मन्त्रीमण्डल
azadi ka amrit mahotsav

क्याबिनेटद्वारा 01.01.2025 देखि केन्द्र सरकारका कर्मचारीहरूको महँगाई भत्ता अनि पेन्सनभोगीका महँगाई राहतको अतिरिक्त किस्ती जारी गर्न स्वीकृत


48.66 लाख केन्द्रिय सरकारी कर्मचारी तथा 66.55 लाख पेन्सनभोगीलाई

2 प्रतिशत लाभ अर्थात् राजकोषमा प्रति वर्ष ₹6614.04 करोडको भार

प्रविष्टि तिथि: 28 MAR 2025 4:15PM by PIB Gangtok

प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा केन्द्रिय मन्त्रीमण्डलद्वारा 01.01.2025 देखि केन्द्र सरकारका कर्मचारीहरूका लागि महँगाई भत्ता (डीए) तथा पेन्सनधारीका लागि महँगाई राहतको (डीआर) अतिरिक्त किस्ती जारी गर्न स्वीकृति दिइएको छ। महँगाईको भरपाई गर्नका लागि यो मूल वेतन/ पेन्सनको 53 प्रतिशतको वर्तमान दरमा 2 प्रतिशतको वृद्धि हो।

महँगाई भत्ता अनि महँगाई राहत दुवैमा वृद्धिका कारण राजकोषमा प्रति वर्ष ₹6614.04 करोडको संयुक्त प्रभाव पर्नेछ। यसबाट करिब 48.66 लाख केन्द्र सरकारका कर्मचारी अनि 66.55 लाख पेन्सनभोगी लाभान्वित हुनेछन्।

यो वृद्धि सातौं केन्द्रिय वेतन आयोगको सिफारिथमा आधारित स्वीकृत फर्मुला अनुसार छ।

*******


(रिलीज़ आईडी: 2116517) आगंतुक पटल : 55
इस विज्ञप्ति को इन भाषाओं में पढ़ें: Tamil , English , Urdu , Marathi , हिन्दी , Bengali , Assamese , Manipuri , Punjabi , Gujarati , Odia , Telugu , Kannada , Malayalam