प्रधानमन्त्रीको कार्यालय
azadi ka amrit mahotsav

79 औं स्वतन्त्रता दिवसको अवसरमा लाल किल्लाको प्राचीरबाट प्रधानमन्त्री श्री नरेन्द्र मोदीको सम्बोधनको मूल पाठ


Posted On: 15 AUG 2025 12:29PM by PIB Gangtok

मेरा प्यारा देशवासीहरू,

स्वतन्त्रताको यो महापर्व 140 करोड सङ्कल्पहरूको पर्व हो। स्वतन्त्रताको यो पर्व सामूहिक सिद्धिको, गौरवको पल हो र हृदय उमङ्गले भरिएको छ। देशले एकताको भावनालाई निरन्तर बल दिइरहेको छ। 140 करोड देशवासी आज तिरङ्गाको रङमा रङ्गिएका छन्। हर घर तिरङ्गा, भारतको हरेक कुनाबाट चाहे मरुभूमि होस्, वा हिमालयको शिखर, समुद्रको तट होस् वा घना जनसङ्ख्या भएका क्षेत्र चारैतिर एउटै गूञ्ज छ, एकै जयकारा छ, हाम्रो प्राणभन्दा पनि प्यारी मातृभूमिको जयगान छ।

मेरा प्यारा देशवासीहरू,

सन् 1947 मा अनन्त सम्भावनाका साथ, कोटि-कोटि भुजाको सामर्थ्यका साथ, हाम्रो देश स्वतन्त्र भयो। देशको आकाङ्क्षाहरूले उडान भरिरहेको थियो, तर चुनौती त्योभन्दा पनि धेरै थियो। पूज्य बापूको सिद्धान्तमा अघि बढ्दै, संविधान सभाका सदस्यहरूले एउटा अति नै महत्त्वपूर्ण दायित्त्व निर्वाह गरे। भारतको संविधानले जब 75 वर्षदेखि एउटा प्रकाश स्तम्भ  बनेर हामीलाई बाटो देखाई रहेको छ। भारतका संविधान निर्मातामा अनेक विद्वान महापुरुष डा. राजेन्द्र प्रसाद, बाबासाहेब अम्बेडकर, पण्डित नेहरू, सरदार वल्लभभाई पटेल, डा. सर्वपल्ली राधाकृष्णनजी र यित मात्र नभएर हाम्रा नारीशक्तिको पनि योगदान कम थिएन। हंसा मेहताजी, दक्षयानी वेलायुद्धन जस्ता विदुषीहरूले पनि भारतको संविधानलाई सशक्त बनाउन आफ्नो भूमिका खेलेका थिए। म आज लाल किल्लाको प्राचीरबाट देशलाई मार्गदर्शन गर्ने, देशलाई दिशा दिने, संविधानका निर्माताहरूलाई आदरपूर्वक नमन गर्न चाहन्छु।

मेरा प्यारा देशवासीहरू,

हामीले आज डाक्टर श्यामाप्रसाद मुखर्जीको 125 औं जयन्ती पनि मनाइरहेका छौं। डा. श्यामाप्रसाद मुखर्जी भारतको संविधानका लागि बलिदान दिने देशका प्रथम महापुरुष थिए। संविधानको निम्ति बलिदान, धारा 370 को पर्खाल तोडेर, एक देश एक संविधानको मन्त्रलाई जब हामीले साकार गऱ्यौं, तब हामीले डा. श्यामाप्रसाद मुखर्जीलाई साँचो श्रद्धाञ्जलि दियौं। लाल किल्लामा आज कैयौं विशेष महानुभव उपस्थित छन्, सुदूर गाउँका पञ्तायत सदस्यहरू छन्, ड्रोन दिदीका प्रतिनिधि छन्, लखपति दिदीका प्रतिनिधि छन्, खेल जगतसँग जोडिएका मानिसहरू छन्, राष्ट्र जीवनमा केही न केही दिने यहाँ महानुभव उपस्थित छन्, एक प्रकारले मेरो आँखाको सामु, म लघु भारतको दर्शन गरिरहेको छु र टेक्नोलजीको माध्यमद्वारा विशाल भारतका साथ पनि आज लाल किल्ला जोडिएको छ। म स्वतन्त्रताको यस महापर्वमा देशवासीहरूलाई, विश्वभरी फैलिएका भारतप्रेमीहरूलाई, हाम्रा मित्रहरूलाई, हृदयबाट धेरै धेरै अभिनन्दन गर्न चाहन्छु।

साथीहरू,

प्रकृतिले हामी सबैको परीक्षा लिइरहेको छ। बितेका केही दिनमा प्राकृतिक आपदा, पैह्रो, मुसलधारे वर्षा, यस्ता अनेकौं आपदा हामीले झेलिरहेका छौं। पीडितहरूका साथ हाम्रो संवेदना छ, राज्य सरकार अनि केन्द्र सरकार मिलेर बचाउको काम, राहतको काम, पुनर्वासको काममा पूरा शक्तिका साथ जुटेका छन्।

साथीहरू, आज 15 अगस्तको एउटा विशेष महत्त्व पनि मैले देखिरहेको छु। मलाई धेरै गर्व भइरहेको छ, आज मैले लाल किल्लाको प्राचीरबाट अपरेशन सिन्दूरका वीर योद्धाहरूलाई सल्युट गर्ने अवसर पाए। हाम्रा वीर योद्धा सैनिकहरूले, दुश्मनलाई कल्पना गरेभन्दा धेरै सजाय दिएका छन्। 22 अप्रेलको दिन पहलगाममा सीमापारिका आतङ्कीहरूले आएर जुन प्रकारले हत्या गरे, धर्म सोधी सोधी मानिसहरूलाई मारे, पत्नीका सामु पतिलाई गोली ठोके, बच्चाहरूका सामु आफ्नो पिताको हत्या गरे, सम्पूर्ण हिन्दुस्तान आक्रोशले भरिएको थियो, सम्पूर्ण विश्व पनि यस प्रकारको संहारबाट चकित बनेको थियो।

मेरा प्यारा देशवासीहरू,

अपरेशन सिन्दूर त्यसै आक्रोशको अभिव्यक्ति हो। 22 तारिकपछि हामीले हाम्रा सेनालाई खुल्ला छूट दियौं। रणनीति उनीहरूले नै तय गरून्, लक्ष्य पनि तय गरून्, समय पनि चयन गरून् अनि हाम्रा सेनाले त्यो गरी देखाए, जुन कैयौं दसकसम्म कहिले भएको थिएन। सयकडौं किलोमिटर टाढा दुश्मनको धरतीमा पसेर आतङ्की हेडक्वाटर्सलाई धूलीसात गरिदिए, आतङ्की भवनहरू खण्डहर बनाइदिए। पाकिस्तानको निद्रा अझै पनि उडेको छ। पाकिस्तानमा भएको विनाश कति व्यापक छ भने दिनहुँ नयाँ नयाँ खुलासा भइरहेका छन्, नयाँ नयाँ जानकारी आइरहेका छन्।

मेरा प्यारा देशवासीहरू,

हाम्रो देशले कैयौं दसकदेखि आतङ्कलाई झेल्दै आएको छ। देशको छात्तीलाई छल्नी गरिएको छ। अब हामीले एउटा न्यू नर्मल स्थापित गरेका छौं, आतङ्कलाई अनि आतङ्कीलाई पाल्ने-पोस्नेलाई, आतङ्कीलाई तागत दिनेलाई, अब हामी अलग-अलग मान्नेछैनौं। त्यो मानवताको समान दुश्मन हो, तिनीहरूबीच कुनै फरक छैन। अब भारतले त्यो न्यूक्लियरको धम्कीलाई नसहने तय गरेको छ, न्यूक्लियर ब्ल्याकमेल लामो समयदेखि चलिआएको थियो, अब ब्ल्याकमेल सहन गरिनेछैन। भविष्यमा पनि यदि दुश्मनले यस्तो कोशिश जारी राखे, हाम्रा सेनाले तय गर्नेछ, सेनाको शर्तमा, सेनाले जुन समय निर्धारित गर्नेछ, त्यस समयमा, सेनाले जुन तवर-तरिका तय गर्नेछ, त्यसै तवर-तरिकाले, सेनाले जुन लक्ष्य तय गर्नेछ, त्यस लक्ष्यलाई अब हामी साकार बनाएरै छाड्नेछौं। हामी मुखभरीको जवाफ दिनेछौं।

मेरा प्यारा देशवासीहरू,

अब भारतले तय गरेको छ, खून अनि पानी एकै साथ बग्नेछैन। अब देशवासीहरूलाई राम्ररी थाहा लागेको छ, सिन्धुको सम्झौता कति अन्यायपूर्ण, कति एकतर्फी छ। भारतबाट निक्लिने नदीहरूको पानीले दुश्मनको खेत पाट्दै थियो र मेरो देशका किसान, मेरो देशको धरती पानीबिना प्यासी छ। यो यस्तो सम्झौता थियो, जसले बितेको 7 दसकदेखि मेरो देशका किसानहरूलाई अकल्पनीय नोक्सानी पुऱ्याएको छ। अब हिन्दुस्तानको हकको पानी जुन छ, त्यसमाथि अधिकार केवल हिन्दुस्तानको हुनेछ, हिन्दुस्तानका किसानहरूको हुनेछ। भारतले सिन्धु सम्झौतालाई जुन स्वरूपमा दसकौंसम्म सहेको छ, त्यसलाई अब सहनेछैन। किसानको हितमा, राष्ट्रको हितामा, यो सम्झौता हामीलाई स्वीकार छैन।

मेरा प्यारा देशवासीहरू,

स्वतन्त्रताका लागि असङ्ख्य मानिसले बलिदान दिए, सम्पूर्ण जवानी खपाए, जेलमा जिन्दगी गुजारे, फाँसीको तख्तामा झुण्डिए, केही लिन, पाउन, बन्नका लागि नभएर, मा भारतीको स्वाभिमानका लागि, कोटि-कोटि जनको स्वतन्त्रताका लागि, गुलामीको साङ्लो तोड्नका लागि र मनमा एकै भाव थियो, स्वाभिमान।

साथीहरू,

गुलामीले हामीलाई निर्धन बनायो, गुलामीले हामीलाई निर्भर पनि बनायो,. अरूमाथि हाम्रो निर्भरता बढ्दै गयो। हामी सबै जान्दछौं, स्वतन्त्रतापछि कोटि-कोटि जनको पेट भर्न टूलो चुनौती थियो र यही मेरो देशका किसानहरू हुन्, जसले खून-पसिना एक गरी देशलाई अन्नको भण्डारले भरिदिए। अनाजको सम्बन्धमा देशलाई आत्मनिर्भर बनाए। एक राष्ट्रको निम्ति आत्मसम्मानको सबैभन्दा ठूलो कसी आज पनि उसको आत्मनिर्भरता हो।

र मेरा प्यारा देशवासीहरू,

विकसित भारतको आधार पनि हो आत्मनिर्भर भारत। जो अरूमाथि बढी निर्भर रहन्छ, उसको स्वतन्त्रतामाथि त्यति नै ठूलो प्रश्नचिन्ह लाग्ने गर्दछ र दुर्भाग्य त तब बन्दछ, जब निर्भरताको बानी लाग्ने गर्दछ, थाहै हुँदैन, हामीले कहिले आत्मनिर्भरता छोड्न र कहिले कसैमाथि निर्भर बन्नपुग्यौं, यो बानी खतराले भरिएको हुन्छ, र यसैले प्रतिपल जागरूक रहन आवश्यक हुन्छ, आत्मनिर्भर बन्नका लागि।

र मेरा प्यारा देशवासीहरू,

आत्मनिर्भरताको नाता आयात र निर्यात, रुपियाँ-पैसा, पाउण्ड-डलरसम्म सीमित हुँदैन, त्यति सीमित अर्थ त्यसको हुँदैन। आत्ननिर्भरताको नाता हाम्रो सामर्थ्यसँग जोडिएको छ र जब आत्मनिर्भरता समाप्त हुनलाग्दछ, तब सामर्थ्य पनि निरण्तर क्षीण हुँदै जाँदछ र यसैले हाम्रो सामर्थ्यलाई बचाई राख्नु र बढाउनुका लागि आत्मनिर्भर हुन अति नै अनिवार्य छ।

साथीहरू,

हामीले अपरेशन सिन्दूरमा देख्यौं, मेड इन इण्डियाको चमत्कार के थियो। दुश्मनलाई पत्तोसम्म लागेन, कुन शस्त्र-अस्त्र हो, यो कुन सामर्थ्य हो, जसले पलभरमै तिनीहरूलाई नष्ट गरिरहेको छ। सोच्नुहोस्, यदि हामी आत्मनिर्भर नहुनु हो त, के अपरेशन सिन्दूर यति त्वरित गतिमा हामीले गर्नसक्थ्यौं, थाहा छैन, कसले सप्लाई दिनेछ, कसले दिनेछैन, साज-सामान पाउने हो वा होइन, यसैको चिन्ता बनिरहने थियो। तर हामीलाई मेड इन इण्डियाको शक्ति हाम्रो साथमा थियो, सेनाको हातमा थियो, यसैले कुनै चिन्ताबिना, कुनै रोकावटबिना, कुनै हिचकिचाहटबिना, हाम्रा सेनाले आफ्नो पराक्रम गरिरह्यो र बितेको दस सालदेखि लगातार डिफेन्सको क्षेत्रमा आत्मनिर्भरतामाथि हामीले एउटा मिशन लिएर अघि बढिरहेका छौं, जसको परिणाम आज देखिन थालेको छ।

साथीहरू,

म एउटा अर्को विषयमाथि तपाईंहरूको ध्यान आकर्षित गर्न चाहन्छु। यो कुरा कसैले अस्वीकार गर्नसक्दैन, 21 औं शताब्दी टेक्नोलजी ड्रिभन सेञ्चुरी हो र जब टेक्नोलजी ड्रिभन छ र इतिहासतर्फ नजर पुऱ्याए, इतिहास साक्षी छ, जुन-जुन देशले टेक्नोलजीमा महारथ हासिल गरे, ती देशले विकासको उँचाई पार गरे, शिखरसम्म पुगे र आर्थिक शक्ति नयाँ परिमाणमा पुग्ने गर्दछ। हामी जब टेक्नोलजीको अलग-अलग आयामको कुरा गर्दछौं, म तपाईंहरूको ध्यान आकर्षित गर्न चाहन्छु सेमी कण्डक्टरबारे, उदाहरणका रूपमा बताउन चाहन्छु। म यहाँ लाल किल्लाबाट कसैको पनि, कुनै सरकारको आलोचना गर्नका लागि खडा भएको होइन र न म गर्न नै चाहन्छु, तर देशको युवा पिँढीलाई जानकारी हुनुपर्छ त्यति नै जरुरी छ। हाम्रो देशमा 50-60 सालअघि सेमीकण्डक्टरलाई लिएर फाइलहरू शुरु भएको थियो। 50-60 सालअघि फ्याक्ट्रीको विचार शुरु भएको थियो। तपाईंहरू मेरा नवजवान यो जानेर हैरान हुनुहुनेछ, आज सेमीकण्डक्टर, जुन सम्पूर्ण विश्वको एउटा तागत बनेको छ। 50-60 सालअघि यो विचार, त्यो फाइल अड्किएको थियो, अल्झिएको थियो, सेमीकण्डक्टरको विचारको भ्रूणहत्या भएको थियो, 50-60 साल गुमेर गयो। हामीपछि कैयौं देशले आज सेमीकण्डक्टरमा महारत हासिल गरी विश्वमा आफ्नो तागत प्रस्थापित गरिरहेका छन्।

साथीहरू,

आज हामीले त्यस भारबाट मुक्त भएर मिशन मोडमा सेमीकण्डक्टरको कामलाई अघि बढाएका छौं। 6 अलग-अलग सेमीकण्डक्टरको युनिट्स जमीनमा उत्रिँदैछ, चार नयाँ युनिट्सलाई हामीले अघिबाटै हरियो झण्डी देखायौं, ग्रीन सिग्नल दिएका छौं। र देशवासीहरू अनि खास गरी नवजवान साथै विश्वभरी भारतको टेक्नोलजीको तागतलाई बुझ्नेहरूलाई भन्न चाहन्छु। यसै वर्षको अन्त्यमा मेड इन इण्डिया भारतमा बनेको, भारतमा बनाइएको, भारतका मानिसहरूद्वारा बनाइएका मेड इन इण्डिया चिप्स बजारमा आउनेछ। म दोस्रो उदाहरण दिन चाहन्छु, अब ऊर्जाको क्षेत्रमा हामी सबैलाई थाहा छ, हामी ईनर्जीको निम्ति धेरै दशमाथि डिपेन्डेन्ट छौं, पेट्रोल होस्, डिजल होस्, ग्यास होस्, लाखौं करोड रुपियाँ हामीले खर्च गरी ल्याउनु पर्दछ। हामीले यस सङ्कटबाट देशलाई आत्मनिर्भर बनाउनु, ऊर्जामा आत्मनिर्भर बन्न धेरै जरुरी छ। हामीले बिँडा उठायौं र आज 11 वर्षमा सोलर ईनर्जी 30 गुणा बढेको छ। हामीले नयाँ नयाँ ड्याम बनाइरहेका छौं, ताकि हाइड्रोको विस्तार होस् र हामीलाई क्लीन ईनर्जी उपलब्ध होस्। भारतले मिशन ग्रीन हाइड्रोजनलाई लिएर आज हजारौं करोड इन्भेस्ट गरिरहेको छ। भविष्यको ऊर्जालाई ध्यानमा राख्दै, ऊर्जाको क्षेत्रलाई ध्यानमा राख्दै, भारतले न्यूक्लियर ईनर्जीमाथि पनि धेरै ठूलो इनिसिएटिभ लिइरहेको छ। न्यूक्लियर ईनर्जीमा 10 नयाँ न्यूक्लियर रिएक्टरमाथि तेजीका साथ काम गरिरहेका छौं। 2047 सम्म, जुन हामीले विकसित भारतको लक्ष्य तय गरेका छौं, जब देशको स्वतन्त्रताको 100 साल हुनेछ, हामी परमाणु ऊर्जा क्षमतालाई 10 गुणाभन्दा धेरै बढाउने सङ्कल्प लिएर अघि बढिरहेका छौं।

मेरा प्यारा देशवासीहरू,

रिफर्म एउटा निरन्तर प्रक्रिया हो, समय अनुकूल परिस्थिति अनुसार रिफर्म गर्दै जानुपर्दछ, हामीले न्यूक्लियर ईनर्जीको क्षेत्रमा धेरै ठूलो रिफर्म लिएर आएका छौं। हामीले अब प्राइभेट सेक्टरका लागि पनि परमाणु ऊर्जाको द्वार खोलिदिएका छौं, हामी शक्तिलाई जोड्न चाहन्छौं।

मेरा प्यारा देशवासीहरू,

विश्वले जब आज ग्लोबल वार्मिङको निम्ति चिन्ता गरिरहेको छ, तब म विश्वलाई पनि बताउन चाहन्छु, भारतले तय गरेको थियो, हामी 2030 सम्म क्लीन  ईनर्जी भारतमा 50% पुऱ्याउनेछौं। यो लक्ष्य हाम्रो 2030 सम्मको थियो। मेरा देशवासीहरूको सामर्थ्य हेर्नुहोस्, मेरा देशवासीहरूको सङ्कल्प शक्ति हेर्नुहोस्, मेरा देशवासाहरूलाई विकसित भारत बनाउने सङ्कल्प पूरा गर्नका लागि उनको दौडलाई हेर्नुहोस्, हामीले जुन लक्ष्य 2030 मा तय गरेका थियो, त्यो 50% क्लीन ईनर्जीको लक्ष्य 2025 मा हामीले प्राप्त गऱ्यौं, 4 सालअघि नै हामीले हासिल गऱ्यौं। किनभने, विश्वप्रति हामी त्यति नै संवेदनशील छौं, प्रकृतिप्रति त्यति नै जिम्मेवार मानिस छौं।

मेरा प्यारा देशवासीहरू,

बजेटको ठूलो भाग यही पेट्रोल, डिजल, ग्यास यी सबैलाई ल्याउनमाथि खर्च हुने गर्थ्यो। लाखौं करोडौं रुपियाँ जाने गर्थ्यो। यदि हामी ऊर्जामाथि निर्भर नहुनु हो त त्यो धन मेरो देशका नवजवानहरूको भविष्यका लागि काम लाग्ने थियो, त्यो धन मेरो देशका गरीबहरूलाई गरीबी विरुद्ध लडाई लड्न काम लाग्ने थियो, त्यो धन मेरो देशका किसानहरूको कल्याणमा काम लाग्ने थियो, त्यो धन मेरो देशका गाउँहरूको परिस्थिति उल्ट्याउन काम लाग्ने थियो, तर हामीले विदेशलाई दिनुपर्दछ। अब हामीले आत्मनिर्भर बन्ने दिशामा काम गरिरहेका छौं। देशलाई विकसित बनाउनका लागि हामीले अब समुद्र मन्थनतर्फ पनि गइरहेका छौं। हाम्रो समुद्र मन्थनलाई अघि बढाउँदै, हामी समुद्रभित्रको तेल भण्डार, ग्यासको भण्डार, त्यसलाई खोज्ने दिशामा एउटा मिशन मोडमा काम गर्न चाहन्छौं र यसैले भारत नेशनल डीप वाटर एक्सप्लोरेशन मिशन शुरु गर्न गइरहेका छौं। यो ऊर्जा इण्डिपेन्डेन्ट बन्नका लागि हाम्रो महत्त्वपूर्ण घोषणा हो।

मेरा प्यारा देशवासीहरू,

आज सम्पूर्ण विश्व क्रिटिकल मिनरललाई लिएर धेरै सतर्क बनेको छ, त्यसको सामर्थ्यलाई मानिसहरूले राम्ररी बुझ्न थालेका छन्। हिजोसम्म जसमाथि बढी ध्यान थिएन, त्यो आज सेन्ट्रल स्टेजमा आएको छ। हाम्रो निम्ति पनि क्रिटिकल मिनरल्समा आत्मनिर्भरता अति नै अनिवार्य छ। ईनर्जी क्षेत्र होस्, इण्डस्ट्रीको सेक्टर होस्, रक्षा क्षेत्र होस्, टेक्नोलजीको हरेक क्षेत्र होस्, आज क्रिटिकल मिनरल्सको टेक्नोलजीको धेरै ठूलो भूमिका छ र यसैले नेशनल क्रिटिकल मिशन हामीले शुरु गरेका छौं, 12 सयभन्दा धेरै स्थानमा खोज अभियान चलिरहेको छ र क्रिटिकल मिनरलमा पनि आत्मनिर्भर बन्ने दिशामा अघि बढिरहेका छौं।

मेरा प्यारा देशवासीहरू,

स्पेस सेक्टरको चमत्कार त हरेक देशवासीले देखिरहेका छन्, गर्वले भरिँदैछ। र हाम्रा ग्रुप क्याप्टन शुभांशु शुक्ला स्पेस स्टेशनबाट फर्किआएका छन् अनि आगामी केही दिनमा उनी भारत पनि आइरहेका छन्। हामी स्पेसमा पनि आफ्नो दममा आत्मनिर्भर भारत गगनयानको तयारी गरिरहेका छौं। हामीले आफ्नो बलबुतामा हाम्रो आफ्नो स्पेस स्टेशन बनाउने दिशामा काम गरिरहेका छौं। र बितेका दिनमा स्पेसमा जुन रिफर्म गरिएको छ, मलाई धेरै गर्व भइरहेको छ, मेरो देशका 300 भन्दा धेरै स्टार्टअप्सले केव स्पेस सेक्टरमा काम गरिरहेका छन् र ती 300 स्टार्टअप्समा हजारौं नवजवान पूर्ण सामर्थ्यका साथ जुटेका छन्। यो हो मेरो देशका नवजवानको तागत अनि यो हो हाम्रो देशका हाम्रा नवजवानहरूप्रतिको विश्वास।

मेरा प्यारा देशवासीहरू,

140 करोड भारतवासी 2047 मा जब स्वतन्त्रताको 100 साल हुनेछ, विकसित भारतको सङ्कल्प परिपूर्ण गर्नका लागि पूरा तागतका साथ जुटेका छन्। यसै सङ्कल्पको पूर्तिका लागि भारतले आज हरेक क्षेत्रमा आधुनिक ईकोसिस्टम तयार गरिरहेको छ र आधुनिक ईकोसिस्टमले हरेक क्षेत्रमा हाम्रो देशलाई आत्मनिर्भर बनाउनेछ। आज मेरो लाल किल्लाको प्राचीरबाट, मेरो देशका युवा वैज्ञानिकहरूलाई, मेरा ट्यालेन्टेड युथहरूलाई, मेरा ईञ्जिनियरहरूलाई, र प्रोफेशनल्सलाई अनि सरकारको हरेक विभागलाई मेरो आह्वान छ, के हाम्रो आफ्नै मेड इन इण्डिया फाइटर जेट्सका लागि जेट इञ्जिन हाम्रै हुनुपर्छ कि पर्दैन? हामी फार्मा अव् दी वर्ल्ड मानिन्छौं, भ्याक्सिनमा हामीले नयाँ नयाँ विक्रम स्थापित गरिरहेका छौं, तर के समयको माग होइन र हामीले रिसर्च एवं डेभेलपमेन्टमा अरू तागत लगाउनुपर्ने, हाम्रो आफ्नो पेटेन्ट होस्, हाम्रो आफैले बनाइएको मानव जातिको कल्याणको सस्तोभन्दा सस्तो अनि सबैभन्दा कारगर नयाँ नयाँ दवाईहरूको शोध होस्, र सङ्कटमा साइड ईफेक्टबिना मानव जातिको कल्याणमा काम आओस्, बायो ई-3 पोलिसी भारत सरकारले बनाएको छ, म देशका नवजवानहरूलाई भन्न चाहन्छु, आनुहोस्, बायो ई 3 पोलिसीको अध्ययन गरी तपाईंहरू कदम उठाउनुहोस्, देशको भाग्य बद्लिनुपर्नेछ, तपाईंको सहयोग चाहिएको छ।

मेरा प्यारा देशवासीहरू,

आज आइटीको युग हो, डाटाको तागत छ, के समयको माग होइन? अपरेटिङ सिस्टमदेखि लिएर साइबर सुरक्षासम्म, डिपटेकदेखि लिएर आर्टिफिसियल इन्टेलिजेन्ससम्म, सबै कुरा हाम्रो आफ्नै होस्, जसमाथि हाम्रै मानिसहरूको सामर्थ्य जुटेको होस्, उक्त सामर्थ्य शक्तिको विश्वलाई परिचय गराउनुहोस्।

साथीहरू,

आज विश्वमा सोशल मिडिया होस्, बाँकी प्लेटफर्म होस्, विश्वका प्लेटफर्माथि हामीले काम गरिरहेका छौं। विश्वलाई हामीले देखायौं, युपीआइको हाम्रो आफ्नो प्लेटफर्मले आज विश्वलाई अचम्मित पारिरहेको छ। हामीसँग सामरक्थ्य छ, रियल टाइम ट्रान्जेक्सनमा 50% केवल भारतले युपीआइको माध्यमद्वारा गरिरहेको छ। यसको अर्थको तागत हो, क्रिएटिभ वर्ल्ड होस्, सोशल मिडिया होस्, यी जति पनि प्लेटफर्म्स छन्, मेरो देशका नवजवान, म चुनौती दिन चाहन्छु, तपाईंहरू आउनुहोस्, हाम्रो आफ्नो प्लेटफर्म किन  नहुनुपर्ने, हामी किन अरूमाथि निर्भर रहनुपर्ने, के भारतको धन बाहिर जानुपर्ने हो, र मलाई तपाईंहरूको सामर्थ्यमाथि भरोसा छ।

मेरा प्यारा देशवासीहरू,

जसरी ऊर्जाको क्षेत्रमा हामी डिपेन्डेन्ट छौं, त्यसरी नै देशको दुर्भाग्य हो, फर्टिलाइजर, त्यसमा पनि हामी विश्वमाथि निर्भर रहनुपर्दछ। मेरो देशका किसानहरूले फर्टिलाइजरको सही उपयोग गरी धरती माताको सेवा गर्नसक्छन्। जताभावी उपयोगले धरती मातालाई धेरै नोक्सान पुगिरहेको छ। तर साथसाथै देशका नवजनवाहरूलाई भन्न चाहन्छु, देशको उद्योग जगतलाई भन्न चाहन्छु, देशको प्राइभेट सेक्टरलाई भन्न चाहन्छु, आउनुहोस्, हामी फर्टिलाइजरको भण्डार भरौं, हामी नयाँ नयाँ तवर-तरिका खोजौं र भारतको आवश्यकता अनुसार हामी आफ्नो फर्टिलाइजर तयार गरौं, हामी अरूमाथि निर्भर नरहौं।

साथीहरू,

आउने युग ईभीको हो। अब ईभी ब्याट्री के हामीले नबनाउने, हामी निर्भर बन्नेछौं। सोलर प्यानलको कुरा गर्दा, ईलेक्ट्रनिक वाहनका लागि जुन-जुन वस्तुको आवश्यकता छ, त्यो हाम्रो आफ्नै हुनुपर्नेछ।

साथीहरू,

म यसकारण पनि भन्ने साहस गर्दछु, किन, किनभने मलाई देशका नवजवानहरूको सामर्थ्यमाथि भरोसा छ र भरोसा केवल उनीहरू देशका नवजवान हुन्, यस कारण मात्र नभएर, कोभिडका समय हामी धेरै वस्तुमाथि निर्भर थियौं, जब मेरो देशका नवजवानहरूलाई भनियो, भ्याक्सिन हाम्रो हुनुपर्नेछ, देशले गरेर देखायो। कोभिन प्लेटफर्म हाम्रो आफ्नो हुनुपर्नेछ, देशले गरेर देखायो। करोडौं-करोड मानिसको जिन्दगी बचाउने काम हामीले गऱ्यौं। त्यही स्पिरिट, त्यही जोश हामीले जीवनको हरेक क्षेत्रमा आत्मनिर्भर बन्नका लागि आफ्नो सबै कुरा दिनुपर्नेछ, आफ्नो जुन बेस्ट छ, हामीले देखेर गर्नुपर्नेछ।

साथीहरू,

विगत 11 वर्षमा एन्टरप्रेन्योरशीप, उद्यमशीलताले धेरै ठूलो तागत पाएको छ। आज लाखौं स्टार्टअपले टियर-2, टियर-3 सिटीमा देशको अर्थशक्तिलाई, देशको इनोभेशनलाई तागत दिइरहेका छन्। त्यसै गरी मुद्रा योजनाबाट हाम्रो देशका करोडौं नवजवान, त्यसमा पनि हाम्रा छोरीहरूले करोडौं करोड मुद्रा ऋण लिएर स्वयंको कारोबार गरिरहेका छन्। स्वयंलाई आफ्नो खुट्टामा उभ्याउने काम मात्र नगरेर अरूलाई पनि खडा हुने तागत दिइरहेका छन्। यसले पनि एक प्रकार हरेक व्यक्तिलाई आत्मनिर्भर बनाउने अवसर दिइरहेको छ।

मेरा साथीहरू,

वुमेन सेल्फ हेल्प ग्रुप, कसैको ध्यान थिएन, विगत 10 वर्षमा वुमेन सेल्फ हेल्प ग्रुपले चमत्कार गरेर देखाएको छ। आज उनीहरूको प्रोडक्ट विश्वको बजारमा जान थालेको छ। लाखौं-करोडौंको कारोबार हाम्रा वुमेन सेल्फ हेल्प ग्रुपले गरिरहेका छन्। मैले एकपटक मन की बातमा खेलौनाको कुरा गरेको थिए। हामी करोडौं रुपियाँको खेलौना विदेशबाट ल्याउने गर्छौं। मैले यसै मन की बातमा भनेको थिए, अरे मेरो देशका नवजवानले यस्तो पनि गर्नेछ के, खेलौना पनि बाहिरबाट ल्याउने, र आज म गर्वका साथ भन्न चाहन्छु, मेरो देशले खेलौना एक्सपोर्ट गर्न थालेको छ। अर्थात्, देशको सामर्थ्यले हरेक प्रकारको अवसर पाओस्, हरेक अडचनबाट मुक्ति पाओस्, त्यसलाई सर्वाधिक गर्नका लागि प्रेरित गरियोस्, देशले गर्नसक्दछ। म देशका युवाहरूलाई भन्न चाहन्छु, आउनुहोस तपाईं इनोभेटिभ आइडिया लिएर आउनुहोस्, तपाईंको आइडियालाई मर्न नदिनुहोस्साथीहकू, आज तपाईंको आइडियाले हुनसक्छ आउने पिँढीका लागि भविष्य बनाउन सक्नेछ। म तपाईंहरूको साथमा खडा छु, म तपाईंहरूका लागि काम गर्न तयार छु, तपाईंको साथी बनेर काम गर्न तयार छु। तपाईंहरू आउनुहोस्, साहस जुटाउनुहोस्, इनिसिएटिभ लिनुहोस्। जुन युवाले म्यानुफेक्चरिङबारे सोच्छन्, आउनुहोस् अघि बढ्नुहोस्, सरकारको नियमहरू परिवर्तन गर्नुपरे मलाई बताउनुहोस्, अब देश रोकिनु चाहँदैन। 2047 टाढा छैन, एक एक पलको मूल्य छ, र हामी एक पल पनि गुमाउन चाहँदैनौं साथीहरू।

साथीहरू,

यो अघि बढ्ने अवसर हो, ठूलो सपना देख्ने अवसर हो, सङ्कल्पका लागि समर्पित हुने अवसर हो। जब सरकार तपाईंको साथमा छ, म स्वयं साथमा छु, अब हामीले नयाँ इतिहास बनाउन सक्नेछौं।

साथीहरू,

आज नेशनल म्यानिफेक्चरिङ मिशनमाथि धेरै तेजीका साथ काम भइरहेको छ। हाम्रा एमएसएमईलाई विश्वले मान्न थालेको छ, जुन विश्वमा ठूला ठूला वस्तुहरू  बन्छन्, केही न केही औजार हाम्रो देशका एमएसएमईद्वारा बनाइन्छ। अति गर्वका साथ जान्छन्, तर हामी कम्प्रिहेन्सिभ इन्टिग्रेटेड विकासको मार्गमा जान चाहन्छौं, र यसैले उनीहरूको शक्ति बढून् र त्यसमा पनि मैले पहिले पनि एकपटक लाल किल्लाबाट भनेको थिए, जीरो डिफेक्ट, जीरो ईफेक्ट। म आज भन्न चाहन्छु, हामी विश्व बजारमा आफ्नो सामर्थ्य स्थापित गर्नका लागि हामीले क्वालिटीमाथि निरन्तर नयाँ उँचाई पार गर्नुपर्नेछ, विश्वले क्वालिटीलाई स्वीकार गर्दछ। हाम्रो गुणस्तर सबैभन्दा राम्रो होस् र सरकारको पनि प्रयास होस्, काँचो मालको पनि उपलब्धि होस्, हाम्रो प्रोडक्सनको लागत कसरी कम्ति हुनुपर्नेछ, हामीले त्यसमा...

र साथीहरू,

हामी सबै जो उत्पादनको क्षेत्रमा लागेका छौं, ती सबैको मन्त्र हुनुपर्नेछ, दाम कम्ति तर दम धेरै। हाम्रो हरेक प्रोडक्टको दम धेरै होस्, तर दाम कम्ति होस्, यस भावलाई लिएर हामीले अघि बढ्नुपर्नेछ।

मेरा प्यारा देशवासीहरू,

स्वतन्त्रताका लागि अनगन्ती मानिसले बलिदान दिए। मैले पहिले पनि भनिसके, जवानी खपाए, फाँसीमा झुण्डिए, किन, स्वतन्त्र भारतका लागि। 75-100 सालअघिको कालखण्डलाई याद गर्नुहोस्, पूरा देश स्वतन्त्र भारतको मन्त्रलाई लिएर जिउने गर्थ्यो। आज समयको माग छ, स्वतन्त्र भारतको मन्त्रलाई लिएर जिउनेहरूले हामीलाई स्वतन्त्र भारत दिए। आज 140 करोड देशवासीको एउटै मन्त्र हुनुपर्नेछ समृद्ध भारत। यदि कोटि-कोटि मानिसको बलिदानबाट स्वतन्त्र भारत हुनसक्दछ भने, कोटि-कोटि मानिसको सङ्कल्पले, पुरुषार्थले, आत्मनिर्भर बन्नुले, भोकल फर लोकलको कुरा गर्नुले, स्वदेशीको मन्त्र जप गर्नुले, समृद्ध भारत पनि बन्नसक्दछ, त्यो पिँढी स्वतन्त्र भारतका लागि खपेको थियो, यस पिँढीले समृद्ध भारतको निम्ति कदम उठाओस्, यही समयको माग हो। र यसैले म आज बारम्बार आग्रह गर्न चाहन्छु, र देशका सबै इन्फ्लुएन्सरलाई पनि भन्न चाहन्छु। यस मन्त्रलाई अघि बढाउन मलाई मद्दत गर्नुहोस्। म सबै राजनीतिक दललाई, राजनेतालाई, सबैलाई भन्न चाहन्छु, आउनुहोस्, यो कुनै राजनीतिक दलको एजेण्डा होइन, भारत हामी सबैको हो, हामीले मिलेर भोकल फर लोकल, त्यस मन्त्रलाई हरेक नागरिकको मन्त्र बनाऔं।

भारतमा बनेको, भारतका नागरिकको पसिनाबाट बनेका वस्तु, जसमा भारतको माटोको सुगन्ध होस् र जसले भारतको आत्मनिर्भरताको सङ्कल्पलाई तागत दिन्छ, हामीले त्यही खरिद गर्नेछौं, हामीले त्यसैको उपयोग गर्नेछौं, हामीले त्यस दिशामा अघि आउनुपर्नेछ, यो हाम्रो सामूहिक सङ्कल्प होस्, हेर्दाहेर्दै हामी विश्वलाई परिवर्तन गर्नेछौं, साथीहरू, म आज हरेक साना-ठूला व्यापारीलाई, पसलेलाई आग्रह गर्न चाहन्छु, तपाईंको पनि जिम्मेवारी हो, हामी साना थियौं, हामीले बजारमा कहिले पनि देखेनौं शुद्ध घिउको दोकान, तर यस्तो लेखिन्थ्यो, घिउको दोकान, तर समय बितेसँगै मानिसहरूले लेख्न थाले शुद्ध घिउको दोकान। म चाहन्छु, देशमा यस्ता व्यापारीहरू अघि आऊन्, यस्ता पसलेहरू आऊन्, कि यहाँ स्वदेशी माल बिक्दछ, यस्तो बोर्ड लगाऊन्। हामी स्वदेशीमाथि गर्व गरौं, हामीले स्वदेशी बाध्यतामा नभएर बलका साथ उपयोग गरौं। बलियोपनका लागि उपयोग गर्नेछौं र आवश्यक परे अरूलाई बाध्य बनाउन उपयोग गर्नेछौं, यही हाम्रो तागत हुनुपर्नेछ। यही हाम्रो मन्त्र हुनुपर्नेछ।

मेरा प्यारा देशवासीहरू,

मैले धेरै लामो समयदेखि सरकारमा काम गर्ने अवसर पाए। मैले कैयौं उतार-चढाउ देखे। सरकारको कठिनाइबाट पनि म राम्ररी परिचित छु, व्यवस्थाको मर्यादाबाट पनि परिचित छु, तर त्यो हुँदाहुँदै पनि हाम्रो जिम्मेवारी हुन्छ, हामीले कसैको रेखालाई सानो बनाउन आफ्नो तागद बर्बाद नगरौं। म धेरै अनुभवका साथ भन्न चाहन्छु, अरू कसैको रेखा छोटो बनाउन आफ्नो ऊर्जा खपाउनु हुँदैन, हामीरे पूरा ऊर्जाक साथ हाम्रो रेखालाई लामो बनाउनु पर्दछ। हामीले यदि आफ्नो रेखा लामो गरिरहे, विश्वले हाम्रो मान सम्मान गर्नेछ। आज जब वैश्विक परिस्थितिमा आर्थिक स्वार्थ दिन प्रतिदिन बढिरहेको छ, तब समयको माग हो, हामीले ती सङ्कटहरूमाथि रोई रहने आवश्यकता छैन, हिम्मतका साथ हामीले आफ्नो रेखा लामो गर्नुपर्नेछ। र म 25 सालको शासनको अनुभवबाट भन्नसक्दछु, यदि यो बाटो हामीले रोजे, हरेक कसैले रोजे, कुनै पनि स्वार्थले हामीलाई आफ्नो चङ्गुलमा फसाउन सक्दैन।

मेरा प्यारा देशवासीहरू,

बितेको दसकमा, रिफर्म, परफर्म, ट्रान्सफर्मको रहेको थियो। तर अब हामीले अझ नयाँ तागतका साथ जोडिनुपर्नेछ। पछिल्लो दिन हामीले कैयौं रिफर्म्स गऱ्यौं, एफडीआइ होस्, इन्स्योरेन्स कम्पनीको कुरा होस्, विश्वको युनिभर्सिटीहरूलाई भारतमा स्थान दिने कुरा होस्, कैयौं रिफर्म्स गऱ्यौं, 40,000 भन्दा धेरै अनावश्यक कम्प्लायन्सेसलाई हामीले समाप्त गऱ्यौं। यति मात्र होइन, 1,500 भन्दा धेरै पुराना कानुन, जुन बाबा आदमको जमानाको थियो, ती सबैलाई हामीले समाप्त गरिदियौं। हामीले दर्जनौं कानुनलाई सरल गर्नका लागि संसदमा गएर जनताको हितलाई सर्वोपरी राख्दै परिवर्तन गरेका छौं। यसपटक पनि हो-हल्लाका बीच मानिसहरूसम्म कुरा पुगेन होला। तर एउटा धएरै ठूलो रिफर्म इन्कम ट्याक्स एक्टमा भएको छ। करिब 280 भन्दा धेरै धारा हामीले समाप्त गर्ने निर्णय लियौं। र साथीहरू, आर्थिक मोर्चामा मात्र रिफर्म नगरेर, हामीले नागरिकको जीवनलाई पनि सहज बनाउनका लागि रिफर्म गरेका छौं। इन्कम ट्याक्स रिफण्डको कुरा होस्, रिफर्मको परिणाम होस्। क्यासलेस असेसमेन्टको कुरा होस्, रिफर्मको परिणाम होस्। 12 लाखसम्म आज इन्कम ट्याक्सबाट मुक्ति दिने, देशको जुन भविष्य बनाउनमा उत्सुक छन्, यस्ता मेरा मध्यम वर्गका परिवारले आज गर्व महसुस गरिरहेका छन्, कसैले सोचेका थिएनन्, 12 लाख रुपियाँसम्मको इन्कम ट्याक्स जीरो गरिनेछ, आज गरिएको छ।

जब देशमा सामर्थ्य बढ्दछ, तब देशवासीलाई लाभ प्राप्त हुँदछ। अङ्ग्रेजको जमानादेखि दण्ड संहितामा हामी दबिएका थियौं, दण्डको भय देखाएर जीवन चलिरहेको थियो, 75 साल स्वतन्त्रताको यसै गरी बित्यो, हामीले दण्ड संहिता समाप्त गऱ्यौं, न्याय संहिता लिएर आयौं। न्याय संहितामा भारतका नागरिकप्रति विश्वासको भाव छ। भारतका नागरिकभित्र आफ्नोपनको भाव छ, संवेदनशीलताले भरिएको छ। हामीले रिफर्मको यात्रालाई तेज बनाउने बिँडो उठाएका छौं, हामी तेजीका साथ अघि बढ्न चाहन्छौं। म चाहन्छु, देशवासीहरू, देशका लागि गरिरहेको छु, मैले मेरो निम्ति गरिरहेको छैन, कसैको नराम्रो गर्नका लागि गरिरहेको छैन। मेरो राजनीतिक दल, मेरा प्रतिस्पर्धी साथी पनि देशको यस उज्ज्वल भविष्यका लागि अघि आऊन्, हामीलाई साथ दिऊन्। स्ट्रक्चरल रिफर्म्सको कुरा होस्, रेगुलेटरी रिफर्म्सको कुरा होस्, पोलिसी रिफर्म्सको चर्चा होस्, प्रोसेस रिफर्मस्को चर्चा होस्, कन्स्टिट्युशनल रिफर्म्स गर्ने आवश्यकता होस्, हरेक प्रकारको रिफर्म्स, यो आज हाम्रो उद्देश्य बनाएर अघि बढिरहेका छौं।

र मेरा प्यारा देशवासीहरू,

नेक्स्ट जेनरेशन रिफर्म्सका लागि हामीले एउटा टास्क फोर्स गठित गर्ने निर्णय लिएका छौं। यस टास्क फोर्सले समय सीमामा आफ्नो काम पूरा गरोस्। वर्तमान नियम, कानुन, नीति, रीति 21 औं शताब्दीको अनुकूल, वैश्विक वातावरणमा अनुकूल र भारतलाई 2047 सम्म विकसित राष्ट्र बनाउने सन्दर्भमा नयाँ रूपमा तयार होस्, र त्यसको समय सीमामा आफ्नो कार्य पूरा गर्नका लागि टास्क फोर्स रचना गरिएको हो।

साथीहरू,

यी रिफर्म्सका कारण, जुन नयाँ मानिसले आफ्नो भविष्य बनाउन चाहन्छन्, उनीहरूले साहस पाउनेछन्। हाम्रा स्टार्टअप्स होस्, हाम्रा लघु उद्योग होस्, हाम्रा गृह उद्योग होस्, ती उद्यमीहरूको अनुपालन लागत धेरै कम्ति हुनेछ र त्यस कारण उनीहरूले नयाँ तागत पाउनेछन्। जुन एक्सपोर्टको संसारमा उनीहरूको लजिस्टिक सपोर्टका कारण, व्यवस्थामा परिवर्तनका कारण उनीहरूले ठूलो तागत पाउनेछन्।

साथीहरू,

यस्ता यस्ता कानुन छन्, हाम्रो देशमा, स-साना कुराका लागि जेल पठाउने कानुन छन्, तपाईंहरू आश्चर्यमा पर्नुहुनेछ, कसैले नजर पुऱ्याएनन्। म पछि लागेको छु, यो मेरो देशका नागरिकहरूलाई जेलमा बन्द गर्ने जुन अनावश्यक कानुनहरू छन्, ती समाप्त हुनुपर्नेछ। हामीले संसदमा पहिले पनि बिल ल्याएका थियौं, यसपटक पनि लिएर आएका छौं।

साथीहरू,

यस दिवालीमा तपाईंहरूका लागि डबल दिवालीको काम म गर्नेछु। यस दिवालीमा म धेरै ठूलो उपहार देशवासीहरूलाई दिनेछु। बितेको 8 सालमा हामीले जीएसटीको धेरै ठूलो रिफर्म गऱ्यौं, पूरा देशमा ट्याक्सको बर्डन कम्ति गऱ्यौं। ट्याक्सको व्यवस्थालाई सरल गऱ्यौं र 8 सालपछि समयको माग छ, हामीले एकपटक यसलाई रिभ्यु गर्नुपर्नेछ। हामीले हाई पावर कमिटी बसाएर रिभ्यु शुरु गरेका छौं, राज्यहरूसँग पनि विचार विमर्श गऱ्यौं।

र मेरा प्यारा देशवासीहरू,

हामी नेक्स्ट जेनरेशन जीएसटी रिफर्म्स लिएर आइरहेका छौं, यस दिवालीभित्र तपाईंका लागि कोशेली बन्नेछ, सामान्य मानवीय आवश्यकाको कर भार धेरै मात्रामा घटाइनेछ, धेरै ठूलो सुविधा बढ्नेछ। हाम्रा एमएसएमई, हाम्रा लघु उद्योग, यिनीहरूले ठूलो लाभ पाउनेछन्। दैनन्दिन आवश्यकता वस्तुहरू सस्तो हुनेछ र त्यसबाट ईकोनमीले पनि एउटा नयाँ बल पाउनेछ।

मेरा प्यारे देशवासीहरू,

आज देश तेस्रो वृहत इकोनोमी बन्ने दिशामा तेज गतिमा अघि बढ़ीरहेको छ। हामी दैलो ढकढकाई रहेका छौं अनि धेरै तीव्र गतिमा हामी त्यसालई अचीब पनि गर्नेछौं अनि कुनै दिन पनि आउनेछ, म तपाईंहरूबीच आएर लाल किल्लाको प्राचीरबाट यो खबर पनि सुनाउनेछु। आज भारतको अर्थव्यवस्था अनि आर्थिक स्थितिमा सम्पूर्ण दुनियाँ आश्वस्त छ। यति स्थिरताबीच आशाको किरण बनेको भारतको फाइनेन्सियल डिसिप्लिन, भारतको फाइनेन्सको ऊर्जा हो। जब अर्थव्यवस्था संकटको घेरोमा परेको छ, तब भारत त्यहाँबाट बाहिर निस्किएको छ, यो भरोसा संसारमा विकसित भएको छ। आज इन्फ्लेशन कन्ट्रोलमा छ, हाम्रो फारेक्स एक्सचेञ्ज एकदमै बलियो छ, हाम्रो माइक्रोइकोनोमिक इण्डिकेटर्स  एकदमै बलियो छ, ग्लोबल रेटिङ एजेन्सीले पनि लगातार भारतको सराहना गर्दैछ, भारतको अर्थव्यवस्थामाथि धेर भन्दा धेर विश्वास व्यक्त गरिरहेको छ। यो बढ्दो अर्थव्यवस्थाको लाभ मेरो देशको गरीबहरूलाई प्राप्त होस, मेरा देशका कृषकहरूलाई प्राप्त होस्, मेरो देशको नारी शक्तिलाई प्राप्त होस, मेरो देशको मध्यम वर्गलाई प्राप्त होस्। मेरो देशको विकास धारालाई ताकत दिने प्रकारको बनोस्। त्यस दिशामा हामी नयाँ प्रयास गरिरेहका छौं।

आज युवाहरूको लागि नयाँ-नयाँ सेक्टर्समा हाम्रो नौजवानहरूको लागि अवसर बनिरहेको छ। स्किल डेवलोपमेन्ट, स्वरोजगार, ठूला ठूला कम्पनीमा इन्टर्नशीप, यसमाथि एउटा एकदमै ठूलो स्तरको अभियान चलिरहेको छ। अनि यसैले देशका नौजवानहरू, आज म तपाईंहरूको लागि पनि खुशीको खबर लिएर आएको छु।

आज 15 अगस्त हो, आज 15 अगस्तकै दिन मेरो देशका युवाहरूको लागि एक लाख करोड रुपियाँको योजना हामी चालू गरिरहेका छौं, लागू गरिरहेका छौं। आजदेखि प्रधानमन्त्री विकसित भारत रोजगार योजना आज नै 15 अगस्तदेखि लागू भइरहेको छ, यो तपाईंहरूको लागि एकदमै खुशीको खबर हो। यस योजना अन्तर्गत निजी क्षेत्रमा पहिला नोकरी पाउने नौजवानका छोरा छोरीलाई 15,000 रुपियाँ सरकारको तर्फबाट दिइनेछ। कम्पनीहरूलाई पनि नयाँ रोजगार दिने अवसर जसले पनि धेर जुटाउनेछ, उनीहरूलाई पनि प्रोत्साहन राशि दिइनेछ। प्रधानमन्त्री विकसित भारत रोजगार योजना करीब साढे तीन करोड नौजवानहरूले राजगारका नयाँ अवसर पाउनेछन्। म सबै नवजवानहरूलाई यसको लागि धेरै-धेरै बधाई दिँदछु।

मेरा प्यारा देशवासीहरू,

आज भारतमा नारी शक्तिको सम्मन अब सबैले गर्न थालेका छन्। बढ्दो इकोनमीका लाभार्थी हाम्रो नारी हुन्, तर बढ्दो इकोनमीको गति दिनुमा पनि हाम्रो नारीको एकदमै ठूलो योगदान पनि छ, हाम्रो मातृशक्तिको योगदान छ, हाम्रो स्त्री शक्तिको योगदान छ। स्टार्टअपदेखि लिएर स्पेस सेक्टरसम्म हाम्रा छोरीहरू छाएका छन्। खेलका मैदामा छाएका छन्, फौजमा चम्किरहेका छन्, आज गर्वको साथ स्टार्ट अपदेखि लिएर स्पेस सेक्टरसम्म हाम्रो छोरीहरू छाएका छन्। खेलका मैदानमा छाएको छ, फौजमा चमक रहेको छ, आज गर्वको साथ नारीहरू काँधमा काँधमा मिलाएर  देशको विकास यात्रामा सहभागी भइरहेका छन्। देश गर्वले भरिएको छ, जब एनडीएको वुमेन क्याडेडट्स, उनीहरूको पहिलो पास आउट भएको थियो। सम्पूर्ण देश गर्वले भरिएको थियो, सबै टीवी च्यालनहरू त्यसैको पछि लागेको थियो। कति ठूलो गौरवको पल थियो। सेल्फ हेल्प ग्रुप, 10 करोड सेल्फ हेल्प ग्रुपका दिदी बहिनीहरूहरूले उत्कृष्ट काम गरिरेहका छन्। नमो ड्रोन दिदी नारी शक्ति एउटा नयाँ पहिचान बनेको छ। गाउँमा मलाई एउटी बहिनी भेटे, मलाई त अहिले गाउँले पायलट भनी बोलाउँछन्। बढो गर्वको साथ भन्दै थिइन्। धेर पढे लेखेकी होइनन् तर उसको प्रतिष्ठा जन्मिएको बढेको छ। 

साथीहरू,

हामीले 3 करोड महिलाहरूलाई लखपति दिदी बनाउने सङ्कल्प लिएका छौं। 3 करोड अनि मलाई यो कुरामा सन्तुष्टि छ कि हामीले तेज गतिमा काम गरिरहेका छौं। समयभन्दा अघि 3 करोडको लक्ष्य पार गर्नेछौं अनि आज म खुशीसाथ देशलाई बताउन चाहन्छु, कि मेरो नारी शक्तिको सामर्थ्य हेर्नुहोस्, हेर्दाहेर्दै दुई करोड महिलाहरू लखपति दिदी बनीसकेकी छन्। आज केही लखपति दिदी हाम्रो सामु बसेका छन्। यो हो मेरो सामर्थ्य। अनि मेरो विश्वास छ साथीहरू, भारतको विकास उनीहरूको भागीदारी बढ्नेछ।

मेरा प्यारा देशवासीहरू,

भारतको अर्थव्यवस्थामा मेरा देशका कृषकहरूको ठूलो योगदान छ। भारतका कृषकहरूको परिश्रमको फल देखिन थालेको छ। पछिल्लो वर्ष अन्न उत्पादनमा मेरो देशका कृषकहरूले पुराना सबै रिकार्डहरू तोड़िएको छ, यही हो मेरो देशको सामार्थ्य। असल बिऊ पाउन थाले, कृषकहरूले राम्रो सुविधाहरू पाउन थाले, यो आफ्नो सामर्थ्य देशका लागि ठूलो हो। आज भारत दूध, दाल, जूट जस्ता उत्पादनमा विश्वमा नम्बर वनमा छ। आज विश्वको दोस्रो सबैभन्दा ठूलो फिश प्रोड्यूसर मेरा मछुवा भाई बहिनीहरूको ताकत हेर्नुहोस्, फिश प्रोड्यूसरमा हामि विश्वमा दोस्रो नम्बरमा पुगी सकेका छौं। आज भारत चामल, गहूँ, फल अनि सब्जीको उत्पादनमा पनि विश्वको दोस्रो नम्बरमा पुगी सकेको छ।

साथीहरू,

तपाईंलाई खुशी लाग्नेछ कि कृषकहरूले जुन उत्पादन दिन्छन् आज त्यो उत्पादन संसारको बजारमा पुगिसकेको छ। 4 लाख करोड रुपियाँ एग्रो प्रोडक्टको एक्सपोर्ट भएको छ। यो मेरो देशका कृषकहरूले हामीलाई तागत देखाएका छन्। हामी साना कृषक होस्, पशुपालक होस्, मछुवा होस्, देशको विकासका योजनाहरूको लाभ आज हामी उनीहरूसम्म पुऱ्याइरहेका छौं। पीएम किसान सम्मान निधि होस्, रेन वाटर हार्वेस्टिङ होस्, क्वालिटीज सीड्स होस्, फर्टिलाइजरको आवश्यकता होस्, हरेक क्षेत्रमा आज अझ एउटा भरोसा किसानहरूको भएको छ - फसल बीमा योजना। यसले साहसिक बनाइरहेको छ, त्यसको परिणाम पनि देशले पाइरहेको छ। पहिलो यो कल्पना को कुरा थियो, आज यथार्थ बनेको छ। 

देशवासीहरू,

हामीलाई एउटा कोविडको भ्याक्सिन निशुल्कमा पाएको कुरा त थाहा छ तर हाम्रो देशको पशुधनलाई बचाउनको लागि पनि अहिलेसम्म 125 करोड डोज निशुल्क डोज पशुहरूलाई लगाइसक्यौं। फुट एण्ड माउथ एण्ड डिजीजबाट मुक्ति पाउनको लागि जो हाम्रो यहाँ उत्तर भारतमा त्यसलाई खुरपाको-मुहम्पाको बिमारी भनिन्छ, त्यसलाई बचाउनको लागि 125 करोड डोज हामीले लगाइसकेका छौं त्यो पनि निशुल्क। हामी खेतीको मामिलामा देशको त्यो जिल्ला जहाँ कृषकहरू अरूभन्दा पछि रहेका छन्, कुनै न कुनै कारणले 100 जिल्ला यस्ता छन्, जहाँ अपेक्षाकृत कम खेती हुँदछ अनि यसैले हामीले 100 जिल्ला चिन्हित गरेका छौं। त्यहाँका किसानहरूलाई सशक्त बनाउनु, किसानहरूलाई शक्ति दिनु, किसानहरूलाई मद्दत गर्नु एउटा अभियान चलाएको छ, अनि यसको लागि पीएम धन-धान्य कृषि योजनाको आरम्भ किया गरिएको छ। पीएम धन-धान्य कृषि योजना, त्यो देशको 100 जिल्ला जहाँ सानो मद्दत गऱ्यौं भने, त्यहाँका किसानहरूले पनि भारतका अन्य किसानहरूको बराबरी गर्नेछ।

मेरा प्यारा देशवासीहरू,

भारतका किसान, भारतका पशुपालक, भारतको मछुवा, यो हाम्रो सबैभन्दा ठूलो प्राथमिकता हो। भारतको किसान, भारतका मछुवारा, भारतका पशुपालक, उनीहरूसित जोडिएका कुनै पनि अहितकारी नीतिको अघि मोदी पर्खाल भएर उभिएको छ। भारत आफ्ना किसानहरू, आफ्नो पशुपालकहरू, आफ्ना मछुवाहरूको सम्बन्धमा कहिल्यै पनि कुनै सम्झौता स्वीकार गर्नेछैन।

प्यारा देशवासीहरू,

गरीबी के हो, यो मैले किताबहरूमा पढ्नु परेन। म जनता हुँ, सरकारमा पनि बसेको छु अनि यसैले मेरो कोशिश छ कि सरकार फाइलमा रहनु हुँदैन। सरकार देशका नागरिकहरूको जीवनमा हुनुपर्छ। दलित होस्, पीडित होस्, शोषित होस्, वञ्चित होस्, उनको लागि सकारात्मक रूपले सरकारहरू प्रोएक्टिव होस्, सरकारहरू प्रो पीपल होस्, त्यस दिशामा हामीले निरन्तर प्रयास गरिरहेका छौं। समाजका हरेक जरूरत व्यक्तिको लागि सरकारको योजनाहरू पहिले पनि हुन्थ्यो, होइन, हामी सरकारका योजनाहरूको जमीनमा उतारिरहेका छौं, स्याचुरेशनमाथि बल दिँदछ अनि सामाजिक न्यायको यदि सही एक्जीक्यूशन होस्, जसमा कुनै लाभार्थीहरू नछुटोस्, लाभार्थीबहरूको घरसम्म सरकार पुगोस् अनि उनीहरू आफ्नो अधिकारका चीजहरू पाऊन्, त्यसको लागि हामी काम गरिरहेका छौं।

जनधन अकाउण्ट जब खोलियो, तब त्यो केवल बैंक एकाउण्ट मात्र थिएन। त्यसबाट एउटा स्वाभिमान प्राप्त भएको थियो कि ब्याङ्कको दैलो मेरो लागि पनि खुल्दछ, म पनि ब्याङ्कको दैलोमा गएर टेबलमाथि हात राखेर बात गर्नसक्छु, यो विश्वास हामीले जगायौं। आयुष्मान भारतले बिरामी सहने आदतबाट मुक्ति दिलाउने अनि त्यसको स्वास्थ्यको लागि मद्दत गर्ने काम अनि जब हामी वरिष्ठ नागरिकहरूलाई 5 लाख भन्दा अधिक मद्दत गरेर उनीहरूको आरोग्यको चिन्ता गर्दछौं, आज पीएम आवास 4 करोड गरीबहरूले घर पाउनु, मतलब त्यहाँ जिन्दगीको नयाँ सपना बस्दछ। त्यो केवल चार दिवारहरूमात्र होइन साथीहरू, रेहडी-पटरी वालाको निम्ति पीएम स्वनिधि योजना, जो कुनै समय ब्याजको चक्करमा फँसी रहन्थ्यो, आज पीएम स्वनिधिबाट रेहडी-पटरीवाला पनि तपाईंहरूल देख्नुभएको होला युपीआइबाट पैसा लिँदछन्। युपीआईबाट पैसा दिँदछन्, यो बद्लाव अन्तिम व्यक्तिसम्म चिन्ता, मानिसहरूको जीवनमा सरकार हुनुपर्छ, त्यसैको कारण यो जमीनसित जोडिएको योजनाहरू बन्दछ अनि जमीनसित जोडिएका योजनाहरू जमीनमा उत्रन्छ अनि जमीनबाट आएका योजनाहरू जीवनमा बदलाऊ ल्याउने एउटा सशक्त माध्यम बन्दछ।  एउटा समय थियो, गरीब होस्, पीडित होस्, आदिवासी होस्, वञ्चित होस्, दिव्याङ्ग होस्, हाम्रा विधवा आमाहरू, दिदी बहिनीहरू, आफ्नो हरको लागि भट्कि रहन्थे, सरकारी कार्यालयहरूमा चक्कर लगाउँदा लगाउँदा जिन्दगी समाप्त हुँदछ। आज सरकार तपाईको दैलोमै आउँदछ, सैचुरेशनको अप्रोचलाई लिएर आउँदछ, करौडौं लाभार्थीहरूलाई सरकारी योजनाहरूको लाभ प्राप्त भइरेहको छ, डाइरेक्ट बेनिफिट ट्रान्सफर एउटा ठूलो क्रान्तिकारी काम भएको छ। 

साथीहरू,

गरीबी हटाऊको नारा देशले धेरै सुनेको छ, लाल किल्लाबाट पनि सुनेका छौं अनि देशले सुनी सुनी थाकी सकेको छ अनि देशले मानेको थियो कि गरीबी हट्न सक्दैन, तर जब हामी योजनाहरूलाई गरीबको घरसम्म लिएर जान्छ, गरीबको मनमा विश्वास पैदा गर्दछ, तब मेरो देश देशको 25 करोड गरीबले गरीबीलाई परास्त गरेर  गरीबीबाट बाहिर निस्किएर एउटा नयाँ इतिहास बनाउँदछ। आज 10 करोड गरीब अनि 10 वर्षमा 25 करोडभन्दा अधिक गरीबले गरीबीलाई परास्त गरी गरीबीबाट बाहर निस्किएका छन् अनि एउटा नयाँ मिडल क्लास तयार भएको छ।

मेरा साथीहरू,

यो नियो मिडल क्लास अनि मिडल क्लास एउटा यस्तो जुगलबन्दी हो, जसमा एस्पिरेशन पनि छ, एफर्ट्स पनि छ, त्यो देशको अघि बढाउनका लागि एकदमै ठूलो सामर्थ्य बनेको छ।

मेरा प्यारा देशवासीहरू,

निकट भविष्यमा महान समाज सुधारक महात्मा ज्योतिबा फूलेजीको 200 औं जयन्ती आइरहेको छ। हामी त्यो जयन्ती समारोह शुरू गर्न गइरहेका छौं अनि महात्मा ज्योतिबा फुलेको सिद्धान्त, उनले जुन मन्त्र दिए त्यसमा हाम्रो लागि प्रेरणा हो। पछाडिएकाहरूको प्राथमिकता दिँदै हामी परिवर्तनका ऊँचाइहरू प्राप्त गर्न चाहन्छौं। हामी यसका लागि परिश्रमको पराकाष्ठा गर्न चाहन्छौं। हामी पारदर्शी नीतिहरूद्वारा पछाडिएकाहरूको प्राथमिकता, यो हामी धरतीमा उत्रिन चाहन्छौं, हरेक पछाडिका जीवनमा उत्रिनु चाहन्छौं।

साथीहरू,

रेहडी-पटरीवालाहरूका लाग स्वनिधि योजना होस् वा हाम्रो कलाद्वारा हातले काम गर्ने विश्वकर्मा योजानाको कुरा हो आदिवासीमा पनि जो पछि परेका छन् त्यसको लागि पीएम जनमनको योजनाको कुरा होस्, हाम्रो पूर्वी भारतको विकासमा सम्पूर्ण देशभित्र बराबरी ल्याउनु अनि उनको नेतृत्व दिने दिशामा काम होस्। जो क्षेत्र पछाडिएको होस्, त्यसलाई पनि हामी प्राथमिकता दिन चाहन्छौं। जुन जिल्ला पछि परेको छ हामी त्यसलाई प्राथमिकता दिन चाहन्छौं, जुन ब्लाक पछाड़िएको छ त्यसलाई प्राथमिकता दिन चाहन्छौं, हामीले 100 एस्पिरेशनल डिस्ट्रिक्ट 500 एस्पिरेशनल ब्लाक, त्यही मिशनमा काम गरेका छौं। हामीले पूर्वी भारतको विकासको लागि हजारौं करोड रुपियाँको पूर्वाधारको परियोजनामाथि बल दिएको छ, हामीले पूर्वी भारतको जीवनलाई परिवर्तन गरेर देशको विकास यात्रामा भागीदारी बनाएका छौं।    

मेरा प्यारा देशवासीहरू,

जीवनको हरेक क्षेत्रमा विकास हुनुपर्छ। विकासको लागि खेलकूद पनि महत्त्वपूर्ण छ। र आज म खुसी छु, एक समय थियो जब आमाबाबुले आफ्ना छोराछोरीले खेलकूदमा समय बिताएको पटक्कै मन पराउँदैनथे। आज, परिस्थिति पूर्ण रूपमा फेरिएको छ। यदि नानीहरू खेलकूदमा रुचि लिन्छन् भने आमाबाबुको छात्ती गर्वले फुलिएको हुन्छ। म यसलाई राम्रो सङ्केत मान्छु। जब म मेरो देशका परिवारहरूमा खेलकूदका लागि प्रोत्साहनको वातावरण देख्छु, मेरो हृदय गर्वले भरिन्छ। म यसलाई देशको भविष्यको लागि धेरै राम्रो सङ्केत मान्छु।

अनि साथीहरू,

यो खेललाई प्रोत्साहित गर्न, हामीले धेरै दशक पछि देशमा खेलो इण्डिया नीति ल्याएका छौं, ताकि यो खेल जगतको चौतर्फी विकासका लागि एक प्रयास होस्। हामी स्कूलदेखि ओलम्पिकसम्म पूर्ण इकोसिस्टम डेवलप गर्न चाहन्छौं, चाहे त्यो कोचिङ व्यवस्था होस्, फिटनेस होस्, खेल मैदान होस्, खेलकुद व्यवस्था होस्, खेलकुदका लागि आवश्यक उपकरणहरू होस्, खेलकुदका लागि उपकरण बनाउन साना उद्योगहरूलाई सहयोग होस्। अर्थात्, एक तरिकाले, हामी सम्पूर्ण ईकोसिस्टमलाई दुर्गम क्षेत्रका बालक-बालिकाहरूसम्म लैजान चाहन्छौं।

तर साथीहरू,

जब म फिटनेसको बारेमा कुरा गर्छु, जब म खेलकूदको बारेमा कुरा गर्छु, म तपाईंहरूका अगाडि एउटा चिन्ता पनि राख्न चाहन्छु। हाम्रो देशको हरेक परिवार चिन्तित हुनुपर्छ, मोटोपना हाम्रो देशको लागि ठूलो सङ्कट बन्दै गइरहेको छ। विद्वानहरू, जानिफकारहरू भन्छन्, आगामी वर्षहरूमा, प्रत्येक तीन जनामा एकजनामा मोटोपना हुनेछ। हामीले मोटोपना, ओबेसिटी रोक्नुपर्छ। र त्यसैले, मैले अरू सबै कुरा गर्नुपर्नेछ, तर मैले एउटा सानो सुझाउ दिएको थिएँ, अब परिवारहरूले निर्णय गर्नुपर्छ, खाने तेल घर ल्याउँदा १० प्रतिशत कम तेल ल्याउने र १०% कम तेल प्रयोग गर्ने, यसरी हामीले मोटोपना विरुद्धको लडाई जित्न योगदान गर्नसक्नेछौं।

मेरा प्यारा देशवासीहरू,

हाम्रो देश भाग्यमानी छ, हामी हजारौं वर्षको विरासतको धनी छौं, र यसले हामीलाई निरन्तर ऊर्जा, प्रेरणा अनि त्याग र तपस्याको मार्ग प्रदान गर्दछ। आज, यो वर्ष गुरु तेगबहादुर ज्यूको 350 औं शहीद वर्ष हो, उहाँले देशको संस्कृतिको रक्षा गर्न, भारतको मूल्यमान्यताको रक्षा गर्न सबै कुरा त्याग गर्नुभयो। म आज उहाँलाई नमन गर्दछु।

मित्रहरू,

हाम्रो संस्कृतिको शक्ति नै हाम्रो विविधता हो। हामी विविधतालाई सेलिब्रेट गर्न चाहन्छौं। हामी विविधता सेलिब्रेट गर्ने बानी बसाल्न चाहन्छौं। यो हाम्रो गौरव हो, हाम्री भारत माता, विभिन्न फूलहरूले सजिएकी बगैंचा हुन्। यहाँ धेरै विविधता छ। यो विविधता हाम्रो लागि एक महान सम्पदा हो। यो एक महान गौरव हो। हामीले प्रयागराजको महाकुम्भमा देखेका छौं, भारतको विविधता कसरी बाँचेको छ। एउटै भावना, एउटै प्रयासका साथ एकै ठाउँमा करोडौं मानिसहरू, विश्वको लागि एक महान आश्चर्य हो। महाकुम्भको सफलताले भारतको एकता र भारतको शक्तिको उदाहरण दिएको छ।

साथीहरू,

हाम्रो देश भाषाहरूको विविधताले भरिपूर्ण छ। र त्यसैले, हामीले मराठी, आसामी, बङ्गाली, पाली र प्राकृतलाई शास्त्रीय भाषाको दर्जा दिएका छौं। र मलाई विश्वास छहाम्रा भाषाहरू जति धेरै विकसित हुन्छन्, हाम्रा भाषाहरू त्यति नै समृद्ध हुन्छन्, हाम्रो ज्ञान प्रणाली त्यति नै बलियो हुँदै जानेछ।  त्यो हाम्रो शक्ति हो, यो डाटाको युग हो, यो शक्ति, संसारका लागि पनि ठूलो शक्ति बन्नसक्छ, हाम्रा भाषाहरूमा धेरै सम्भावना छन्। हामीले हाम्रा सबै भाषाहरूमाथि गर्व गर्नुपर्छ, सबैले हाम्रा सबै भाषाहरूको विकासको लागि हरसम्भव प्रयास गर्नुपर्छ।

साथीहरू,

हाम्रो ज्ञानको खजाना पाण्डुलिपिहरूमा छ, तर तिनीहरूप्रति उदासीनता देखिएका छौं। यसपटक, ज्ञान भारतम योजना अन्तर्गत, हामी देशभरि जहाँ भए पनि हस्तलिखित ग्रन्थहरू, पाण्डुलिपिहरू, शताब्दी पुराना प्राचीन दस्तावेजहरू खोज्ने र आजको टेक्नोलजीको प्रयोग गर्दै त्यो ज्ञानको समृद्धिलाई भावी पुस्ताका लागि काममा आउन सकोस् भनेर त्यस दिशामा काम गर्दैछौं। 

मेरा प्यारा देशवासीहरू,

हाम्रो स्पष्ट विचार के छ भने यो देश केवल सरकारहरूले बनाउँदैनन्, यो देश राजसत्तामा बस्नेहरूले बनाउँदैनन्, यो देश शासन प्रणाली सम्हाल्नेहरूले बनाउँदैनन्, यो देश लाखौं मानिसहरूको प्रयासले बनेको हो, ऋषि, सन्त, वैज्ञानिक, शिक्षक, किसान, सैनिक, सेना, मजदुर, सबैको प्रयासले देश बनेको छ। सबैले योगदान गरेका छन्, गर्दैछन्। व्यक्तिले योगदान गर्दछन्, संस्थाहरूले योगदान गर्दछन्।  आज म एउटा कुरा गर्वका साथ उल्लेख गर्न चाहन्छु। १०० वर्ष पहिला, एउटा संस्थाको जन्म भएको थियो, राष्ट्रिय स्वयंसेवक सङ्घ, राष्ट्रका लागि १०० वर्षको सेवा, एउटा धेरै नै गौरवपूर्ण स्वर्णिम पृष्ठ हो। व्यक्तिगत विकासबाट राष्ट्र निर्माणको संकल्पका साथ, १०० वर्षदेखि भारत माताको कल्याणको लक्ष्यका साथ, स्वयंसेवकहरूले मातृभूमिको कल्याणका लागि आफ्नो जीवन समर्पित गरेका छन्। सेवा, समर्पण, संगठन र अतुलनीय अनुशासन, यो यसको पहिचान हो। राष्ट्रिय स्वयंसेवक सङ्घ विश्वको सबैभन्दा ठूलो एनजीओ हो। एक हिसाबले, यसको १०० वर्षको समर्पणको इतिहास छ। आज, लाल किल्लाको प्राचीरबाट, म राष्ट्रिय सेवाको यो १०० वर्षको यात्रामा योगदान पुऱ्याउने सबै स्वयंसेवकहरूलाई सम्मानपूर्वक सम्झना गर्दछु र राष्ट्रिय स्वयंसेवक सङ्घको यो १०० वर्षको भव्य, समर्पित यात्रामा देश गर्व गर्दछ र यसले हामीलाई निरन्तर प्रेरणा दिइरहनेछ। 

 

मेरा प्यारा देशवासी,

हामी समृद्धितर्फ अघि बढिरहेका छौं, तर समृद्धिको बाटो सुरक्षाबाट निस्किन्छ। विगत ११ वर्षमा हामीले राष्ट्रिय सुरक्षा, राष्ट्रिय रक्षा र राष्ट्रका नागरिकहरूको सुरक्षाका सबै मोर्चाहरूमा पूर्ण समर्पण भावका साथ काम गरेका छौं। हामी परिवर्तन ल्याउन सफल भएका छौं। यो देशलाई थाहा छ, हाम्रो देशको एक ठूलो आदिवासी क्षेत्र विगत धेरै दशकदेखि नक्सलवाद, माओवादको चपेटामा परेको छ। मेरा आदिवासी परिवारहरूले सबैभन्दा बढी पीडा भोगेका छन्। आदिवासी आमा र दिदीबहिनीहरूले आफ्ना सपनाका आशाजनक सन्तानहरू गुमाएका छन्। नवजवान छोराहरूलाई गलत बाटोमा तानियो, बहकाइयो, उनीहरूको जीवन नष्ट गरियो। हामीले बलियो हातले काम गऱ्यौं। एक समय थियो जब नक्सलवादले १२५ भन्दा बढी जिल्लाहरूमा आफ्नो जरा विस्तारित गरेको थियो। हाम्रा आदिवासी क्षेत्रहरू, हाम्रा आदिवासी युवाहरू माओवादको जनजालमा फसेका थिए। र आज हामीले ती जिल्लाहरूको सङ्ख्या १२५ बाट घटाएर २० बनाएका छौं। हामीले ती आदिवासी समुदायहरूका लागि सबैभन्दा ठूलो सेवा गरेका छौं र तपाईंले देख्नुभएको छ, एक समय थियो जब बस्तरलाई सम्झँदा माओवाद, नक्सलवाद, बम र बन्दुकको आवाज मात्र सुनिन्थ्यो। त्यही बस्तर, माओवाद र नक्सलवादबाट मुक्त भएपछि, जब बस्तरका युवाहरू ओलम्पिकमा भाग लिन्छन्, हजारौं युवाहरू भारत माता की जय भन्दै खेल मैदानमा प्रवेश गर्छन्, सम्पूर्ण वातावरण उत्साहले भरिएको हुन्छ, देशले यो परिवर्तन देखिरहेको छ। पहिले रेड करिडोर भनेर चिनिने क्षेत्रहरू आज विकासको ग्रीन करिडोर बन्दैछन्, साथीहरू, यो हाम्रो लागि गर्वको कुरा हो। भारतको नक्सामा रगतको दागले सजिएका र रातो रङ पोतिएका क्षेत्रहरूमा हामीले संविधान, कानुन र विकासको तिरङ्गा फहराएका छौं।

मेरा प्यारा देशवासीहरू,

यो भगवान बिरसा मुण्डाको १५० औं जन्मजयन्तीको अवसर हो, यी आदिवासी क्षेत्रहरूलाई नक्सलवादबाट मुक्त गरेर अनि हाम्रो आदिवासी परिवारका युवाहरूको जीवन बचाएर, हामीले भगवान बिरसा मुण्डालाई साँचो श्रद्धाञ्जलि अर्पण गरेका छौं।

मेरा प्यारा देशवासीहरू,

आज म देशलाई एउटा चिन्ता, चुनौतीका बारेमा सचेत गराउन चाहन्छु। एउटा षड्यन्त्रअन्तर्गत, एउटा सोचविचार गरी बनाइएको षड्यन्त्रअन्तर्गत, देशको डेमोग्राफी परिवर्तन गरिँदैछ। एउटा नयाँ सङ्कट रोपिँदैछ र यी अनुप्रवेशकारीहरूले मेरो देशका युवाहरूको जीविकोपार्जन खोसिरहेका छन्। यी अनुप्रवेशकारीहरूले मेरो देशका दिदी-बहिनी र छोरीहरूलाई लक्ष्य बनाइरहेका छन्, यो सहन गरिनेछैन। यी अनुप्रवेशकारीहरूले निर्दोष आदिवासीहरूलाई भ्रमित पार्दै उनीहरूको भूमि कब्जा गरिरहेका छन्। देशले यो सहन गर्दैन र त्यसैले मेरा प्यारा देशवासीहरू, जब डेमोग्राफीमा परिवर्तन हुन्छ, सीमावर्ती क्षेत्रहरूमा डेमोग्राफीमा परिवर्तन हुन्छ, तब राष्ट्रिय सुरक्षाको लागि सङ्कट उत्पन्न हुन्छ। यसले देशको एकता, अखण्डता र प्रगतिको लागि सङ्कट सिर्जना गर्दछ। यसले सामाजिक तनावको बिऊ रोप्छ र कुनै पनि देशले आफ्नो देश अनुप्रवेशकारीहरूलाई सुम्पिन सक्दैन। यदि संसारको कुनै पनि देशले यो गर्नसक्दैन भने, हामी भारतका लागि कसरी गर्नसक्छौं? हाम्रा पुर्खाहरूले बलिदान र बलिदान मार्फत् स्वतन्त्रता प्राप्त गरेका छन्। स्वतन्त्र भारत दिने ती महापुरुषहरूप्रति हाम्रो कर्तव्य के हो भने हामीले हाम्रो देशमा यस्ता कार्यहरू स्वीकार गर्नुहुँदैन, यो नै उनीहरूप्रतिको साँचो श्रद्धाञ्जलि हुनेछ। त्यसैले म आज लाल किल्लाको प्राचीरबाट यो भन्न चाहन्छुहामीले एउटा हाई पावर डेमोग्राफी मिशन सुरु गर्ने निर्णय गरेका छौं। यो मिसनले भारतमाथि आइपरेको गम्भीर सङ्कटलाई सम्बोधन गर्न तोकिएको समयमा राम्रोसँग सोचविचार गरेर आफ्नो काम गर्नेछ, हामी त्यस दिशामा अगाडि बढिरहेका छौं।

मेरा प्यारा देशवासीहरू,

भोलि जन्माष्टमीको पवित्र पर्व हो। देशमा भगवान श्रीकृष्णको जन्मोत्सव पालन गरिन्छ। 

साथीहरू,

जब म भगवान श्रीकृष्णलाई सम्झन्छु, हामी देख्छौं, आज विश्वभरि युद्धका तौर-तरिकाहरू परिवर्तन हुँदैछन्। हामीले देखेका छौं, भारत युद्धको हरेक नयाँ तरिकासँग जुझ्न सक्षम छ। टेक्नोलोजीमा हाम्रो जति पनि निपुणता थियो त्यो हामीले अपरेशन सिन्दूरमा देखाएका छौं। पाकिस्तानले हाम्रा सैन्य अड्डाहरू, हाम्रा एयरबेसहरू, हाम्रा संवेदनशील स्थानहरू, हाम्रा आस्थाका केन्द्रहरू, हाम्रा नागरिकहरूमाथि अनगन्ती सङ्ख्यामा मिसाइल र ड्रोनहरूबाट आक्रमण गऱ्यो। देशले के देखेको छ भने विगत १० वर्षमा देशलाई सुरक्षित राख्नुका लागि गरिएका प्रयासहरूको परिणामस्वरूप हाम्रा वीर सिपाहीहरू र हाम्रो टेक्नोलजीले उनीहरूको प्रत्येक आक्रमणलाई पराल जस्तै छरप्रस्ट पारिदिएको छ। तिनीहरूले अलिकत्ति पनि क्षति पुऱ्याउन सकेनन् र त्यसैले जब युद्धभूमिमा टेक्नोलजीको विस्तार भइरहेको छ, टेक्नोलजी हावी भइरहेको छ, तब राष्ट्रको सुरक्षाका लागि, देशका नागरिकहरूको सुरक्षाका लागि, हामीले आज प्राप्त गरेको निपूणतालाई अझ विस्तार गर्न आवश्यक छ। हामीले आज प्राप्त गरेको निपुणतालाई निरन्तर अपग्रेड गर्न आवश्यक छ। र त्यसैले, साथीहरू, मैले एउटा संकल्प लिएको छु। मलाई तपाईंहरूको आशीर्वाद चाहिन्छ, करोडौं देशवासीको आशीर्वाद, किनभने जतिसुकै समृद्धि किन नहोस्, यदि कोही सुरक्षाप्रति उदासीन छ भने, समृद्धिको पनि कुनै काम हुँदैन र त्यसैले सुरक्षाको महत्त्व धेरै ठूलो छ।

, त्यसैले, म आज लाल किल्लाको प्राचीरबाट बोल्दै छु, आगामी १० वर्षमा, 2035 सम्ममा, सामरिक तथा सिविलियन क्षेत्रहरू जस्तै अस्पताल, रेलवे, आस्थाको कुनै पनि केन्द्रसहित राष्ट्रका सबै महत्त्वपूर्ण स्थानहरूलाई नयाँ टेक्नोलजी प्लेटफर्महरू मार्फत् पूर्ण सुरक्षा कवच प्रदान गरिनेछ। यो सुरक्षा कवच विस्तार हुँदै जानुपर्छ, देशका प्रत्येक नागरिकले सुरक्षित अनुभव गर्नुपर्छ, कुनै पनि प्रकारको टेक्नोलजी हामीमाथि आक्रमण गर्न आएको खण्डमा हाम्रो टेक्नोलजी त्यो भन्दा समृद्ध प्रमाणित हुनुपर्छ र त्यसैले आगामी १० वर्षमा, २०३५ सम्ममा, म यो राष्ट्रिय सुरक्षा कवचलाई विस्तार गर्न, यसलाई बलियो बनाउन, आधुनिकीकरण गर्न चाहन्छु। र त्यसैले, भगवान श्रीकृष्णबाट प्रेरणा लिएर हामीले श्रीकृष्णको सुदर्शन चक्रको मार्ग रोजेका छौं। तपाईंहरूमध्ये धेरैलाई याद होला, जब महाभारतको युद्ध चलिरहेको थियो, श्रीकृष्णले आफ्नो सुदर्शन चक्रले सूर्यको प्रकाशलाई रोकेका थिए र दिनको समयमा पनि अँध्यारो बनाएका थिए। सुदर्शन चक्रले सूर्यको प्रकाश रोकेको थियो र अर्जुनले जयद्रथलाई मार्ने प्रतिज्ञा पूरा गर्न सक्षम थिए। यो सुदर्शन चक्रको शक्ति र रणनीतिको परिणाम हो। अब देशले सुदर्शन चक्र मिसन लञ्च गर्नेछ। यो मिसन सुदर्शन चक्र एक पावरफुल वेपन सिस्टम हो र यसले शत्रुको आक्रमणलाई न्यूट्रलाइज त गर्नेछ साथै शत्रुमाथि धेरै गुणा बढी हिट ब्याक गर्नेछ।

हामीले भारतको यो मिसन सुदर्शन चक्रका लागि केही आधारभूत कुराहरू पनि तय गरेका छौं, आगामी १० वर्षमा हामी यसलाई ठूलो तीव्रताका साथ अगाडि बढाउन चाहन्छौं। पहिलो, यो सम्पूर्ण आधुनिक सिस्टमको हुनेछ, यसको रिसर्च, डेभेलपमेन्ट, यसको म्यानुफेक्चरिङ पनि हाम्रो देशमा नै होस्, हाम्रो देशका नवयुवाहरूको ट्यालेन्टद्वारा होस्हाम्रो देशका जनताले बनाएको होस्। दोस्रो, एउटा यस्तो व्यवस्था हुनेछ जसले वारफेयरको सन्दर्भमा भविष्यको सम्भावनाहरूको गणना गर्नेछ र त्यसपछि प्लस वनको स्ट्राटेजी वर्कआउट गर्नेछ। र तेस्रो, सुदर्शन चक्रमा एउटा शक्ति थियो, यो धेरै सटीक थियो, यो जहाँ जानुपर्ने थियो त्यहाँ पुग्यो अनि श्रीकृष्णमा फर्कियो। हामी यस सुदर्शन चक्र मार्फत टारगेटेड प्रिसाइज एक्शनका लागि व्यवस्था विकास गर्ने दिशामा अगाडि बढ्नेछौं र त्यसैले, युद्धको परिवर्तनशील तरिकाहरूमा राष्ट्र र नागरिकहरूको सुरक्षाको लागि, म यो कामलाई ठूलो प्रतिबद्धताका साथ अगाडि बढाउने वाचा गर्दछु।

मेरा प्यारा देशवासीहरू,

जब हामी लोकतन्त्रको बारेमा कुरा गर्छौं, स्वतन्त्र भारतको बारेमा कुरा गर्छौं, हाम्रो संविधान हाम्रो लागि सर्वोत्तम दीप स्तम्भ हो, हाम्रो प्रेरणाको केन्द्र हो, तर ५० वर्ष पहिला भारतीय संविधानको घाँटी निमोट्ने काम भएको थियो। भारतीय संविधानको पिठ्युमा छुरी  रोपिएको थियो। देशलाई जेलखानामा परिणत गरिएको थियो, आपतकाल लगाइएको थियो। आपतकाल लागेको ५० वर्ष भइसक्यो, देशको कुनै पनि पुस्ताले संविधानको हत्या गर्ने यो पापलाई कहिल्यै बिर्सनु हुँदैन। संविधानको हत्या गर्ने पापीहरूलाई बिर्सनु हुँदैन र हामीले भारतीय संविधानप्रतिको हाम्रो समर्पणलाई बलियो बनाएर अगाडि बढ्नुपर्छ, यो हाम्रो प्रेरणा हो।

मेरा प्यारा देशवासीहरू,

मैले यही लाल किल्लाबाट पञ्च प्राणको बारेमा बोलेको थिए। आज, म लाल किल्लाबाट फेरि एकपटक मेरा देशवासीहरूलाई सम्झाउन चाहन्छु। विकसित भारत निर्माण गर्न हामी न त रोकिनेछौं न त झुक्नेछौं, हामी कडा परिश्रम गरिरहनेछौं र २०४७ मा हाम्रो आँखा अगाडि विकसित भारत बनाउनेछौं।

मेरा प्यारा देशवासीहरू,

हाम्रो दोस्रो प्रतिज्ञा के छ भने, हामी हाम्रो जीवनमा, हाम्रो व्यवस्थामा, हाम्रा नियमहरूमा, कानुनहरूमा र परम्पराहरूमा दासत्वको एक कण पनि रहन दिने छैनौं। हामी सबै प्रकारको दासत्वबाट मुक्त नभएसम्म आराम गर्नेछैनौं।

मेरा प्यारा देशवासीहरू,

हामी हाम्रो सम्पदामा गर्व गर्नेछौं। हाम्रो पहिचानको सबैभन्दा ठूलो आभूषण, सबैभन्दा ठूलो गहना, सबैभन्दा ठूलो मुकुटमणि हाम्रो विरासत हो, हामी हाम्रो सम्पदाप्रति गर्व गर्नेछौं।

मेरा प्यारा देशवासीहरू,

यी सबैका लागि एकता सबैभन्दा शक्तिशाली मन्त्र हो र त्यसैले यो हाम्रो सामूहिक सङ्कल्प हुनेछ, कसैले पनि एकताको धागो तोड्न सक्दैन।

मेरा प्यारा देशवासीहरू,

माँ भारतीप्रतिको हाम्रो कर्तव्य पूरा गर्नु पूजाभन्दा कम होइन, तपस्याभन्दा कम होइन, आराधनाभन्दा कम होइन र त्यही भावनाका साथ, हामी सबैले २०४७ सम्ममा विकसित भारतको लक्ष्य प्राप्त गर्न आफूलाई समर्पित गर्नेछौं, मातृभूमिको कल्याणको लागि आफ्नो सर्वोत्तम काम गर्नेछौं, हामी आफूलाई समर्पित गर्नेछौं, हामी जे गर्नसक्छौं त्यसमा आफूलाई समर्पित गर्नेछौं, हामी कुनै पनि अवसर छोड्ने छैनौं, यति मात्र होइन, हामी नयाँ अवसरहरू सिर्जना गर्नेछौं र तिनीहरूको सिर्जना गरेपछि, हामी १४० करोड देशवासीको शक्तिले अगाडि बढिरहनेछौं, हामी अगाडि बढिरहनेछौं, हामी अगाडि बढिरहनेछौं।

मेरा प्यारा देशवासीहरू,

हामीले याद गर्नुपर्छ, १४० करोड देशवासीहरूले याद गर्नुपर्छ, जसले कडा परिश्रम गरेको छ, उसले नै इतिहास रचेको छ। जसले कडा परिश्रम गरेको छ, उसले नै इतिहास रचेको छ। उसले नै हिमालको चुचुरो चडेको छ, उसले नै समयलाई झुकाएको छ। उसले नै बलियो पर्खाल तोडेको छ, उसले नै समयलाई झुकाएको छ। र यो समयलाई झुकाउने समय हो, यो सही समय हो।

मेरा प्यारा देशवासीहरू,

आजादीको यो महान पर्वमा म तपाईंहरू सबैलाई फेरि एकपल्ट शुभकामना व्यक्त गर्दछु। हार्दिक बधाई अर्पण गर्दछु। कृपया मसँग भन्नुहोस्,

जय हिन्द! जय हिन्द! जय हिन्द!

भारत माता की जय! भारत माता की जय! भारत माता की जय!

वन्दे मातरम! वन्दे मातरम! वन्दे मातरम!

मुरी मुरी धन्यवाद!

*******


(Release ID: 2156946)