सूचना तथा प्रसारण मन्त्रालय
वेभ्स 2025 ले भारतको सबैभन्दा ठूलो कस्प्ले च्याम्पियनशिप आयोजना गर्ने, जसले पप संस्कृति र रचनात्मकतालाई बढ़ावा दिनेछ
Posted On:
30 MAR 2025 11:13AM by PIB Gangtok
क्रिएटर्स स्ट्रिट र एपिको कोनले तेलङ्गाना सरकार, आईसीए इण्डियन कमिक्स एसोसिएशन, फरबिडन मिडिया एण्ड इन्टरटेनमेन्ट एसोसिएशन अफ् इण्डिया (एमईएआई) र तेलङ्गाना भीएफएक्स एनिमेशन एण्ड गेमिङ एसोसिएशन (टीभीएजीए) अनि सूचना तथा प्रसारण मन्त्रालय, भारत सरकारको सहयोगमा भारतको सबैभन्दा प्रतिष्ठित कस्प्ले प्रतियोगिता गर्वका साथ वेभ्स कस्प्ले च्याम्पियनशिप घोषणा गर्छन्। 1-4 मई, 2025 सम्म मुम्बईमा 2025 वर्ल्ड अडियो भिजुअल एण्ड इन्टरटेनमेन्ट समिट (वेभ्स) 2025 मा आयोजना हुने यो ऐतिहासिक कार्यक्रमले भारतका सबैभन्दा प्रतिभाशाली कस्प्लेयरहरूलाई एकै ठाउँमा ल्याउनेछ, जसले पप संस्कृतिको दुनियाँमा उनीहरूको कलात्मकता, समर्पण र शिल्प कौशलको उत्सव मनाउनेछन्।
वेभ्स कस्प्ले च्याम्पियनशिपको बारेमा
वेभ्स कस्प्ले च्याम्पियनशिपको उद्देश्य प्रतिभागीहरूलाई आफ्नो कौशल, रचनात्मकता र पप संस्कृतिप्रतिको जुनून प्रदर्शन गर्नका लागि एक विश्व स्तरीय मञ्च प्रदान गरेर भारतको बढ्दो कस्प्ले समुदायलाई सशक्त बनाउनेछ। यो च्याम्पियनशिप भारतको विस्तार भइरहेको मनोरञ्जन र एभीजीसी-एक्सआर क्षेत्रसँग मिल्दोजुल्दो छ, जसले पोशाक डिजाइन, प्रदर्शन र चरित्र चित्रणमा आत्म-अभिव्यक्ति र नवाचारलाई प्रोत्साहन गर्दछ।
प्रतियोगिताका मुख्य विशेषताहरू
- ग्राण्ड फिनाले: 80-100 फाइनलिस्टहरूले वेभ्स 2025 स्टेजमा आफ्ना कस्प्लेलाई लाइभ प्रस्तुत गर्नेछन्।
- निर्णायक मण्डल: सहभागीहरूको मूल्याङ्कन उद्योग विशेषज्ञहरू, अन्तर्राष्ट्रिय अतिथिहरू र कस्प्ले पेशेवरहरूद्वारा गरिनेछ।
- विविध श्रेणीहरू: श्रेणीहरू भारतीय पौराणिक कथा, पप संस्कृति, एनिमे, मङ्गा, डीसी, मार्वल र धेरै कुराको प्रतिनिधित्व गर्नेछन्।
- वैश्विक प्रदर्शन: अन्तर्राष्ट्रिय स्तरमा पहिचान हासिल गर्ने मौका।
- पुरस्कार रकम: ₹1,50,000/- रुपियाँभन्दा अधिकको पुरस्कार राशि।
प्रतियोगिता संरचना र चयन मापदण्ड
- अनलाइन पञ्जीकरण र निर्णायक मण्डल समीक्षा - कस्प्लेयरहरूले आफ्ना प्रविष्टिहरू अनलाइन जमा गर्नुपर्नेछ, जसको समीक्षा निर्णायक मण्डलद्वारा गरिनेछ।
- फाइनलिस्ट चयन - शीर्ष 80-100 कोस्प्लेयरहरूको चयन गरिनेछ र उनीहरूलाई ईमेलको माध्यमद्वारा सूचित गरिनेछ।
- वेभ्स 2025 मा लाइभ च्याम्पियनशिप - फाइनलिस्टहरूले आफ्नो उत्कृष्ट पोज र प्रदर्शन देखाउँदै पूर्ण कस्प्लेमा र्याम्पमा हिँड्नेछन्।
- निर्णायक मण्डल मूल्याङ्कन र विजेताहरूको घोषणा - प्रमुख निर्णायक मण्डलहरूको आधारमा धेरै श्रेणीमा विजेताहरूलाई ताज पहिराइनेछ।
मुख्य मितिहरू
- पञ्जीकरण खुल्ने मिति: 28 मार्च, 2025
- जमा गर्ने अन्तिम मिति: 7 अप्रेल, 2025
- वेभ्स कस्प्ले च्याम्पियनशिपको ग्राण्ड फिनाले: 1 - 4 मई, 2025
अधिक जानकारी र पञ्जीकरण जानकारीको लागि, visit https://creatorsstreet.in/ मा जानुहोस्। पञ्जीकरण लिङ्क https://forms.office.com/r/xpeg7sDASm
वेभ्सको बारेमा
मिडिया तथा मनोरञ्जन (एमएण्डई) क्षेत्रको लागि एक कोसेढुङ्गा कार्यक्रम, पहिलो विश्व अडियो भिजुअल तथा मनोरञ्जन शिखर सम्मेलन (वेभ्स), भारत सरकारद्वारा 1 देखि 4 मई, 2025 सम्म महाराष्ट्रको मुम्बईमा आयोजना गरिनेछ।
चाहे तपाईं एक उद्योग पेशेवर हुनुहुन्छ, निवेशक हुनुहुन्छ, निर्माता हुनुहुन्छ वा नवोन्मेषक हुनुहुन्छ, शिखर सम्मेलनले एमएण्डई परिदृश्यमा जोड़िने, सहयोग गनेर्र्, नवोन्मेष गर्ने र योगदान गर्नका लागि अन्तिम वैश्विक मञ्च प्रदान गर्दछ।
वेभ्स भारतको रचनात्मक शक्तिलाई बढावा दिनका लागि तयार छ, जसले सामग्री निर्माण, बौद्धिक सम्पदा र प्राविधिक नवाचारको लागि केन्द्रको रूपमा आफ्नो स्थानलाई बढाउनेछ। फोकसममा उद्योग र क्षेत्र सामेल छन्, प्रसारण, प्रिन्ट मिडिया, टेलिभिजन, रेडियो, चलचित्र, एनिमेशन, दृश्य प्रभाव, गेमिङ, कमिक्स, ध्वनि र सङ्गीत, विज्ञापन, डिजिटल मिडिया, सोशल मिडिया प्लेटफर्म, जेनेरेटिभ एआई, संवर्धित वास्तविकता (एआर), आभासी वास्तविकता (भीआर) र विस्तारित वास्तविकता (एक्सआर) सामेल छन्।
कुनै प्रश्न छ? यहाँ उत्तरहरू खोज्नुहोस्
पीआईबी टोली वेभ्सबाट पछिल्ला घोषणाहरूसँग अपडेट रहनुहोस्, वेभ्सको लागि अहिले नै पञ्जीकरण गर्नुहोस्
********
पीआईबी टोली वेभ्स 2025 । रबी/निकिता/परशुराम कोर ।81
(Release ID: 2117003)
Visitor Counter : 17
Read this release in:
Punjabi
,
Odia
,
English
,
Assamese
,
Hindi
,
Marathi
,
Bengali-TR
,
Gujarati
,
Tamil
,
Telugu
,
Malayalam