प्रधानमन्त्रीको कार्यालय
प्रधानमन्त्री श्री नरेन्द्र मोदीद्वारा रोजगार मेलालाई सम्बोधित
आज दिइएको नियुक्ति सरकारी नोकरी मात्र नभएर राष्ट्र निर्माणमा सक्रिय योगदान दिने अवसर हो : प्रधानमन्त्री
जब युवा सफल हुन्छन्, तब राष्ट्र पनि सफल हुन्छ : प्रधानमन्त्री
हाम्रो सरकारले रोजगार मेलाको माध्यमद्वारा मात्र 11 लाखभन्दा धेरै नियुक्ति पत्र जारी गरिसकेको छ : प्रधानमन्त्री
दिवालीको रेकर्ड बिक्रीले कसरी जीएसटी बचत उत्सवले माग, उत्पादन अनि रोजगारलाई ऊर्जाशील बनाएको छ भन्ने प्रदर्शित गर्दछ : प्रधानमन्त्री
प्रतिभा सेतु पोर्टलले सङ्घ लोक सेवा आयोगको प्रतिभा नष्ट नभएर त्यसलाई राष्ट्र निर्माणको निम्ति पुनर्निर्देशित गर्ने सुनिश्चित गर्दछ : प्रधानमन्त्री
युवा कर्मयोगीले विकसित भारतको यात्रामा अग्रणी भूमिका खेल्नेछन् : प्रधानमन्त्री
Posted On:
24 OCT 2025 12:27PM by PIB Gangtok
प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज भिडियो कन्फरेन्सिङको माध्यमद्वारा रोजगार मेलालाई सम्बोधित गरे। यस वर्षको प्रकाश पर्व दिवालीले सबैको जीवनमा नयाँ उज्यालो लिएर आएको प्रधानमन्त्रीले बताए। चाड-पर्वका बीच स्थायी नोकरीको निम्ति नियुक्ति पत्र पाउनुले चाडको प्रसन्नता अनि रोजगारको सफलता, दुवैको खुशी प्राप्त हुँदछ भन्दै यो प्रसन्नता आज देशभरीका 51,000 भन्दा धेरै युवाले प्राप्त गरेको श्री मोदीले बताए। उनीहरूका परिवारले यसबाट पाउने असीम प्रसन्नताको उल्लेख गर्दै नियुक्ति पाउने सबै युवा अनि उनीहरूका परिवारका सदस्यहरूलाई बधाई दिए। उनले जीवनको यस नयाँ शुरुवातको निम्ति पनि शुभकामना दिए।
नवनियुक्त युवाहरूमा उत्साह, कडा मेहनतको क्षमता अनि पूरा भएको सपनाबाट उब्जिएको आत्मविश्वासलाई रेखाङ्कित गर्दै यो भावना राष्ट्र सेवाको उत्साहसँग जोडिए, उनीहरूको सफलता व्यक्तिगत उपलब्धिभन्दा बढी देशको सफलता बन्नजाने श्री मोदीले रेखाङ्कित गरे। नियुक्ति पाउने व्यक्तिहरूले निष्ठा अनि इमान्दारीका साथ काम गर्दै भारतको भविष्यका लागि उत्तम व्यवस्था बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने श्री मोदीले आशा व्यक्त गरे। नवनियुक्त व्यक्तिहरूलाई “नागरिक देवो भव”को मन्त्र नबिर्सने र सेवा अनि समर्पणको भावनालाई कायम राख्दै काम गर्ने अपील पनि प्रधानमन्त्रीले गरे।
बितेको 11 वर्षदेखि राष्ट्र एउटा विकसित भारत निर्माणको सङ्कल्पका साथ अघि बढिरहेको उल्लेख गर्दै यस यात्रामा युवाहरूको भूमिका महत्त्वपूर्ण रहेको प्रधानमन्त्रीले बताए। युवा सशक्तिकरण आफ्नो सरकारको सर्वोच्च प्राथमिकता रहेको उल्लेख गर्दै रोजगार मेला युवा भारतीयहरूको आकाङ्क्षा पूरा गर्ने सशक्त माध्यम बनेको र हालका दिनमा यी मेलाहरू मार्फत् 11 लाखभन्दा धेरै नियुक्ति पत्र जारी गरिसकिएको अवगत गराए। यो प्रयास सरकारी नोकरीहरूसम्म सीमित नरहेको बताउँदै सरकारले सरकारले 3.5 करोड युवालाई रोजगार प्रदान गर्ने लक्ष्यका साथ “प्रधानमन्त्री विकसित भारत रोजगार योजना” शुरु गरेको पनि श्री मोदीले जनाए। कौशल भारत मिशन जस्तो पहलले युवाहरूलाई आवश्यक प्रशिक्षण प्रदान गरिरहेको साथै राष्ट्रिय करिअर सेवा जस्ता मञ्चले नयाँ अवसरहरूसँग जोड्ने काम गरिरहेको पनि अवगत गराए। यस मञ्चको माध्यमद्वारा 7 करोडभन्दा धेरै रिक्त पदको जानकारी युवाहरूसँग साझा गरिसकिएको पनि उनले बताए।
युवाहरूका लागि ठूलो पहलका रूपमा “प्रतिभा सेतु पोर्टल”को घोषणा गर्दै सङ्घ लोक सेवा आयोगको (युपीएससी) अन्तिम सूचीसम्म पुगे तापनि चयन नभएका उम्मेद्वारहरूलाई यसले अवसर प्रदान गर्ने प्रधानमन्त्रीले जानकारी दिए। निजी अनि सार्वजनिक दुवै संस्थान अब यस पोर्टलको माध्यमद्वारा ती प्रतिभाशाली व्यक्तिहरूसँग जोडिन थालेको हुँदा उनीहरूको प्रयास व्यर्थ नजाने पनि उनले स्पष्ट पारे। युवा प्रतिभाहरूको इष्टतम उपयोगले विश्वलाई भारतको युवा क्षमता यसले प्रदर्शित गर्ने श्री मोदीले बताए।
जीएसटी बचत उत्सवले चाड-पर्वको मौसमलाई समृद्ध बनाएको कुरा रेखाङ्कित गर्दै देशभरी जीएसटी दरमा कटौती जस्तो महत्त्वपूर्ण सुधारबारे उल्लेख गरे। यस सुधारको प्रभाव उपभोक्ता बचतभन्दा कैयौं गुणा धेरै रहेको कारण आगामी पिँढीको जीएसटी सुधारले रोजगार अवसरहरू पनि विस्तार गरिरहेको उनले बताए। दैनन्दिन खपतका वस्तुहरू सस्तो हुँदा माग बढ्ने र माग बढ्नुले उत्पादन अनि आपूर्ति शृङ्खलामा तेजी आउने हुँदा कारखानामा उत्पादन बढ्नका साथै रोजगारका नयाँ अवसरहरू पनि सिर्जना हुने उनले बताए। यस कारण जीएसटी बचत उत्सव रोजगार उत्सवमा परिणत भइरहेको उल्लेख गर्दै धनतेरस अनि दिवालीका समय भएको रेकर्ड बिक्री स्थापित गर्दै पुराना रेकर्ड तोडेको हुँदा, जीएसटी सुधारले देशको अर्थव्यवस्थालाई कसरी नयाँ गति दिएको छ भन्ने प्रधानमन्त्रीले स्पष्ट पारे। एमएसएमई क्षेत्र अनि खुद्रा व्यापारमाथि यस सुधारको सकारात्मक प्रभाव परेको उल्लेख गर्दै अब विनिर्माण, लजिस्टिक्स, प्याकेजिङ अनि वितरणमा रोजगारका नयाँ अवसरहरू सिर्जना गरिरहेको उनले बताए।
“भारत वर्तमानमा विश्वको सबैभन्दा युवा देश हो र भारतका युवाहरूको शक्ति यसको सबैभन्दा ठूलो सम्पत्ति हो”, श्री मोदीले बताए। यसै भरोसा अनि आत्मविश्वासले विदेश नीतिसहित सबै क्षेत्रमा देशको सबै क्षेत्रमा देशको प्रगतिलाई मार्गदर्शन गर्दछ र अब युवा भारतीयहरूको हितलाई ध्यानमा राख्दै यसलाई आकार दिइरहेको कुरामाथि उनले जोड दिए। भारतको राजनयिक सहकार्य अनि वैश्विक सम्झौता ज्ञापनमा युवाहरूको प्रशिक्षण, कौशल विकास अनि रोजगार सिर्जनाको प्रावधानलाई तेजीका साथ सामेल गरिरहेको कुरा पनि प्रधानमन्त्रीले रेखाङ्कित गरे। बृटेनका प्रधानमन्त्रीको हालैको यात्राका समय दुवै देशले एआइ, फिनटेक अनि स्वच्छ ऊर्जा जस्ता क्षेत्रमा निवेश बढाउने सहमति व्यक्त गरेको उनले अवगत गराए। केही महिनाअघि भारत अनि बृटेनबीच हस्ताक्षरित मुक्त व्यापार सम्झौताले पनि नयाँ अवसर खोल्ने उनले बताए। यसै गरी कैयौं युरोपीय देशका साथ निवेश साझेदारीले हजारौं रोजगार सिर्जना हुने आशा गरिएको उल्लेख गर्दै ब्राजिल, सिङ्गापुर, कोरिया अनि क्यानाडा जस्ता देशका साथ सम्झौताले निवेशलाई बढावा दिने, स्टार्टअप्स अनि एमएसएमईलाई सहायता प्रदान गर्ने, निर्यात बढाउने र युवाहरूका लागि वैश्विक परियोजना काम गर्ने नयाँ अवसर सिर्जना गर्ने श्री मोदीले बताए।
आज जुन सफलता अनि दूरदृष्टिमाथि चर्चा भइरहेको छ, आउने समयमा त्यसमा नवनियुक्त युवाहरूको महत्त्वपूर्ण योगदान देखिने प्रधानमन्त्रीले रेखाङ्कित गरे। विकसित भारतको लक्ष्यको दिशामा निरन्तर प्रयासको आवश्यकतामाथि बल दिँदै उनीहरू जस्ता युवा कर्मयोगीले यस सङ्कल्पलाई साकार बनाउने कुरामाथि उनले बल दिए। यस यात्रामा “आइ गट कर्मयोगी भारत प्लेटफर्म”को उपयोगिताबारे अवगत गराउँदै करिब डेढ करोड सरकारी कर्मचारीले अघिबाटै यसको माध्यमद्वारा सिकिरहेको उनले बताए। नवनियुक्त व्यक्तिहरूलाई यस प्लेटफर्मसँग जोडिन प्रोत्साहित गर्दै यसले नयाँ कार्यसंस्कृति अनि सुशासनको भावना सञ्चारित गर्ने उनले बताए। युवाहरूको प्रयासबाट नै भारतको भविष्य सुदृढ बन्ने र नागरिकहरूको सपना साकार हुने टिप्पणीका साथश्री मोदीले आफ्नो सम्बोधनको समापन गरे। उनले एकपटक फेरि सबै नवनियुक्त व्यक्तिहरूलाई आफ्नो शुभकामना दिए।
*********
(Release ID: 2182390)
Visitor Counter : 4
Read this release in:
English
,
Urdu
,
Marathi
,
हिन्दी
,
Manipuri
,
Bengali
,
Bengali-TR
,
Assamese
,
Punjabi
,
Gujarati
,
Odia
,
Tamil
,
Telugu
,
Kannada
,
Malayalam