प्रधानमन्त्रीको कार्यालय
azadi ka amrit mahotsav

भोपाल, मध्य प्रदेशमा ग्लोबल इन्भेस्टर्स समिट 2025 को उद्घाटनमा प्रधानमन्त्रीद्वारा सम्बोधनको मूल पाठ


Posted On: 24 FEB 2025 3:30PM by PIB Gangtok

कार्यक्रममा उपस्थित मध्य प्रदेशका गभर्नर श्री मङ्गुभाई पटेल, मुख्यमन्त्री श्री मोहन यादवजी, अन्य सबै महानुभव, देवी अनि सज्जनवृन्द!

सबैभन्दा पहिले त मलाई यहाँ आउन विलम्ब भयो, यसका लागि तपाईंहरू सबैको क्षमा चाहन्छु। विलम्ब यस कारण भयो, कारण, हिजो जब म यहाँ पुगे, तब एउटा कुरा ध्यानमा आयो, आज 10 औं अनि 12 औं विद्यार्थीहरूको परीक्षा हो, र त्यसको समय र मेरो राजभवनबाट निक्लिने समयबीच टक्राउ भइरहेको थियो। र त्यसले गर्दा सम्भावना थियो, सिक्युरिटीका कारण यदि बाटो बन्द भए, तब विद्यार्थीहरूलाई परीक्षा दिनका लागि जान समस्या पर्नेछ। र त्यो समस्या नहोस्, विद्यार्थीहरू एकपटक आफ्नो परीक्षा केन्द्रमा पुगेपछि मात्र राजभवनबाट निक्लिने, यस्तो मैले सोचे, त्यस कारण मैले निक्लिनमै 15-20 मिनट विलम्ब गरिदिए र त्यसका कारण तपाईंहरूलाई जुन असुविधा भयो, यसका लागि म फेरि एकपटक क्षमा माग्न चाहन्छु।

साथीहरू,

राजा भोजको यस पावन नगरीमा तपाईंहरू सबैलाई स्वागत गर्नु मेरो निम्ति गर्वको कुरा हो। यहाँ इण्डस्ट्रीबाट, विभिन्न सेक्टरका अनेकौं साथी आएका छन्। विकसित मध्य प्रदेशबाट विकसित भारतको यात्रामा, आजको यो कार्यक्रम अति नै महत्त्वपूर्ण छ। यस भव्य आयोजनका लागि म मोहनजी अनि उनको सम्पूर्ण टीमलाई धेरै धेरै बधाई दिन चाहन्छु।

साथीहरू,

भारतको इतिहासमा यस्तो अवसर पहिलोपटक आएको छ, जब सम्पूर्ण विश्व भारतका लागि यति आशावादी छ। सम्पूर्ण विश्वमा चाहे सामान्य जन होस्, अर्थनीतिका विशेषज्ञ होस्, विभिन्न देश होस् वा संस्थान, सबैलाई भारतबाट धेरै आशा छ। विगत केही हप्तामा जुन प्रतिक्रिया आएका छन्, त्यो भारतमा हरेक निवेशकको उत्साह बढाउने प्रकारका छन्। केही दिनअघि विश्व ब्याङ्कले भनेको छ, भारत आउने वर्षहरूमा यसै गरी विश्वको तेज गतिले बढ्ने अर्थनीति बनिरहनेछ। ओईसीडीको एक महत्त्वपूर्ण प्रतिनिधिको भनाई छ, “विश्वको भविष्य भारतसँग छ।” केही दिनअघि, जलवायु परिवर्तनमाथि संयुक्त राष्ट्रको एउटा संस्थाले भारतलाई सोलर पावरको सुपर पावर भनेको थियो। यस संस्थाले के पनि भनेको छ भने जहाँ कैयौं देशले केवल कुरा गर्ने गर्दछन् भने, भारतले परिणाम ल्याएर देखाउने गर्दछ। हालै एउटा रिपोर्ट आएको छ। यसमा ग्लोबल एयरोस्पेस फर्म्सका लागि भारत कसरी उत्तम आपूर्ति शृङ्खलाका रूपमा उदाइरहेको छ भनिएको छ। वैश्विक आपूर्ति शृङ्खला चुनौतीको जवाफ उनीहरूले भारतमा देखिरहेका छन्। म यस्ता कैयौं उदाहरण यहाँ उल्लेख गर्नसक्छु, जसले भारतमाथि विश्वको आत्मविश्वासलाई दर्शाउँदछ। उक्त आत्मविश्वासले भारतको हरेक राज्यका आत्मविश्वास पनि बढाइरहेको छ। र आज यो हामी मध्य प्रदेशको यस ग्लोबल समितमा पनि देखिरहेका छौं, महसुस गरिरहेका छौं।

साथीहरू,

मध्य प्रदेश, जनसङ्ख्याको हिसाबले भारतको पाँचौं विशाल राज्य हो। एमपी कृषिको मामिलामा भारतको शीर्ष राज्यहरूमा पर्दछ। खनिजको हिसाबले पनि एमपी देशको शीर्ष 5 राज्यमा पर्दछ। एमपीलाई जीवनदायिनी माता नर्मदाको आशीर्वाद प्राप्त छ। एमपीमा हरेक त्यो सम्भावना छ, हरेक त्यो क्षमता छ, जसले एपीलाई जीडीपीको हिसाबले पनि देशको शीर्ष 5 राज्यमा ल्याउन सक्दछ।

साथीहरू,

बितेका दसकमा मध्य प्रदेशले रूपान्तरणको नयाँ युग देखेको छ। एक समय थियो, जब यहाँ बिजुली, पानीको धेरै समस्या थियो। कानून-व्यवस्थाको स्थिति त अझ खराब थियो। यस्तो स्थितिमा यहाँ उद्योगहरूको विकास अति नै गाह्रो थियो। बितेका दुई दसकमा, 20 सालमा मध्य प्रदेशका मानिसहरूको सहयोगद्वारा यहाँ बीजेपी सरकारले शासनमाथि ध्यान केन्द्रित गऱ्यो। दुई दसक अगिसम्म मानिसहरू एमपीमा निवेश गर्न डराउँथे। आज एमपीले, निवेशका लागि देशका राज्यहरूमध्ये सबैभन्दा शीर्ष राज्यमा आफ्नो स्थान बनाएको छ। जुन एमपीमा खराब सडकका कारण बससम्म राम्ररी गुड्न सक्दैन थियो, त्यो आज भारतको ईभी क्रान्तिमा शीर्षमध्ये एक बनेको छ। जनवरी 2025 सम्म करिब 2 लाख ईलेक्ट्रिक वाहन एमपीमा पञ्जिकरण भए। यो करिब 90 प्रतिशत वृद्धि हो। यसले एमपी आज विनिर्माणको नयाँ क्षेत्रका लागि पनि शानदार गन्तव्य बनिरहेको दर्शाउँदछ। र म मोहनजीलाई बधाई दिन चाहन्छु, उनको टीमलाई बधाई दिन चाहन्छु, उनले यस वर्षलाई उद्योग अनि रोजगार वर्षका रूपमा मनाउने तय गरेका छन्।

साथीहरू,

बितेका दसकमा भारतले पूर्वाधारको तेज वृद्धिको समय देखेको छ। म भन्न सक्छु, यसको धेरै फाइदा एमपीलाई प्राप्त भयो। दिल्ली-मुम्बई एक्सप्रेसवे, जसले देशको दुई विशाल शहरलाई जोडिरहेको छ, यसको ठूलो भाग एमपीबाट हुँदै गुज्रिन्छ। अर्थात्, एकातिर एमपीले मुम्बईको पोर्ट्सका लागि तेज कनेक्टिभिटी पाइरहेको छ भने अर्कातिर, उत्तर भारतको बजारसँग पनि यो जोडिँदैछ। आज मध्य प्रदेशमा 5 लाख किलोमिटरभन्दा धेरै सडक सञ्जाल छ। एमपीको औद्योगिक गलियारा, आधुनिक एक्सप्रेसवेसँग जोडिँदैछन्। अर्थात् एमपीमा लजिस्टिक्ससँग जोडिएका क्षेत्रको तेज विकास तय छ।

साथीहरू,

हवाई कनेक्टिभिटीको कुरा गर्नुपर्दा, यहाँ ग्वालियर र जबलपुर एयरपोर्ट्सको टर्मिनल्सलाई पनि विस्तार गरिएको छ। र हामी यतिमै रोकिएनौं, एमपीको जुन एउटा ठूलो रेल सञ्जाल छ, त्यसलाई पनि आधुनिकीकरण गरिँदैछ। एमपीमा रेल सञ्जालको शत-प्रतिशत विद्युतिकरण गरिसकिएको छ। भोपालको रानी कमलापति रेलवे स्टेशनको तस्वीरले आज पनि सबैको मन मोहित पार्दछ। यसै अनुरूप एमपीमको 80 रेलवे स्टेशनलाई अमृत भारत स्टेशन योजना अन्तर्गत आधनिक बनाइँदैछ।

साथीहरू,

बितेका दसक भारतको निम्ति ऊर्जा क्षेत्रको अभूतपूर्व वृद्धिको रहेको छ। विशेष गरी हरित ऊर्जालाई लिएर भारतले त्यो गरेर देखाएको छ, जसको कल्पना पनि धेरै गाह्रो थियो। बितेका 10 वर्षमा करिब 70 बिलियन डलर अर्थात 5 ट्रिलियन रुपियाँभन्दा धेरै नविकरणीय ऊर्जा क्षेत्रमा निवेश भएको छ। यसबाट बितेका वर्ष स्वच्छ ऊर्जा क्षेत्रमा 10 लाखभन्दा धेरै रोजगार सिर्जना भएका छन्। ऊर्जा क्षेत्रको यस अप्रत्याशित वृद्धिको एमपीलाई पनि धेरै फाइदा प्राप्त भयो। आज एमपी पावर सरप्लस छ। यहाँ करिब 31 हजार मेगावाट विद्युत उत्पादन क्षमता छ, जसमध्ये 30 प्रतिशत स्वच्छ ऊर्जा छ। रीवा सोलर पार्क, देशकै सबैभन्दा ठूलो पार्कमध्ये एख हो। केही दिनअघि मात्र ओङ्करेश्वरमा फ्लोटिङ सोलर प्लान्ट पनि शुरु भएको छ। सरकारद्वारा बीना रिफाइनरी पेट्रोकेमिकल परिसरमा करिब 50 हजार करोड रुपियाँ निवेश गरिएको छ। यसले मध्य प्रदेशलाई पेट्रोकेमिकल्स हब बन्न सहयोग गर्नेछ। मध्य प्रदेशको जुन यो पूर्वाधार छ, यसलाई एमपी सरकारले आधुनिक नीति अनि स्पेशल इण्डस्ट्रियल इन्फ्रास्ट्रक्चरद्वारा सहयोग गरिरहेको छ। एमपीमा 300 भन्दा धेरै औद्योगिक क्षेत्र छन्, पीथमपुर, रतलाम र देवासमा हजारौं ऐकरको निवेश क्षेत्र पनि विकास गरिँदैछ। अर्थात्, तपाईं सबै निवेशकका लागि यहाँ उत्तम प्राप्तिको अपार सम्भावना छ।

साथीहरू,

हामी सबैलाई थाहा छ, औद्योगिक विकासका लागि जल सुरक्षा हुन कति आवश्यक छ। यसका लागि एकातिर जल संरक्षणमाथि बल दिइँदैछ भने अर्कातिर हामी नदीहरूलाई जोड्ने बृहत मिशन लिएर अघि बढिरहेका छौं। मध्य प्रदेशको खेती, यहाँको उद्योग यसको सबैभन्दा ठूलो लाभार्थी हुनेछ। हालै 45 हजार करोड रुपियाँको केन-बेतवा नदी जोड्ने परियोजनामाथि काम शुरु भएको छ। यसबाट करिब 10 लाख हेक्टर कृषि भूमिको उत्पादनशीलता बढ्नेछ। यसबाट एमपीमा जल प्रबन्धनले पनि नयाँ तागत पाउनेछ। यस्ता सुविधाले खाद्य प्रसंस्करण, कृषि उद्योग र वस्त्र क्षेत्रमा धेरै व्यापक सम्भावना उजागर हुनेछ।

साथीहरू,

एमपीमा डबल इञ्जिनको सरकार बनेपछि विकासको गति पनि दोब्बर भएको छ। केन्द्र सरकार काँधमा काँध मिलाएर एमपीको विकासमा, देशको विकासमा जुटेको छ। चुनाउका समय मैले भनेको थिए, आफ्नो तेस्रो कार्यकालमा हामी तीन गुणा तेजीका साथ काम गर्नेछौं। यो गति हामी, साल 2025 को पहिलो पचास दिनमा देखिरहेका छौं। यसै महिना हाम्रो बजेट आयो। यस बजेटमा, भारतको विकासको हरेक उत्प्रेरकलाई हामीले ऊर्जित गरेका छौं। हाम्रा मध्यम वर्ग, सबैभन्दा विशाल करदाता हुन्, उनीहरूले सेवा अनि विनिर्माणका लागि माग पनि सिर्जना गर्दछन्। यस बजेटमा मध्यम वर्गलाई सशक्त बनाउनका लागि अनेकौं कदम उठाइएका छन्। हामीले 12 लाख रुपियाँसम्मको आयलाई करमुक्त गरेका छौं, कर ढाँचालाई पुनर्गठित गरेका छौं। बजेटपछि आरबीआइले पनि ब्याज दर घटाएको छ।

साथीहरू,

बजेटमा स्थानीय आपूर्ति शृङ्खा निर्माणमाथि बल दिइएको छ, ताकि विनिर्माणमा हामी पूर्णरूपले आत्मनिर्भर बन्नसकौं। एख समय थियो, जब एमएसएमईको सामर्थ्यलाई पहिलेका सरकारले सीमित गरी राखेको थियो। यसका कारण भारतमा स्थानीय आपूर्ति शृङ्खला त्यस स्तरसम्म विकसित हुनसकेन। आज हामीले प्राथमिकताका आधारमा एमएसएमई आधारित स्थानीय आपूर्ति शृङ्खला निर्माण गरिरहेका छौं। यसका लागि एमएसएमईको परिभाषालाई अझ सुधारिएको छ। एमएसएमईलाई ऋण आधारित सहुलियत दिइँदैछ, ऋणसम्म सुगम्यतालाई सहज बनाइँदैछ र मूल्य अभिवृद्धि अनि निर्यातका लागि सहयोग बढाइएको छ।

साथीहरू,

बितेका एक दसकदेखि राष्ट्रिय स्तरमा हामीले एकपछि अर्को ठूलो सुधारलाई गति दिइरहेका छौं। अब राज्य अनि स्तानीय स्तरमा पनि सुधारलाई प्रोत्साहित गरिँदैछ। म तपाईंहरूका बीच स्टेट डी-रेगुलेशन कमिशनको चर्चा अवश्यै गर्न चाहन्छु, जसका विषयमा बजेटमा चर्चा भएको छ। हामी राज्यहरूका साथ निरन्तर संवाद गरिरहेका छौं। राज्यहरूका साथ मिलेर, बितेका वर्षमा हामीले 40 हजारभन्दा धेरै अनुपालनलाई घटाएका छौं। बितेका वर्षहरूमा यस्ता 15 सय कानूनलाई समाप्त गरियो, जसले आफ्नो महत्त्व गुमाइसकेका थिए। हाम्रो उद्देश्य यही हो, त्यस्ता अधिनियमहरूको पहिचान होस्, जुन कारोबारी सहजताको मार्गमा रोडा बनेका छन्। डी-रेगुलेशन कमिशनले राज्यहरूमा निवेशमैत्री नियामक परितन्त्र बनाउन सहयोग गर्नेछ।

साथीहरू,

बजेटमा हामीले बुनियादी सीमा शुल्क संरचनालाई पनि सरलीकरण गरेका छौं। उद्योगहरूका लागि आवश्यक कैयौं इन्पुट्समाथि दर घटाएका छौं। सीमा शुल्क मामिलाको मूल्याङ्कनका लागि पनि समय सीमा तय गरिँदैछ। यसका अतिरिक्त, नयाँ क्षेत्रलाई निजी उद्यमीका लागि, निवेशको निम्ति खोल्ने प्रक्रिया पनि जारी छ। यस वर्ष हामीले न्युक्लियर ईनर्जी, बायो-म्यानुफेक्चरिङ, क्रिटिकल मिनरल्सको प्रोसेसिङ, लिथियम ब्याट्रीको म्यानुफेक्चरिङ, यस्ता अनेकौं नयाँ क्षेत्रलाई निवेशका लागि खोलेका छौं। यसले सरकारको नियत र प्रतिबद्धता दर्शाउँदछ।

साथीहरू,

भारतको विकसित भविष्यमा तीन क्षेत्रको ठूलो भूमिका रहनेछ। यी तीन क्षेत्रले करोडौं नयाँ रोजगार सिर्जना गर्नेछन्। यी क्षेत्र हुन्, वस्त्र, पर्यटन र प्रविधि। वस्त्र क्षेत्रलाई नै हेर्नु हो भने भारत कपास, रेशम, पोलिस्टर र भिस्कोसको सबैभन्दा ठूलो उत्पादक हो। भारतको वस्त्र क्षेत्रले करोडौंलाई रोजगार दिन्छ। भारतसँग वस्त्रसँग जोडिएको पूरा परम्परा पनि छ, कौशल पनि छ र उद्यमिता पनि छ। र मध्य प्रदेश त एक प्रकारले भारतको “कटन क्यापिटल” हो। भारतको करिब 25 प्रतिशत जैविक कपासको आपूर्ति मध्य प्रदेशबाट हुन्छ। मध्य प्रदेश मल्बेरी सिल्कको पनि सबैभन्दा ठूलो उत्पादक हो। यहाँ चन्देरी र माहेश्वरी साडी धेरै मन पराउने गरिन्छ। यलाई जीआइ ट्याग दिइसकिएको छ। यस क्षेत्रमा तपाईंहरूको निवेशले यहाँको वस्त्रलाई वैश्विक रूपमा आफ्नो छाप छोड्न धेरै सघाउ पुऱ्याउनेछ।

साथीहरू,

भारतले पारम्परिक वस्त्रका अतिरिक्त, नयाँ क्षेत्र पनि खोज गरिरहेको छ। एग्रो टेक्सटाइल, मेडिकल टेक्सटाइल र जियो-टेक्स्टाइल जस्ता टेक्निकल टेक्सटाइललाई हामी बढावा दिइरहेका छौं। यसका लागि नेशनल मिशन शुरु गरिएको छ। यस बजेटमा हामीले प्रोत्साहन दिएका छौं। तपाईंहरू सबै सरकारको पीएम मित्र योजनाबाट परिचित हुनुहुन्छ। देशमा वस्त्र क्षेत्रका लागि 7 विशाल टेक्सटाइल पार्क बनाइँदैछ। यसमध्ये एउटा मध्य प्रदेशमा पनि बनिँदैछ। यसले वस्त्र क्षेत्रको विकासलाई नयाँ शिखरमा पुऱ्याउनेछ। मेरो आग्रह छ, तपाईंहरूले वस्त्र क्षेत्रका लागि घोषित पीएलआइ योजनाको पनि अवश्यै फाइदा उठाउनुहोस्।

साथीहरू,

वस्त्रले जस्तै भारतले आफ्नो पर्यटन क्षेत्रमा नयाँ आयाम जोडिरहेको छ। कुनै बेला एमपी पर्यटनको एउटा अभियान हुने गर्थ्यो, “एमपी अजब भी है, सबसे गजब भी है”। यहाँ एमपीमा नर्मदाजीको वरिपरीका स्थानको, आदिवासी क्षेत्रमा पर्यटन पूर्वाधारको व्यापक विकास भएको छ। यहाँ कति धेरै राष्ट्रिय निकुञ्जहरू छन्, यहाँ स्वास्थ्य अनि आरोग्यतासँग जोडिएका पर्यटनको निम्ति पनि अपार सम्भावना छ। “हील इन इण्डिया”, यसको मन्त्र विश्वले मन पराइरहेको छ। स्वास्थ्य अनि आरोग्यताको क्षेत्रमा पनि निवेशका लागि अवसरहरू लगातार बढिरहेका छन्। यसैले हाम्रो सरकारले यसमा सार्वजनिक-निजी साझेदारीलाई प्रोत्साहित गरिरहेको छ। भारतको पारम्परिक उपचारलाई, आयुषलाई पनि व्यापक स्तरमा प्रोत्साहित गरिँदैछ। हामीले विशेष आयुष भिजा पनि दिइरहेका छौं। यी सबैबाट एमपीले धेरै फाइदा पाउने तय छ।

साथीहरू,

तपाईंहरू यहाँ आउनुभएको छ, उज्जैनमा महाकाल महालोक हेर्न अवश्यै जानुहोला, तपाईंहरूले महाकालको आशीर्वाद पनि पाउनु हुनेछ र देश, पर्यटन अनि आतिथ्य क्षेत्रलाई कसरी विस्तार गरिँदैछ, त्यसको पनि अनुभव पाउनु हुनेछ।

साथीहरू,

मैले लाल किल्लाबाट भनेको थिए, यही समय हो, सही समय हो। तपाईंहरू लागि एमपीमा निवेश गर्ने र निवेश बढाउने  पनि यही सही समय हो। एकपटक फेरि तपाईंहरू सबैलाई धेरै धेरै शुभकामना। धेरै धेरै धन्यवाद।

*******


(Release ID: 2105808) Visitor Counter : 10