WAVES BANNER 2025
सूचना तथा प्रसारण मन्त्रालय

माननीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा परिकल्पित वेभ्स मनोरञ्जन उद्योगको निम्ति महत्त्वपूर्ण मञ्च हो : शाहरूख खान


दोस्रो र तेस्रो श्रेणीका शहरहरूको निम्ति किफायती सिनेमा अनुभव बनाउने समय आएको छ : शाहरूख खान

वेभ्स सबै मिडिया प्लेटफर्मलाई एक साथ ल्याउन समयमा गरिएको पहल हो : दीपिका पादुकोण

आगामी वर्षहरूमा भारतको सफ्त पावर वेभ्सका साथ अर्को फड्को मार्न तयार छ : करण जौहर

 Posted On: 01 MAY 2025 6:50PM |   Location: PIB Gangtok

मुम्बई, 1 मई 2025

 

अभिनेता एवं फिल्म निर्माता शाहरूख खानले फिल्म उद्योगको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीलाई वेभ शिखर सम्मेलनको परिकल्पना गर्दै त्यसलाई एकसाथ ल्याएकोमा आभार व्यक्त गर्दै यसमा मनोरञ्जन उद्योगलाई सुदृढ बनाउने क्षमता रहेको बताएका छन्। यो मञ्च उद्योगका लागि विशेष प्रासाङ्गिक रहेको र विभिन्न मोर्चामा सरकारसँग आवश्यक तालमेल कायम गर्दै समर्थन गर्ने उनले बताएका छन्।

भारतमा फिल्म फिल्मको छायाङ्कनको अपार सम्भावना रहेको कुरा उल्लेख गर्दै भारत अन्तरराष्ट्रिय फिल्म निर्माताहरूका लागि “भारतमा छायाङ्कनगर्ने अर्को गन्तव्य बन्नसक्ने उनले आशय जाहेर गरे। यसबाहेक, अन्तरराष्ट्रिय फिल्म सङ्गठन अनि उद्योगहरूका साथ विभिन्न प्रकारको सम्झौताले भारतको मनोरञ्जन उद्योगलाई कसरी आकार दिनका साथै प्रबलता प्रदान गर्ने दिशामा लामो बाटो तय गर्नसक्छ भन्ने कुरामा पनि उनले जोड दिए।

दोस्रो अनि तेस्रो श्रेणीको शहरका दर्शकहरूका लागि भारतीय सिनेमालाई अरू धेरै किफायती बनाउनुपर्ने कुरामाथि पनि खानले जोड दिए। यस्ता शहरहरूमा सिङ्गल-स्क्रीन सिनेमाको अनुभव ल्याउनुपर्ने विचार अघि सार्दै यसले धेरै ठूलो सङ्ख्यामा फिल्मलाई दर्शकहरूसम्म पुऱ्याउन सघाउ पुग्ने उनले बताए।

अभिनेत्री दीपिका पादुकोणले पनि वेभ्सको महत्त्वबारे आफ्नो विचार साझा गर्दै यो मिडिया एवं मनोरञ्जन उद्योगको विभिन्न माध्यमलाई एक साथ ल्याउने समयबद्ध हस्तक्षेप रहेको बताइन्। यस क्षेत्रको विभिन्न अङ्गले धेरै कम तालमेलका साथ अलग-अलग काम गरिरहेको भए तापनि वेभ्सको परिधि व्यापक रहेको हुँदा यसमा फिल्म, ओटीटी, एनिमेशन, एआइ र अन्य इमर्सिभ तकनिकीलाई एक साथ जोड्ने सम्भावना रहेको पनि पादुकोणले आशय व्यक्त गरिन्।

वेभ्स शिखर सम्मेलनको पहिलो दिनको अवसरमा बोल्दै शाहरूख कान अनि दीपिका पादुकोणले फिल्म निर्माता करण जौहरका साथ “दी जर्नी : फ्रम आउटसाइडर टू रूलरनामक एउटा सत्रमा गहन चर्चा-परिचर्चा गरे। फिल्म उद्योमगमा आफ्नो यात्रा अनि आफ्नो निम्ति अलग पहिचान बनाउने तरिकाबारे विचार व्यक्त गरे। आउटसाइडर-इनसाइडर” ट्यागमाथि आफ्नो विचार साझा गर्ने क्रममा युवाहरूलाई फिल्म उद्योगलाई कुनै पनि अन्य पेशा जस्तै मान्ने आह्वान गर्दै कडा मेहनत र दृढताको कुनै विकल्प नरहेको स्पष्ट पारे।

सामाजिक सञ्जाल र छवि प्रबन्धनको युगमा मनोरञ्जन उद्योगको बद्लिँदो स्वरूपबारे चर्चा गर्दै आफ्नो छविमाथि ध्यान केन्द्रित गर्नुको साटो आफ्नो कौशलमा बढी ध्यान केन्द्रित गर्न खानले सुझाउ अघि सारे। पादुकोणले यो समय आफ्नो अनौठो तागत अनि क्षमताको माध्यमद्वारा स्वयंलाई अलग देखाउने रहेको बताइन्।

आफ्नो समापन भाषणमा फिल्म निर्माता करण जौहरले भारतकलाई एउटा सफ्ट पावर बताउँदै यो आगामी वर्षहरूमा वेभ्सका साथ अर्को फड्को मार्नका लागि तयार रहेको बताए।

******

पीआईबी टीम वेभ्स 2025 । रजित/शुचिता/दर्शना। 127


Release ID: (Release ID: 2126026)   |   Visitor Counter: 9