WAVES BANNER 2025
सूचना तथा प्रसारण मन्त्रालय

केन्द्रीय मन्त्री श्री अश्विनी वैष्णवले वेभ्स 2025 भन्दा पहिला समाचार मिडिया सङ्गठनहरूसँग विचार-विमर्श गरे


वेभ्स उद्योगद्वारा सञ्चालित छ; सरकार एक उत्प्रेरक हो- श्री अश्विनी वैष्णव

भारतको रचनात्मक अर्थतन्त्रलाई बढ़ावा दिनका लागि व्यापक प्रतिक्रिया: 1 लाखभन्दा अधिक पञ्जीकरण, 750 शीर्ष स्तरका रचनाकारहरूले आफ्नो कामको प्रदर्शन गर्नेछन्

वेभ्स स्केलेबल रचनात्मक समाधानहरूको लागि रचनाकार, खरिददार र बजारहरू बीच एक वैश्विक कनेक्टरको रूपमा उदाइरहेको छ: केन्द्रीय मन्त्री

 Posted On: 19 APR 2025 7:03PM |   Location: PIB Gangtok

मुम्बई, 19 अप्रेल 2025

रचनाकार र उनीहरूको अर्थतन्त्रको दुनियाँ एक मौलिक परिवर्तनबाट गुज्रिरहेको छ। केन्द्रीय सूचना तथा प्रसारण मन्त्री श्री अश्विनी वैष्णवले 1 देखि 4 मईसम्म मुम्बईमा हुने पहिलो विश्व अडियो भिजुअल तथा मनोरञ्जन शिखर सम्मेलनभन्दा अघि आज समाचार मिडियासँग बातचित गर्दै यो कुरा बताए। यो बातचितमा राष्ट्रिय तथा क्षेत्रीय समाचार मिडियाका लगभग 20 मिडिया हाउसहरूले भाग लिए। चुनौतीहरूको बारेमा कुरा गर्दै केन्द्रीय मन्त्रीले भने, प्रविधिको आगमनसँगै पुरानो मोडेलले नयाँ मोडेललाई बाटो दिइरहेको छ, जसले गर्दा अवसर साथ साथै चुनौतीहरू पनि पैदा भइरहेका छन्। उनले भने, मिडिया जगतको स्वरूप परिवर्तन भइरहेको छ र नयाँ मोडेलप्रति प्रतिक्रिया व्यक्त गर्नका लागि एक देशको रूपमा सामूहिक आवश्यकतामाथि बल दिए। एक उदाहरण दिँदै उनले भने, ती दिनहरू गए जब कन्टेन्ट बनाउनका लागि एक ठूलो स्टुडियोको आवश्यकता पर्थ्यो। आज झारखण्ड वा केरलाको दुर्गम गाउँका एक क्रिएटरले राम्रो गुणस्तरको कन्टेन्ट बनाउन सक्छन् र लाखौँ भ्यूज प्राप्त गर्न सक्छन्।

उनले क्रिएटरको अर्थतन्त्र तीव्र गतिमा बढिरहेको उल्लेख गरे। मन्त्रीले भने, हाम्रा दूरदर्शी प्रधानमन्त्रीले वैश्विक स्तरमा भारतको सफ्ट पावरलाई बढ़ावा दिएर क्रिएटर्सको काम र अर्थतन्त्रमा उनीहरूको योगदानलाई स्वीकार गरेका छन्। वेभ्सले आफूलाई मिडिया तथा मनोरञ्जनको लागि एक वैश्विक मञ्चको रूपमा विकसित गर्न चाहन्छ, जसरी दाभोसले आर्थिक नीतिहरूको लागि एक वैश्विक मञ्चको रूपमा कार्य गर्दछ, उनले थपे।

भारतको रचनात्मक अर्थतन्त्रले अत्यधिक बढावा पाएको छ, वेभ्स 2025 को लागि 1 लाखभन्दा अधिक पञ्जीकरण भएका छन्। शीर्ष इनोभेटर्सलाई विकसित वैश्विक मिडिया तथा मनोरञ्जन परिदृश्यमा उनीहरूको योगदानको उत्सव मनाउँदै पुरस्कारहरूले सम्मानित गरिनेछ। श्री वैष्णवले भने, हामी आफ्नो रचनाकारहरूसँग संसारलाई जोड्ने तरिका खोजिरहेका छौँ। वेभ्स रचनाकार, खरिददार र स्केलेबल रचनात्मक समाधानहरूको लागि बजारहरू बीच एक वैश्विक कनेक्टरको रूपमा उदाइरहेको छ, मन्त्रीले भने। वेभ्सको माध्यमद्वारा, खरिददार र विक्रेताहरूले एउटा मञ्च पाइरहेका छन्, जहाँ रचनाकारहरूले आफ्नो सामग्री पेश गर्न सक्छन् र फर्महरूले गुणस्तरीय रचनात्मक कामर्य प्राप्त गर्न सक्छन्।

यो बातचितमा भाग लिँदै विभिन्न मिडिया सङ्गठनका प्रमुखहरूले नीति निर्माता, रचनाकार, उद्योगका दिग्गज, प्राविधिक दिग्गज र मिडिया तथा मनोरञ्जन क्षेत्रका स्टार्ट अपहरूलाई एउटै मञ्चमा ल्याउनका लागि वेभ्सको रूपमा एक नयाँ अवधारणाको परिकल्पना गरेकोमा सरकारलाई बधाई दिए।

सूचना तथा प्रसारण मन्त्रालयका सचिव श्री सञ्जय जाजुले सबै सहभागी र गणमान्य व्यक्तिहरूलाई स्वागत जनाउँदै मिडिया परिदृश्यको भविष्यलाई आकार दिनमा सामूहिक संवादको महत्त्वमाथि प्रकाश पारे। उनले विभिन्न मञ्चमा हितधारकहरूसँग जोड़िनका लागि मन्त्रालयको प्रतिबद्धतामाथि जोड दिए तथा वेभ्स 2025 को अगुवाइमा मिडिया सङ्गठनहरूको सक्रिय सहभागिताको प्रशंसा गरे।

*********

 

धर्मेन्द्र तिवारी/विराट मजबूर/नवीन श्रीजीत


Release ID: 2123015   |   Visitor Counter: 30