योगिकी हितधारकहरूका लागि रोजगार उपलब्ध गराउन एउटा नयाँ परितन्त्र निर्माण गर्नेछ।
भारतसँग विश्व स्तरीय ट्रेकिङ र हाइकिङको अनभव प्रदान गर्ने क्षमताका साथै अनेकौं अवसर रहेको उनले जानकारी दिइन्। हामी सतत परिस्थितिकी तन्त्र विकसित गर्नेछौं, जसमा (1) हिमाचल प्रदेश, उत्तराखण्ड अनि जम्मू-कश्मीर, पूर्वी घाटमा अराकु घाटी तथा पश्चिमी घाटमा पोढीगई मलाईका पाहाडहरूमा चढ्ने, (2) केरल, कर्नाटक अनि ओडिशामा 14 तटीय इलाकाका प्रमुख दर्शनीय स्थलका साथ टर्टल ट्रेल अनि (3) तमिल नाडु अनि आन्ध्र प्रदेशमा पुलिकट झीलका साथ पक्षी बिहार स्थल सामेल छन्।
माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीको व्यापक नेतृत्त्वमा वर्ष 2024 मा ठूला बिरालोका लागि इन्टरनेशनल बिग क्याट एलायन्स स्थापना गरिएको अवगत गराउँदै यस वर्ष भारतले वैश्विक बिग क्याट शिखर सम्मेलन आयोजन गरिरहेको जानकारी पनि श्रीमती सीतारमणले दिइन्। यसमा 95 देशका सरकार प्रमुख अनि मन्त्रीगणले संयुक्त रणनीति बनाउनका साथै भावी योजनाहरूमाथि विचार-विमर्श गर्नेछन्।
विरासत एवं संस्कृति
विरासत एवं संस्कृति पर्यटनबारे उल्लेख गर्दै धौलावीरा, राखीगढी, अदचनाल्लुर, सारनाथ, हस्तिनापुर र लेह राजदरबार जस्ता 15 पुरातात्त्विक स्थललाई जीवन्त अनि अनुभवजन्य सांस्कृतिक गन्तव्यका रूपमा विकसित गरिने पनि श्रीमती सीतारमणले प्रस्तावित गरिन्।
उत्खनित स्थलहरूलाई विशेष पैदल मार्गको माध्यमद्वारा दर्शनको निम्ति आम जनताका लागि खोलिने उल्लेख गर्दै संरक्षण प्रयोगशाला, व्याख्यान केन्द्र अनि गाइडको सहायताद्वारा उनीहरूलाई तल्लीन बनाउने कथा भन्ने कौशल अनि प्रौद्योगिकीसँग परिचित गराइने पनि केन्द्रिय वित्त मन्त्रीले बताइन्।

पूर्वोदय राज्य अनि पूर्वोत्तर क्षेत्रमाथि विशेष ध्यान
पूर्वोदयमाथि आफ्नो विचार राख्दै केन्द्रिय मन्त्री श्रीमती सीतारमणले एकिकृत पूर्व तटीय औद्योगिक करिडोरको विकास गर्ने प्रस्तावित गरिन्, जसबाट दुर्गापुर राम्ररी जोडिनेछ। यस पहल अन्तर्गत पाँच पूर्वोदय राज्यमा पाँच पर्यटन स्थलको स्थापना लगायत 4,000 ई-बस सेवा पनि परिचालन गरिनेछ।
पूर्वोत्तर क्षेत्रमा बौद्ध स्थलहरूबारे बोल्दै यी इलाकाहरूमा थेरावाडा अनि 18 महायान/ वज्रयान परम्पराको अद्भूत सङ्गम रहेको उल्लेख गरिन्।
अरुणाचल प्रदेश, सिक्किम, आसम, मणिपुर, मिजोरम अनि त्रिपुरामा बौद्ध परिचक्रको विकासका लागि एउटा योजना केन्द्रिय मन्त्री श्रीमती सीतारमणले प्रस्तावित गरिन्। यो योजना मन्दिर अनि मठहरूको संरक्षण, तीर्थ स्थलहरूमा दोभाषे केन्द्रको सम्पर्क स्थापना था तीर्थसँग जोडिएका मूलभूत सुविधाहरू उपलब्ध गराउन सहायक सिद्ध हुनेछ।
********
एमपीएस/टीडब्ल्यूबी
(रिलिज आईडी: 2221494)
आगन्तुक काउन्टर : 14
मा यो विज्ञप्ति पढ्नुहोस्:
English
,
Urdu
,
Marathi
,
हिन्दी
,
Assamese
,
Bengali
,
Bengali-TR
,
Punjabi
,
Gujarati
,
Odia
,
Tamil
,
Telugu
,
Kannada
,
Malayalam