आर्थिक मामिलासम्बन्धी मन्त्रिपरिषद् समिति (सीसीईए)
azadi ka amrit mahotsav

क्याबिनेटद्वारा 2025-26 मौसमका लागि काँचो सूनपाटको न्यूनतम समर्थन मूल्य (एमएसपी) अनुमोदित


Posted On: 22 JAN 2025 3:09PM by PIB Gangtok

प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा आर्थिक मामिलामाथि क्याबिनेट कमिटीले (सीसीईए) 2025-26 विपणन मौसमका लागि काँचो सूनपाटको न्यूनतम समर्थन मूल्य (एमएसपी) अनुमोदन गरेको छ।

2025-26 मौसमका लागि काँचो सूनपाटको (टीडी-3 श्रेणी) एमएसपी 5,650/- प्रति क्विन्टल निधो गरिएको छ। यसले अखिल भारतीय भारित औसत उत्पादन लागतको 66.8 प्रतिशत प्राप्ति सुनिश्चित गर्नेछ। विपणन मौसम 2025-26 का लागि काँचो सूनपाटको अनुमोदित एमएसपी सरकारले बजेट 2018-19 मा घोषणा गरेको कम्तिको पनि 1.5 गुणा अखिल भारतीय भारित औसत उत्पादन लागतको स्तरमा एमएसपी तय गर्ने सिद्धान्त अनुरूप छ।

विपणन मौसम 2025-26 का लागि काँचो सूनपाटको एमएसपीमा विपणन मौसम 2024-25 भन्दा 315/- प्रति क्विन्टलको दरले बढाइएको छ। भारत सररकारले काँचो सूनपाटको एमएसपी 2014-15 को 2,400/- क्विन्टलबाट बढाएर 2025-26 मा 5,650/- क्विन्टल बनाएको छ, जुन 3,250/- क्विन्टलको (2.35 गुणा) वृद्धि हो।

सूनपाट खेती गर्ने कृषकहरूलाई वर्ष 2014-15 देखि 2024-25 सम्मको अवधिमा 1,300 करोड एमएसपी भुक्तान गरियो भने वर्ष 2004-05 देखि 2013-14 सम्म भुक्तान गरिएको रकम 441 करोड मात्र रहेको थियो।

करिब 40 लाख कृषक परिवारको आजीविका प्रत्यक्ष वा परोक्ष रूपमा सूनपाट उद्योगमाथि निर्भर छ। करिब 4 लाख श्रमिकले सूनपाट मिल अनि कारोबारमा प्रत्यक्ष रोजगार पाउँदछन्। गत वर्ष 1 लाख 70 हजार कृषकबाट सूनपाट उपार्जन गरिएको थियो। 82 प्रतिशत सूनपाटका कृषक पश्चिम बङ्गाल र आसमका र 9 प्रतिशत बिहारका छन्।

भारतीय सूनपाट निगमले (जेसीआइ) मूल्य सहायता कार्यका साथमा बेहोरिएको घाटाका लागि केन्द्र सरकारको शीर्ष अभिकरणको रूपमा काम गर्न जारी राख्नेछ।

*********

 


(Release ID: 2095735)