सूचना तथा प्रसारण मन्त्रालय
सूचना एवं प्रसारण मन्त्रालयले वेभ्स 2025 मा मिडिया एवं मनोरञ्जन क्षेत्र 2024-25 माथि साङ्ख्यिकी पुस्तिका जारी गर्ने
Posted On:
02 MAY 2025 2:29PM
|
Location:
PIB Gangtok
मुम्बई, 2 मई 2025
सूचना एवं प्रसारण मन्त्रालयको मिडिया एवं मनोरञ्जन क्षेत्र 2024-25 माथि साङ्ख्यिकी पुस्तिका वेभ्स 2025 मा गरिनेछ। यसले मिडिया एवं मनोरञ्जन क्षेत्रमा समयबद्ध, विश्वसनीय, प्रामाणिक र व्यापक तथ्याङ्कको आवश्यकतालाई लिएर सरकारको गम्भीरतालाई दर्शाउँछ, कारण मिडिया एवं मनोरञ्जन, सेवा क्षेत्रको एउटा महत्त्वपूर्ण हिस्सा हो, जसमा देशको अर्थव्यवस्थाको विकासमा योगदान पुऱ्याउने अपार क्षमता छ। ताजा अनुमान अनुसार मिडिया एवं मनोरञ्जन एउटा उदीयमान क्षेत्र हो, जुन 2027 सम्म 7% सीएजीआरको दरले बढेर ₹3067 बिलियन पुग्ने आशा गरिएको छ। यस क्षेत्रबाट अरू व्यापक परिणाम हासिल गर्नका लागि सबै नीतिगत पहल अनि त्यसको कार्यान्वयनलाई उचित तथ्याङ्कद्वारा समर्थित गर्न आवश्यक छ।
मन्त्रालय़ अनि यस क्षेत्रका अन्य हितधारकको आवश्यकतालाई ध्यानमा राख्दै, मिडिया एवं मनोरञ्जन क्षेत्रमा साङ्ख्यिकी पुस्तिका 2024-25 भोलि वेभ्स 2025 मा लोकार्पण गरिनेछ, जसमा मिडिया एवं मनोरञ्जन क्षेत्रको विभिन्न भागमाथि नयाँ तथ्याङ्क अनि जानकारी सामेल छन्।
मिडिया एवं मनोरञ्जन क्षेत्रमाथि साङ्ख्यिकी पुस्तिका 2024-25 का केही अंश यस प्रकार छन् :
- पञ्जिकृत छापा प्रकाशन 4.99 सीएजीआरका साथ 1957 मा 5,932 बाट बढेर 2024-25 मा 154,523 पुगेको छ।
- 2024-25 को अवधिमा, सूचना एवं प्रसारण मन्त्रालयको प्रकाशन विभागद्वारा बाल साहित्य, इतिहास तथा स्वतन्त्रता सङ्ग्राम, व्यक्तित्त्व एवं जीवनी, आधुनिक भारतका निर्माता, विज्ञान, प्रौद्योगिकी एवं पर्यावरण तथा अन्य विषयसमेत विभिन्न विषयमाथि कूल 130 पुस्तक प्रकाशित गरियो।
- मार्च 2025 सम्म डीटीएच सेवाको माध्यमद्वारा 100 प्रतिशत भौगोलिक कभरेज।
- दूरदर्शन फ्री डिस च्यानल : 2004 मा 33 च्यानलबाट 2025 मा 381 च्यानल।
- अल इण्डिया रेडियो (एआइआर) कभरेज : मार्च 2025 सम्म रेडियोको माध्यमद्वारा 98 प्रतिशत जनसङ्ख्यालाई कभरेज प्रदान गरियो। एआइआर रेडियो स्टेशनको सङ्ख्या वर्ष 2000 मा 198 बाट बढेर 2025 मा 591 पुगेको छ।
- निजी स्याटेलाइट च्यानल 2004-05 को 130 बाट बढेर 2024-25 मा 908 पुगेको छ।
- निजी एफएम स्टेशन 2001 को 4 वटाबाट बढेर 2024 मा 388 पुगेको छ।
- भारतमा 31.03.2025 सम्म राज्य/ केन्द्र शासित प्रदेशमा क्षेत्र अनुसार सञ्चालित निजी एफएम रेडियो स्टेशनको जानकारी।
- सामुदायिक रेडियो स्टेशनको (सीआरएस) सङ्ख्या वर्ष 2005 को 15 बाट बढेर 2025 मा 531 पुगेको छ। 31.03.2025 सम्म भारतमा राज्य/ केन्द्र शासित प्रदेश/ जिल्ला/ स्थान अनुसार परिचालन सीआरएससँग जोडिएको तथ्याङ्क पनि यसमा सामेल छ।
- 1983 मा 741 भारतीय फिचर फिल्मलाई प्रमाणित गरिएको थियो, जुन 2024-25 मा बढाएर 3455 पुऱ्याएको थियो भने 2024-25 सम्म कूल 69,113 पुगेको छ।
साङ्ख्यिकीय आँकडाबाहेक, पुस्तकमा तल उल्लेखितबारे पनि जानकारी उपलब्ध गराइएको छ :
- फिल्म क्षेत्रमा आयोजित अन्तरराष्ट्रिय फिल्म समारोह तथा एनएफडीसीद्वारा निर्मित वृत्तचित्रहरूसहित पुरस्कारको जानकारी पनि पुस्तकमा उपलब्ध छ।
- डिजिटल मिडिया र रचनात्मक अर्थनीति, जसमा वेभ्स, ओटीटी प्लेटफर्म, इण्डियन इन्स्टिट्युट अव् क्रिएटिभ टेक्नोलजिस (आइआइसीटी) र वेभ्स 2025 अन्तर्गत क्रिएट इन इण्डिया च्यालेञ्ज (सीआइसी) पनि सामेल छ।
- सूचना एवं प्रसारण क्षेत्रमा ऐतिहासिक कार्यक्रम जस्तै, रेजिस्ट्रार जेनरल अव् इण्डिया (पीआरजीआइ), आकाशवाणी, दूरदर्शन, निजी एफएम रेडियो स्टेशन र टिभी इनसेट।
- सूचना एवं प्रसारण मन्त्रालय अन्तर्गत कौशल पाठ्यक्रम।
परिवर्तनकारी पोर्टलसहित सूचना एवं प्रसारण मन्त्रालयद्वारा व्यापारलाई सहज बनाउनका लागि गरिएको पहल।
वास्तविक समयमा आधिकारिक अद्यावधिकको लागि, कृपया हामीलाई फलो गर्नुहोस्:
एक्स-मा:
https://x.com/WAVESummitIndia
https://x.com/MIB_India
https://x.com/PIB_India
https://x.com/PIBmumbai
इन्स्टाग्राममा:
https://www.instagram.com/wavesummitindia
www.instagram.com/mib_india
https://www.instagram.com/pibindia
*********
पीआईबी टीम वेभ्स 2025 । राजित/लक्ष्मीप्रिया/दर्शना । 140
Release ID:
(Release ID: 2126437)
| Visitor Counter:
13
Read this release in:
Manipuri
,
English
,
Urdu
,
Marathi
,
Hindi
,
Assamese
,
Punjabi
,
Gujarati
,
Odia
,
Tamil
,
Telugu
,
Kannada
,
Malayalam