सूचना तथा प्रसारण मन्त्रालय
वेभ्स 2025 एनिमेशन फिल्म मेकर्स च्यालेन्जले शीर्ष 42 फाइनलिस्टको गऱ्यो घोषणा
वेभ्सले ओरिजिनल एनिमेशन, भीएफएक्स, एआर/भीआर र भर्चुअल प्रोडक्शनको वैश्विक प्रदर्शनलाई प्रदर्शन गऱ्यो
वेभ्स 2025 मा एनिमेशषन फिल्म-मेकिङ प्रतियोगिताका प्रतिभाशाली फाइनलिस्टहरूले आफ्ना परियोजनाहरू पेश गर्नेछन्
Posted On:
19 APR 2025 12:03PM
|
Location:
PIB Gangtok
मुम्बई, 19 अप्रेल, 2025
वेभ्स 2025 को ‘क्रिएट इन इण्डिया च्यालेन्ज सिजन-1’ को एक हिस्साको रूपमा आयोजित एनिमेशन फिल्म मेकर्स प्रतियोगिता (एएफसी) का फाइनलिस्टहरूको घोषणा गरिएको छ। एनिमेशनको सम्पूर्ण स्पेक्ट्रममा ओरिजिनल स्टोरीटेलिङमा ध्यान केन्द्रित गर्ने उत्कृष्ट 42 परियोजनाहरू, जसमा परम्परागत एनिमेशन, भीएफएक्स, संवर्धित वास्तविकता (एआर)/ भर्चुअल रियालिटी (भीआर) र भर्चुअल प्रोडक्शन सामेल रहनेहरू फाइनल चरणमा पुगेका छन्। यी प्रतिभाशाली सहभागीहरूले अब वेभ्स शिखर सम्मेलनको क्रममा आफ्ना मौलिक परियोजनाहरू पेश गर्ने अवसर पाउनेछन्, जुन 1 देखि 4 मई, 2025 मा मुम्बईमा आयोजना हुनेछ। शीर्ष 3 विजेताहरू मध्ये प्रत्येकले 5 लाख रुपियाँसम्मको नगद पुरस्कार प्राप्त गर्नेछन्।
शीर्ष 42 फाइनलिस्टहरूको चयन डान्सिङ एटम्स टोलीको नेतृत्वमा वेभ्स टोलीको सहयोगमा गरिएको कठोर नौ महिनाको मूल्याङ्कन प्रक्रियाको परिणाम थियो। सहभागीहरूको समर्पित प्रयासलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय निर्णायक मण्डलको एक प्रतिष्ठित प्यानलको विवेकपूर्ण विशेषज्ञताले पूरक बनाएको थियो, जसमा सामेल छन्:
- अनु सिंह
- फारुख धोन्डी
- डान सार्टो
- जेम्स नाइट
- जान नागेल
- जियानमार्को सेरा
- इन्दु रामचन्दनी
- वैभव पिवलतकर
शीर्ष 42 फाइनलिस्ट र उनीहरूका परियोजनाहरूको सूची अनुलग्नकमा उपलब्ध छन्।

उनीहरूको परियोजनाहरूको सम्भावित आर्थिक प्रभाव महत्त्वपूर्ण छ, प्रत्येक एनिमेटेड भीएफएक्स फिचर फिल्मले 100-300 व्यक्तिहरूका लागि रोजगारी पैदा गर्न सक्षम छ। वेभ्स एएफसी 2025 ले भारतका रचनात्मक प्रतिभाहरूमा एक महत्वपूर्ण निवेशको प्रतिनिधित्व गर्दछ, जसले रोजगारी सिर्जना र वैश्विक अवसरहरूलाई बढावा दिन्छ। प्रतियोगिताको महत्त्वाकांक्षा अन्तर्राष्ट्रिय सह-निर्माणलाई बढावा दिनसम्म फैलिएको छ।
सूचना तथा प्रसारण मन्त्रालयद्वारा समर्थित र डान्सिङ एटम्सको अगुवाइमा यो अभूतपूर्व वैश्विक पहलले पहिलो पटक एभीजीसी क्षेत्रका सबै चार भर्टिकललाई यस प्रकारको प्रतियोगितामा एउटै छातामुनि प्रतिनिधित्व गरिरहेको छ।
वेभ्स एएफसी 2025 ले अत्यधिक प्रतिक्रिया प्राप्त गऱ्यो, जसमा विश्वभरिका शौकिया उत्साही, प्रतिभाशाली विद्यार्थी र अनुभवी पेशेवरहरूबाट लगभग 1900 पञ्जीकरण र 419 विविध प्रविष्टिहरू प्राप्त गऱ्यो। यो उत्साही सहभागिताले एनिमेशन उद्योगभित्र नयाँ रचनात्मक आवाजहरूको पहिचान गर्ने र उनीहरूलाई पोषित गर्नमा प्रतियोगिताको महत्त्वपूर्ण भूमिकालाई रेखाङ्कित गर्दछ।
प्रतिभा प्रदर्शन गर्नु बाहेक, यो पहलले सबै चरणमा मेन्टरशिपलाई प्राथमिकता दिएको छ। सबै प्रतियोगीहरूले, उनीहरूको अन्तिम चयनको पर्वाह नगरी, अकादमी पुरस्कार विजेता गुनीत मोङ्गा, प्रशंसित निर्माता शोबु यारलागड्डा र सरस्वती बुय्याला जस्ता प्रसिद्ध उद्योग नेताहरूको नेतृत्वमा अमूल्य मास्टरक्लासबाट लाभ उठाए। यी सत्रहरूमा पिचिङ कौशललाई निखार्ने र उद्योगका जटिलताहरूलाई बुझ्नमा ध्यान केन्द्रित गरेका थिए। यी परियोजनाहरूलाई विभिन्न ओटीटी प्लेटफर्म र प्रमुख उद्योग खेलाडीहरूलाई पेश गरिनेछ। डान्सिङ एटम्स स्टुडियोका संस्थापक सरस्वती बुय्यालाले यी शीर्ष 42 परियोजनाहरूको लागि सहयोगको सुविधाका लागि 17 देशहरू (अस्ट्रेलिया, बाङ्ग्लादेश, ब्राजिल, क्यानडा, चीन, कोलम्बिया, फ्रान्स, जर्मनी, इजरायल, इटाली, कोरिया, न्यूजील्याण्ड, पोल्याण्ड, पोर्चुगल, रूस, स्पेन, संयुक्त अधिराज्य) का दूतावासहरूका साथ सक्रिय रूपमा जोड़िरहेका छन्। यी परियोजनाहरूलाई बढावा दिनका लागि प्रमुख वितरकहरूसँग बैठक पनि तय गरिएका छन्। शीर्ष 42 परियोजनाहरूले विविध स्पेक्ट्रमको प्रतिनिधित्व गर्दछन्, जसमा 12 फिचर फिल्म, 9 टीभी सिरिज, 3 एआर/भीआर अनुभव र 18 लघु फिल्म सामेल छन्, जसले सम्भावित दर्शक र सहयोगीहरूको लागि समृद्ध विविधता प्रदान गर्दछन्।
सूचना तथा प्रसारण मन्त्रालयको महत्त्वपूर्ण समर्थनले एएफसी वेभ्स 2025 लाई यसको वर्तमान कदसम्म बढ़ाउनमा सहायक भूमिका खेलेको छ। एनिमेशन, भीएफएक्स, एआर/भीआर र भर्चुअल प्रोडक्शन क्षेत्रहरूमा मूल कहानी भन्नका लागि बढावा दिनेप्रति समर्पणले अमूल्य स्रोत र मान्यता प्रदान गरेको छ, जसमा उदीयमान प्रतिभाहरूलाई एक महत्त्वपूर्ण मञ्चमा सशक्त बनाएको छ। यो प्रतियोगिता र यसको कठोर स्क्रिनिङ प्रक्रिया तथा शिक्षण अवसरहरूलाई समृद्ध बनाउँदै एनिमेशनको गतिशील संसारमा भारतको रचनात्मक क्षमतालाई पोषित गर्नका लागि सरकारको प्रतिबद्धतालाई रेखाङ्कित गर्दछ। प्रत्येक चयनित प्रविष्टिले एक अद्वितीय कथा प्रस्तुत गर्दछ तथा आकर्षक अन्तर्राष्ट्रिय प्रस्तुतिहरू सहित विविध रचनात्मक दृष्टिकोणहरूलाई प्रदर्शित गर्दछ। अगाडि बढ्दै, एनिमेशन, भीएफएक्स, एआर/भीआर र भर्चुअल प्रोडक्शन स्टोरीटेलिङको भविष्य वेभ्स एएफसी 2025 मा प्रकट हुनेछ।
वेभ्सबारे
मिडिया अनि मनोरञ्जन क्षेत्रका लागि एउटा ऐतिहासिक आयोजन, पहिलो विश्व दृश्य-श्रव्य एवं मनोरञ्जन शिखर सम्मेलन, भारत सरकारद्वारा 1 देखि 4 मई, 2025 सम्म मुम्बई, महाराष्ट्रमा आयोजित गरिनेछ।
चाहे तपाईं पेशेवर होस्, निवेशक होस्, निर्माता होस् वा नवप्रवर्तक होस्, यस शिखर सम्मेलनले तपाईंलाई जोडिने, नेटवर्क बनाउने, नवप्रवर्तन गर्ने र एम एवं ई परिदृश्यमा योगदान दिनका लागि सर्वोत्तम वैश्विक मञ्च प्रदान गर्नेछ।
वेभ्स भारतको रचनात्मक शक्तिलाई बढाउन तथा विषयवस्तु निर्माण, बौद्धिक सम्पदा एवं तकनिकी नवाचारको केन्द्रका रूपमा आफ्नो स्थिति विस्तार गर्नका लागि तयार छ। जुन उद्योग अनि क्षेत्रमाथि ध्यान केन्द्रित गरिएको छ, त्यसमा प्रसारण, प्रिन्ट मिडिया, टेलिभिजन, रेडियो, फिल्म, एनिमेशन, भिजुअल ईफेक्ट्स, गेमिङ, कमिक्स, ध्वनि अनि सङ्गीत, विज्ञापन, डिजिटल मिडिया, सोसियल मिडिया प्लेटफर्म, जेनरेटिभ एआइ, संवर्धित वास्तविकता (एआइ), आभासी वास्तविकता (भीआर) र विस्तारित वास्तविकता (एक्सआर) सामेल छन्।
प्रश्न के छ? उत्तर यहाँ पाउनुहोस्
पीआइबी टीमबाट वेभ्सको नवीनतम घोषणाका साथ अपडेट रहनुहोस्।
हाम्रो साथमा आउनुहोस्! वेभ्सका लागि पञ्जिकरण गराउनुहोस्।
*****
पीआईबी टीम वेभ्स 2025 । श्रीयङ्का/परशुराम । 96
Release ID:
(Release ID: 2123052)
| Visitor Counter:
20
Read this release in:
Telugu
,
Khasi
,
English
,
Urdu
,
Hindi
,
Marathi
,
Bengali
,
Assamese
,
Punjabi
,
Gujarati
,
Kannada
,
Malayalam