सूचना तथा प्रसारण मन्त्रालय
वैश्विक मिडिया संवाद 2025: सदस्य राष्ट्रहरूले वेभ्स घोषणापत्रलाई अपनाए अनि एआईको युगमा रचनात्मकतालाई बढावा दिँदै परम्परा र विरासतलाई आवाज दिनका लागि सहमति जनाए
वेभ्स घोषणापत्रले उदीयमान प्रविधिहरूको जिम्मेवार प्रयोगलाई बढ़ावा दिएर पूर्वाग्रहलाई कम गर्दै विषयवस्तुलाई लोकतान्त्रिकीकरण गर्दछ अनि नैतिकतालाई प्राथमिकता दिँदै डिजिटल विभाजनलाई कम गर्ने प्रयास गर्दछ
वेभ्स घोषणापत्रले मानिसहरूलाई एकताबद्ध गर्न, साझा सांस्कृतिक अभ्यासहरूलाई प्रवर्द्धन गर्न, वैश्विक रूपमा अन्तरसम्बन्धित बजारहरूमा नवाचार र लचिलोपन बढ़ाउनका लागि मिडिया र मनोरञ्जनको शक्तिलाई पुष्टि गर्दछ
युवा प्रतिभाहरूलाई प्रासङ्गिक कौशल विकासको माध्यमद्वारा रचनात्मक सहयोगको युगको लागि तयार पारिनु महत्त्वपूर्ण छ: विदेश मन्त्री डा. एस. जयशङ्कर
सह-उत्पादन सन्धि, संयुक्त निधि र विचारहरूको एक्सप्रेसवेमा रचनात्मकताको वैश्विक पुललाई फराकिलो बनाउने घोषणामा ध्यान केन्द्रित गर्नुपर्छ: एमआईबी श्री अश्विनी वैष्णव
Posted On:
02 MAY 2025 3:20PM
|
Location:
PIB Gangtok
मुम्बई, 2 मई 2025
रचनात्मकतालाई बढ़ावा दिनका लागि वैश्विक सहयोग नै अगाडि बढ्ने बाटो हो, साथै एकअर्काको अन्तर-सांस्कृतिक संवेदनशीलतालाई बुझ्न पनि आवश्यक छ। यो मुम्बईमा चलिरहेको विश्व अडियो भिजुअल तथा मनोरञ्जन शिखर सम्मेलन (वेभ्स 2025) को क्रममा आयोजित वैश्विक मिडिया संवादका धेरै परिणामहरू मध्ये एक थियो। संवागमा भाग लिने देशहरूले के महसुस गरेको भने देशहरूमा रचनात्मक स्थानलाई फराकिलो बनाउनु हाम्रो सामूहिक प्रगतिको कुञ्जी हो, किनकि हामी सबै डिजिटल विभाजनलाई कम गर्ने मार्गमा हिँड़िरहेका छौँ। संवादमा तीव्र गतिमा बढ्दो वैश्वीकृत मिडिया वातावरणको बीचमा वैश्विक शान्ति र सद्भावलाई बढावा दिनमा सरकारहरूको भूमिकामा ध्यान केन्द्रित गरियो, जसको समापन सदस्य देशहरूद्वारा वेभ्स घोषणालाई अपनाएको रूपमा भयो।

वैश्विक मिडिया संवादले विश्वभरिका संस्कृतिलाई दर्शाउने चलचित्रले मानिसहरूलाई नजिक ल्याउनमा अपार क्षमता राख्छन् भन्ने भावनालाई प्रतिध्वनित गर्यो अनि भाग लिने देशहरूले यस सन्दर्भमा भारतीय चलचित्रहरूको भूमिकाको सराहना गरे। कहानी भन्ने एक मनोरञ्जनात्मक प्रारूपको रूपमा, चलचित्रहरूले एकअर्कासँग सहकार्य गर्नका लागि एक मजबुत शक्तिको रूपमा काम गर्छन्। कहानी भन्ने कलामा प्रविधिको सङ्गमका साथसाथै मनोरञ्जनको जगतलाई पुन: परिभाषित गर्नुका साथसाथै व्यक्तिगत कहानीहरू पनि रचनाकारको अर्थतन्त्रमा एक मजबुत शक्तिको रूपमा तीव्र गतिमा देखा परिरहेका छन्। केही सदस्य देशहरूले जिम्मेवार पत्रकारितालाई बढाउने आवश्यकतामाथि चिन्ता व्यक्त गरे, जुन उनीहरूले यस प्रकारको वेभ्सको मञ्चमा आपसी सहयोगद्वारा सम्बोधन गर्न सकिने महसुस गरे।
वेभ्स 2025 लाई वैश्विक समुदायको एक सूक्ष्म जगत बताउँदै, भारत सरकारका विदेश मन्त्री डा. एस. जयशङ्करले भने, शिखर सम्मेलनले मिडिया तथा मनोरञ्जन क्षेत्रको लागि भविष्यको मार्गचित्रमाथि चर्चा गर्नका लागि कन्टेन्ट क्रिएटर, नीति निर्माता, अभिनेता, लेखक, निर्माता र दृश्य कलाकारहरूलाई एक साझा मञ्चमा एकसाथ ल्याउँछ।
आफ्नो सम्बोधनको क्रममा डा. जयशङ्करले ग्लोबल मिडिया डायलग 2025 मा विचाराधीन व्यापक रूपरेखाहरूलाई स्पर्श गरे। उनले बलियो सांस्कृतिक आयाम भएको विश्व व्यवस्था आज रूपान्तरणको क्रममा रहेको उल्लेख गरे। “हामीले आफ्ना परम्परा, सम्पदा, विचार, अभ्यास र रचनात्मकतालाई आवाज दिनु आवश्यक छ”, उनले भने।
विदेश मन्त्रीले भने अनुसार प्रविधि र परम्परा सँगसँगै अघि बढ़्नुपर्छ, किनकि प्रविधिले हाम्रो विशाल सम्पदाको बारेमा जागरूकतालाई बलियो बनाउन सक्छ र यसको बारेमा चेतनालाई गहिरो बनाउन सक्छ, विशेष गरी युवा पुस्ताहरूका लागि। “युवा प्रतिभालाई प्रासङ्गिक कौशल विकासको माध्यमद्वारा रचनात्मक सहकार्यको युगको लागि तयार पार्नु महत्त्वपूर्ण छ। नवाचार त्यस छलाङको कुँजी हो, जसले विकसित भारतको निर्माण गर्छ”, उनले प्रकाश पारे।
डा. जयशङ्करले भने अनुसार एआईको उदीयमान युगमा, सम्भावनाहरू कल्पनाभन्दा बाहिर छन्, तरै पनि पूर्वाग्रहलाई कम गर्दै, कन्टेन्टलाई प्रजातान्त्रिकीकरण गर्दै अनि यसको नैतिकतालाई प्राथमिकता दिँदै उदीयमान प्रविधिहरूको जिम्मेवार प्रयोग गर्नु आवश्यक छ। “वैश्विक कार्यस्थल र वैश्विक कार्यबलको लागि मानसिकता, रूपरेखा, नीति र अभ्यासहरूमा परिवर्तनको आवश्यकता छ”, उनले वैश्विक मिडिया तथा मनोरञ्जन क्षेत्रको अगाडि प्रमुख मुद्दाहरूमा चर्चा गर्न वेभ्समा विश्वास पुन: पुष्टि गर्दै निष्कर्ष निकाले।

आफ्नो स्वागत भाषणमा संवादको शुरुआत गर्दै भारत सरकारका केन्द्रीय सूचना तथा प्रसारण मन्त्री श्री अश्विनी वैष्णवले आफ्नो प्रारम्भिक वक्तव्यमा भने, संस्कृतिले रचनात्मकतालाई प्रेरित गर्दछ, जसले सिमाना पार गर्ने मानिसहरूलाई जोड्द्छ। कन्टेन्ट निर्माण र उपभोग द्रुत गतिमा परिवर्तन भइरहेको छ किनकि प्रविधिले हाम्रा कहानी भन्ने तरिकालाई पुन: आकार दिइरहेको छ। हामी एक यस्तो मोडमा छौँ, जहाँ हामीले स्थानीय कन्टेन्ट निर्माणलाई प्रोत्साहन गर्न आवश्यक छ, उनले भने।
सपनाहरूको शहर मुम्बईमा 77 देशबाट आएका प्रतिनिधिहरूलाई स्वागत जनाउँदै श्री वैष्णवले सहयोगको महत्त्वपूर्ण भूमिकामाथि जोड दिँदै भने, साझा सफलताको लागि हामीले सह-उत्पादन सन्धि, संयुक्त निधि र एक घोषणात्रमा ध्यान केन्द्रित गर्न आवश्यक छ, जसले हामीलाई डिजिटल विभाजनलाई कम गर्न, भाइचारालाई बढ़ावा दिन, वैश्विक शान्ति र सद्भावलाई बढावा दिन मद्दत गर्दछ। हामीले रचनात्मकताको वैश्विक पुललाई विचारहरूको एक्सप्रेसवेसम्म चौड़ा गर्नु आवश्य छ, उनले भने।
विचार-विमर्शको क्रममा, जहाँ वरिष्ठतम मन्त्रीस्तरीय प्रतिनिधिमण्डलहरूले आफ्ना विचार व्यक्त गरे, भारतले भाग लिने देशहरूलाई 32 वटा क्रिएट इन इण्डिया चुनौतीहरूको बारेमा जानकारी गरायो, जसको परिणामस्वरूप वेभ्सको पहिलो सत्रमा विश्वभरिका 700 भन्दा अधिक शीर्ष रचनाकारहरूको पहिचान गरियो। भारतले सदस्यहरूलाई के जानकारी गरायो भने अघिल्लो संस्करणबाट यी चुनौतीहरू 25 वैश्विक भाषाहरूमा आयोजित गरिनेछ ताकि विश्वभरिका विभिन्न भाषाहरूमा रचनात्मक प्रतिभाहरूको पहिचान गर्न सकियोस्। यसले उनीहरूलाई वेभ्स मञ्चमा आफ्नो रचनात्मक सामग्री प्रदर्शन गर्न मद्दत गर्नेछ।
यस अवसरमा उपस्थित अन्य गणमान्य व्यक्तिहरूमा भारत सरकारका सूचना तथा प्रसारण राज्य मन्त्री डा. एल. मुरुगन, सचिव (सूचना तथा प्रसारण) श्री सञ्जय जाजुको अतिरिक्त भारत सरकारका अन्य वरिष्ठ अधिकारीहरू पनि थिए।

वास्तविक समयमा आधिकारिक अद्यावधिकको लागि, कृपया हामीलाई फलो गर्नुहोस्:
एक्स-मा:
https://x.com/WAVESummitIndia
https://x.com/MIB_India
https://x.com/PIB_India
https://x.com/PIBmumbai
इन्स्टाग्राममा:
https://www.instagram.com/wavesummitindia
www.instagram.com/mib_india
https://www.instagram.com/pibindia
********
पीआईबी टीम वेभ्स 2025 । धर्मेन्द्र तिवारी/राजित/विराट/अथिरा/लक्ष्मीप्रिया/दर्शना । 145
Release ID:
(Release ID: 2126430)
| Visitor Counter:
13
Read this release in:
English
,
Khasi
,
Urdu
,
Marathi
,
Hindi
,
Assamese
,
Punjabi
,
Gujarati
,
Odia
,
Tamil
,
Telugu
,
Kannada
,
Malayalam