WAVES BANNER 2025
सूचना तथा प्रसारण मन्त्रालय

“ए स्टुडियो कल्ड इण्डिया” : अर्न्स्ट एण्ड यङको प्रतिवेदन भोलि वेभ्स 2025 मा जारी गरिनेछ


 Posted On: 02 MAY 2025 2:36PM |   Location: PIB Gangtok

मुम्बई, 2 मई 2025

 

अर्न्स्ट एण्ड यङको ए स्टुडियो कल्ड इण्डियाप्रतिवेदन भोलि जारी गरिनेछ, जसमा वैश्विक कन्टेन्ट पावरहाउसका रूपमा भारतको उदयलाई आलोकित गरिएको छ। यो प्रतिवेदन मुम्बईमा वेभ्स 2025 मा जारी गरिनेछ। प्रतिवेदनमा वैश्विक मिडिया एवं मनोरञ्जन (एम एवं ई) क्षेत्रमा भारतको बढ्दो प्रभावलाई आलोकित गरिएको छ, जुन बढ्दो डिजिटल बजार, सांस्कृतिक विविधता अनि नवीन उत्पादन क्षमताबाट प्रेरित छ।

  • विविध संस्कृति एवं नवीन बुनियादी पूर्वाधारले भारतलाई एउटा रचनात्मक महाशक्ति बनाउँछ।
  • भारतमा एनिमेशन-भीएफएसको लागत 40 देखि 60 प्रतिशत कम्ति छ। वैश्विक विनिर्माण श्रम प्रवाहलाई सहयोग गर्नका लागि यहाँ धेरै सङ्ख्यामा कुशल कार्यबल पनि छ।
  • भारतीय सामग्रीले अन्तरराष्ट्रिय स्वीकृति पाइरहेको छ, वैश्विक ओटीटी प्लेटफर्महरूको 25 प्रतिशत भारतदेखि बाहिर हेरिँदैछ।

प्रतिवेदनको उद्देश्य मिडिया एवं मनोरञ्जन क्षेत्रमा भारतको उल्लेखनीय वृद्धि अनि नवाचारलाई उजागर गर्नुरहेको छ। प्रतिवेदनको उद्देश्य देशलाई वैश्विक सामग्री निर्माणमा अग्रणी बनाउनु पनि रहेको छ। बढ्दो डिजिटल बजार, विविध सांस्कृतिक एवं भाषिक विरासत तथा विश्वभरीका दर्शकलाई आकर्षित गर्ने समृद्ध कथा भन्ने-सुनाउने परम्पराका कारण भारत तेजीका साथ एउटा वैश्विक सामग्री केन्द्र बनिरहेको छ।

प्रतिवेदनको मुख्य विशेषता यस प्रकार छन् :

  • डिजिटल मिडिया अधिग्रहण : 2024 सम्म, डिजिटल मिडियाले भारतको एम एवं ई क्षेत्रमा टेलिभिजनलाई पछि छोड्दै सबैभन्दा ठूलो खण्ड बनेको थियो। यसले ₹ 800 अरब (9.4 अरब अमेरिकी डलर) भन्दा धेरै तथा क्षेत्रको राजस्वमा 32 प्रतिशतको योगदान दिएको थियो।
  • सामग्री निर्माण : भारतमा पछिल्लो वर्ष करिब दुई लाख घण्टाको अनौठो सामग्री निर्माण गरियो। यसमा 1600 फिल्म, 2600 घण्टाको प्रीमियम ओटीटी सामग्री र 20,000 अद्वितीय गीत सामेल छन्। यसबाट भारत विश्वकै सबैभन्दा विशाल कन्टेन्ट उत्पादन केन्द्रमध्ये एक बनेको छ।
  • तकनिकी प्रगति  : आर्टिफिसियल इन्टेलिजेन्स तथा नयाँ प्रौद्योगिकीले भारतमा सामग्री उद्योगमा क्रान्ति ल्याइरहेको छ। आर्टिफिसियल इन्टेलिजेन्स आधारित प्लेटफर्म सामग्री उत्पादनको दक्षता अनि गुणस्तर बढिरहेको छ। यसले पेशेवर स्तरको भिडियो, चित्र, पाठ अनि सङ्गीत तेजीका साथ निर्माण गर्न सक्षम बनाउँदछ।
  • लाइभ कार्यक्रमहरूमा वृद्धि : भारतमा वर्ष 2024 मा मात्र 30 हजारभन्दा धेरै लाभ कार्यक्रम आयोजित गरियो, जसमा एड शीरन र कोल्डप्ले जस्ता वैश्विक कलाकारको सङ्गीत कार्यक्रम सामेल थियो। विगत पाँच वर्षमा टिकट लाग्ने कार्यक्रमको सङ्ख्या चार गुणा बढेको छ। यसले लाइभ मनोरञ्जनप्रति बढ्दो उत्साहलाई दर्शाउँछ।

प्रतिभा पूलको विस्तार : मिडिया एवं मनोरञ्जन क्षेत्रमा 2.8 मिलियन मानिसले प्रत्यक्ष र 10 मिलियनले परोक्ष रूपमा रोजगार पाउँछन्। भारतको विविध सांस्कृतिक अनि भाषिक परिदृश्यले भारतको विशाल प्रतिभा भण्डारलाई सुदृढ बनाउँछ। यसबाट एउटा समृद्ध विषयवस्तु परितन्त्रलाई प्रोत्साहित गर्दछ।

******

पीआईबी टीम वेभ्स 2025 । रजित/लक्ष्मीप्रिया/दर्शना। 142


Release ID: (Release ID: 2126160)   |   Visitor Counter: 11