गृह मामिला मन्त्रालय
azadi ka amrit mahotsav

पूर्व र उत्तरपूर्वी क्षेत्रहरूको लागि संयुक्त क्षेत्रीय आधिकारिक भाषा सम्मेलन भोलि गुवाहाटीमा आयोजना हुँदैछ


Posted On: 04 MAR 2025 4:05PM by PIB Gangtok

भारत सरकारको गृह मन्त्रालयको राजभाषा विभागद्वारा आयोजित पूर्व र पूर्वोत्तर क्षेत्रहरूको संयुक्त क्षेत्रीय आधिकारिक भाषा सम्मेलन र पुरस्कार वितरण समारोह भोलि गुवाहाटीमा आयोजना हुनेछ। सम्मेलनमा असमका मुख्यमन्त्री डा. हिमन्त विश्व शर्मा र गृह राज्यमन्त्री श्री नित्यानन्द रायको प्रमुख उपस्थिति रहनेछ। संसद सदस्य श्री दिलीप सैकिया र श्रीमती बिजुली कलिता मेधी पनि सम्मेलनमा विशिष्ट अतिथिको रूपमा उपस्थित हुनेछन्।

आज गुवाहाटीमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै गृह मन्त्रालयको आधिकारिक भाषा विभागकी सहसचिव डा. मीनाक्षी जोलीले भोलिको सम्मेलन पूर्व र उत्तरपूर्वी दुवै क्षेत्रको लागि संयुक्त क्षेत्रीय आधिकारिक भाषा सम्मेलन हुने जानकारी दिइन्। पूर्वी क्षेत्रमा पश्चिम बङ्गाल, ओडिशा, बिहार, झारखण्ड र अण्डमान तथा निकोबार द्वीप पुञ्जहरू सामेल छन् भने उत्तरपूर्वी क्षेत्रमा असम, त्रिपुरा, मिजोरम, नागाल्याण्ड, मणिपुर, मेघालय, सिक्किम र अरुणाचल प्रदेश समावेश छन्।

संयुक्त सचिवले थप बताए अनुसार भोलिको सम्मेलनमा मुख्यमन्त्री डा. हिमन्त विश्व शर्माले यी क्षेत्रहरूमा अवस्थित विभिन्न कार्यालय, ब्याङ्क र उपक्रमहरूलाई विभिन्न श्रेणीहरूमा आधिकारिक भाषाको क्षेत्रमा उत्कृष्ट कार्यको लागि पुरस्कार प्रदान गर्नेछन्। सम्मेलनमा केन्द्रीय सरकारी कार्यालय, ब्याङ्क, उपक्रमहरू आदिका वरिष्ठ अधिकारीहरूको ठूलो सङ्ख्या उपस्थित हुनेछ। यस अतिरिक्त, शहर राजभाषा भाषा कार्यान्वयन समितिहरू (टीओएलआईसी) लाई टीओएलआईसी राजभाषा सम्मानले सम्मानित गरिनेछ। भोलिको समारोहमा सूचना व्यवस्थापन प्रणालीको माध्यमद्वारा पेश गरिएको त्रैमासिक प्रगति प्रतिवेदनको आधारमा छनोट गरिएका कुल 48 पुरस्कारहरू प्रदान गरिनेछ।

यस अवसरमा, विभागीय पत्रिका राजभाषा भारतीको विशेष अङ्क र भारतीय भाषा अनुभागको लागि बहुभाषिक अनुवाद सफ्टवेयर कण्ठस्थ (3.0) को अल्फा संस्करणको पनि सार्वजनिक गरिनेछ।

यस वर्षको शुरुआतमा पहिलो क्षेत्रीय सम्मेलन 4 जनवरी, 2025 मा कर्नाटकको मैसूरमा आयोजना गरिएको थियो, त्यसपछि दोस्रो सम्मेलन 17 फरवरी, 2025 मा जयपुरमा आयोजना गरिएको थियो। सम्मेलनको प्राथमिक उद्देश्य यी क्षेत्रहरूमा केन्द्रीय सरकारी कार्यालय, ब्याङ्क, सार्वजनिक संस्था, स्वायत्त निकाय र शहरी आधिकारिक भाषा कार्यान्वयन समितिहरू (टीओएलआईसी) मा राजभाषा नीतिको प्रभावकारी कार्यान्वयनलाई प्रवर्द्धन गर्नु हो।

*****


(Release ID: 2108172) Visitor Counter : 10