आईएफएफआई २०२५ नवप्रवर्तन र समावेशिताको प्रतीक हुनेछ, महिला फिल्म निर्माताहरू, नयाँ प्रतिभा र चलचित्रमा सिर्जनात्मक उत्कृष्टताको उत्सव मनाउनेछ : केन्द्रीय राज्य मन्त्री डा. एल. मुरुगन
नयाँ दिल्लीमा आयोजित कर्टेन रेजर कार्यक्रमसितै शुरू भयो आईएफएफआई २०२५ को काउन्टडाउन
भारतको ५६औं अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (आईएफएफआई) २०२५ नोभेम्बर २० देखि २८ सम्म गोवामा शुरू हुँदैछ।
प्रसिद्ध अभिनेता रजनीकान्तलाई चलचित्र क्षेत्रमा ५० गौरवमय वर्ष पूरा गरेको अवसरमा ५६औं आईएफएफआईको समापन समारोहमा अभिनन्दन गरिनेछ।
यो वर्षको महोत्सवमा ८१ देशका २४० भन्दा अधिक चलचित्रहरू प्रदर्शन गरिनेछन्, जसमा १३ विश्व प्रिमियर, ५ अन्तर्राष्ट्रिय प्रिमियर र ४४ एशियाली प्रिमियर समावेश छ।
तीन उत्कृष्ट अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा ५ महाद्वीपका ३२ चलचित्रहरू सहभागी हुनेछन्।
२०२५ को विश्वका प्रमुख चलचित्र महोत्सवहरूमा पुरस्कार विजेता चलचित्रहरू पहिलो पल्ट भारतमा प्रदर्शित हुनेछ।
९ विशेष क्युरेटेड खण्डहरू: डकु-मन्टाज, फ्रॉम द फेस्टिभल्स, राइजिङ स्टार्स, मिशन लाइफ. एक्सपेरिमेन्टल फिल्म्स, रेस्टोर्ड क्लासिक्स, म्याकाब्रे ड्रीम्स, युनिसेफ, सिनेमाज अफ द वर्ल्ड।
केन्द्रित देश : जापान — जापानी चलचित्रहरूको विशेष प्रस्तुति, संस्थागत सहकार्य र सांस्कृतिक प्रदर्शनीहरू समावेश हुनेछ।
विशेष फिल्म प्याकेजहरू: सहयोगी देश – स्पेन र स्पटलाइट देश – अस्ट्रेलिया
आईएफएफआई २०२५ ले सय वर्ष पूरा गरेका चलचित्र र कलाकारहरूको योगदानको सम्मान गर्नेछ र पुनःस्थापित क्लासिक चलचित्रहरू मार्फत उनीहरूको विरासतलाई उत्सवको रूपमा प्रस्तुत गर्नेछ।
भारतको ५६औं अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (आईएफएफआई) २०२५, नोभेम्बर २० देखि २८ सम्म गोवामा आयोजना हुने तय भएको छ। आईएफएफआईको कर्टेन–रेजर कार्यक्रम आज नयाँ दिल्लीमा सम्पन्न भयो। यस वर्षको महोत्सवले एउटा विस्तृत र विविध कार्यक्रमको झल्को प्रस्तुत गर्दछ। ८१ देशका २४० भन्दा बढ़ी चलचित्रहरू, १३ विश्व प्रिमियर, ४ अन्तर्राष्ट्रिय प्रिमियर र ४६ एशियाली प्रिमियर प्रदर्शन गरिनेछ। यसपल्ट महोत्सवले १२७ देशबाट २,३१४ रेकर्ड संख्यामा चलचित्रका प्रविष्टिहरू प्राप्त गरेको छ, जसले विश्व चलचित्र महोत्सवमाझ आईएफएफआईको बढ्दो प्रतिष्ठा र प्रभावलाई दर्शाउँदछ।

सूचना र प्रशारणका केन्द्रीय राज्य मन्त्री डा. एल. मुरुगनले यस वर्षको आईएफएफआईमा नवप्रवर्तन र समावेशिता झल्काउने नयाँ पहलहरू शुरू गरिएको बताएका छन्। मन्त्रीले यस वर्ष ५० भन्दा बढ़ी महिला निर्देशकहरूका चलचित्रहरू महोत्सवमा समावेश भएको उल्लेख गर्दै चलचित्र क्षेत्रमा नारी शक्तिलाई बढ़ावा दिने सरकारको प्रतिबद्धतामाथि जोड़ दिए। उनले यस वर्ष पनि ओटीटी अवार्डहरू निरन्तर रहने जानकारी दिँदै, वेब र स्ट्रिमिङ सामग्रीमा सृजनात्मक उत्कृष्टताको सम्मान गर्ने यो पुरस्कारको उद्देश्य रहेको बताए। महोत्सवले स्क्रिनराइटिङ, प्रोडक्सन डिजाइन, र साउन्ड जस्ता क्षेत्रमा नयाँ र उदाउँदो प्रतिभाहरूलाई निरन्तर सहयोग प्रदान गरिरहेको डा. मुरुगनले बताए। यसरी नै उनले फिल्म पाइरेसी विरुद्धका कानुनलाई सुदृढ़ पार्ने र फिल्म प्रमाणीकरण प्रक्रियालाई सरल बनाउने कदमहरू चालिँदै गरेको जानकारी पनि दिए। उनले बताए अनुसार सीबीएफसीद्वारा ल्याइने एक भारत श्रेष्ठ भारत प्रमाणपत्रले बहुभाषी चलचित्रहरू मार्फत भारतको सांस्कृतिक एकतालाई अझ सुदृढ़ बनाउनेछ।

सूचना तथा प्रशारण मन्त्रालयका सचिव श्री संजय जाजूले भारतीय चलचित्रले अहिले विश्वभरि शक्तिशाली प्रभाव पारेको उल्लेख गर्दै भने, अष्ट्रेलियाली बक्स अफिसमा भारतीय चलचित्रहरूले हलिवुडका फिल्महरूलाई पनि पछि पारेको छ। उनले बताए अनुसार यस वर्षको आईएफएफआईमा जापान, स्पेन र अस्ट्रेलियाबाट नयाँ सहकार्य र साझेदारीहरू प्रस्तुत गरिनेछ। यस अवसरमा प्रोडक्शन हाउसहरू, विभिन्न राज्यहरू र सांस्कृतिक समूहहरूको सहभागितामा भव्य कार्निभल परेड आयोजना गरिनेछ, जसले महोत्सवमा रंगारंग र ऊर्जाशील वातावरण ल्याउनेछ। यसैगरी यस वर्षको फिल्म बजारलाई अझ ठूलो र प्रभावकारी बनाइनेछ, जसले अन्तर्राष्ट्रिय सह-उत्पादनलाई थप प्रोत्साहन दिनेछ।
आईएफएफिएस्टा भारतको अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (आईएफएफआई) सित सम्बन्धित एउटा रंगीन मनोरञ्जन र सांस्कृतिक उत्सव हो। आईएफएफिएस्टाले महोत्सवको समयमा सङ्गीत, संस्कृति र मनोरञ्जनको उत्सव मनाउनेछ। यस कार्यक्रमको उद्देश्य चलचित्र, खाद्य, कला र अन्तरक्रियात्मक अनुभवहरूको समिश्रण मार्फत समुदायहरूलाई एकसाथ ल्याउने हो। यसले मुख्य महोत्सवप्रति युवाहरूको सहभागिता र आम जनताको संलग्नता बढ़ाउने लक्ष्य राखेको छ। श्री जाजूले थप उल्लेख गरे कि जेनेरेटिभ एआईले अहिले मनोरञ्जन उद्योगमा वाधा पुऱ्याइरहेको छ, तर यसलाई भविष्यको कथावाचन शैलीलाई आकार दिने सिर्जनात्मक उपकरणको रूपमा स्वीकार गर्नुपर्छ।

आईएफएफआई २०२५ को महोत्सव निर्देशक श्री शेखर कपूरले भने कि भारत विश्वको सबैभन्दा ठूलो चलचित्र निर्माण र चलचित्र हेर्ने देश हो, जसले आफ्ना जनताको कथाप्रतिको प्रेमको उत्सव मनाउँदछ। उनले जोड़ दिए कि कथावाचनले विभिन्न संस्कृतिहरूबिच बुझाइ र शान्तिको सेतु निर्माण गर्दछ। फिल्म बजारको प्रसङ्गमा उनले यसलाई प्रविधिमार्फत युवा सर्जकहरूलाई सशक्त बनाउने एक आन्दोलनका रूपमा वर्णन गरे। उनले भने कि कृत्रिम बुद्धिमत्तालाई सिर्जनात्मक उपकरणको रूपमा हेर्नुपर्छ, जसले कथाकारहरूलाई भारतका कथाहरू विश्वसामु प्रस्तुत गर्न मद्दत पुर्याउनेछ।

कर्टेन रेजर कार्यक्रममा श्री धिरेन्द्र ओझा, प्रधान महानिर्देशक, पत्र सूचना कार्यालय (पीआईबी), श्री प्रभात, अतिरिक्त सचिव, सूचना तथा प्रसारण मन्त्रालय, डा. अजय नागभूषण, संयुक्त सचिव (फिल्म्स), सूचना तथा प्रसारण मन्त्रालय, श्री राजा बुन्देला, अध्यक्ष, इण्डियन प्यानोरामा ज्यूरी (फिचर), श्री प्रकाश मङ्गदुम, प्रबन्ध निर्देशक, एनएफडीसी र श्री धरम गुलाटी, अध्यक्ष, इण्डियन प्यानोरामा ज्यूरी (नन-फिचर) लगायतका महानुभावहरूको उपस्थिति रहेको थियो।
५६औं संस्करणका मुख्य विशेषताहरू
उद्घाटन चलचित्र र गाला प्रिमियरहरू
- आईएफएफआई २०२५ को उद्घाटन चलचित्र ब्राजिली निर्देशक ग्याब्रियल मस्कारोको द ब्लु ट्रेल हो। यो विज्ञानकथा र फ्यान्टसी शैलीको चलचित्र हो, जसले ७५ वर्षीया महिलाको साहसिक यात्राको कथा बताउँदछ — जसको अमेजन हुँदैको विद्रोही यात्रा स्वतन्त्रता, गरिमा र सपना देख्ने अधिकारबारेको एक मौन घोषणा बन्दछ। यो चलचित्रले बर्लिन अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा सिल्भर बेयर – ग्रान्ड ज्युरी पुरस्कार जितेको छ।
- गाला प्रिमियर खण्ड अन्तर्गत १८ वटा चलचित्रहरू प्रदर्शन गरिनेछन्, जसमा १३ विश्व प्रिमियर, २ एशिया प्रिमियर, १ भारत प्रिमियर र २ विशेष प्रदर्शन स्क्रीनिङहरू समावेश हुनेछन्। रेड कार्पेटमा प्रसिद्ध कलाकार र चलचित्र निर्माताहरूको विशिष्ट टोलीलाई स्वागत गरिनेछ।
कार्यक्रमको आकार र प्रिमियरहरू
- कुल ८१ देशका २४० भन्दा अधिक चलचित्रहरू प्रदर्शन गरिनेछ।
- अन्तर्राष्ट्रिय खण्डमा १६० चलचित्रहरू, जसमा १३ विश्व प्रिमियर समावेश छन्।
- ८० भन्दा अधिक पुरस्कार विजेता चलचित्रहरू र २१ आधिकारिक ओस्कार मनोनित चलचित्रहरू आईएफएफआई २०२५ मा प्रदर्शन हुनेछ।
- “सिनेमाज अफ द वर्ल्ड” अन्तर्गत ५५ भन्दा अधिक चलचित्रहरू र १३३ अन्तर्राष्ट्रिय चलचित्रहरूको क्यूरेटेड चयन र प्रदर्शन गरिनेछ, जसले विभिन्न महोत्सवहरूमा प्रदर्शन गरिसकेको छ।
अन्तर्राष्ट्रिय कार्यक्रमका क्युरेटेड खण्डहरू
- जापान: मुख्य केन्द्रित देश र नयाँ थपिएका दुई खण्डहरू, सहयोगी देश: स्पेन र स्पटलाइट देश: अस्ट्रेलिया।
- कुल १५ प्रतिस्पर्धात्मक र क्युरेटेड खण्डहरू प्रदर्शन गरिनेछ, जसमा अन्तर्राष्ट्रिय प्रतियोगिता, निर्देशकको सर्वश्रेष्ठ डेब्यू फिचर फिल्म, आईसीएफटी-यूनेस्को गान्धी मेडल, साथै विशेष खण्डहरू जस्तै म्याकाब्रे ड्रीम्स, डकु-मन्टाज, एक्सपेरिमेन्टल फिल्म्स, युनिसेफ, र रेस्टोर्ड क्लासिक्स समावेश छन्।
केन्द्रित देश — जापान
- जापान आईएफएफआई २०२५ को मुख्य केन्द्रित देश हो। आईएफएफआईको केन्द्रित देश जापानले आजको जापानी चलचित्रको व्यापक दृष्टिकोण प्रस्तुत गर्दछ, जसले उदयमान चलचित्र निर्माता र स्थापित निर्देशकहरू दुवैको सिर्जनात्मक शक्ति उत्सवको रूपमा प्रस्तुत गर्दै राष्ट्रको विकसित हुँदै गरेको चलचित्रको भाषालाई आकार दिइरहेको देखाउँछ। ६ वटा सावधानीपूर्वक क्यूरेटेड चलचित्रहरू-स्मृति र पहिचानका अन्तरंग नाटकहरू, महोत्सव पुरस्कार विजेता मनोवैज्ञानिक थ्रिलरहरू,क्वीयर कथाहरू युवा विज्ञानकथा, कवितात्मक, नन लिनियर प्रयोगात्मक चलचित्रहरू प्रदर्शन गरिनेछ।
सय वर्षका श्रद्धाञ्जलीहरू
- आईएफएफआई २०२५ ले सय वर्षको अवसर मनाउँदै प्रसिद्ध चलचित्र निर्माता र कलाकारहरूलाई सम्मान गर्नेछ, जसमा गुरु दत्त, राज खोसला, ऋत्विक घटक, पी. भानुमती, भूपेन हजारिका, र सलिल चौधुरी समावेश छन्। उनीहरूको महानतम कृति पनि प्रदर्शन गरिनेछ।
सलिल चौधुरीको मुसाफिर र ऋत्विक घटकको सुबर्णरेखा आईएफएफआई २०२५ मा प्रदर्शन गरिनेछ।
रजनीकान्तको स्वर्ण जयन्ती
- सुपरस्टार रजनीकान्तलाई पनि उनको ऐतिहासिक चलचित्र यात्राका ५० वर्ष पूरा भएको अवसरमा समापन समारोहमा अभिनन्दन गरिनेछ।
इन्डियन प्यानोरामा र न्यू हराइजन्स
- इन्डियन प्यानोरामा २०२५: २५ फिचर फिल्महरू, २० नन-फिचर फिल्महरू, र ५ डेब्यू फिचर फिल्महरू।
- उद्घाटन फिचर फिल्म (इन्डियन प्यानोरामा फिचर): अमरन (तमिल), निर्देशक: राजकुमार पेरियासामी।
- उद्घाटन नन-फिचर फिल्म: काकोरी।
- न्यू हराइडन्स : इन्डियन प्यानोरामा चयन बाहिर ५ वटा विशेष क्यूरेटेड फिचर फिल्महरू प्रदर्शन गरिनेछन्, जसमा विश्व, अन्तर्राष्ट्रिय, एशियाई वा भारत प्रिमियर समावेश हुनेछ।
महिला, डेब्यू आवाजहरू र उदाउँदो प्रतिभा
- चलचित्रमा महिलाहरू: ५० भन्दा अधिक चलचित्रहरू महिलाद्वारा निर्देशित; ५० भन्दा अधिक डेब्यू फिल्म निर्माता/निर्देशकका कृतिहरू, जुन महोत्सवको समावेशिता र उदाउँदो आवाजहरूमा केन्द्रित छ। (अन्तर्राष्ट्रिय खण्ड) ।
- भारतीय फिचर फिल्मको सर्वश्रेष्ठ डेब्यू निर्देशक: पाँच चयनित डेब्यू फिचर फिल्म प्रदर्शन गरिनेछन्; यस पुरस्कारसंग प्रमाणपत्र र निर्देशकका लागि ५ लाख रूपियाँ नगद पुरस्कार प्रदान गरिनेछ।
- सर्वश्रेष्ठ वेब सिरिज (ओटीटी) पुरस्कार: ३० प्रविष्टिबाट चयन गरिएका पाँच फाइनलिस्टमध्ये विजेताले प्रमाणपत्र र १० लाख रूपियाँ नगद पुरस्कार पाउनेछन्, जुन सर्जनकहरू र निर्माहरूबिच बाँडिनेछ।
क्रिएटिभ मान्डस अफ टुमरो (सीएमओटी)
- सीएमओटी २०२५ मा ७९९ प्रविष्टिहरू प्राप्त भएका छन्। चयनित सहभागीहरूको संख्या ७५ बाट वृद्धि भएर १२४ भएको छ, जसले १३ चलचित्र निर्माण कला/क्राफ्टहरू समेट्छ, र यस वर्ष तीन नयाँ क्राफ्टहरू थपिएका छन्। यस कार्यक्रममा सर्ट्स टीभीसंगको सहकार्यमा ४८ घण्टा चलचित्र निर्माण चुनौती पनि समावेश छ।
वेभ्स फिल्म बजार
- वेभ्स फिल्म बजार (१९औं संस्करण): ३०० भन्दा अधिक चलचित्र परियोजनाहरू प्रदर्शन गरिनेछन्, जसमा स्क्रिनराइटर्स ल्याब, मार्केट स्क्रिनिङ, भ्युइङ रुम लाइब्रेरी, को-प्रोडक्सन मार्केट फिचर र डकुमेन्ट्री समावेश छ। यी परियोजनाहरू उत्पादन, वितरण, र बिक्री सहयोगका लागि प्रस्तुत गरिन्छ। दक्षिण एसियामा यो बजार महत्त्वपूर्ण चलचित्र बजारको रूपमा लगातार बढ़ीरहेको छ।
- वेभ्स फिल्म बजार को-प्रोडक्सन मार्केट: यसमा २२ फिचर फिल्म र ५ डकुमेन्ट्री प्रस्तुत गरिनेछ। नगद अनुदान कुल $२०,००० तीन विजेताहरूलाई प्रदान गरिनेछ। (प्रथम पुरस्कार- को-प्रोडक्सन मार्केट फिचर - $१०,०००, दोस्रो पुरस्कार- को-प्रोडक्सन मार्केट फिचर - $५,०००. को-प्रोडक्सन मार्केट डकुमेन्ट्री परियोजनाको विशेष नगद अनुदान - $५,०००)।
- यस वर्षको वेभ्स फिल्म बजार सिफारिस (डब्ल्यूएफबीआर) खण्डमा २२ चलचित्रहरू प्रदर्शन गरिनेछन्, जसमा ३ लघु फिक्शन फिल्म, ३ मध्यम-लम्बाइका डकुमेन्ट्री, र १६ फिचर फिक्शन फिल्महरू समावेश छन्। यी चलचित्रहरूले १४ भाषा र ४ देशहरूलाई प्रतिनिधित्व गर्नेछ र केही डेब्यू निर्देशकहरूलाई विशेष रूपमा प्रस्तुत गरिनेछ।
- “नलेज सिरिज” मा पिचिङ सेसनहरू, देश तथा राज्य प्रदर्शन, र उत्पादन र वितरण सम्बन्धि व्यावहारिक सेसनहरू समावेश हुनेछन्।
- डब्ल्यूएफबी प्याभिलियन र स्टलहरूमा ७ भन्दा अधिक देशका प्रतिनिधिहरू उपस्थित हुनेछन् र १० भन्दा अधिक भारतीय राज्यका प्रोत्साहनहरू प्रदर्शन गरिनेछ। साथै, एउटा समर्पित टेक प्याभिलियनमा ५ भन्दा अधिक प्रमुख प्रविधि कम्पनीहरूले भीएफएक्स, एनिमेशन, सीजीआई र अन्य चलचित्र निर्माण प्रविधिहरूमा सहकार्य सहितको अत्याधुनिक नवप्रवर्तन प्रदर्शन गर्नेछन्।
बजार र को-प्रोडक्सन अवसरहरू:
वेभ्स फिल्म बजार नेटवर्किङ कार्यक्रमहरूले चलचित्र निर्देशक, निर्माता, बिक्री प्रतिनिधि, महोत्सव प्रोग्रामर, र लगानीकर्ताहरूलाई सर्जनात्मक र वित्तीय सहयोगहरूलाई प्रवर्द्धन गर्न एकै स्थानमा ल्याउनेछ।
मास्टरक्लास, प्यानल र अन्तरक्रियात्मक कार्यक्रमहरू
- चलचित्र प्रेमीहरूले कला एकेडेमीमा १० फरक ढाँचामा २१ मास्टरक्लास र प्यानल छलफलहरू हेर्न पाउनेछन्। यी कार्यक्रममा विदु विनोद चोप्रा, अनुपम खेर, क्रिस्टोफर चार्ल्स कॉर्बोल्ड ओबीई, बबी देओल, आमिर खान, रवि वर्मन, खुश्बू सुन्दर, सुहासिनी मणिरत्नम, पिट ड्रापर, श्रीकर प्रसाद लगायतका प्रसिद्ध व्यक्तित्वहरू सहभागी हुनेछन्। सत्रहरूमा डिजिटल युगमा सम्पादन र अभिनयदेखि दिगोपना, रंगमञ्च अभिनय, एआई र भीएफएक्स प्रविधि सम्मका विषयहरूलाई समेटिनेछ।
- नयाँ प्यानलहरूले चलचित्रको शान्ति प्रवर्द्धनमा भूमिका र चलचित्र निर्माणका चुनौतीहरूमा चर्चा गर्नेछन्। “इन कनभर्सेशन” सत्रहरूमा उद्योगका प्रसिद्ध कलाकार र चलचित्र निर्माता सहभागी हुनेछन्। प्राविधिक सत्रहरूमा सम्पादन, सिनेमाटोग्राफी, भीएफएक्स र एसएफएक्समाथि प्रकाश पारिनेछ।
महोत्सव स्थलहरू र पहुँचयोग्यता
- चलचित्रहरू र कार्यक्रमहरू ५ प्रमुख स्थलहरूमा आयोजना गरिनेछन्: आईनक्स पन्जिम, माकुइनेज प्यालेस, आईनक्स पोर्भोरिम, जेड-स्क्वायर सम्राट अशोक, र रवीन्द्र भवन, मडगाँव। मिरामार बिच, रवीन्द्र भवन फाटोर्दा, र अञ्जुना बिचमा खुला आकाशमा स्क्रिनिङ कार्यक्रमहरू आयोजना गरिनेछ।
- सबै स्थलहरूमा पहुँचयोग्यता सुविधा उपलब्ध छ — अडियो विवरण, सांकेतिक भाषा अनुवाद, र बहुभाषिक डबिङ, जसले महोत्सवको समावेशी सहभागिताको प्रतिबद्धतालाई समर्थन गर्दछ।
अन्तर्राष्ट्रिय प्रतियोगिता निर्णायक मण्डल – ५६ औं अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, भारत
- अध्यक्ष: रकयेश ओमप्रकाश मेहरा (भारत)
- सदस्यहरू:
- ग्रेम क्लिफोर्ड, सम्पादक र निर्देशक (अष्ट्रेलिया)
- रेमी अडेफारासिन, सिनेमाटोग्राफर (इंग्ल्याण्ड)
- काथारिना शुट्लर, अभिनेत्री (जर्मनी)
- चन्द्रन रुटनाम, चलचित्र निर्माता (श्रीलङ्का)
प्रमुख चलचित्रहरूको लाइन-अप र पुरस्कार विजेताहरू
- महोत्सवमा प्रसिद्ध अन्तर्राष्ट्रिय पुरस्कार विजेता र महोत्सवप्रेमी चलचित्रहरू प्रदर्शन गरिनेछन्, जसमा क्यान्स, बर्लिनाल, लोकार्नो र भेनीसमा विजयी भएका शीर्षकहरू समावेश छन्। यसले आईएफएफआईको विश्वव्यापी उत्कृष्ट चलचित्रहरूको भेटघाट स्थलको रूपमा भूमिकालाई अझ सुदृढ़ बनाउँदछ। केही चर्चित चलचित्रहरूको नामहरू यस प्रकार छन्- “इट वाज जस्ट एन एक्सीडेंट" (पाल्मे डी'ओर, कान्स), "फादर मदर सिस्टर ब्रदर" (गोल्डन लायन, वेनिस), "ड्रीम्स" (सेक्स लव) (गोल्डन बियर, बर्लिन), "सिराट" (ग्रैंड जूरी पुरस्कार, कान्स), "द मैसेज" (सिल्वर बियर, जूरी पुरस्कार, बर्लिन), "नो अदर चोइस" (पीपल्स चोइस पुरस्कार, टीआईएफएफ), "ग्लोमिंग इन लुओमू" (सर्वश्रेष्ठ फिल्म, बुसान), "फ्यूम ओ मोर्टे!" (टाइगर पुरस्कार, आईएफएफआर) आदि
अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, भारत (आईएफएफआई)
अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, भारत (आईएफएफआई), १९५२ मा स्थापना भएको, देशको प्रमुख चलचित्र कार्यक्रम हो, जुन सूचना तथा प्रसारण मन्त्रालय र गोवा सरकारद्वारा आयोजित गरिन्छ। यसको उद्देश्य विश्व चलचित्रको उत्कृष्टतालाई उत्सवको रूपमा मनाउँदै भारतीय चलचित्र र प्रतिभालाई विश्व मञ्चमा बढ़ावा दिनु हो। वार्षिक रूपमा गोवामा आयोजना हुने आईएफएफआईले, सर्जनात्मक आदानप्रदान, नयाँ आवाजहरूको खोज, र चलचित्र कलाद्वारा सांस्कृतिक समझदारी प्रवर्द्धन गर्ने एउटा मञ्चको रूपमा कार्य गर्दछ।
नेशनल फिल्म डेभलपमेन्ट कर्पोरेशन (एनएफडीसी)
नेशनल फिल्म डेभलपमेन्ट कर्पोरेशन अफ इन्डिया सूचना तथा प्रसारण मन्त्रालय अन्तर्गतको सार्वजनिक क्षेत्रको उद्यम हो। १९७५ मा स्थापना भएको एनएफडटीसीले भारतीय चलचित्रको विकास, स्वतन्त्र चलचित्र निर्माताहरूको समर्थन, र अन्तर्राष्ट्रिय साझेदारहरूसितको को-प्रोडक्सनमा सहजीकरण गर्ने मुख्य भूमिका निर्वाह गर्दछ। यसले फिल्म बजार (हाल वेभ्स बजार) को व्यवस्थापन पनि गर्दछ, जसले भारतीय सर्जकहरूलाई वैश्विक बजारसंग जोड़दै भारतको सिर्जनात्मक अर्थतन्त्रको विकासमा योगदान पुर्याउँदछ।
********
एमपीएस/टीडब्ल्यूबी
रिलीज़ आईडी:
2189313
| Visitor Counter:
19
इस विज्ञप्ति को इन भाषाओं में पढ़ें:
English
,
Khasi
,
Urdu
,
Marathi
,
हिन्दी
,
Assamese
,
Punjabi
,
Gujarati
,
Odia
,
Tamil
,
Telugu
,
Kannada
,
Malayalam