सूचना तथा प्रसारण मन्त्रालय
azadi ka amrit mahotsav

केन्द्रिय सूचना एवं प्रसारण मन्त्रालयद्वारा प्रथम विश्व श्रव्य-दृश्य मनोरञ्जन शिखर सम्मेलन अघि प्रभावशाली व्यक्ति, पडकास्टर एनिमेशन निर्माता तथा गेम डेभेलपर्स जस्ता सामग्री निर्माताका लागि पुरस्कारको घोषणा


केन्द्रिय मन्त्री अश्विनी वैष्णव तथा गजेन्द्रसिंह शेखावतद्वारा रचनात्मक सामग्रीसँग जोडिएका रचनाकार तथा प्रतिष्ठानलाई एक साथ ल्याउनका लागि ई-मार्केटप्लेस वेभ्स बजारको शुभारम्भ

वेभ्सका लागि शास्त्रीय एवं अर्ध शास्त्रीच सङ्गीत प्रतियोगिता “वाह उस्ताद” तथा खादीलाई प्रोत्साहन लगायत तीनवटा थप “क्रिएट इन इण्डिया च्यालेञ्ज”को शुभारम्भ : पर्यटन एवं सांस्कृतिक धरोहर प्रोत्साहन सामग्री प्रतियोगिताको पनि घोषणा

वेभ्सले भारतलाई सामग्री रचनाको वैश्विक राजधानीको रूपमा स्थापित गर्नेछ। विवेकानन्दको विरासतलाई प्रतिध्वनित गर्दै भारतको सांस्कृतिक विरासतलाई वैश्विक प्रसिद्धिसम्म पुऱ्याउनेछ : अश्विनी वैष्णव

वेभ्स कलाप्रेमीहरूका लागि महत्त्वपूर्ण मञ्च हो जसले भारतीय रचनाकारहरूलाई हाम्रो समृद्ध सांस्कृतिक विरासतलाई विश्वसामु प्रदर्शित गर्नका लागि प्रेरित गर्नेछ : गजेन्द्रसिंह शेखावत

Posted On: 27 JAN 2025 7:22PM by PIB Gangtok

केन्द्रिय सूचना एवं प्रसारण, रेलवे तथा ईलेक्ट्रनिक्स एवं सूचना प्रविधि मन्त्राका साथमा केन्द्रिय संस्कृति एवं पर्यटन मन्त्री गजेन्द्रसिंह शेखावतद्वारा नयाँ दिल्लीको मिडिया सेन्टरमा विश्व श्रव्य-दृश्य एवं मनोरञ्जन शिखर सम्मेलन (वेभ्स) अघि प्रमुख पहलको शुभारम्भका साथ सूचना एवं प्रसारण मन्त्रालयले महत्त्वपूर्ण कोशेढुङ्गा स्थापित गरेको छ।

यस अवसरमा सूचना एवं प्रसारण सचिव सञ्जय जाजु, संस्कृति सचिव अरुणिश चावला, फिल्म निर्माता शेखर कपूर तथा प्रसार भारतीका सीईओ गौरव द्विवेदी पनि उपस्थित थिए।

भारतलाई रचनात्मक अर्थव्यवस्थाको वैश्विक राजधानीका रूपमा रूपान्तरण

डाभोस ईकोनोमिक फोरमको हाराहारीमा वैश्विक प्रतिष्ठाको शिखर सम्मेलनका रूपमा विश्व श्रव्य-दृश्य एवं मनोरञ्जन शिखर सम्मेलनलाई स्थापित गर्नुपर्ने प्रधानमन्त्रीको परिकल्पनालाई प्रतिध्वनित गर्दै, केन्द्रिय सूचना एवं प्रसारण मन्त्रीले यो प्रयास वैश्विक रूपमा “ओरेञ्ज ईकोनमी”का रूपमा मान्यताप्राप्त तत्त्व सामेल भारतको समृद्ध परम्परा, कथावाचन र सांस्कृतिक महत्त्व सामेल रहेको भारतको रचनात्मक अर्थनीति उजागर गर्ने व्यापक रणनीतिको अंशको रूप रहेको उल्लेख गरे।

“स्वामी विवेकानन्दको माध्यमद्वारा शिकागो वर्ल्ड फेयरको प्रेक्षागृहमा एकपटक प्रतिध्वनित भएको हाम्रो समृद्ध संस्कृतिलाई आज हाम्रा प्रधानमन्त्रीले योग, संस्कृति, रचनात्मकता अनि आयुर्वेद जस्ता पहलको माध्यमद्वारा वैश्विक मञ्चमा अघि बढाइरहेका छन्। भारतलाई रचनात्मक अर्थनीतिको वैश्विक राजधानी बनाउने दिशामा वेभ्स यसै पहलको विस्तार हो”, अश्विनी वैष्णवले बताए।

केन्द्रिय मन्त्रीले वेभ्स बजार, तीनवटा भारतमा रचना प्रतियोगिता, वेभ्स पुरस्कारका साथमा एउटा थप चुनौतीको पनि घोषणा गरे।

वेभ्स बजार : रचनात्मक अर्थव्यवस्थाको क्षमताको दोहन

कार्यक्रममा वेभ्स बजारको अनावरण गरियो, जुन एउटा वैश्विक ई-मार्केटप्लेस हो भने यो भारतको विशाल रचनात्मक प्रतिभाहरूलाई अन्तरराष्ट्रिय बजारसँग जोड्नका लागि तयार गरिएको अभूतपूर्व मञ्च हो। यस मञ्चले प्रयोगकर्ताहरूलाई आफ्नो सामग्री प्रस्तुत गर्न, परियोजना पेश गर्न, र भौगोलिक सीमा पार गर्ने अर्थपूर्ण सम्बन्ध निर्माण गर्न सहयोग गर्नेछ। यसले सही उपकरण अनि संसाधन पेश गरी सञ्चारलाई सरल बनाउनका साथै निर्माता अनि व्यवसाय विकास अनि सफलताका नयाँ अवसर खोज्दै आफ्नो पहुँच विस्तार गर्नसक्ने सुनिश्चित गर्दछ।

यस अवसरमा, सूचना एवं प्रसारण सचिवले वेभ्स बजार, फिल्म, टिभी, सङ्गीत, ई-स्पोर्स्ट, एनिमेशन, भिजुअल ईफेक्ट्स, गेमिङ र कमिक जस्ता विविध मनोरञ्जनका क्षेत्रका रचनाकार खरिददार अनि सहयोगकर्तालाई एकबद्ध बनाउने रूपान्तरणकारी मञ्च रहेको उल्लेख गरे। यसले भौगोलिक अन्तर पाट्नका साथै रचनाकारहरूलाई आफ्नो काम प्रदर्शित गरी अर्थपूर्ण बी-2-बी संवादमा संलग्न बन्ने अनुमति प्रदान गर्ने कुरा पनि उनले उल्लेख गरे।

वेभ्स बजारले रचनाकारहरूलाई आफ्नो विचार साकार गर्नका लागि आवश्यक समर्थन प्राप्त गर्नका लागि ब्राण्ड सहयोग, वित्तपोषण र वितरणका लागि पनि सहयोग गर्नेछ। यो विस्तृत ई-मार्केटप्लेस भारतमा उदीयमान रचनात्मक अर्थव्यवस्थाको दोहन गर्नका लागि महत्त्वपूर्ण उपकरण हो। यस मञ्चले सामग्री निर्मातालाई आफ्नो उत्पाद, विचार अनि कौशल बेच-बिखन गर्न सहयोग ग्रनेछ।

वेभ्स पुरस्कार

वेभ्स पुरस्कारको शुरुवात 15 फेब्रुअरी, 2025 देखि मनोनय खोलिएसँगै हुनेछ। विविध रचनात्मक विषयमा उत्कृष्टताको उत्सव मनाउँदै, वेभ्स पुरस्कारमा गेम अव् दी ईयर, फिल्म अव् दी ईयर र एभरटाइजिङ क्याम्पेन अव् दी ईयर जस्ता श्रेणी सामेल रहनेछ। पुरस्कारमा आजीवन उपलब्धि तथा प्रविधि एवं सामाजिक प्रभाव जस्ता क्षेत्रमा महत्त्वपूर्ण प्रभावको सम्मान गर्ने विशेष चयन पुरस्कार पनि सामेल रहनेछ।

क्रिएट इन इण्डिया च्यालेञ्ज अन्तर्गत तीन नयाँ चुनौती

कार्यक्रमको अर्को विशेषता क्रिएट इन इण्डिया च्यालेञ्ज अन्तर्गत तीन नयाँ चुनौतीको शुभारम्भ रहेको थियो, जस्तै “रिसोनेट – दी ईडीएम च्यालेञ्ज”, “मेक दी वर्ल्ड वियर खादी” र “वाह उस्ताद”।

  1. वाह उस्ताद

सूचना एवं प्रसारण मन्त्रालयको परिकल्पनाका साथमा संस्कृति मन्त्रालय अनि दूरदर्शनको सहयोगमा प्रतिष्ठित “दिल्ली घराना”द्वारा सञ्चालित, “वाह उस्ताद”ले शास्त्रीय गायनमा प्रशिक्षण लिएका युवा गायकहरूलाई आफ्नो गायन कलाका साथमा उत्कृष्ट कौशल प्रस्तुत गर्ने मञ्च प्रदान गर्दछ। यो प्रतियोगिता अन्तरराष्ट्रिय प्रतियोगीसहित 18 वर्षभन्दा माथिको उमेरका सबैको निम्ति खुल्ला राखिएको छ। यो दुई चरणको प्रतियोगिता रहनेछ, जसको समापन वेभ्स 2025 को ग्राण्ड नेशनल फिनालेमा हुनेछ भने यसको निम्ति पञ्जिकरण आजैदेखि प्रसार भारतीको वेबसाइटमा खोलिएको छ  (https://prasarbharati.gov.in/wah-ustad/)

  1. “मेक दी वर्ल्ड वियर खादी”

यस चुनौतीले खादीलाई वैश्विक ब्राण्डका रूपमा स्थापित गर्न विज्ञापन विशेषज्ञका साथमा फ्रीलान्सरहरूलाई नवोन्मेषी अभियान विकास गर्न आमन्त्रित गर्दछ। अन्तरराष्ट्रिय सहभागिताको निम्ति खुल्ला राखिएको यो चुनौती खादीलाई भारत र अन्तरराष्ट्रिय रूपमा प्रोत्साहित गर्न लक्षित छ। प्रतिभागीहरूले विविध स्वरूपमा नवोन्मेषी डिजाइनको अवधारणाको (जस्तै, डिजिटल, प्रिन्ट, भिडियो, अनुभवजन्य)  खोज गर्नुपर्नेछ। “मेक दी वर्ल्ड वियर खादी” अर्थात् विश्वलाई खादी लगाउन सिकाउने पहलले खादीको ब्राण्ड छविलाई व्यापकता प्रदान गर्नका साथै उपभोक्ताहरूको संलग्नता बढाउन रचनात्मक चिन्तन र रणनीतिक दृष्टिकोण प्रोत्साहित गर्दछ।

  1. रिसोनेट – दी ईडीएम च्यालेञ्ज : भारतीय सङ्गीत सङ्गठन (आइएमए) द्वारा आयोजित, “रिसोनेट”ले विश्वभरीका कलाकार, सङ्गीत रचनाकार, सङ्गीतकार तथा कला प्रस्तोतालाई ईलेक्ट्रनिक डान्स म्युजिक (ईडीएम) निर्माणमा आफ्नो असाधारण प्रतिभा प्रस्तुत गर्न आमन्त्रित गर्दछ। यो प्रतियोगिता सबै राष्ट्रियताका लागि खुल्ला छ।

भारतीय सांस्कृतिक विरासत र पर्यटनलाई प्रोत्साहित गर्न नयाँ चुनौती

केन्द्रिय सूचना एवं प्रसारण मन्त्रीले भारतको समृद्द पर्यटन अनि सांस्कृतिक विरासतको खोज गर्न लक्षित फिल्महरूका लागि पनि नयाँ चुनौतीको घोषणा गरे। यस पहलले फिल्म निर्माताहरूलाई भारतको जीवन्त सांस्कृतिक तानाबानाको गहिराईसम्म पुग्दै प्रस्तुत गर्न चुनौती पेश गर्दछ। यो चुनौती रचनात्मकता, नवाचार अनि वैश्विक सहभागिता पोषित गर्न लक्षित छ।

वेभ्स : विश्व स्तरमा भारतको सांस्कृतिक शक्तिको प्रदर्शन

यस अवसरमा बोल्दै, केन्द्रिय संस्कृति एवं पर्यटन मन्त्री गजेन्द्रसिंह शेखावतले भारतलाई कथावाचन, सङ्गीतकार, सामग्री रचनाकार र धार्मिक विविधताको जीवन्त भाँडा रहेको उल्लेख गरे। “हाम्रो सांस्कृतिक विरासत विगतको प्रमाण मात्र नरहेर यो वैश्विक मञ्चमा भविष्यको मेरुदण्ड पनि हो”, शेखावतले बताए। यसै समृद्ध सांस्कृतिक तानाबानाको दोहन गर्न, सूचना एवं प्रसारण मन्त्रालयले वेभ्सको शुभारम्भ गरेको र यो प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय रचनात्मक प्रतिभालाई आर्थिक रूपमा सशक्त बनाउँदै त्यसलाई प्रदर्शित गर्ने गतिशील मञ्चको परिकल्पना अनुरूप रहेको उनले बताए।

आर्थिक, सामाजिक र प्राविधिक लगायतका विभिन्न क्षेत्रमा भारतले प्रगति गर्दै जाने क्रममा, हाम्रो सांस्कृतिक शक्ति हाम्रो सबैभन्दा विशाल सम्पत्ति बन्नेछ। सूचना एवं प्रसारण मन्त्रालयप्रति आभार व्यक्त गर्दै, उनले वेभ्सको माध्यमद्वारा भारतको सांस्कृतिक विविधताले वैश्विक मान्यता पाउनका साथै सांस्कृतिक रचनात्मक अर्थनीतिलाई विश्वको औपचारिक अर्थनीतिको अभिन्न अङ्गका रूपमा स्थापित गर्ने उनले उल्लेख गरे। भारतको सांस्कृतिक शक्ति बढाउनका साथै प्रस्तुत गर्न लगायत हाम्रा रचनाकारहरूलाई विश्वव्यापी रूपमा सम्मान अनि मान्यता आर्जन गर्नल वेभ्सले महत्त्वपूर्ण भूमिका खेल्ने यस पहलले रेखाङ्कित गर्ने उनले बताए।

क्रिएट इन इण्डिया च्यालेञ्ज

विश्व श्रव्य-दृश्य मनोरञ्जन शिखर सम्मेलनको (वेभ्स) आधारशिला रहेको “क्रिएट इन इण्डिया च्यालेञ्ज”, भारत सरकारको सूचना एवं प्रसारण मन्त्रालयको एउटा प्रमुख पहल हो, जसले भारत अनि विश्वव्यापी रूपमा महत्त्वकाङ्क्षी अनि पेशागत रचनाकारहरूबाट व्यापक प्रतिक्रिया प्राप्त गरेको छ। सत्तर हजारभन्दा बढी पञ्जिकरणका साथ यस प्रतियोगिताले विविध पृष्ठभूमिका व्यक्ति अनि समुदायको कल्पनाशक्तिलाई आकर्षित गर्नका साथै जीवन्त रचनात्मकता अनि नवाचारका लागि सर्वव्यापी परितन्त्रलाई पोषित गरिरहेको छ। हालसम्म, 31 वटा क्रिएट इन चुनौती शुभारम्भ गरिसकिएको छ र यसमध्ये 25 वटा पञ्जिकरणका लागि अझ पनि खुल्ला छ भने 22 वटाले वैश्विक भागीदारी आकर्षित गर्नेछ।

भारत : कथावाचनको भूमि

प्रतिष्ठित फिल्म निर्माता शेखर कपूरले आफ्नो सम्बोधनमा भारत सबैभन्दा विशाल सामग्री रचना अनि खपत गर्ने राष्ट्र रहेको प्रकाश पारे। “भारत एउटा केन्द्र मात्र नभएर फिल्मदेखि गेमिङसम्मका सांस्कृतिक एवं डिजिटल सामग्रीको शक्तिकेन्द्र पनि हो। यसैलाई हामी “सफ्टपावर”का रूपमा उल्लेख गर्ने गर्दछौं”, कपूरले बताए। आगामी वेभ्स शिखर सम्मेलनबारे आफ्नो उत्साह व्यक्त गर्दै, यहाँ यस विशाल रचनात्मक शक्ति प्रदर्शित गरिने र यो कार्यक्रम वैश्विक रचनात्मक अर्थव्यवस्थामा भारतको नेतृत्त्व प्रदर्शित गर्ने महत्त्वपूर्ण मञ्चका रूपमा स्थापित हुने कुरामाथि उनले बल दिए।

गुमाउन नहुने अवसर

यो शिखर सम्मेलन, एकै मञ्चमा श्रव्य-दृश्य एवं मनोरञ्जनलाई संयोजित गर्ने हिसाबले तयार गरिएको आफ्नै प्रकारले पहिलो सम्मेलन हो र यसले विश्वभरीका रचनाकारहरूको सञ्जाल निर्माण गर्न सहयोग गर्नका साथै आफ्नो रचनात्मक क्षमता प्रदर्शित गर्ने विशेष अवसर प्रदान गर्नेछ। सबै सामग्री निर्माताले सक्रिय रूपमा वेभ्समा भाग लिनुपर्ने आह्वान जनाउँदै यो अवसर कसैले पनि नगुमाउन केन्द्रिय सूचना एवं प्रसारण मन्त्री वैष्णवले जोड दिए। (पीआइबी)

******


(Release ID: 2096953) Visitor Counter : 12