प्रधानमन्त्रीको कार्यालय
azadi ka amrit mahotsav

प्रधानमन्त्रीले 13 देखि 15 सेप्टेम्बरसम्म मिजोरम, मणिपुर, असम, पश्चिम बङ्गाल र बिहारको भ्रमण गर्नेछन्


प्रधानमन्त्रीले 13 देखि 15 सेप्टेम्बरसम्म मिजोरम, मणिपुर, असम, पश्चिम बङ्गाल र बिहारको भ्रमण गर्नेछन्


प्रधानमन्त्रीले 71,850 करोड रुपियाँभन्दा अधिकका परियोजनाहरूको उद्घाटन र शिलान्यास गर्नेछन्


प्रधानमन्त्रीले बिहारमा राष्ट्रिय मखाना बोर्डको शुभारम्भ गर्नेछन्


क्षेत्रीय सम्पर्कलाई अझ मजबुत गर्दै प्रधानमन्त्रीले बिहारमा पूर्णिया हवाई अड्डाको नयाँ टर्मिनल भवनको उद्घाटन गर्नेछन्


प्रधानमन्त्रीले पूर्णियामा लगभग 36,000 करोड रुपियाँ बराबरका विभिन्न विकास परियोजनाहरूको शिलान्यास र उद्घाटन गर्नेछन्


प्रधानमन्त्रीले मिजोरमको आइजोलमा 9,000 करोड रुपियाँभन्दा अधिकका धेरै विकास परियोजनाहरूको शिलान्यास र उद्घाटन गर्नेछन्


प्रधानमन्त्रीले पहिलो पटक मिजोरमलाई भारतीय रेल नेटवर्कसँग जोड्ने बैराबी-साइरग नयाँ रेल लाइनको उद्घाटन गर्नेछन्


प्रधानमन्त्रीले मणिपुरमा 8,500 करोड रुपियाँभन्दा अधिकका धेरै विकास परियोजनाहरूको शिलान्यास र उद्घाटन गर्नेछन्


प्रधानमन्त्रीले असमको गुवाहाटीमा भारत रत्न डा. भूपेन हजारिकाको 100 औँ जन्म जयन्तीको समारोहमा भाग लिनेछन्


प्रधानमन्त्रीले असममा 18,350 करोड रुपियाँभन्दा अधिकका धेरै विकास परियोजनाहरूको उद्घाटन र शिलान्यास पनि गर्नेछन्


प्रधानमन्त्रीले कोलकातामा 16 औँ संयुक्त कमाण्डर सम्मेलन-2025 को उद्घाटन गर्नेछन्

Posted On: 12 SEP 2025 2:12PM by PIB Gangtok

प्रधानमन्त्री श्री नरेन्द्र मोदीले 13 देखि 15 सेप्टेम्बरसम्म मिजोरम, मणिपुर, असम, पश्चिम बङ्गाल र बिहारको भ्रमण गर्नेछन्।

13 सेप्टेम्बरमा प्रधानमन्त्रीले मिजोरमको भ्रमण गर्नेछन् र बिहान लगभग 10 बजे आइजोलमा 9000 करोड रुपियाँभन्दा अधिक मूल्यका धेरै विकास परियोजनाहरूको शिलान्यास र उद्घाटन गर्नेछन्। उनले एक सार्वजनिक कार्यक्रमलाई पनि सम्बोधन गर्नेछन्।

त्यसपछि, प्रधानमन्त्रीले मणिपुरको भ्रमण गर्नेछन् र दिउँसो लगभग 12:30 बजे चुराचाँदपुरमा 7,300 करोड रुपियाँभन्दा अधिक मूल्यका धेरै विकास परियोजनाहरूको शिलान्यास गर्नेछन्। उनले यस अवसरमा भेलालाई पनि सम्बोधन गर्नेछन्। यसबाहेक, उनले दिउँसो लगभग 2:30 बजे इम्फालमा 1,200 करोड रुपियाँभन्दा अधिक मूल्यका विभिन्न परियोजनाहरूको उद्घाटन गर्नेछन् र एक जनसभालाई सम्बोधन गर्नेछन्।

त्यसपछि प्रधानमन्त्रीले असमको भ्रमण गर्नेछन् र साँझ लगभग 5 बजे गुवाहाटीमा भारत रत्न डा. भूपेन हजारिकाको 100 औँ जन्म जयन्तीको समारोहमा भाग लिनेछन्। उनले यस अवसरमा भेलालाई पनि सम्बोधन गर्नेछन्।

14 सेप्टेम्बरमा प्रधानमन्त्रीले असममा 18,530 करोड रुपियाँभन्दा अधिक मूल्यका प्रमुख पूर्वाधार र औद्योगिक विकास परियोजनाहरूको उद्घाटन र शिलान्यास गर्नेछन्। उनले बिहान 11 बजे दराङमा विभिन्न परियोजनाहरूको शिलान्यास गर्नेछन् र सार्वजनिक समारोहलाई सम्बोधन गर्नेछन्। त्यसपछि, उनले दिउँसो लगभग 1:45 बजे गोलाघाटमा रहेको असम बायो-इथानोल प्राइभेट लिमिटेडको नुमालीगढ रिफाइनरी प्लान्टको उद्घाटन गर्नेछन्। उनले गोलाघाटमा पोलिप्रोपाइलिन प्लान्टको शिलान्यास पनि गर्नेछन्।

15 सेप्टेम्बरमा प्रधानमन्त्रीले पश्चिम बङ्गालको भ्रमण गर्नेछन् र बिहान लगभग 9:30 बजे कोलकातामा 16 औँ संयुक्त कमाण्डर सम्मेलन-2025 को उद्घाटन गर्नेछन्।

त्यसपछि, प्रधानमन्त्रीले दिउँसो लगभग 2:45 बजे बिहारको भ्रमण गर्नेछन् र पूर्णिया हवाई अड्डाको नयाँ टर्मिनल भवनको उद्घाटन गर्नेछन्। यस अतिरिक्त, उनले पूर्णियामा लगभग 36,000 करोड रुपियाँभन्दा अधिक मूल्यका धेरै विकास परियोजनाहरूको शिलान्यास र उद्घाटन गर्नेछन् र सोही अवसरमा भेलालाई सम्बोधन गर्नेछन्। उनले बिहारमा राष्ट्रिय मखाना बोर्डको पनि उद्घाटन गर्नेछन्।

मिजोरममा प्रधानमन्त्री

प्रधानमन्त्रीले आइजोलमा 9000 करोड रुपियाँभन्दा अधिक मूल्यका धेरै विकास परियोजनाहरूको शिलान्यास र उद्घाटन गर्नेछन्। यी परियोजनाहरूले रेलवे, सडक, ऊर्जा, खेलकुद लगायतका धेरै क्षेत्रहरूलाई सहयोग गर्नेछन्।

विश्व स्तरीय पूर्वाधार र अन्तिम माइल कनेक्टिभिटीप्रतिको आफ्नो प्रतिबद्धता अनुरूप, प्रधानमन्त्रीले 8,070 करोड रुपियाँभन्दा अधिक मूल्यको बैराबी-साइरङ नयाँ रेल लाइनको उद्घाटन गर्नेछन्, जसले मिजोरमको राजधानीलाई पहिलो पटक भारतीय रेलवे नेटवर्कसँग जोड्नेछ। चुनौतीपूर्ण पहाडी क्षेत्रमा निर्मित रेल लाइन परियोजनामा जटिल भौगर्भिक परिस्थितिहरूमा निर्माण गरिएका 45 सुरुङहरू छन्। यस अतिरिक्त, यसमा 55 ठूला पुल र 88 साना पुलहरू पनि सामेल छन्। मिजोरम र देशको बाँकी भाग बीचको प्रत्यक्ष रेल सम्पर्कले क्षेत्रका मानिसहरूलाई सुरक्षित, कुशल र लागत-प्रभावी यात्रा विकल्पहरू प्रदान गर्नेछ। यसले खाद्यान्न, मल र अन्य आवश्यक वस्तुहरूको समयमै र भरपर्दो आपूर्ति पनि सुनिश्चित गर्नेछ, जसले गर्दा समग्र रसद दक्षता र क्षेत्रीय पहुँच बढ्नेछ।

प्रधानमन्त्रीले यस अवसरमा तीन नयाँ एक्सप्रेस रेलहरू, साइरङ (आइजोल)-दिल्ली (आनन्द विहार टर्मिनल) राजधानी एक्सप्रेस, साइरङ-गुवाहाटी एक्सप्रेस र साइरङ-कोलकाता एक्सप्रेसलाई पनि झण्डा देखाउनेछन्। आइजोल अब राजधानी एक्सप्रेसको माधअयमद्वारा दिल्लीसँग सिधै जोडिनेछ। साइरक्ष-गुवाहाटी एक्सप्रेसले मिजोरम र असम बीचको आवागमनलाई सहज बनाउनेछ। साइरङ-कोलकाता एक्सप्रेसले मिजोरमलाई सिधै कोलकातासँग जोड्नेछ। यो राम्रो कनेक्टिभिटीले अस्पताल, विश्वविद्यालय र बजारहरूमा पहुँचमा सुधार गर्नेछ, जसले गर्दा यस क्षेत्रभरि शैक्षिक, सांस्कृतिक र आर्थिक सम्बन्ध मजबुत हुनेछ। यसले रोजगारीका अवसरहरू पनि सिर्जना गर्नेछ र यस क्षेत्रमा पर्यटनलाई उल्लेखनीय रूपमा बढावा दिनेछ।

सडक पूर्वाधारलाई बढ़ावा दिँदै प्रधानमन्त्रीले धेरै सडक परियोजनाहरूको शिलान्यास गर्नेछन्। यसमा आइजोल बाइपास रोड, थेनजवल-सियालसुक रोड र खानकवन-रोङ्गुरा रोड सामेल छन्।

प्रधानमन्त्रीको पूर्वोत्तर क्षेत्र विकास पहल (पीएम-डिवाइन) योजना अन्तर्गत 500 करोड रुपियाँभन्दा अधिक लागतमा बन्ने 45 किलोमिटर लामो आइजोल बाइपास सडकले आइजोल शहरको भीडभाडलाई कम गर्ने, लुङ्गलेई, सियाहा, लङटलाई, लेङपुई हवाई अड्डा र साइरङ रेलवे स्टेशन लगायतका अन्य क्षेत्रहरूसँगको सम्पर्क सुधार गर्ने लक्ष्य राख्नेछ। यसले दक्षिणी जिल्लाहरूबाट आइजोलसम्मको यात्रा समयलाई लगभग 1.5 घण्टाले घटाउनेछ जसले गर्दा यस क्षेत्रका मानिसहरूलाई धेरै फाइदा हुनेछ। पूर्वोत्तर विशेष पूर्वाधार विकास योजना एनईएसआईडीएस (सडक) अन्तर्गतको थेन्जवल-सियालसुक सडकले धेरै बागवानी किसानहरू, ड्र्यागन फूल उत्पादकहरू, धान खेती गर्नेहरू र अदुवा प्रशोधकहरूलाई फाइदा पुग्नेछ, यसका साथै आइजोल-थेन्जवल-लुङ्लेई राजमार्गसँगको सम्पर्कलाई सुदृढ पार्नेछ। सेरछिप जिल्लाको एनईएसआईडीएस (सडक) अन्तर्गतको खानकवन-रोङ्गुरा सडकले बजारहरूमा राम्रो पहुँच प्रदान गर्नेछ र यस क्षेत्रका विभिन्न बागवानी किसानहरू र अन्य मानिसहरूलाई फाइदा पुर्याउनेछ, जबकि योजनाबद्ध अदुवा प्रशोधन प्लान्टलाई समर्थन गर्नेछ।

प्रधानमन्त्रीले लङटलाई-सियाहा सडकमा रहेको छिमटुइपुई नदी पुलको पनि शिलान्यास गर्नेछन्। यसले सबै मौसममा कनेक्टिभिटी प्रदान गर्नेछ र यात्रा समय दुई घण्टा कम्ती गर्ने। पुलले कलादान मल्टिमोडल ट्रान्जिट ढाँचा अन्तर्गत सीमापार वाणिज्यलाई पनि समर्थन गर्नेछ।

प्रधानमन्त्रीले खेल विकासका लागि खेलो इण्डिया बहुउद्देश्यीय इण्डोर हलको शिलान्यास गर्नेछन्। तुइकुअलमा रहेको हलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूको लागि मिजोरमका युवाहरूलाई लाभान्वित र पोषण गर्ने बहुउद्देश्यीय इण्डोर एरिना सहित आधुनिक खेलकुद सुविधाहरू प्रदान गर्नेछ।

यस क्षेत्रमा ऊर्जा पूर्वाधारलाई सुदृढ पार्दै प्रधानमन्त्रीले आइजोलको मुआलखाङमा 30 टीएमटीपीए (वार्षिक हजार मेट्रिक टन) एलपीजी बोटलिङ प्लान्टको शिलान्यास गर्नेछन्। यसले मिजोरम र छिमेकी राज्यहरूमा स्वच्छ खाना पकाउने इन्धनमा सजिलो पहुँच प्रदान गर्दै एलपीजीको स्थिर र भरपर्दो आपूर्ति सुनिश्चित गर्ने लक्ष्य राख्नेछ। यसले स्थानीय रोजगारीका अवसरहरू पनि सिर्जना गर्नेछ।

प्रधानमन्त्रीले प्रधानमन्त्री जन विकास कार्यक्रम (पीएमजेभीके) योजना अन्तर्गत कौर्थामा आवासीय विद्यालयको पनि उद्घाटन गर्नेछन्। मामित आकांक्षी जिल्लाको विद्यालयले आधुनिक कक्षाकोठा, छात्रावास र खेलकुद सुविधाहरू प्रदान गर्नेछ जसमा कृत्रिम फुटबल मैदान पनि समावेश छ। यसले 10,000 भन्दा अधिक बालबालिका र युवाहरूलाई लाभान्वित गर्नेछ, दीर्घकालीन सामाजिक र शैक्षिक प्रगतिको जग बसाल्नेछ।

सबैका लागि गुणस्तरीय शिक्षाको आफ्नो दृष्टिकोणलाई अगाडि बढाउँदै प्रधानमन्त्रीले त्लाङ्नुममा एकलव्य मोडेल आवासीय विद्यालयको पनि उद्घाटन गर्नेछन्। विद्यालयले भर्ना सुधार गर्नेछ, स्कूल छोड्ने दरलाई कम गर्ने र आदिवासी युवाहरूका लागि समग्र शिक्षाको अवसर प्रदान गर्नेछ।

मणिपुरमा प्रधानमन्त्री

मणिपुरको समावेशी, सतत र समग्र विकासप्रतिको आफ्नो प्रतिबद्धता अनुरूप, प्रधानमन्त्रीले चुराचाँदपुरमा 7,300 करोड रुपियाँभन्दा अधिक मूल्यका धेरै विकास परियोजनाहरूको शिलान्यास गर्नेछन्। यी परियोजनाहरूमा 3,600 करोड रुपियाँभन्दा अधिक मूल्यका मणिपुर शहरी सडक, जल निकासी र परिसम्पत्ति प्रबन्धन सुधार परियोजना; 2,500 करोड रुपियाँभन्दा अधिक मूल्यका 5 राष्ट्रिय राजमार्ग परियोजनाहरू; मणिपुर इन्फोटेक विकास (एनआईएनडी) परियोजना, 9 स्थानमा कामकाजी महिला छात्रावास आदि सामेल छन्।

प्रधानमन्त्रीले इम्फालमा 1,200 करोड रुपियाँभन्दा अधिक मूल्यका धेरै विकास परियोजनाहरूको पनि उद्घाटन गर्नेछन्। ती परियोजनाहरूमा मन्त्रीपुख्रीमा नागरिक सचिवालय; मन्त्रीपुख्रीमा आईटी सेज भवन र नयाँ पुलिस मुख्यालय; दिल्ली र कोलकातामा मणिपुर भवन; अनि 4 जिल्लामा रहेका इमा मार्केटहरू, सबै महिलाहरूको लागि अद्वितीय बजार समावेश छन्।

असममा प्रधानमन्त्री

13 सेप्टेम्बरमा, प्रधानमन्त्री गुवाहाटीमा भारत रत्न डा. भूपेन हजारिकाको 100 औँ जन्म जयन्तीरो उपलक्ष्यमा आयोजना हुने समारोहमा भाग लिनेछन्। यो समारोहले डा. हजारिकाको जीवन र विरासतलाई सम्मान गर्नेछ, जसको असमिया सङ्गीत, साहित्य र संस्कृतिमा योगदान अतुलनीय छ।

14 सेप्टेम्बरमा प्रधानमन्त्रीले असममा 18,530 करोड रुपियाँभन्दा अधिक मूल्यका प्रमुख पूर्वाधार र औद्योगिक विकास परियोजनाहरूको उद्घाटन र शिलान्यास गर्नेछन्।

दराङमा प्रधानमन्त्रीले धेरै परियोजनाहरूको शिलान्यास गर्नेछन्। यी परियोजनाहरूमा दराङ मेडिकल कलेज तथा अस्पताल, जीएनएम स्कूल र बी.एससी. नर्सिङ कलेज समावेश छन्, जसले यस क्षेत्रमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई सुदृढ पार्नेछ; गुवाहाटी रिङ रोड परियोजना जसले शहरी गतिशीलता बढाउनेछ, यातायातलाई कम गर्नेछ अनि राजधानी शहर र वरपर कनेक्टिभिटी सुधार गर्नेछ; र ब्रह्मपुत्र नदीमाथि कुरुवा-नारेंगी पुलले कनेक्टिभिटी सुधार गर्नेछ र यस क्षेत्रमा सामाजिक-आर्थिक विकासलाई प्रवर्द्धन गर्नेछ।

गोलाघाटको नुमालीगढमा प्रधानमन्त्रीले स्वच्छ ऊर्जा प्रवर्द्धन गर्ने र जीवाश्म इन्धनमा निर्भरता कम गर्ने उद्देश्यले नुमालीगढ रिफाइनरी लिमिटेड (एनआरएल) मा रहेको असम बायोइथेनोल प्लान्टको उद्घाटन गर्नेछन्।

उनले नुमालीगढ रिफाइनरी लिमिटेड (एनआरएल) मा पोलिप्रोपाइलिन प्लान्टको शिलान्यास पनि गर्नेछन् जसले असमको पेट्रोकेमिकल क्षेत्रमा महत्वपूर्ण मूल्य थप्नेछ। यसले रोजगारीका अवसरहरू पनि सिर्जना गर्नेछ र यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासमा नेतृत्व गर्नेछ।

पश्चिम बङ्गालमा प्रधानमन्त्री

एक मजबुत, सुरक्षित र आत्मनिर्भर भारतप्रतिको आफ्नो प्रतिबद्धता अनुरूप, प्रधानमन्त्रीले 15 सेप्टेम्बरमा कोलकातामा 16 औँ संयुक्त कमाण्डर सम्मेलन-2025 को उद्घाटन र सम्बोधन गर्नेछन्। यो सशस्त्र बलहरूको शीर्ष-स्तरीय विचार मन्थन मञ्च हो, जसले देशको शीर्ष नागरिक र सैन्य नेतृत्वलाई विचार आदानप्रदान गर्न र भारतको सैन्य तयारीको भविष्यको विकासको लागि आधार तयार गर्न एकसाथ ल्याउँछ।

दुई वर्षमा एक पटक आयोजना हुने 16 औँ संयुक्त कमाण्डर सम्मेलन 15 देखि 17 सेप्टेम्बरसम्म कोलकातामा आयोजना हुनेछ। यस वर्षको सम्मेलनको विषयवस्तु ‘सुधारको वर्ष - भविष्यको लागि रूपान्तरण’ हो।

बिहारमा प्रधानमन्त्री

प्रधानमन्त्रीले बिहारमा राष्ट्रिय मखाना बोर्डको उद्घाटन गर्नेछन्। बोर्डले उत्पादन र नयाँ प्रविधि विकासलाई प्रवर्द्धन गर्नेछ, फसलपछिको प्रबन्धनलाई सुदृढ पार्नेछ, मूल्य अभिवृद्धि र प्रशोधनलाई प्रवर्द्धन गर्नेछ र मखानामा बजार, निर्यात र ब्राण्ड विकासलाई सहज बनाउनेछ, जसले गर्दा बिहार र देशका मखाना किसानहरूलाई फाइदा पुग्नेछ।

देशको कुल मखाना उत्पादनको लगभग 90% बिहारको हिस्सा छ। मधुबनी, दरभङ्गा, सीतामढी, सहरसा, कटिहार, पूर्णिया, सुपौल, किशनगञ्ज र अररिया जस्ता प्रमुख जिल्लाहरूले प्राथमिक केन्द्रको रूपमा काम गर्छन् किनभने तिनीहरूसँग अनुकूल जलवायु अवस्था र उर्वर माटो छ जसले मखानाको उच्च गुणस्तरमा योगदान दिन्छ। बिहारमा मखाना बोर्डको स्थापनाले राज्य र देशमा मखाना उत्पादनलाई ठूलो प्रोत्साहन दिनेछ र यस क्षेत्रमा विश्वव्यापी नक्सामा बिहारको उपस्थितिलाई बलियो बनाउनेछ।

प्रधानमन्त्रीले पूर्णिया हवाई अड्डाको नयाँ सिभिल एन्क्लेभमा अन्तरिम टर्मिनल भवनको उद्घाटन गर्नेछन् जसले यस क्षेत्रमा यात्री सञ्चालन क्षमतामा वृद्धि हुनेछ।

प्रधानमन्त्रीले पूर्णियामा लगभग 36,000 करोड रुपियाँ बराबरका धेरै विकास परियोजनाहरूको शिलान्यास र उद्घाटन गर्नेछन्।

प्रधानमन्त्रीले भागलपुरको पिरपैंतीमा 3x800 मेगावाटको थर्मल पावर परियोजनाको शिलान्यास गर्नेछन्। यो 25,000 करोड रुपियाँ बराबरको निजी क्षेत्रको सबैभन्दा ठूलो लगानी हुनेछ। यो अल्ट्रा-सुपर क्रिटिकल, कम उत्सर्जन प्रविधिमा डिजाइन गरिएको हो। यो परियोजनाले समर्पित बिजुली प्रदान गर्नेछ र बिहारको ऊर्जा सुरक्षालाई बलियो बनाउनेछ।

प्रधानमन्त्रीले 2680 करोड रुपियाँभन्दा अधिकको कोसी-मेची अन्तर-राज्य नदी लिङ्क परियोजनाको चरण 1 को शिलान्यास गर्नेछन्। यसले सिँचाइ विस्तार, क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माण र बसोबास गर्ने बेसिनको नवीकरण सहित नहरको स्तरोन्नतिमा ध्यान केन्द्रित गर्नेछ, साथै यसको डिस्चार्ज क्षमता 15,000 बाट 20,000 क्युसेकमा बढाउनेछ। यसले सिँचाइ विस्तार, बाढी नियन्त्रण र कृषि लचिलोपनको साथ उत्तरपूर्वी बिहारका धेरै जिल्लाहरूलाई फाइदा पुऱ्याउनेछ।

रेल सम्पर्कमा सुधार गर्ने आफ्नो प्रतिबद्धता अनुरूप, प्रधानमन्त्रीले रेल परियोजनाहरूको उद्घाटन र शिलान्यास गर्नेछन् र बिहारमा धेरै रेलहरू प्रस्थान गर्नेछन्।

प्रधानमन्त्रीले 2,170 करोड रुपियाँभन्दा अधिकको बिक्रमशिला-कटरिया बीचको रेल लाइनको शिलान्यास गर्नेछन्, जसले गङ्गा नदीमा सीधा रेल सम्पर्क प्रदान गर्नेछ। यसले गङ्गा पारि एक सिधा रेल सम्पर्क प्रदान गर्नेछ जसले यस क्षेत्रका मानिसहरूलाई उल्लेखनीय रूपमा फाइदा पुऱ्याउनेछ।

प्रधानमन्त्रीले 4,410 करोड रुपियाँभन्दा अधिकको अररिया-गलगलिया (ठाकुरगञ्ज) बीचको नयाँ रेल लाइनको उद्घाटन गर्नेछन्।

प्रधानमन्त्रीले अररिया-गलगलिया (ठाकुरगञ्ज) खण्डमा रेललाई हरियो झण्डा देखाउनेछन्, जसले अररिया र किशनगञ्ज जिल्लाहरू बीच सिधा रेल सम्पर्क स्थापना गर्दछ, जसले उत्तरपूर्वी बिहारमा पहुँचमा उल्लेखनीय सुधार गर्दछ। उनले जोगबनी र दानापुर बीचको वन्दे भारत एक्सप्रेस रेललाई पनि हरियो झण्डा देखाउनेछन्, जसले अररिया, पूर्णिया, मधेपुरा, सहरसा, खगरिया, बेगुसराय, समस्तीपुर, मुजफ्फरपुर, वैशाली र पटना जस्ता जिल्लाहरूलाई प्रत्यक्ष रूपमा फाइदा पुऱ्यानेछ। उनले सहरसा र छेहरता (अमृतसर) र जोगबनी र इरोड बीचको अमृत भारत एक्सप्रेस रेलहरूलाई पनि हरियो झण्डा देखाउनेछन्। यी रेलहरूले आधुनिक आन्तरिक, सुधारिएको सुविधा र छिटो यात्रा क्षमता प्रदान गर्नेछन्, साथै क्षेत्रहरूमा आर्थिक, सांस्कृतिक र सामाजिक एकीकरणलाई बढावा दिनेछन्।

प्रधानमन्त्रीले पूर्णियामा सेक्स सर्टेड सीमेन सुविधाको पनि उद्घाटन गर्नेछन्। यो राष्ट्रिय गोकुल मिशन अन्तर्गतको एक अत्याधुनिक वीर्य केन्द्र हो, जसले वार्षिक 5 लाख सेक्स सर्टेड सिमेन खुराकको उत्पादन गर्न सक्षम छ। पूर्वी र उत्तर-पूर्वी भारतमा आफ्नो प्रकारको पहिलो सुविधा मेक इन इण्डिया र आत्मनिर्भर भारतको दृष्टिकोण अनुरूप, अक्टोबर 2024 मा शुरु गरिएको स्वदेशी रूपमा विकसित प्रविधि प्रयोग गर्दछ। महिला बाछोको जन्मको उच्च सम्भावनालाई सक्षम पार्दै प्रविधिले साना, सीमान्त किसान र भूमिहीन मजदुरहरूलाई अधिक प्रतिस्थापन गाईहरू सुरक्षित गर्न, आर्थिक तनाउ कम गर्न र राम्रो दुग्ध उत्पादकताको माध्यमद्वारा आय बढाउनमा मद्दत गर्नेछ।

प्रधानमन्त्रीले पीएमएवाई (ग्रामीण) अन्तर्गत 35,000 ग्रामीण लाभार्थीहरू र पीएमएवाई (यू) अन्तर्गत 5,920 शहरी लाभार्थीहरूका लागि आयोजित गृह प्रवेश समारोहहरूमा पनि भाग लिनेछन् र केही लाभार्थीहरूलाई चाबी हस्तान्तरण गर्नेछन्।

प्रधानमन्त्रीले बिहारमा डीएवाई-एनआरएलएम अन्तर्गत क्लस्टर स्तरका सङ्घहरूलाई लगभग 500 करोड रुपियाँको सामुदायिक निवेश कोष पनि वितरण गर्नेछन् र केही सीएलएफ अध्यक्षहरूलाई चेक हस्तान्तरण गर्नेछन्। 

*******


(Release ID: 2166227) Visitor Counter : 12