पूर्वोत्तर क्षेत्र विकास मन्त्रालय
azadi ka amrit mahotsav

केन्द्रिय मन्त्री ज्योतिरादित्य सिन्धियाद्वारा चेन्नईमा पूर्वोत्तर निवेश रोडशोको उद्घाटन


भारतको शीर्ष विकास इञ्जिन बनिरहेको “अष्टलक्ष्मी” क्षेत्रको रूपान्तरणकारी यात्रामा चेन्नईलाई सहभागी बन्न मन्त्री सिन्धियाको आमन्त्रण

पूर्वोत्तर क्षेत्र विकास मन्त्रालयद्वारा आयोजित रोडशो पूर्वोत्तर भारतमा निवेश आकर्षित गर्न लक्षित

Posted On: 06 FEB 2025 9:29AM by PIB Gangtok

पूर्वोत्तर क्षेत्र विकास मन्त्रालय (एमडीओएनईआर) द्वारा चेन्नईमा पूर्वोत्तर व्यापार एवं निवेश रोड-शो आयोजन गरियो। यस रोड-शोमा पूर्वोत्तर राज्यहरूमा सम्भावनाको खोज गर्न उत्सुक सम्भावित निवेशकहरूले गहिरो चासो देखाए। कार्यक्रममा पूर्वोत्तर क्षेत्र विकास एवं सञ्चार मन्त्री ज्योतिरादित्य एम सिन्धियाका साथमा मिजोरम सरकारका खेल एवं युवा कार्यमन्त्री पु लालनघिङलोवा हमार अनि पूर्वोत्तर क्षेत्र विकास मन्त्रालय, पूर्वोत्तर परिषद तथा पूर्वोत्तर राज्यका वरिष्ठ अधिकारीहरू सामेल थिए।

पूर्वोत्तर क्षेत्र विकास मन्त्री ज्योतिरादित्य एम सिन्धियाले आफ्नो सम्बोधनमा प्रधानमन्त्रीले पूर्वोत्तर राज्यहरूलाई अष्टलक्ष्मीका रूपमा महत्त्व दिएको उल्लेख गर्दै यी राज्यहरू द्रूत औद्योगिकीकरणको प्रमुख आर्थिक तागत बनिरहेको बताए। विगत 10 वर्षको अवधिमा प्रधानमन्त्रीको नेतृत्त्वमा पूर्वोत्तर क्षेत्रमा बुनियादी पूर्वाधारको सन्दर्भमा प्रमुख विकास पहलको पनि उनले चर्चा गरे। यसमा अन्यका साथसाथै हवाई, सडक अनि रेल अनि जलमार्ग आदिको विस्तार सामेल रहेको उनले उल्लेख गरे। पूर्वोत्तरका आठ राज्य अद्वितीय क्षमता, संसाधन अनि अवसरको प्रतीक रहेको उल्लेख गर्दै भारतको विकास गाथाको अमूल्य सम्पत्ति रहेको बताए। आफ्नो समृद्ध सांस्कृतिक विविधतादेखि लिएर प्राकृतिक सौन्दर्य अनि रणनीतिक स्थलका रूपमा पूर्वोत्तर क्षेत्रसँग अग्रणी आर्थिक शक्तिका रूपमा उदाउने अपार क्षमता रहेको उनले बताए।

दक्षिण पूर्व एशियासँग पूर्वोत्तर क्षेत्रको निकटतका कारण दक्षिण अनि पूर्वी एशियाई देशहरूको प्रवेशद्वार रहेको र यो कुरा भारतको एक्ट ईस्ट नीति अनुरूप रहेको बताए। पर्यटन एवं आतिथ्य, कृषि एवं सम्बद्ध उद्योग, स्वास्थ्य हेरचाह, मनोरञ्जन एवं खेल, बुनियादी पूर्वाधार तथा प्रचालन, आइटी एवं आइटीईएस, कपडा, हतकर्घा एवं हस्तशिल्प, ऊर्जा आदि जस्ता विभिन्न क्षेत्रममा पूर्वोत्तर राज्यहरूको क्षमताबारे उनले उजागर गरे। क्षेत्रका युवा, उच्च साक्षरता दर अनि प्रचुर प्राकृतिक संसाधनको हिसाबले निवेशका लागि आदर्श क्षेत्र बनाउने उनले उल्लेख गरे। यसका साथै चेन्नईको प्रशंसा गर्दै केन्द्रिय मन्त्रीले यसलाई “एउटा सम्पन्न आइटी पावरहाउस र भारतको आर्थिक विकासको उद्गम स्थल” रहेको बताए। चेन्नईको समृद्ध विरासत, अत्याधुनिक तकनिकी अनि सुदृढ औद्योगिक प्रणालीको सराहना गर्दै यसको क्षमता अनि पूर्वोत्तर भारतको उदीयमान आर्थिक परिदृश्यबीचको समानता पनि स्पष्ट पारे। कृषि, खाद्य प्रसंस्करण, पर्यटन अनि विनिर्माणमा पूर्वोत्तर राज्यहरूको तागतबारे बोल्दै चेन्नईका उद्यमीहरूलाई यी क्षेत्रमा निवेश गर्न आग्रह गरे। पूर्वोत्तरमा भारतको 38 प्रतिशत बाँस संसाधन रहेको र यसले चेन्नईको फर्निचर उद्योगका लागि शानदार अवसर प्रस्तुत गर्ने उल्लेख उनले गरे। यसका अतिरिक्त, पूर्वोत्तर क्षेत्रको विशाल अप्रयुक्त हाइड्रोकार्बन भण्डार अनि जलविद्युत उत्पादन क्षमता दोहन गर्न बाँकी रहेको जानकारी दिए। आफ्नो सम्बोधन अन्त्य गर्दै केन्द्रिय मन्त्री सिन्धियाले निवेशकहरूलाई पूर्वोत्तर क्षेत्रमा आमन्त्रित गर्नका साथै क्षेत्रको भविष्यलाई आकार दिन महत्त्वपूर्ण भूमिका खेल्न आग्रह गरे।

यसै गरी मिजोरम सरकारका खेल एवं युवा कार्य मन्त्रीले आफअनो सम्बोधनमा मात्र 11 लाख जनसङ्ख्या रहेको सानो राज्य मिजोरममा निवेशको अपार अवसरबारे जानकारी दिए। मिजोरमले आफ्नो 55 प्रतिशत भूमिमा बागवानीका साथमा जीआइ ट्यागयुक्त अदुवा अनि खोर्सानीसहित सुन्तला, मेवा अनि ड्रेगनफ्रूट उत्पादन गर्ने गरेको हुँदा कृषि अनि खाद्य प्रसंस्करणमा अपार सम्भावना रहेको उल्लेख गरे। मिजोरम बाँसको खेतीमा समृद्ध रहेको भए तापनि यसको व्यापक दोहन हुन नसकेको स्पष्ट पारे। मिजोरमले यसका अतिरिक्त खेल महाशक्तिका रूपमा स्थापित गर्ने कोशिश गरिरहेको र भारतको 2036 ओलम्पिकको परिकल्पनामाथि सक्रियताका साथ काम गरिरहेको अवगत गराए। मिजोरमले कैयौं शीर्ष खेलाडी देशलाई दिएको र खेल क्षेत्रमा निवेशको धेरै सम्भावना खुल्ला रहेको बताए। मिजोरममा पर्यटन, बुनियादी पूर्वाधार, खाद्य प्रसंस्करण आदि जस्ता अन्य क्षेत्रमा निवेशको खोज गर्न उनले निवेशकहरूलाई आग्रह गरे।

पूर्वोत्तर क्षेत्र मन्त्रालयका सचिव चञ्चल कुमारले आफ्नो सम्बोधनमा पूर्वोत्तर क्षेत्रको अपार निवेश सम्भावनाबारे प्रकाश पार्दै नवाचार, सांस्कृतिक विरासत अनि आर्थिक अवसरको केन्द्र रहेको बताए। पूर्वोत्तर क्षेत्रले मनोरम परिदृश्य अनि सम्पन्न पर्यटन क्षेत्रका साथ निवेशकहरूलाई तेजीका साथ आकर्षित गरिरहेको उल्लेख गर्दै विगत 10 वर्षमा सडक, रेल, वायु, जल अनि डिजिटल मार्ग लगायतका कनेक्टिभिटीमा अभूतपूर्व परिवर्तन आएको जानकारी दिए। पूर्वोत्तर क्षेत्रको आर्थिक विकास राष्ट्रिय औसतभन्दा धेरै अघि रहेको हुँदा यो व्यवसायका लागि आदर्श स्थल बन्नपुगेको उनले उल्लेख गरे। पूर्वोत्तर राज्यहरूले निवेश प्रोत्साहित गर्न केन्द्र सरकारका साथ मिलेर कैयौं आकर्षक नीति बनाएको पनि उनले जानकारी दिए। सरकारले पीपीपी माध्यमद्वारा प्रत्येक पूर्वोत्तर राज्यमा मोडल पर्यटन स्थलका रूपमा विकसित गर्नका लागि आठ पर्यटन स्थल चिन्हित गरेको पनि उनले जानकारी दिए। पूर्वोत्तर क्षेत्रमा आइटी अनि आइटीईएस क्षेत्र तेजीका साथ बढिरहेको पनि अवगत गराए। यसका अतिरिक्त, कृषि अनि सम्बद्ध क्षेत्रले अपार आर्थिक क्षमता भएको अनौठो उत्पाद पेश गर्ने जानकारी दिए। केन्द्र सरकारको उन्नति योजनाले पूर्वोत्तर क्षेत्रमा निवेशलाई बढावा दिइरहेको उल्लेख गर्दै त्रिपक्षीय राजमार्ग अनि कलादान परियोजनाका साथ पूर्वोत्तर राज्यहरू चिकित्सा पर्यटको प्रमुख केन्द्र बन्न तयार रहेको र यसले छिमेकी देशका 6 करोडभन्दा धेरै मानिसलाई चिकित्सा सेवा प्रदान गर्ने बताए। पूर्वोत्तर राज्यहरूमा एकल झ्याल प्रणालीले व्यापारमा सुगमता सुनिश्चित गर्ने जानकारी दिँदै निवेशकहरूलाई पूर्वोत्तर क्षेत्रमा परिवर्तन ल्याउन, अन्वेषण गर्न र सहभागी बन्न आग्रह गरे।

पूर्वोत्तर क्षेत्र विकास मन्त्रालयका संयुक्त सचिव शान्तनुले पूर्वोत्तरको लाभ अनि निवेश तथा व्यापारका अवसरमाथि आफ्नो सम्बोधनमा क्षेत्रसँग अपार क्षमता रहेको कुरामाथि बल दिए। विगत दस वर्षको अवधिमा हवाई, रेल, सडक वा जलमार्ग लगायतका पूर्वोत्तर क्षेत्रको कनेक्टिभिटीमा उल्लेखनीय सुधार भएको जानकारी पनि उनले दिए। विगत एक दसकमा सरकारले कैयौं थाँतीमा रहेका परियोजनाहरू सफलतापूर्वक पूरा गरेको हुँदा स्थानीय समुदायका साथमा लाखौं मानिस विभिन्न योजना अनि पहलको माध्यमद्वारा लाभान्वित बनेको उनले जानकारी दिए। पूर्वोत्तर क्षेत्रमा सक्षम बुनियादी पूर्वाधार, रणनीतिक कनेक्टिभिटी, कार्यशील उमेरका मानिसहरूको ठूलो सङ्ख्या अनि अङ्ग्रेजी बोल्ने कार्यबलले दक्षिण पूर्व एशियाई बजारहरूलाई लक्षित गर्ने व्यवसायका लागि उपयुक्त बनाउने जानकारी उनले दिए। आइटी, आइटीईएस, स्वास्थ्य स्याहार, कृषि अनि सम्बद्ध, शिक्षा एवं कौशल विकास, खेल एवं मनोरञ्जन, पर्यटन तथा आतिथ्य, बुनियादी पूर्वाधार एवं प्रचालन, कपडा, हतकर्घा एवं हस्तशिल्प र ऊर्जा जस्ता विभिन्न क्षेत्रमा रहेको अवसरबारे पनि उनले आलोकित गरे। कैयौं क्षेत्रमा पर्याप्त अवसरका साथ पूर्वोत्तर राज्यहरूले यसको विशाल क्षमताको लाभ उठाउनका साथै विकास गाथाको अंश बन्नका लागि निवेशकहरूलाई स्वागत जनाउने पनि उनले बताए।

वाणिज्य एवं उद्योग मन्त्रालय अन्तर्गत उद्योग एवं आन्तरिक व्यापार संवर्धन विभागका (डीपीआइआइटी) प्रतिनिधिले उन्नति योजनाको लाभ अनि सम्बन्धित प्रोत्साहनबारे व्यापक जानकारी दिन विस्तृत प्रस्तुति दिए। उन्नति योजनाको उद्देश्य पूर्वोत्तर क्षेत्रमा औद्योगिकीकरण अनि आर्थिक विकासलाई बढावा दिनु रहेको अवगत गराए। यस योजनामा निवेशक अनि विनिर्माण कम्पनीहरूलाई आकर्षित ग्रन प्रोत्साहन प्रदान गरिन्छ भने यसले “एक्ट ईस्ट पोलिसी”लाई सघाउ पुऱ्याउनका साथै आयात निर्भरता घटाउन र निर्यात बढाउन घरेलु विनिर्माण र सेवाहरूलाई प्रोत्साहित गर्दछ।

पूर्वोत्तर राज्यका प्रतिनिधित्त्व गर्ने वरिष्ठ अधिकारीहरूले विभिन्न क्षेत्रमा उदीयमान अवसरहरूबारे व्यावहारिक जानकारी साझा गरे। चेन्नई रोड-शोमा उद्योग जगतका दिग्गजहरूको राम्रो सहभागिता रहेको थियो, जसबाट पूर्वोत्तर क्षेत्रमा निवेशको अपीलले अझ बल पाएको छ। यस कार्यक्रममा कैयौं बी-2-बी बैठक पनि आयोजित गरियो, जसमा निवेशकहरूले पूर्वोत्तर क्षेत्रमा आफ्नो निवेश योजनामाथि चर्चा गर्ने मञ्च पाए।

चेन्नई रोड-शो कार्यक्रमको समापन सकारात्मक रह्यो, जसमा प्रतिभागीहरूले पूर्वोत्तर क्षेत्रमा सहयोगी उपक्रमको खोजमा गहिरो चासो देखाए। यस कार्यक्रममा सार्थक संवादलाई प्रोत्साहन मात्र नभएर क्षेत्रको आर्थिक विकास अनि सतत विकासलाई बढावा दिने भविष्यको साझेदारीका लागि आधार पनि तयार गरियो। यो कार्यक्रम पूर्वोत्तर भारतको दोहन हुन बाँकी रहेको क्षमता प्रस्तुत गर्ने देशभरी आयोजित सफल रोड-शोको शृङ्खलामध्ये अझ एउटा कोशेढुङ्गा साबित भयो।

******


(Release ID: 2100346) Visitor Counter : 8